सिक्न जारी राख्नुहोस्

तपाईं लगइन हुनुभएको छैन ।
तपाईंको प्रगति जारी राख्न, प्वाइन्टहरू संकलन गर्न र प्रतिस्पर्धाहरूमा प्रवेश गर्नको लागि “ता प्लेटफर्म” (Learning Islam) मा अहिल्यै दर्ता गर्नुहोस्। दर्ता पछि तपाईंले आफूले सिकेको विषयहरूको इलेक्ट्रोनिक (अनलाइन) प्रमाणपत्र प्राप्त गर्नुहुनेछ।

सिक्ने पाठ्यक्रमहरू

ता प्लेटफर्ममा विभिन्न पाठ्यक्रमहरू छन्। प्रत्येक पाठ्यक्रमले साइट भित्रका विभिन्न खण्डहरूबाट चयन गरिएका पाठहरू समावेश गर्दछ जसले विद्यार्थीको आवश्यकता अनुसार शरई (इस्लामिक) ज्ञान बढाउन गर्न मद्दत गर्दछ।

केही त्यसता चीजहरू जसबाट कुनै पनि मुस्लिम अज्ञात रहन सक्दैन।

39 lessons
इस्लामिक शरिअतले ल्याएका विधिविधान तथा कानुनहरू सिक्नु प्रत्येक मुस्लिमहरूको लागि अनिवार्य छ। यी विधिविधानहरू अत्यन्तै सरल र सुविधाजनक छन्; किनभने यो शरिअत (कानुन) मानवमा भलाइ ल्याउने र खराबीहरू हटाउने कुराहरूमा आधारित छ। यसका खास विशेषताहरू के छन् भने, ब्रह्माण्डका पालनकर्ताको वाणी यसको आधारभूत श्रोत हो, यसको भाषा स्पष्ट तथा विस्तृत छ। यसका विधिविधानहरू बयान गर्ने बयानकर्ता सम्पूर्ण मानव जाति तथा समुदायका शुभ चिन्तक, मानिसहरूमा सबैभन्दा उत्तम तथा जानकार व्यक्ति हुनुहुन्छ; उहाँ हुनुहुन्छ अल्लाहका अन्तिम नबी मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम। यस पाठ्यक्रममा केही पाठहरूका समूह चयन छन्, जसले मुस्लिमलाई इस्लामिक शरिअतको जानकारी गराउँछ। यी कुराहरू जान्नु र व्यवहारमा लागू गर्नु प्रत्येक मुस्लिमको लागि अनिवार्य छ।
दिसा-पिसाब गर्ने तरिका वजू ठूलो अपवित्रता र स्नान पवित्रता (तहारत) को विशेष अवस्था +35

नयाँ मुस्लिम

38 lessons
इस्लाममा प्रवेश गरेपछि कुनै पनि व्यक्तिले यस सांसारिक जीवनको त्यस्तो यात्रा सुरु गर्दछ, जुन उसको विगतको जिन्दगी भन्दा फरक हुन्छ। यस नयाँ जिन्दगीको यात्रामा उसलाई आफ्नो अकीदा (आस्था) सुधार्न, संरक्षण गर्न र प्रदर्शन गर्न धेरै ज्ञान तथा जानकारीको आवश्यकता पर्दछ। ताकि अल्लाहले ऊ माथि अनिवार्य गरेका कर्तव्यहरू पालना गर्न र विस्तारै-विस्तारै इस्लाम र ईमानको पङ्क्तिमा माथि उठ्न सकोस्। हामीले त्यसता व्यक्तिको लागि यस पाठ्यक्रममा तिनै लाभदायक कुराहरू एकत्रित गरेका छौं; जसले यस लक्ष्यमा पुग्न उसलाई अल्लाहको आज्ञा भएमा सहयोग गर्नेछन्।
दिसा-पिसाब गर्ने तरिका वजू ठूलो अपवित्रता र स्नान सलाह (नमाज) को अर्थ र श्रेष्ठता +34

आर्थिक लेनदेन

2 lessons
इस्लाम जीवनका सबै पक्षहरूलाई समेटेको एउटा व्यापक धर्म तथा जीवन व्यवस्था हो, किनभने यो उपासना, लेनदेन र व्यवहारिकताको धर्म तथा व्यवस्था हो। मानिसहरूलाई ती सबैमा क्षेत्रमा इस्लामिक कानूनको आदेश जान्नको लागि उनीहरूलाई मार्गदर्शन चाहिन्छ। ताकि तिनीहरूको काम सर्वशक्तिमान अल्लाहलाई मनपर्ने र उहाँलाई प्रसन्न पार्ने होस्। पवित्र कुर्आनमा लेनदेन, सांसारिक मामिला र सम्झौताहरूसँग सम्बन्धित सटीक विवरणहरू उल्लेख गरिएका छन् र नबी सल्लल्लाहु अलैहि वसल्लमले पनि आफ्नो उम्मतको लागि तिनै कुराहरूको बयान गर्नुभएको छ। जस्तै- मानव जीवनको लागि आवश्यक पर्ने आर्थिक लेनदेन, किनबेच, आदि जस्ता विषयहरू। यस पाठ्यक्रममा हामीले तिनै कुराहरूको बारेमा जानकारी हासिल गर्नेछौं।
जकात (दान) को वास्तविकता र यसका उद्देश्यहरू जकात निकाल्नु पर्ने धन-सम्पत्तिहरू

मुस्लिम परिवार

11 lessons
इस्लामले परिवारलाई विशेष ध्यान र पूर्ण हेरचाह दिएको छ, किनभने इस्लामिक शरिअत (विधान) भक्तहरूको जीवन र परलोकको हितमा मार्गदर्शन गर्ने कुरामा आधारित छ। परिवार-परिवार मिलेर समाज बन्छ, जबसम्म परिवार राम्रो हुँदैन तबसम्म समाज पनि राम्रो हुँदैन। इस्लामिक शरिअतले विस्तृत विधिविधान, उत्तम शिष्टाचार, उच्च नैतिकता र स्वीकार्य निर्णय लिएर आएको छ; जसले परिवारको निर्माण र संरक्षण गर्दछ। त्यसैले यसले परिवारको प्रत्येक सदस्यको कर्तव्य, दायित्व र अधिकारहरू पनि स्पष्ट पारेको छ।
इस्लाममा परिवारको स्थान महिला र पुरुष दुई लिङ्गहरू बीच सम्बन्धको नियम कानुन पति पत्नी चुन्ने आधारभूत कुराहरू निकाह सन्देश (खित्बा) को शिष्टाचार +7

मुस्लिम महिला

6 lessons
इस्लामिक शरिअत (कानुन) ले महिलाहरूलाई उच्च सम्मान दिएको छ। यसका प्रमाणहरू अल्लाहको वाणी कुर्आन र अल्लाहको रसूल मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमको जीवनीमा धेरै छन्। इस्लामले महिलाहरूको सम्मानको लागि विशेष कानुन तथा विधान नै बनाएको छ; जसले तिनिहरूका सुविधाहरू र विशेषताहरूलाई ध्यानमा राख्दै, तिनिहरूको अधिकारको संरक्षण गरेको छ अनि तिनिहरूलाई अश्लीलता र दुर्भावनापूर्ण व्यवहार र हृदय रोगीहरूको महत्वाकांक्षाबाट जोगाउने प्रावधानहरू बताएको छ।
महिला र समकालीन दावाह (निमन्त्रण) इस्लाममा परिवारको स्थान महिला र पुरुष दुई लिङ्गहरू बीच सम्बन्धको नियम कानुन मुस्लिम महिलाको पवित्रता (तहारत) +2