Model: हालको खण्ड
पाठ रसूल सल्लल्लाहु अलैहि वसल्लमको परिचय
हाम्रो नबी (सल्लल्लाहु अलैहि वसल्लम) को नामः
अल्लाहले हाम्रो नबी मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) लाई समस्त संसारबासी गोरो-कालो, अरबी, गैर-अरबी तथा सम्पूर्ण जात वर्गको लागि विश्वव्यापी रसूल बनाएर पठाउनु भएको थियो। उहाँको अनुसरण सबैमाथि अनिवार्य छ। अल्लाहले भन्नु भएको छः “भनिदेऊ, हे मानव हो ! म तिमीहरू सबैका लागि अल्लाहको सन्देष्टा (रसूल) बनाएर पठाइएको हुँ।” (अल्-आ'राफ: ७/१५८)
अल्लाहले हाम्रो नबी मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) माथि महान र पवित्र ग्रन्थ कुरआन अवतरण गर्नु भयो। जसमा अगाडि-पछाडि, दाँया-बाँया कतैबाट मिथ्या कुरा कदापि मिसाउन सकिदैन।
अल्लाहले मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) लाई दूतत्वलाई समाप्त गर्ने अन्तिम रसूल छनौट गरेर पठाउनु भएको थियो। उहाँपछि कुनै अर्को रसूल आउनु हुने छैन। अल्लाहले भन्नु भएको छः (وَلَكِنْ رَسُولَ اللهِ وَخَاتَمَ النَّبِيِّين) (الأحزاب: 40). अर्थः “उनी अल्लाहका अन्तिम रसूल र सम्पूर्ण सन्देष्टाहरुका समापक हुन्।” (सूरह अल्-अह्जाब : ३३/४०)
१- उहाँको शुभ जन्म
सन्देष्टा (रसूल) हुनु भन्दा अगाडि आफ्नो जीवनको चालिस वर्ष (५७०-६१० ई॰) आफू जन्मेको स्थान र गोत्र 'कुरैश' मा बिताउनु भयो। उहाँको जीवन सबैको लागि एउटा अतुलनीय उदाहरण थियो। उहाँ आफ्नो समुदायमा अमीन र सादिक (इमान्दार र सत्यवान) को उपनामले प्रसिद्ध हुनुहुन्थ्यो। दुई छाक टार्नको लागि उहाँले मक्काको चर्को घाममा भेंडाबाख्रा चराउने काम समेत गर्नु भयो र बिस्तारै-बिस्तारै व्यवसायतिर पाईला टेक्नु भयो। इस्लाम अघि उहाँ एकाग्र भएर हाम्रा पुर्खा इब्राहीम (अलै-हिस्सलाम) को तरिका अनुसार अल्लाहको ईबादत गर्नु हुन्थ्यो। मूर्ति पूजा तथा बहुदेववादी प्रथादेखि असाध्यै घृणा गर्नु हुन्थ्यो। उहाँले जीवनमा कहिल्यै पनि मूर्ति पूजा गर्नु भएन।
यसरी उहाँले आफ्नो उमेरको चालिस वर्ष पूरा गर्नु भयो। उहाँ मक्का नजिक 'नूर पर्वत' मा अवस्थित 'हेरा गुफा' मा गएर सोचविचार र अल्लाहको उपासना गर्नु हुन्थ्यो। निर्मित मूर्ति तथा प्रतिमाको पूजाबाट मानिसहरुलाई कसरी बचाउन सकिन्छ भन्ने कुरामाथि मनन् गर्नु हुन्थ्यो। एक दिन त्यसै गुफामा उपासना गरिरहेको बेला अल्लाहले आफ्नो वरिष्ठ तथा विशेष स्वर्गदूत (फरिश्ता) 'जिब्रिल' लाई पठाएर उहाँलाई अन्तिम रसूल छनौट गर्नु भयो। सर्वप्रथम कुरआनका यी आयत (श्लोक) हरु अवतरण भएका थिए। यसको पहिलो वाक्य “ईक्रा विस्मि रब्बिकल्लजी खलक” (पढ त्यस ईश्वरको नामबाट जसले सृष्टि गर्यो) ले नै ज्ञान-विज्ञान तथा सुमार्गदर्शनको महत्वलाई दर्शाईरहेको छ। यसरी २३ वर्षको अवधिमा पूरा कुरआन अवतरण भयो।
४- प्रचार-प्रसारको प्रारम्भ
५- उहाँको हिजरत (प्रवास)
रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले मदीनाको प्रवासपछि सन् ६२२-६३२ ई॰ सम्मको अवधिमा इस्लामि संस्कार र सभ्यताको बीउ छर्नु भयो। एउटा असल मुस्लिम समाजमा हुनुपर्ने गुणहरूलाई औंल्याउनु भयो। खानदान तथा गोत्रको पक्षपात गर्ने प्रवृत्तिलाई निर्मुल पार्नु भयो। जताततै ज्ञानको ज्योति छर्नु भयो। न्याय, निसाफ, स्थिरता, भाइचारा, आपसी सहयोग र राज्य व्यवस्थालाई कायम गर्नु भयो। केही कबिला अथवा खानदानहरूले इस्लामलाई निर्मुल पार्न खोज्दा विभिन्न युद्ध तथा घटनाहरू घटे, जसमा अल्लाहले आफ्नो धर्म र रसूललाई विजय गर्नु भयो। त्यसपछि इस्लाम ग्रहण गर्नेहरूको ओइरो नै लाग्यो। मक्कालगायत अरब खाडिमा रहेका अधिकांश शहर तथा खानदानहरू राजी खुशी इस्लामको छत्रछायाँमा आउन थाले।.
उहाँले दूतत्व र सुम्पिएको जिम्मेवारीलाई हामी माझ पुर्याउनु भयो। इस्लामलाई पूर्ण गरेर सम्पूर्ण मानवहरूको लागि अल्लाहले आफ्नो वरदानलाई पूरा गर्नु भयो। इस्लामी पात्रो अनुसार हिज्री सम्वत ११ को 'सफर' को महिनामा उहाँलाई ज्वरो आयो र अवस्था नाजुक हुँदै गयो यहाँसम्म कि 'रबिउल-औवल' महिनामा सोमवारको दिन तदानुसार ८/६/६३२ ई॰ ६३ वर्षको उमेरमा उहाँको निधन भयो। मस्जिद नब्वीको छेउमा रहेको उहाँकी श्रीमती आईशा (रजियल्लाहु अन्हा) को घरमा उहाँलाई 'दफन' गरियो।