अवसरहरू
इस्लाम प्राकृतिक धर्म हो । यसले मानवका हकहितमा रहेका सबै कुराहरूलाई समावेश गरेको छ । मानिस जहाँ र जुनसुकै ठाउँमा भए पनि यो उसको लागि एक सन्देश र मार्गदर्शन हो । यो हरेक समय, युग, ठाउँ र सम्पूर्ण मानवका लागि अति उपयोगी रहेको छ । मुस्लिमहरूका लागि विभिन्न परिस्थिति र अवसरहरूमा चाहिने मुख्य विषय वस्तुहरू यस अध्यायमा समावेश गरिएका छन् ।
उपशीर्षकहरू
जाडो मौसमसँग सम्बन्धित केही नियमहरू
इस्लाम परिपूर्ण जीवन व्यवस्था हो। यसले जीवनसँग सम्बन्धित आशा-अभिलाषा लगायत सम्पूर्ण पक्षहरूलाई समेटेको छ । जीवनलाई सृष्टिकर्तासँग जोडेको छ । यसका उद्देश्य र क्रियाकलाप एकदमै उत्कृष्ट छन् । त्यसैले आस्थावान (ईमानवाला) व्यक्तिले हरेक समय उपासना गरिरहेको हुन्छ । पवित्रता, नमाज, पोसाक, वर्षा आदि लगायत धेरै नियमहरू जाडो मौसमसँग जोडिएकाले तिनै केही नियमहरूबारे छलफल गर्नेछौं; इन् शा अल्लाह ।
यात्राका केही नियमहरू
इस्लाम परिपूर्ण जीवनप्रणाली हो । इस्लामले मानवको सामान्य अवस्था, यात्रा, सुख, दु:ख, खेलकुद लगायत जीवनका आशा अभिलाषा तथा सम्पूर्ण पक्षहरूलाई समेटेको छ। यात्रा पनि हाम्रो जीवनको अभिन्न हिस्सा हो । अल्लाहले यात्रामा रहेको बेला केही कुराको अनुमति दिनुभएको छ भने केही कुराबाट मनाही गर्नुभएको छ, यो अध्यायमा हामी यात्रा सम्बन्धी केही विधि-विधानबारेमा छलफल गर्नेछौं, इन् शा अल्लाह !
महामारी र रोगहरू
महामारी तथा रोगहरूबाट पीडित हुनु अल्लाहको फैसला र प्राकृतिक नियमहरू मध्येको हो। महामारी तथा रोग मुस्लिम वा गैर मुस्लिम सबैमाथि आइपर्छ, तर मुस्लिमको स्थिति अरूको स्थिति भन्दा फरक हुन्छ। मुस्लिमले त्यससँग त्यस्तै व्यवहारको साथ सामना गर्छ जस्तो गर्ने आदेश उसको पालनकर्ता अल्लाहले दिनुभएको छ। जस्तै- धैर्य गर्नु, महामारी वा रोग आउनु भन्दा पहिले इस्लामिक शरिअत अनुसार त्यसको रोकथाम तथा प्रतिरोध गर्नु, यदि महामारी आइहाल्यो भने त्यसबाट मुक्ति पाउने कोसिस गर्ने, आदि।