सिक्न जारी राख्नुहोस्

तपाईं लगइन हुनुभएको छैन ।
तपाईंको प्रगति जारी राख्न, प्वाइन्टहरू संकलन गर्न र प्रतिस्पर्धाहरूमा प्रवेश गर्नको लागि “ता प्लेटफर्म” (Learning Islam) मा अहिल्यै दर्ता गर्नुहोस्। दर्ता पछि तपाईंले आफूले सिकेको विषयहरूको इलेक्ट्रोनिक (अनलाइन) प्रमाणपत्र प्राप्त गर्नुहुनेछ।

Model: हालको खण्ड

पाठ मुहम्मद अल्लाहका रसूल हुनुहुन्छ भन्ने कुराको गवाही दिनुको अर्थ

मुहम्मदुर्-रसूलुल्लाह को गवाहीः मुहम्मद अल्लाहका रसूल हुनुहुन्छ भन्ने कुराको गवाही दिनु शहादतैनको दोस्रो भाग हो। यस पाठमा तपाईंले यसको अर्थ र यसको माग तथा आदेशबारे जानकारी हासिल गर्नुहुनेछ।

  • मुहम्मद अल्लाहका रसूल हुनु हुन्छ भन्ने कुराको गवाहीको अर्थ र यसको जानकारी।

Count: अन्य विद्यार्थीहरूले यो पाठ पूरा गरे

मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम अल्लाहका रसूल हुनुहुन्छ भन्ने कुराको गवाहीको अर्थ

उहाँले दिनु भएका समाचारहरूको पुष्टि गर्नु, उहाँका आदेशहरूको पालना गर्नु, उहाँले मनाही गर्नु भएका कुराहरूबाट जोगिनु र उहाँको तरिका (सुन्नत) अनुसार नै अल्लाहको इबादत गर्नु। यसमा निम्न कुराहरू समावेश छन्-

१- उहाँ सल्लल्लाहु अलैहि वसल्लमले जानकारी गराउनु भएका सम्पूर्ण कुराहरूको पुष्टि गर्नु, जस्तैः

١
अदृश्य र कयामतका कुराहरू, स्वर्ग र त्यसका वरदानहरू, नरक र त्यसका यातनाहरू इत्यादि।
٢
कयामतका निशानीहरू, कहाली लाग्दा घटनाहरू र अन्तिम युगमा घटिने घटनाहरू इत्यादि।
٣
आदिकालमा भएका कुराहरू, सन्देष्टा र तिनीहरूको समुदाय बीच भएका संवादहरू इत्यादि।

२- उहाँको आदेशको पालना गर्नु र अवज्ञा नगर्नु, यसले निम्न कुराहरूलाई समेटेको छः

١
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को पूर्ण अनुसरण गर्नु पर्छ, किनकि हामीलाई यो कुरामा विश्वास छ कि उहाँले आफ्नो इच्छाले केही पनि बोल्नु भएन, जे बोल्नु भयो अल्लाहको आदेश अनुसार नै बोल्नु भयो। अल्लाहले भन्नु भएको छः “जसले रसूलको अनुसरण गर्यो, वास्तवमा उसले अल्लाहको अनुसरण गर्यो।” (सूरह अन्-निसा: ४/८०)
٢
उहाँले मनाही गर्नु भएका अवैध कुराहरू जस्तैः नराम्रो आचरण, दुर्व्यवहार इत्यादिबाट जोगिनु। हामीलाई यो कुरामा विश्वास छ कि मनाही गरिएका कुराहरूमा अल्लाहको कुनै न कुनै रहस्य छ र हाम्रो हितको लागि उपयुक्त छैन, यद्यपि त्यसको कारण हामीलाई थाहा नहोस्।
٣
निसन्देह उहाँका सम्पूर्ण आदेशहरूको पालना गरियो भने हामीलाई लोक र परलोकमा सुख, शान्ति तथा आनन्द प्राप्त हुनेछ। अल्लाहले भन्नु भएको छः “अल्लाह र रसूलको आज्ञापालन गर, ताकि तिमीहरूमाथि दया गरियोस्।” (सूरह आले-इमरान: ३/१३२)
٤
विश्वास राख्नु कि उहाँको अवज्ञाले नराम्रो परिणाम र कष्टकर सजाय हुनेछ। अल्लाहले भन्नु भएको छः “उहाँको आदेश उल्लंघन गर्नेहरू सावधान रहुन्, कतै उनीहरूलाई कुनै संकटले नघेरोस् वा कुनै दु:खदायी प्रकोपले नसमातोस्।” (सूरह अन्-नूर: २४/६३)

३- उहाँको तरिका र निर्देशन अनुसार नै अल्लाहको इबादत गर्नु, यसले निम्न कुराहरूलाई समेटेको छः

उहाँको पूर्ण अनुसरण

रसूल सल्लल्लाहु अलैहि वसल्लमको जीवन हाम्रो निम्ति आदर्श र ज्योति हो। एउटा साँचो मुस्लिमले जीवनको हरेक पाइला-पाइलामा उहाँको भनाइ, गराइ र आदेशको पूर्ण अनुसरण गर्नु पर्छ। हामी जति उहाँको अनुसरण गर्छौं त्यत्तिकै अल्लाहसँग नजिक हुनेछौं। उहाँको मायालु बन्न सक्छौं अनि स्वर्गमा उच्च स्थान प्राप्त गर्न सक्छौं। अल्लाहले भन्नु भएको छः “भनिदेऊ, यदि तिमीहरू अल्लाहसँग प्रेम गर्छौ भने मेरो अनुसरण गर। अल्लाहले तिमीहरूसँग प्रेम गर्नु हुनेछ र तिम्रा पापहरूलाई पखालि दिनु हुनेछ। अल्लाह अत्यन्त क्षमाशील तथा परम दयालु हुनुहुन्छ।” (सूरह आले-इमरान: ३/३१)

इस्लामी विधि-विधान पूर्ण छः

रसूल सल्लल्लाहु अलैहि वसल्लमले इस्लाम र यसका सम्पूर्ण विधि-विधानहरुलाई बिना कुनै कमीबेसी पूर्ण रुपमा हामी समक्ष पुर्याउनु भएको छ। त्यसैले कसैलाई यसमा रसूल सल्लल्लाहु अलैहि वसल्लमबाट अप्रमाणित कुनै नयाँ कुराहरूको आविष्कार गर्ने वा थप्ने कुनै अधिकार छैन।

अल्लाहको विधान प्रत्येक समय र स्थानको लागि अनुकूल छ

कुरआन र हदीसबाट प्रमाणित विधि-विधान र ऐन कानूनहरू प्रत्येक समय र ठाउँका लागि एकदम उचित र अनुकूल छन्। मानिसको हकहितको बारेमा अल्लाह भन्दा बढी ज्ञान अरु कसलाई हुन सक्छ ? जसले उसको सृष्टि र अनुपस्तिथिबाट अवस्थित गर्नु भएको छ।

सुन्नतको अनुसरण

कुनै पनि इबादत कबूल हुनको लागि 'इख्लास र इत्तिबा' अर्थात मात्र अल्लाहकै लागि र रसूल सल्लल्लाहु अलैहि व सल्लमको तरिका अनुसार नै हुनुपर्छ। अल्लाहले भन्नु भएको छः “जो कोही आफ्नो प्रभु (अल्लाह) सित भेट्न इच्छुक छ, उसले सत्कर्म गर्नु पर्दछ र आफ्नो प्रभु (अल्लाह) को उपासनामा कसैलाई साझेदार बनाउनु हुँदैन।” (सूरह अल्-कहफ: १८/११०) सत्कर्मको अर्थः कुनै पनि कर्म रसूल सल्लल्लाहु अलैहि वसल्लमको सुन्नत (तरिका) अनुसार गर्नु हो।

धर्ममा नयाँ कुराको आविष्कार अवैध छ

यदि कसैले रसूल सल्लल्लाहु अलैहि वसल्लमबाट अप्रमाणित उपासना वा त्यसका नयाँ तरिकाहरू आविष्कार गर्छ भने त्यो बितअत हो र त्यस्तो कार्य कदापि स्वीकार हुँदैन। यो सुन्नतसँग खुला रुपमा खेलवाड र घृणित कार्य हो, जसको सजाय उसले अवश्य पाउने छ। अल्लाहले भन्नु भएको छः “उहाँको आदेश उल्लंघन गर्नेहरू सावधान रहुन्, कतै उनीहरूलाई कुनै संकटले नघेरोस् वा कुनै दु:खदायी प्रकोपले नसमातोस्।” (सूरह अन्-नूर: २४/६३) यसै सम्बन्धमा रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भएको छः “जो कोही हाम्रो यस धर्ममा कुनै नयाँ कुराहरूलाई समावेश गर्छ, जो यसमा छैन भने त्यो रद्द छ र यो नै 'बिद्अत' हो।” (बुखारी : २५५०, मुस्लिम : १७१८)

रसूल सल्लल्लाहु अलैहि वसल्लम प्रतिको माया

रसूल सल्लल्लाहु अलैहि वसल्लममाथि विश्वास गर्ने प्रत्येक व्यक्तिले अनिवार्य रुपमा अल्लाह र उहाँको रसूललाई सबैभन्दा धेरै माया गर्नु पर्छ । रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भएको छः “तिमीहरूमध्ये कोही पनि तबसम्म सच्चा मोमिन (आस्थावान) हुन सक्दैन जबसम्म दृष्टिमा म उसको बुवा, उसका सन्ताहरू र सम्पूर्ण मानिसहरू भन्दा प्रिय हुँदैन।” (बुखारीः १५, मुस्लिमः ४४)

तपाईंले पाठ सफलता पूर्वक पूरा गर्नुभयो


परीक्षा सुरु गर्नुहोस्