Model: हालको खण्ड
पाठ विवाहको तरिका
विवाह (निकाह) सम्बन्धी इस्लामिक शिष्टाचारहरूमध्ये केही कुराहरू विवाहको सम्झौता भन्दा पहिले, केही विवाहको समयमा र केही विवाहको सम्झौता भन्दा पछि पनि हुन्छन्। इस्लामले विवाह (निकाह) को सम्झौतालाई उत्तम शिष्टाचारको साथ व्यवस्थित गरेको छ; जुन कुराहरूलाई अल्लाहद्वारा उत्तम इनाम प्राप्त गर्ने इच्छा र वैवाहिक सम्बन्धलाई सुदृढ तथा स्थायी बनाउन दुबै पति वा पत्नीले पालना गर्नुपर्छ।
१- नियत (सङ्कल्प)
इस्लाममा नियतको ठूलो महत्त्व छ; जसलाई यस प्रसिद्ध हदीसले प्रमाणित गर्छ- «إِنَّمَا الأَعْمَالُ بِالنِّيَّاتِ وَإِنَّمَا لِكُلِّ امْرِئٍ مَا نَوَى» अर्थः “प्रत्येक कर्महरूका प्रतिफल नियतमा निर्भर छन्, त्यसैले कर्मको प्रतिफल मानिसलाई उसको नियत अनुसार नै मिल्छ।” (बुखारीः १, मुस्लिमः १९०७) त्यसैले विवाह गर्ने जोडीले विवाहको सम्बन्धमा राम्रो नियत (धारणा) राख्नुपर्छ। विवाहमा राम्रो नियत जाहेर गर्नु अल्लाहका निसानीहरू मध्येको हो। विवाहमा अपनाउनु पर्ने वैधानिक नियमहरूको पालना गर्दै भलो तरिका अपनाउनु पर्छ। ताकि पुनीत तथा सालेह सन्तान प्राप्ति होस्, जसले अल्लाहको तौहीदको पालना र गुणगान गर्दै उहाँको मात्र उपासना गरोस्। पति पत्नी दुबैले एक अर्काका इज्जतलाई सुरक्षा गर्दै फित्ना फसाद आदि जस्ता हरेक खराब चीजहरूबाट बचाउनु पर्छ।
२- विवाह पछिको मिलनमा सुन्नतको पालना गर्नु।
वलीमा (विवाह भोज) गर्नु सुन्नत मुअक्कदह् हो। जब अब्दुर्रहमान बिन् औफ रजियल्लाहु अन्हुले विवाह गर्नुभयो तब अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयोः “तिमीले वलीमा (भोज) गर; चाहे एउटा बाख्रोको किन नहोस्।” (बुखारीः २०४८, मुस्लिमः १४२७)
वलीमा (विवाह भोज) मा ध्यान दिनुपर्ने कुराहरू।
४- विवाहको समारोहमा महिलाहरूले गीत गाउनु।
राम्रा र उचित शब्दहरूमा गीत गाउन र डम्फु बजाउन महिलाहरूको लागि अनुमति छ, तर अन्य कुनै सङ्गीत तथा वाद्यवादनका यन्त्रहरू बजाउन र पुरुषहरूको साथमा नाचगान गर्न जायज छैन। विवाहको शुभ अवसरमा इस्लाममा पनि खुसीयाली मनाउनु जायज छ।
५- दयावान् हुनु।
भलाइको साथ रहनु र राम्रो सम्बन्ध राख्नु विवाहका शिष्टाचारहरू मध्येको एक हो। ताकि पति पत्नीले जुन स्नेहका साथ जीवन बिताउँछन्, त्यो जीवन अल्लाहको कृपाले सुखमय रहोस्। अल्लाहले पुरुषहरूलाई आदेश दिँदै भन्नुभएको छः {وَعَاشِرُوهُنَّ بِالْمَعْرُوفِ} [النساء: 19]. अर्थः “तिनिहरूसँग राम्रो व्यवहार गर।” (सूरतुन् निसाः ४/ १९)