Model: हालको खण्ड
पाठ तलाक (सम्बन्ध विच्छेद)
इस्लाम पारिवारिक जीवनको संरक्षण गर्न दृढ छ र प्रतिज्ञा तथा सम्झौताको माध्यमद्वारा वैवाहिक जीवन सम्बन्धको सुरक्षा गरेको छ। पवित्र कुर्आनले यसलाई स्पष्ट रूपमा वर्णन पनि गरेको छ। त्यो दृढ प्रतिज्ञा निकाह (विवाह) को सम्झौता हो।
इस्लामले वैवाहिक सम्बन्धलाई सुरक्षा गर्न धेरै जोड दिएको छ। अनि पतिलाई आफ्ना पत्नीहरूलाई राम्रो तरिकाले राख्न उपदेश दिँदै तलाक दिन मनाही पनि गरेको छ। चाहे पत्नीहरू वा उनका केही व्यवहार उसलाई मन नपरेका किन नहोऊन्। यसै सम्बन्धमा कुर्आनमा भनिएको छः {وَعَاشِرُوهُنَّ بِالْمَعْرُوفِ فَإِنْ كَرِهْتُمُوهُنَّ فَعَسَى أَنْ تَكْرَهُوا شَيْئًا وَيَجْعَلَ اللَّهُ فِيهِ خَيْرًا كَثِيرًا} [النساء: 19]. अर्थः “तिनिहरूलाई तिमीले मन नपराए पनि, तिनिहरूसित राम्रो व्यवहार गर; हुनसक्छ तिमीले नराम्रो मानेको कुनै कुरामा अल्लाहले धेरै भलाइको राख्नुभएको होस्।” (सूरतुन्-निसाः ४/ १९) जबसम्म विवाहको बलियो सम्बन्ध बिग्रेर नराम्रो स्थिति सृजना हुँदैन, तबसम्म कुनै महिलालाई उसको पतिको विरुद्धमा उक्साएर वा भ्रमित गरेर पति पत्नीहरू बीच फूट पार्ने प्रयास नगर्न इस्लामले कडा चेतावनी दिएको छ। यसै सम्बन्धमा अबू हुरैरा रजियल्लाहु अन्हुद्वारा वर्णित हदीसमा छ, अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभएको छः “जसले कुनै महिलालाई उसको पतिको विरुद्ध भ्रमित गर्छ, ऊ हामीहरू मध्येको होइन।” (अबू दाउदः २१७५ सहीह) यस हदीसमा आएको शब्द “खब्बब” को अर्थ धोका दिनु र फसाद मच्चाउनु हो।
इस्लामको चाहना सच्चाइ
इस्लाम एउटा सत्य धर्म तथा उत्तम मानव जीवन व्यवस्था हो, त्यसैले यसले वैवाहिक सम्बन्धलाई मधुर र दीर्घकालीन बनाउन चाहन्छ। इस्लाममा कुनै पनि मानव प्रकृतिको विरुद्ध व्यवस्था छैन, यसले मानिसहरूमाथि जबरजस्ती गरेर तिनलाई अप्ठ्यारोमा पार्न पनि चाहँदैन। बरु मानिसहरूका अवस्था, भावना र चाहनाहरूलाई राम्रो ख्याल गरेको छ। कहिलेकाहीँ वैवाहिक सम्बन्धलाई विच्छेद गराउनु अथवा तोड्नु त्यसलाई जारी राख्नु भन्दा राम्रो हुनसक्छ। वैवाहिक सम्बन्धमा तलाक अथवा सम्बन्ध विच्छेदको अवस्था आउन सक्छ वा आवश्यकता पनि पर्न सक्छ भन्ने कुरा अल्लाहलाई राम्रोसँग थाहा छ। त्यसैले तलाकमा हानी र कठिनाइ भएपनि केही रहस्यमय र तत्त्वदर्शीताका कुराहरू पनि भएकाले इस्लाममा तलाकको अनुमति छ।
सम्बन्ध विच्छेद (तलाक) को वैधानिकता
तलाकको वैधता सम्बन्धी कुर्आन र नबी सल्लल्लाहु अलैहि वसल्लमको सुन्नतमा धेरै कुराहरू उल्लेख गरिएको छन्। कैयौँ कुर्आनका आयतहरू र हदीसहरूमा बयान गरिएका कुराहरूले तलाकको आदेश, विधान र शिष्टाचारलाई व्यवस्थित गरेका छन्। यहाँसम्म कि कुर्आनको एउटा सूरहको नाम नै “तलाक” छ।
तलाकको शाब्दविक अर्थ
प्रतिबन्ध र रिहाइको समाधान हो।
इस्लामिक शरिअतमा तलाकको अर्थ
वैवाहिक सम्बन्धलाई तुरुन्तै वा कुनै समयमा खास शब्दहरूद्वारा तोड्नु अथवा स्वतन्त्र गराउनु हो। सम्बन्ध विच्छेद जनाउने विशेष शब्दहरू; जस्तै तलाक किनाया, हराम, आजाद गर्नु आदि। त्यसैगरी यस्तै शब्दहरूको बदलामा लिखित पत्र, सम्झन सकिने इशारा वा तलाक शब्दसँग सम्बन्धित शब्दहरू “खुलअ”, काजी (न्यायाधीश) ले सम्बन्ध विच्छेद गराइयो वा गरियो भन्नु।
तलाक (सम्बन्ध विच्छेद) का केही फाइदाहरू
तलाक (सम्बन्ध विच्छेद) का हानि
तलाकका किसिमहरू
तलाक रजअयु (रद्द गर्न मिल्ने तलाक)
यो त्यस्तो तलाक हो, जो पतिले आफ्नी पत्नीलाई पहिलो पटक वा दोस्रो पटक तलाक दिन्छ; यसमा इद्दतको अवधिभित्र तलाकलाई फिर्ता लिएर पुनर्मिलनको अधिकार हुन्छ। यसमा पत्नीको अनुमति र नयाँ सम्झौताको आवश्यकता पर्दैन।
तलाक बाइनु बैनुनह सुगरा (नयाँ महर र सम्झौताको साथ रद्द गर्न मिल्ने तलाक)
यो त्यस्तो तलाक हो, जो पतिले आफ्नी पत्नीलाई पहिलो पटक वा दोस्रो पटक तलाक दिन्छ; अनि इद्दतको समय पनि सकिएको छ। यस्तो अवस्थामा तलाक फिर्ता लिन मिल्दैन र नयाँ सम्झौता गरेर मात्र पुनर्मिलन गर्न सकिन्छ।
तलाक बाइन बैनुनह कुबरा (महिलाले अर्को पुरुषसँग निकाह गरेर तलाक नलिए सम्म रद्द गर्न नमिल्ने तलाक)
यो त्यस्तो तलाक हो, जो पतिले आफ्नी पत्नीलाई तीन पटक तलाक दिई सकेको हुन्छ। यस अवस्थामा पत्नीलाई पुनः फर्काउन पाउने पतिको अधिकार हुँदैन। तर उक्त महिलाले अरू कुनै पुरुषसँग निकाह गरिसकेपछि उनीहरूको बीचमा पनि तलाक हुन्छ; अनि महिलाले इद्दतको समय पनि बिताई सकेकी हुन्छिन्, भने त्यसपछि दुबैले चाहेमा नयाँ सम्झौता र नयाँ महरको साथ नयाँ निकाह गर्न सक्छन्। तर दोस्रो पतिले त्यस महिलालाई पहिलो पतिको पासमा फर्काउने नियतले तलाक दिएको हुनु हुँदैन।
तलाक रजअ (रद्द गर्न मिल्ने), बैनुनह सुगरा (नयाँ महर र सम्झौताको साथ रद्द गर्न मिल्ने) र बैनुनह कुबरा (रद्द गर्न नमिल्ने) सम्बन्धित निर्णयहरूले इस्लामिक कानुन (शरिअत) सुन्दर व्यवस्था स्पष्ट गवाही दिन्छ। सम्बन्ध विच्छेद (तलाक) सधैँको लागि अन्त्य होइन। रद्द तथा फिर्ता गर्न मिल्ने समयमा प्रत्येक पति/पत्नीले शान्त र समस्याहरूको दबाबबाट टाढा रहेर पछि हुने सम्भावित परिणामहरूमा पुनर्विचार गर्न र निर्णय गर्ने पर्याप्त समय पाउँछन्। महिलाको दोस्रो पतिसँग बैनुनह कुबरा (रद्द गर्न नमिल्ने) सम्बन्ध विच्छेदमा भइसकेपछि पनि दुबैले चाहेमा पुनः पहिलेको पतिसँग निकाह गर्न सम्भव छ र यो राम्रो विकल्प हो। प्रायः यही अनुभवले वैवाहिक सम्बन्धलाई सुदृढ बनाउँछ र बलियो जगमा पुनः निर्माण गर्ने कारक बन्ने गर्छ ।
इद्दत
“इद्दत” भनेको पति पत्नी अलग भएपछि महिलाले बिताउनु पर्ने इस्लामिक शरिअतद्वारा निर्धारण गरिएको अवधि हो। पतिको मृत्यु वा पतिसँग तलाक भएपछि अर्को विवाहको लागि महिलाले एउटा निश्चित अवधिसम्म पर्खनु पर्छ। पर्खनु पर्ने अवधि पुरा भएपछि मात्र अर्को विवाह गर्न मिल्छ।
पत्नीलाई आफ्नो पतिको घरमा आफ्नो इद्दत अवधि बिताउने अधिकार छ, त्यस समयमा उनको पालनपोषणको जिम्मेवारी पतिको हुन्छ। इद्दत अवधि बिताउँदै गरेको अवस्थामा पतिको मृत्यु भयो भने पत्नी मिरास (सम्पत्ति) को हकदार पनि हुन्छन्। इद्दत अवधिमा अरू पुरुषसँग विवाहको सन्देश दिन र विवाह गर्न निषेध गरिएको छ।
इद्दत अवधिको वैध हुनुको रहस्य (हिक्मत)
اختر مستوى الشرح المناسب لك
يحتوي الدرس الآن على طبقات اختيارية تساعدك على المراجعة السريعة أو التعمق دون مغادرة الدرس.
- الملخص: نظرة سريعة في نحو دقيقة.
- الأساسي: محتوى الدرس الأصلي وهو المسار المعتمد للتقدم.
- المتعمق: تفاصيل إضافية اختيارية عند توفرها.
تقدمك وإكمال الدرس يعتمدان دائما على صفحات المستوى الأساسي.