उपासनाहरू (इबादात)
यस उप-शीर्षकको उद्देश्य उपासनाका आधारहरूलाई सुदृढ तथा बलियो बनाउनु, अनि उपासना र त्यसका नियमहरूलाई पवित्र कुर्आन र नबी सल्लल्लाहु अलैहि वसल्लमको सुन्नतसँग जोड्नु हो। यसमा मानिसहरूमाथि अनिवार्य गरिएका उपासनाका कार्यहरूलाई नबी सल्लल्लाहु अलैहि वसल्लम र उहाँका साथीहरूद्वारा प्रमाणित विधि अनुसार विस्तृत एवम् स्पष्ट रूपमा व्याख्या गरिएको छ।
उपशीर्षकहरू
पवित्रता (तहारत)
नमाज (सलाह) शहादतैन (कलिमा शहादत) पछिको दोस्रो महत्त्वपूर्ण आधार हो। नमाजको लागि पवित्रता आवश्यक छ, पवित्रता बिना नमाज सही हुँदैन। जब पवित्रता बिना नमाज नै सही हुँदैन भने पाठकले पवित्रताको नियम तथा तरिकाबाट सुरु गर्नु उत्तम हुनेछ; ताकि उहाँको नमाज सही होस्।
सलाह (नमाज)
सलाह (नमाज) इस्लाम धर्मको आधार हो। यो उपासनाहरू मध्येको एक महत्त्वपूर्ण उपासना हो र यसलाई सिक्नु अनिवार्य छ। यो कलिमा शहादत पछिको दोस्रो महत्वपूर्ण आधार भएकोले यसलाई अदा गर्नाले (पढ्नाले) नै कुनै पनि मुस्लिमको इस्लाम सही हुन जान्छ।
जकात (दान)
जकात (दान) इस्लामको तेस्रो आधार हो। अल्लाहले मालदारहरूको माललाई शुद्ध तथा पवित्र गर्नको लागि जकात निकाल्न अनिवार्य गर्नु भएको छ। जकात असल सम्पत्तिबाट निकाल्दा सम्पत्ति कमी भएको जस्तो देखिए पनि वास्तवमा यसबाट धन-सम्पत्तिमा बढोत्तरी (बरकत) र ईमानमा पनि बढोत्तरी हुन्छ।
रोजा (व्रत)
रमजानको रोजा इस्लामका आधारहरू मध्येको चौथो आधार हो। रोजा एउटा महत्त्वपूर्ण उपासना हो, जसलाई अल्लाहले मुस्लिमहरूमाथि अनिवार्य गर्नु भएको छ। त्यसैगरी अनिवार्य गर्नु भएको छ, जसरी पहिलेका उम्मत (समुदाय) हरूमाथि अनिवार्य गर्नु भएको थियो। ताकि त्यसबाट परहेजगारी (तकवा) हासिल होस्, जो सम्पूर्ण पुण्य तथा भलाइहरूको साँचो हो।
हज्ज
हज्ज इस्लामको पाँचौं अर्कान (आधार) हो। प्रत्येक वयस्क तथा सक्षम मुस्लिममाथि जीवनमा एक पटक हज्ज गर्नु अनिवार्य छ।
मृत्यु र जनाजह
मृत्यु हाम्रो अन्त्य होइन, तर मानिसको लागिनयाँ चरण र परलोकको पूर्ण र अनन्त जीवनको शुरुवात हो। इस्लामले जसरी जन्मदेखि नै मानिसको सम्पूर्ण हक अधिकारको रक्षा गरेको छ, त्यसरी नै मृत्युपछि पनि मृतक र उनको परिवार तथा आफन्तहरूको हक अधिकारलाई संरक्षण गर्ने केही प्रावधान र महत्वपूर्ण नियमहरू पारित गरेको छ ।