Model: हालको खण्ड
पाठ तलाक (सम्बन्ध विच्छेद)
इस्लाम पारिवारिक जीवनको संरक्षण गर्न दृढ छ र प्रतिज्ञा तथा सम्झौताको माध्यमद्वारा वैवाहिक जीवन सम्बन्धको सुरक्षा गरेको छ। पवित्र कुर्आनले यसलाई स्पष्ट रूपमा वर्णन पनि गरेको छ। त्यो दृढ प्रतिज्ञा निकाह (विवाह) को सम्झौता हो।
इस्लामले वैवाहिक सम्बन्धलाई सुरक्षा गर्न धेरै जोड दिएको छ। अनि पतिलाई आफ्ना पत्नीहरूलाई राम्रो तरिकाले राख्न उपदेश दिँदै तलाक दिन मनाही पनि गरेको छ। चाहे पत्नीहरू वा उनका केही व्यवहार उसलाई मन नपरेका किन नहोऊन्। यसै सम्बन्धमा कुर्आनमा भनिएको छः {وَعَاشِرُوهُنَّ بِالْمَعْرُوفِ فَإِنْ كَرِهْتُمُوهُنَّ فَعَسَى أَنْ تَكْرَهُوا شَيْئًا وَيَجْعَلَ اللَّهُ فِيهِ خَيْرًا كَثِيرًا} [النساء: 19]. अर्थः “तिनिहरूलाई तिमीले मन नपराए पनि, तिनिहरूसित राम्रो व्यवहार गर; हुनसक्छ तिमीले नराम्रो मानेको कुनै कुरामा अल्लाहले धेरै भलाइको राख्नुभएको होस्।” (सूरतुन्-निसाः ४/ १९) जबसम्म विवाहको बलियो सम्बन्ध बिग्रेर नराम्रो स्थिति सृजना हुँदैन, तबसम्म कुनै महिलालाई उसको पतिको विरुद्धमा उक्साएर वा भ्रमित गरेर पति पत्नीहरू बीच फूट पार्ने प्रयास नगर्न इस्लामले कडा चेतावनी दिएको छ। यसै सम्बन्धमा अबू हुरैरा रजियल्लाहु अन्हुद्वारा वर्णित हदीसमा छ, अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभएको छः “जसले कुनै महिलालाई उसको पतिको विरुद्ध भ्रमित गर्छ, ऊ हामीहरू मध्येको होइन।” (अबू दाउदः २१७५ सहीह) यस हदीसमा आएको शब्द “खब्बब” को अर्थ धोका दिनु र फसाद मच्चाउनु हो।
इस्लामको चाहना सच्चाइ
सम्बन्ध विच्छेद (तलाक) को वैधानिकता
तलाकको शाब्दविक अर्थ
इस्लामिक शरिअतमा तलाकको अर्थ
तलाक (सम्बन्ध विच्छेद) का केही फाइदाहरू
तलाक (सम्बन्ध विच्छेद) का हानि
तलाकका किसिमहरू
तलाक रजअयु (रद्द गर्न मिल्ने तलाक)
तलाक बाइनु बैनुनह सुगरा (नयाँ महर र सम्झौताको साथ रद्द गर्न मिल्ने तलाक)
तलाक बाइन बैनुनह कुबरा (महिलाले अर्को पुरुषसँग निकाह गरेर तलाक नलिए सम्म रद्द गर्न नमिल्ने तलाक)
तलाक रजअ (रद्द गर्न मिल्ने), बैनुनह सुगरा (नयाँ महर र सम्झौताको साथ रद्द गर्न मिल्ने) र बैनुनह कुबरा (रद्द गर्न नमिल्ने) सम्बन्धित निर्णयहरूले इस्लामिक कानुन (शरिअत) सुन्दर व्यवस्था स्पष्ट गवाही दिन्छ। सम्बन्ध विच्छेद (तलाक) सधैँको लागि अन्त्य होइन। रद्द तथा फिर्ता गर्न मिल्ने समयमा प्रत्येक पति/पत्नीले शान्त र समस्याहरूको दबाबबाट टाढा रहेर पछि हुने सम्भावित परिणामहरूमा पुनर्विचार गर्न र निर्णय गर्ने पर्याप्त समय पाउँछन्। महिलाको दोस्रो पतिसँग बैनुनह कुबरा (रद्द गर्न नमिल्ने) सम्बन्ध विच्छेदमा भइसकेपछि पनि दुबैले चाहेमा पुनः पहिलेको पतिसँग निकाह गर्न सम्भव छ र यो राम्रो विकल्प हो। प्रायः यही अनुभवले वैवाहिक सम्बन्धलाई सुदृढ बनाउँछ र बलियो जगमा पुनः निर्माण गर्ने कारक बन्ने गर्छ ।
इद्दत
पत्नीलाई आफ्नो पतिको घरमा आफ्नो इद्दत अवधि बिताउने अधिकार छ, त्यस समयमा उनको पालनपोषणको जिम्मेवारी पतिको हुन्छ। इद्दत अवधि बिताउँदै गरेको अवस्थामा पतिको मृत्यु भयो भने पत्नी मिरास (सम्पत्ति) को हकदार पनि हुन्छन्। इद्दत अवधिमा अरू पुरुषसँग विवाहको सन्देश दिन र विवाह गर्न निषेध गरिएको छ।