सिक्न जारी राख्नुहोस्

तपाईं लगइन हुनुभएको छैन ।
तपाईंको प्रगति जारी राख्न, प्वाइन्टहरू संकलन गर्न र प्रतिस्पर्धाहरूमा प्रवेश गर्नको लागि “ता प्लेटफर्म” (Learning Islam) मा अहिल्यै दर्ता गर्नुहोस्। दर्ता पछि तपाईंले आफूले सिकेको विषयहरूको इलेक्ट्रोनिक (अनलाइन) प्रमाणपत्र प्राप्त गर्नुहुनेछ।

Model: हालको खण्ड

पाठ “ला इलाह इल्लल्लाह” (अल्लाह बाहेक कोही सत्य पूज्य छैन) भन्ने गवाही

इस्लाममा कलिमा तौहीद (एकेश्वरवादको गवाही) “ला इलाहा इलल्लाह” को श्रेष्ठता र स्थान अत्यन्तै महत्वपूर्ण छ। त्यसैले यो नै मुस्लिमको पहिलो कर्तव्य हो। यदि कोही व्यक्ति इस्लाम ग्रहण गर्न चाहन्छ भने उसले सर्वप्रथम यसै कुरालाई तन, मन र वचनले स्वीकार गर्नु पर्दछ।

  • ला इलाह इल्लल्लाह (अल्लाह बाहेक अरु कोही सत्य पूज्य छैन) भन्ने गवाहीको अर्थको जानकारी।
  • ला इलाह इल्लल्लाह (अल्लाह बाहेक अरु कोही सत्य पूज्य छैन) भन्ने गवाहीको स्थितिको जानकारी।
  • ला इलाह इल्लल्लाह (अल्लाह बाहेक अरु कोही सत्य पूज्य छैन) भन्ने गवाहीको अर्कान (आधारहरू) को जानकारी।

Count: अन्य विद्यार्थीहरूले यो पाठ पूरा गरे

इस्लाममा कलिमा तौहीद (एकेश्वरवादको गवाही) “ला इलाहा इलल्लाह” को श्रेष्ठता र स्थान अत्यन्तै महत्वपूर्ण छ।

ला इलाह इल्लल्लाहको स्थान

١
यो नै मुस्लिमको पहिलो कर्तव्य हो । यदि कोही व्यक्ति इस्लाम ग्रहण गर्न चाहन्छ भने उसले सर्वप्रथम यसै कुरालाई तन, मन र वचनले स्वीकार गर्नु पर्दछ ।
٢
जसले अल्लाहलाई राजी पार्नको लागि विश्वासका साथ यसको गवाही दिन्छ, उसको लागि यो गवाही नरकबाट मुक्ति पाउने माध्यम बन्छ । रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छः “अल्लाहको खुशीको लागि साँचो र स्वच्छ मनले ला इलाहा इल्लल्लाहको गवाही दिने व्यक्तिमाथि अल्लाहले नरकलाई अवैध गर्नु भएको छ।” (बुखारी: ४१५)
٣
जसको मृत्यु उक्त गवाहीमाथि आस्था राखेको अवस्थामा हुन्छ, ऊ अवश्य नै स्वर्गमा जानेछ। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छः “अल्लाह बाहेक अरु कोही सत्य पूजनीय छैन” माथि आस्था राखेको अवस्थामा कसैको मृत्यु भयो भने ऊ अवश्य नै स्वर्गमा जानेछ।” (अहमद: ४६४)

तसर्थ ला इलाहा इल्लल्लाहको बारेमा जानकारी प्राप्त गर्नु अनिवार्य र अति महत्वपूर्ण छ ।

ला इलाहा इल्लल्लाहको अर्थः

अल्लाह बाहेक अरु कोही सत्य ईश्वर छैन। यसमा दुईवटा विषयहरु छन्- अल्लाह बाहेकका सम्पूर्ण उपास्यहरुलाई असत्य मान्नु र मात्र अल्लाहलाई सत्य उपास्य स्वीकार गर्नु, जसको कोही साझेदार छैन।

इलाहः इलाहको अर्थ त्यसतो पूज्य तथा ईश्वर हो जसको अधिनमा रहेर सच्चा हृदयले उनको सम्मान गर्नु, उनीसँग दुआ गर्नु, उनीसँग डराउनु,आशा गर्नु, अतः जो कुनै चीजप्रति विनम्रता पूर्वक समर्पित हुन्छ, अनि माया गर्छ र ऊसँग आशा राख्छ त उसले त्यसलाई इलाह (पूज्य) बनायो । त्यसैले एकमात्र सत्य पूज्य, सृष्टिकर्ता, मालिक अल्लाह बाहेक अन्य समस्त किसिमका पूज्यहरू असत्य हुन् ।

उपासना योग्य मात्र अल्लाह नै हुनु हुन्छ। मुटुभरी उहाँ कै लागि माया र आदर छ, दुआ गर्नु छ भने उहाँसित नै गरौं, मद्दत माग्नु छ भने उहाँसित नै मागौं, भरोसा गर्नु छ भने उहाँमाथि नै गरौं, सलाह (नमाज) पढ्नु छ भने उहाँको लागि नै पढौं, बलिदान दिनु छ भने उहाँको खुशीको लागि नै दिउँ। अत: नि:स्वार्थ भावनाले मात्र अल्लाहको लागि उपासना गरौं। किनभने अल्लाहले भन्नु भएको छः “उनीहरुलाई एकाग्र भएर मात्र अल्लाहको उपासना गर्ने आदेश दिएको छ।” (सूरह अल्-बैयिनह :९८/५)

जसले ला इलाहा इल्लल्लाहको अर्थलाई सम्झेर स्वच्छ मनले अल्लाहको उपासना गर्छ, उसले सुख, शान्ति र सहज जीवन पाउनेछ। किनभने एउटै अल्लाहको उपसनाले नै तनमनलाई वास्तविक शान्ति मिल्दछ। अल्लाहले भन्नु भएको छः (مَنْ عَمِلَ صَالِحاً مِنْ ذَكَرٍ أَوْ أُنْثَى وَهُوَ مُؤْمِنٌ فَلَنُحْيِيَنَّهُ حَيَاةً طَيِّبَة) (النحل: 97). अर्थः “आस्थावान पुरुष वा महिलामध्ये जसले सत्कर्म गर्छ, उसलाई सुखमय सांसारिक जीवन प्रदान गर्नेछौं।” (सूरह अन्-नहल :१६/९७)

ला इलाह इल्लल्लाहका आधारहरू

١
पहिलो आधारः (ला इलाह) एउटा मुस्लिमले पहिला गैरुल्लाहको उपासना र दासत्वलाई इन्कार गर्नुपर्छ र अल्लाहको साथमा साझेदारी गराउने कार्यलाई गलत मान्नुपर्छ। अनि संसारमा अल्लाह बाहेक जे जति मानिस, जनावर, देवी-देवता, मूर्ति, प्रतिमा, सूर्य-चन्द्रमा, नक्षत्र इत्यादि पुजिन्छन् ती सबैलाई अस्वीकार गर्नुपर्छ।
٢
दोस्रो आधारः “इल्लल्लाह” उपासनाका सम्पूर्ण प्रकारहरूलाई अल्लाहको लागि मात्र खास गर्नुपर्छ। जस्तै- सलाह (नमाज) पढ्नु, दुआ गर्नु, भरोसा गर्नु इत्यादि, अल्लाहको लागि मात्रै गर्नुपर्छ।

उपासनाका सम्पूर्ण प्रकारहरूलाई अल्लाहकै लागि खास गर्नुपर्छ, जसको कोही साझेदार छैन । यदि कसैले उहाँको उपासनामा अरु कसैलाई साझेदार बनाउँछ भने उसले अल्लाहको साथमा शिर्क गर्यो। अल्लाहले भन्नु भएको छः (وَمَنْ يَدْعُ مَعَ اللهِ إِلَهًا آَخَرَ لَا بُرْهَانَ لَهُ بِهِ فَإِنَّمَا حِسَابُهُ عِنْدَ رَبِّهِ إِنَّهُ لَا يُفْلِحُ الْكَافِرُون) (المؤمنون: 117). अर्थः “जसले बिना प्रमाण अल्लाहको उपासनामा अरुलाई साझेदार बनाउँछ उसको लेखाजोखा अल्लाहले गर्नु हुनेछ। वास्तवमा काफिर (अवज्ञाकारी) हरूले कहिल्यै पनि सफलता प्राप्त गर्न सक्दैनन्।” (सूरह अल्-मुमिनून : २३/११७)

ला इलाहा इल्लल्लाहको अर्थ तथा आधारहरूलाई प्रष्ट पार्दै अल्लाहले भन्नु भएको छः (فَمَنْ يَكْفُرْ بِالطَّاغُوتِ وَيُؤْمِنْ بِاللهِ فَقَدِ اسْتَمْسَكَ بِالْعُرْوَةِ الْوُثْقَى) (البقرة: 256). अर्थः “जसले अल्लाह बाहेकका उपास्यलाई अस्वीकार गर्यो र अल्लाहमाथि ईमान ल्यायो (स्वीकार गर्यो) त्यसले कहिल्यै नटुट्ने बलियो सहारा थाम्यो।” (सूरह अल्-बकरह: २/२५६) अल्लाहको भनाई… “जसले अल्लाह बाहेकका उपास्यलाई अस्वीकार गर्यो” मा पहिलो आधारको अर्थ छ र “अल्लाहमाथि ईमान ल्यायो” मा दोस्रो आधारको अर्थ छ।

तपाईंले पाठ सफलता पूर्वक पूरा गर्नुभयो


परीक्षा सुरु गर्नुहोस्