Model: हालको खण्ड
पाठ मुहम्मद अल्लाहका रसूल हुनुहुन्छ भन्ने कुराको गवाही दिनुको अर्थ
उहाँले दिनु भएका समाचारहरूको पुष्टि गर्नु, उहाँका आदेशहरूको पालना गर्नु, उहाँले मनाही गर्नु भएका कुराहरूबाट जोगिनु र उहाँको तरिका (सुन्नत) अनुसार नै अल्लाहको इबादत गर्नु। यसमा निम्न कुराहरू समावेश छन्-
१- उहाँ सल्लल्लाहु अलैहि वसल्लमले जानकारी गराउनु भएका सम्पूर्ण कुराहरूको पुष्टि गर्नु, जस्तैः
२- उहाँको आदेशको पालना गर्नु र अवज्ञा नगर्नु, यसले निम्न कुराहरूलाई समेटेको छः
३- उहाँको तरिका र निर्देशन अनुसार नै अल्लाहको इबादत गर्नु, यसले निम्न कुराहरूलाई समेटेको छः
उहाँको पूर्ण अनुसरण
रसूल सल्लल्लाहु अलैहि वसल्लमको जीवन हाम्रो निम्ति आदर्श र ज्योति हो। एउटा साँचो मुस्लिमले जीवनको हरेक पाइला-पाइलामा उहाँको भनाइ, गराइ र आदेशको पूर्ण अनुसरण गर्नु पर्छ। हामी जति उहाँको अनुसरण गर्छौं त्यत्तिकै अल्लाहसँग नजिक हुनेछौं। उहाँको मायालु बन्न सक्छौं अनि स्वर्गमा उच्च स्थान प्राप्त गर्न सक्छौं। अल्लाहले भन्नु भएको छः “भनिदेऊ, यदि तिमीहरू अल्लाहसँग प्रेम गर्छौ भने मेरो अनुसरण गर। अल्लाहले तिमीहरूसँग प्रेम गर्नु हुनेछ र तिम्रा पापहरूलाई पखालि दिनु हुनेछ। अल्लाह अत्यन्त क्षमाशील तथा परम दयालु हुनुहुन्छ।” (सूरह आले-इमरान: ३/३१)
इस्लामी विधि-विधान पूर्ण छः
रसूल सल्लल्लाहु अलैहि वसल्लमले इस्लाम र यसका सम्पूर्ण विधि-विधानहरुलाई बिना कुनै कमीबेसी पूर्ण रुपमा हामी समक्ष पुर्याउनु भएको छ। त्यसैले कसैलाई यसमा रसूल सल्लल्लाहु अलैहि वसल्लमबाट अप्रमाणित कुनै नयाँ कुराहरूको आविष्कार गर्ने वा थप्ने कुनै अधिकार छैन।
अल्लाहको विधान प्रत्येक समय र स्थानको लागि अनुकूल छ
कुरआन र हदीसबाट प्रमाणित विधि-विधान र ऐन कानूनहरू प्रत्येक समय र ठाउँका लागि एकदम उचित र अनुकूल छन्। मानिसको हकहितको बारेमा अल्लाह भन्दा बढी ज्ञान अरु कसलाई हुन सक्छ ? जसले उसको सृष्टि र अनुपस्तिथिबाट अवस्थित गर्नु भएको छ।
सुन्नतको अनुसरण
कुनै पनि इबादत कबूल हुनको लागि 'इख्लास र इत्तिबा' अर्थात मात्र अल्लाहकै लागि र रसूल सल्लल्लाहु अलैहि व सल्लमको तरिका अनुसार नै हुनुपर्छ। अल्लाहले भन्नु भएको छः “जो कोही आफ्नो प्रभु (अल्लाह) सित भेट्न इच्छुक छ, उसले सत्कर्म गर्नु पर्दछ र आफ्नो प्रभु (अल्लाह) को उपासनामा कसैलाई साझेदार बनाउनु हुँदैन।” (सूरह अल्-कहफ: १८/११०) सत्कर्मको अर्थः कुनै पनि कर्म रसूल सल्लल्लाहु अलैहि वसल्लमको सुन्नत (तरिका) अनुसार गर्नु हो।
धर्ममा नयाँ कुराको आविष्कार अवैध छ
यदि कसैले रसूल सल्लल्लाहु अलैहि वसल्लमबाट अप्रमाणित उपासना वा त्यसका नयाँ तरिकाहरू आविष्कार गर्छ भने त्यो बितअत हो र त्यस्तो कार्य कदापि स्वीकार हुँदैन। यो सुन्नतसँग खुला रुपमा खेलवाड र घृणित कार्य हो, जसको सजाय उसले अवश्य पाउने छ। अल्लाहले भन्नु भएको छः “उहाँको आदेश उल्लंघन गर्नेहरू सावधान रहुन्, कतै उनीहरूलाई कुनै संकटले नघेरोस् वा कुनै दु:खदायी प्रकोपले नसमातोस्।” (सूरह अन्-नूर: २४/६३) यसै सम्बन्धमा रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भएको छः “जो कोही हाम्रो यस धर्ममा कुनै नयाँ कुराहरूलाई समावेश गर्छ, जो यसमा छैन भने त्यो रद्द छ र यो नै 'बिद्अत' हो।” (बुखारी : २५५०, मुस्लिम : १७१८)
रसूल सल्लल्लाहु अलैहि वसल्लममाथि विश्वास गर्ने प्रत्येक व्यक्तिले अनिवार्य रुपमा अल्लाह र उहाँको रसूललाई सबैभन्दा धेरै माया गर्नु पर्छ । रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भएको छः “तिमीहरूमध्ये कोही पनि तबसम्म सच्चा मोमिन (आस्थावान) हुन सक्दैन जबसम्म दृष्टिमा म उसको बुवा, उसका सन्ताहरू र सम्पूर्ण मानिसहरू भन्दा प्रिय हुँदैन।” (बुखारीः १५, मुस्लिमः ४४)
اختر مستوى الشرح المناسب لك
يحتوي الدرس الآن على طبقات اختيارية تساعدك على المراجعة السريعة أو التعمق دون مغادرة الدرس.
- الملخص: نظرة سريعة في نحو دقيقة.
- الأساسي: محتوى الدرس الأصلي وهو المسار المعتمد للتقدم.
- المتعمق: تفاصيل إضافية اختيارية عند توفرها.
تقدمك وإكمال الدرس يعتمدان دائما على صفحات المستوى الأساسي.