तपाईंको प्रगति जारी राख्न, प्वाइन्टहरू संकलन गर्न र प्रतिस्पर्धाहरूमा प्रवेश गर्नको लागि “ता प्लेटफर्म” (Learning Islam) मा अहिल्यै दर्ता गर्नुहोस्। दर्ता पछि तपाईंले आफूले सिकेको विषयहरूको इलेक्ट्रोनिक (अनलाइन) प्रमाणपत्र प्राप्त गर्नुहुनेछ।
इस्लामले परिवारलाई विशेष ध्यान र पूर्ण हेरचाह दिएको छ, किनभने इस्लामिक शरिअत (विधान) भक्तहरूको जीवन र परलोकको हितमा मार्गदर्शन गर्ने कुरामा आधारित छ। परिवार-परिवार मिलेर समाज बन्छ, जबसम्म परिवार राम्रो हुँदैन तबसम्म समाज पनि राम्रो हुँदैन। इस्लामिक शरिअतले विस्तृत विधिविधान, उत्तम शिष्टाचार, उच्च नैतिकता र स्वीकार्य निर्णय लिएर आएको छ; जसले परिवारको निर्माण र संरक्षण गर्दछ। त्यसैले यसले परिवारको प्रत्येक सदस्यको कर्तव्य, दायित्व र अधिकारहरू पनि स्पष्ट पारेको छ।