Model: हालको खण्ड
पाठ नातेदारसँग व्यवहार
नाता सम्बन्ध अथवा नातेदारसँगको व्यवहार भनेको आफन्तहरूको सत्कर्ममा सहभागी हुनु, उनीहरूप्रति परोपकार गर्नु, दया गर्नु, उनीहरूसँग राम्रो व्यवहार गर्नु, भेट्न जानु र उनीहरूको अवस्थाको हालखबर बुझ्नु र उनीहरूलाई खाँचोमा परेको बेलामा उनीहरूको लागि खर्च गर्नु हो।
नाता सम्बन्धलाई जोड्नमा प्रोत्साहन गर्ने र तोड्न मनाही गर्ने सम्बन्धमा पवित्र कुर्आन र हदीसमा धेरै कुराहरू बयान गरिएका छन्। अल्लाहले काफिरहरूको विशेषताको बारेमा बयान गर्दै भन्नुभएको छः {الَّذِينَ يَنْقُضُونَ عَهْدَ اللَّهِ مِنْ بَعْدِ مِيثَاقِهِ وَيَقْطَعُونَ مَا أَمَرَ اللَّهُ بِهِ أَنْ يُوصَلَ وَيُفْسِدُونَ فِي الْأَرْضِ أُولَئِكَ هُمُ الْخَاسِرُون} [البقرة: 27]، अर्थः “जो मानिसहरूले अल्लाहसँग गरेको दृढ प्रतिज्ञालाई तोड्छन् र अल्लाहले जोड्न आदेश दिएको कुरा (नाता) लाई तोड्छन् अनि पृथ्वीमा उपद्रव गर्छन्, यिनीहरूले नै हानि बेहोर्न छन्।” (सूरतुल्-बकरः २/ २७) अर्को ठाउँमा भन्नुभएको छः {فَهَلْ عَسَيْتُمْ إِنْ تَوَلَّيْتُمْ أَنْ تُفْسِدُوا فِي الْأَرْضِ وَتُقَطِّعُوا أَرْحَامَكُم} [محمد: 22]. अर्थः “(हे कपटीहरू !) तिम्रो लागि कुनै अनौठो कुरो होइन, यदि तिमीहरूलाई सत्ता प्राप्त हुन्छ भने तिमीहरूले धरतीमा दङ्गा फसाद सृजना गर्न थाल्छौ र नाता सम्बन्ध सबै तोडि दिन्छौ।” (सूरतु-मुहम्मदः ४७/ २२)
नबी सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभएको छः “जसले अल्लाह र कयामतको दिनमाथि आस्था राख्छ उसले नातेदारहरूसँग राम्रो व्यवहार गरोस्।” (बुखारीः ६१३८) अनि अर्को ठाउँमा यो पनि भन्नुभएको छः जब अल्लाहले सृष्टिका सबै चीजहरूलाई सृष्टि गर्नुभयो र सृष्टिको कामबाट फुर्सद हुनुभयो; त त्यसपछि “नाता-सम्बन्ध (रहम)” ले अल्लाहको समक्ष अपिल गर्योः यो यसको ठाउँ हो, जो नाता-सम्बन्ध तोड्नबाट तपाइँको शरण चाहन्छ। अल्लाहले भन्नुभयोः के तिमी यस कुरामा राजी छैनौ, जसले तिमीलाई (नाता-सम्बन्धलाई) जोड्छ मैले उसलाई जोड्ने छु र जसले तिमीलाई तोड्छ, मैले पनि उसलाई तोड्ने छु? उसले भन्योः अवश्य मेरो पालनकर्ता ! अल्लाहले भन्नुभयोः तिमीसँग मैले यस्तै गरे। त्यसपछि अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयोः “यदि तिमीले चाहन्छौ भने यस कुराको पुष्टिको लागि कुर्आनको यो आयत पढ- तिम्रो लागि कुनै अनौठो कुरो होइन, यदि तिमीहरूलाई सत्ता/शक्ति प्राप्त हुन्छ भने तिमीहरूले धरतीमा दङ्गा फसाद सृजना गर्न थाल्छौ र नाता सम्बन्ध सबै तोडि दिन्छौ।” (सूरतु-मुहम्मदः ४७/ २२)” (बुखारीः ५९८७, मुस्लिमः २५५४)
इस्लामिक शरिअतले निकटतम नातेदारसँग नाता र सम्बन्ध जोड्न तथा उनीहरूसँग सद्-व्यवहार गर्न आदेश दिएको छ।