Model: हालको खण्ड
पाठ “ला इलाह इल्लल्लाह” (अल्लाह बाहेक कोही सत्य पूज्य छैन) भन्ने गवाही
इस्लाममा कलिमा तौहीद (एकेश्वरवादको गवाही) “ला इलाहा इलल्लाह” को श्रेष्ठता र स्थान अत्यन्तै महत्वपूर्ण छ।
ला इलाह इल्लल्लाहको स्थान
तसर्थ ला इलाहा इल्लल्लाहको बारेमा जानकारी प्राप्त गर्नु अनिवार्य र अति महत्वपूर्ण छ ।
ला इलाहा इल्लल्लाहको अर्थः
इलाहः इलाहको अर्थ त्यसतो पूज्य तथा ईश्वर हो जसको अधिनमा रहेर सच्चा हृदयले उनको सम्मान गर्नु, उनीसँग दुआ गर्नु, उनीसँग डराउनु,आशा गर्नु, अतः जो कुनै चीजप्रति विनम्रता पूर्वक समर्पित हुन्छ, अनि माया गर्छ र ऊसँग आशा राख्छ त उसले त्यसलाई इलाह (पूज्य) बनायो । त्यसैले एकमात्र सत्य पूज्य, सृष्टिकर्ता, मालिक अल्लाह बाहेक अन्य समस्त किसिमका पूज्यहरू असत्य हुन् ।
उपासना योग्य मात्र अल्लाह नै हुनु हुन्छ। मुटुभरी उहाँ कै लागि माया र आदर छ, दुआ गर्नु छ भने उहाँसित नै गरौं, मद्दत माग्नु छ भने उहाँसित नै मागौं, भरोसा गर्नु छ भने उहाँमाथि नै गरौं, सलाह (नमाज) पढ्नु छ भने उहाँको लागि नै पढौं, बलिदान दिनु छ भने उहाँको खुशीको लागि नै दिउँ। अत: नि:स्वार्थ भावनाले मात्र अल्लाहको लागि उपासना गरौं। किनभने अल्लाहले भन्नु भएको छः “उनीहरुलाई एकाग्र भएर मात्र अल्लाहको उपासना गर्ने आदेश दिएको छ।” (सूरह अल्-बैयिनह :९८/५)
जसले ला इलाहा इल्लल्लाहको अर्थलाई सम्झेर स्वच्छ मनले अल्लाहको उपासना गर्छ, उसले सुख, शान्ति र सहज जीवन पाउनेछ। किनभने एउटै अल्लाहको उपसनाले नै तनमनलाई वास्तविक शान्ति मिल्दछ। अल्लाहले भन्नु भएको छः (مَنْ عَمِلَ صَالِحاً مِنْ ذَكَرٍ أَوْ أُنْثَى وَهُوَ مُؤْمِنٌ فَلَنُحْيِيَنَّهُ حَيَاةً طَيِّبَة) (النحل: 97). अर्थः “आस्थावान पुरुष वा महिलामध्ये जसले सत्कर्म गर्छ, उसलाई सुखमय सांसारिक जीवन प्रदान गर्नेछौं।” (सूरह अन्-नहल :१६/९७)