सिक्न जारी राख्नुहोस्

तपाईं लगइन हुनुभएको छैन ।
तपाईंको प्रगति जारी राख्न, प्वाइन्टहरू संकलन गर्न र प्रतिस्पर्धाहरूमा प्रवेश गर्नको लागि “ता प्लेटफर्म” (Learning Islam) मा अहिल्यै दर्ता गर्नुहोस्। दर्ता पछि तपाईंले आफूले सिकेको विषयहरूको इलेक्ट्रोनिक (अनलाइन) प्रमाणपत्र प्राप्त गर्नुहुनेछ।

शहादतान (दुई कुराको गवाही)

इस्लाममा कलिमा तौहीद (एकेश्वरवादको गवाही)- “ला इलाहा इलल्लाह” को श्रेष्ठता र स्थान अत्यन्तै महत्वपूर्ण छ। त्यसैले यो नै मुस्लिमको पहिलो कर्तव्य हो। यदि कोही व्यक्ति इस्लाम ग्रहण गर्न चाहन्छ भने उसले सर्वप्रथम यसै कुरालाई तन, मन र वचनले स्वीकार गर्नु पर्दछ।

जसले अल्लाहलाई राजी पार्नको लागि विश्वासका साथ यसको गवाही दिन्छ, उसको लागि यो गवाही नरकबाट मुक्ति पाउने माध्यम बन्छ। रसूल सल्लल्लाहु अलैहि व सल्लमले भन्नु भएको छः “अल्लाहको खुशीको लागि साँचो र स्वच्छ मनले ‘ला इलाहा इल्लल्लाह’ को गवाही दिने व्यक्तिमाथि अल्लाहले नरकलाई अवैध गर्नु भएको छ।” (बुखारी: ४१५)

पाठहरू

“ला इलाह इल्लल्लाह” (अल्लाह बाहेक कोही सत्य पूज्य छैन) भन्ने गवाही
रसूल सल्लल्लाहु अलैहि वसल्लमको परिचय
मुहम्मद अल्लाहका रसूल हुनुहुन्छ भन्ने कुराको गवाही दिनुको अर्थ