Model: हालको खण्ड
पाठ ठूलो अपवित्रता र स्नान
स्नान (गुस्ल) गर्नुपर्ने कारणहरू
यदि कुनै मुस्लिमले निम्न लिखित कुराहरूमध्ये केही गर्छ भने नमाज पढ्नुभन्दा पहिले र तवाफ गर्नुभन्दा पहिले उसले अनिवार्य रुपमा स्नान गर्नुपर्छ। स्नान गर्नुभन्दा अगाडिको अवस्थालाई ठूलो अपवित्रता (हदस) भनिन्छ।
१) वीर्य स्खलन भएमा
वीर्य स्खलन- सपना वा बिपनामा जुनसुकै अवस्था र जुनसुकै तरिकाले वीर्य स्खलन भएमा। वीर्यः गाढा, बाक्लो, सेतो तरलपदार्थ जुन यौन सम्पर्कको बेलामा वा स्वप्नदोषको बेलामा निस्कन्छ।
२) सम्भोग गरेमा
यौन सम्पर्क (सम्भोग) गरेपछि अनिवार्य रुपमा नुहाउनु पर्छ, चाहे वीर्य स्खलन होस् वा नहोस्। अल्लाहले भन्नुभएको छः {وإِنْ كُنْتُمْ جُنُبًا فَاطَّهَّرُوا} (المائدة: 6). अर्थः “यदि तिमी 'जुनुबी' (वीर्य स्खलन भएको अवस्थामा) छौ भने पवित्रता प्राप्त गर।” (अल्-माइदा: ५/६)
३) महिनावारी वा सुत्केरीको रगत आएमा
• महिनावारी- महिलाको पाठेघरबाट प्रत्येक महिनामा नियमित निस्कने रगतलाई महिनावारी (हैज) भनिन्छ। सात दिन वा महिलाको शारीरिक स्वभाव अनुसार कमीबेसी हुनसक्छ। • सुत्केरी- सुत्केरी भएको बेलामा महिलाको पाठेघरबाट केही दिनसम्म रगत निस्कन्छ, जसलाई निफास भनिन्छ।
महिनावारी तथा सुत्केरी भएको बेलामा महिलाहरूका लागि सलाह (नमाज) पढ्न र रोजा राख्न दुबै माफ गरिएको छ। पवित्र भएपछि राख्न नसकेको रोजालाई कजा (पूरा) गर्नुपर्दछ, तर पढ्न नपाएको नमाजलाई कजा (पूरा) गर्नुपर्दैन।
महिनावारीको अवस्थामा सम्भोग
यो अवधिमा पुरुषले स्त्रीसँग यौन सम्बन्ध बाहेक सबै कुराहरू गर्नु जायज छ, जस्तैः सँगै खानु, बस्नु, चुम्नु र सुत्नु आदि। रगत रोकिएपछि महिलाले अनिवार्य रुपमा नुहाउनु पर्छ। यस सम्बन्धमा अल्लाहले भन्नुभएको छः (فَاعْتَزِلُوا النِّسَاءَ فِي الْمَحِيضِ وَلَا تَقْرَبُوهُنَّ حَتَّى يَطْهُرْنَ فَإِذَا تَطَهَّرْنَ فَأْتُوهُنَّ مِنْ حَيْثُ أَمَرَكُمُ اللهُ) (البقرة: 222) अर्थः “रजस्वलाको अवस्थामा स्त्रीहरुबाट अलग बस र पवित्र नहुन्जेलसम्म (सम्भोगको लागि) उनीहरूको नजिक नजाऊ। पवित्र भएपछि अल्लाहको आदेश अनुसार जाऊ।” (सूरह अल्-बकरह: २/२२२) पवित्र हुनुको अभिप्राय नुहाउनु हो।
मुस्लिमले पवित्रताको नीयतले पूरै शरीर भिज्ने गरी शरीरमा पानी हाल्नु नै पवित्रताको लागि पर्याप्त हुन्छ।
तर नबी सल्लल्लाहु अलैहि वसल्लमको तरिका अनुसार स्नान गर्नु उत्तम हो, उहाँको तरिका अनुसार स्नान गर्दा पवित्रताको साथै पुण्य पनि मिल्छ। जब नबी सल्लल्लाहु अलैहि वसल्लमले स्नान गर्न सुरु गर्नु हुन्थ्यो तब उहाँले सबैभन्दा पहिले दुबै हातहरू धुनु हुन्थ्यो अनि बायाँ हातले गुप्ताङ्ग र शरीरको फोहोर सफा गर्नु हुन्थ्यो, त्यसपछि राम्रोसँग वजू गर्नु हुन्थ्यो अनि तीन पटक पानी लिएर टाउको धुनु हुन्थ्यो, अन्त्यमा पूरै शरीरलाई पखाल्नु हुन्थ्यो।
यदि कसैले सुन्नत अनुसार वजू गरेर नुहाउँछ र ठूलो पवित्रता प्राप्त गर्छ भने यो उसको वजूको लागि पनि पर्याप्त हुनेछ, स्नानको साथमा वजू गर्नु अनिवार्य त छैन। तर रसूल सल्लल्लाहु अलैहि व सल्लमको तरिका अनुसार विधिपूर्वक नुहाउनु नै सुन्नत र उत्तम तरिका हो।
اختر مستوى الشرح المناسب لك
يحتوي الدرس الآن على طبقات اختيارية تساعدك على المراجعة السريعة أو التعمق دون مغادرة الدرس.
- الملخص: نظرة سريعة في نحو دقيقة.
- الأساسي: محتوى الدرس الأصلي وهو المسار المعتمد للتقدم.
- المتعمق: تفاصيل إضافية اختيارية عند توفرها.
تقدمك وإكمال الدرس يعتمدان دائما على صفحات المستوى الأساسي.