सिक्न जारी राख्नुहोस्

तपाईं लगइन हुनुभएको छैन ।
तपाईंको प्रगति जारी राख्न, प्वाइन्टहरू संकलन गर्न र प्रतिस्पर्धाहरूमा प्रवेश गर्नको लागि “ता प्लेटफर्म” (Learning Islam) मा अहिल्यै दर्ता गर्नुहोस्। दर्ता पछि तपाईंले आफूले सिकेको विषयहरूको इलेक्ट्रोनिक (अनलाइन) प्रमाणपत्र प्राप्त गर्नुहुनेछ।

Model: हालको खण्ड

पाठ नातेदारसँग व्यवहार

यस पाठमा हामीले इस्लाममा नाता सम्बन्धको अवधारणा, नातेदारसँग गरिने व्यवहार र त्यससँग सम्बन्धित मामिलाहरूबारे जानकारी हासिल गर्ने छौं।

  • इस्लाममा नाता सम्बन्धको अवधारणाबारे जानकारी।
  • नाता सम्बन्धको महत्त्व र त्यसलाई तोड्ने विरुद्ध चेतावनी।
  • नाता सम्बन्धका केही माध्यमहरूका बयान।
  • नाता सम्बन्धका केही श्रेष्ठता तथा सदगुणहरूको बयान।

Count: अन्य विद्यार्थीहरूले यो पाठ पूरा गरे

नाता सम्बन्धको अर्थ

नाता सम्बन्ध अथवा नातेदारसँगको व्यवहार भनेको आफन्तहरूको सत्कर्ममा सहभागी हुनु, उनीहरूप्रति परोपकार गर्नु, दया गर्नु, उनीहरूसँग राम्रो व्यवहार गर्नु, भेट्न जानु र उनीहरूको अवस्थाको हालखबर बुझ्नु र उनीहरूलाई खाँचोमा परेको बेलामा उनीहरूको लागि खर्च गर्नु हो।

नाता सम्बन्धलाई जोड्नमा प्रोत्साहन गर्ने र तोड्न मनाही गर्ने सम्बन्धमा पवित्र कुर्आन र हदीसमा धेरै कुराहरू बयान गरिएका छन्। अल्लाहले काफिरहरूको विशेषताको बारेमा बयान गर्दै भन्नुभएको छः {الَّذِينَ يَنْقُضُونَ عَهْدَ اللَّهِ مِنْ بَعْدِ مِيثَاقِهِ وَيَقْطَعُونَ مَا أَمَرَ اللَّهُ بِهِ أَنْ يُوصَلَ وَيُفْسِدُونَ فِي الْأَرْضِ أُولَئِكَ هُمُ الْخَاسِرُون} [البقرة: 27]، अर्थः “जो मानिसहरूले अल्लाहसँग गरेको दृढ प्रतिज्ञालाई तोड्छन् र अल्लाहले जोड्न आदेश दिएको कुरा (नाता) लाई तोड्छन् अनि पृथ्वीमा उपद्रव गर्छन्, यिनीहरूले नै हानि बेहोर्न छन्।” (सूरतुल्-बकरः २/ २७) अर्को ठाउँमा भन्नुभएको छः {فَهَلْ عَسَيْتُمْ إِنْ تَوَلَّيْتُمْ أَنْ تُفْسِدُوا فِي الْأَرْضِ وَتُقَطِّعُوا أَرْحَامَكُم} [محمد: 22]. अर्थः “(हे कपटीहरू !) तिम्रो लागि कुनै अनौठो कुरो होइन, यदि तिमीहरूलाई सत्ता प्राप्त हुन्छ भने तिमीहरूले धरतीमा दङ्गा फसाद सृजना गर्न थाल्छौ र नाता सम्बन्ध सबै तोडि दिन्छौ।” (सूरतु-मुहम्मदः ४७/ २२)

नबी सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभएको छः “जसले अल्लाह र कयामतको दिनमाथि आस्था राख्छ उसले नातेदारहरूसँग राम्रो व्यवहार गरोस्।” (बुखारीः ६१३८) अनि अर्को ठाउँमा यो पनि भन्नुभएको छः जब अल्लाहले सृष्टिका सबै चीजहरूलाई सृष्टि गर्नुभयो र सृष्टिको कामबाट फुर्सद हुनुभयो; त त्यसपछि “नाता-सम्बन्ध (रहम)” ले अल्लाहको समक्ष अपिल गर्योः यो यसको ठाउँ हो, जो नाता-सम्बन्ध तोड्नबाट तपाइँको शरण चाहन्छ। अल्लाहले भन्नुभयोः के तिमी यस कुरामा राजी छैनौ, जसले तिमीलाई (नाता-सम्बन्धलाई) जोड्छ मैले उसलाई जोड्ने छु र जसले तिमीलाई तोड्छ, मैले पनि उसलाई तोड्ने छु? उसले भन्योः अवश्य मेरो पालनकर्ता ! अल्लाहले भन्नुभयोः तिमीसँग मैले यस्तै गरे। त्यसपछि अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयोः “यदि तिमीले चाहन्छौ भने यस कुराको पुष्टिको लागि कुर्आनको यो आयत पढ- तिम्रो लागि कुनै अनौठो कुरो होइन, यदि तिमीहरूलाई सत्ता/शक्ति प्राप्त हुन्छ भने तिमीहरूले धरतीमा दङ्गा फसाद सृजना गर्न थाल्छौ र नाता सम्बन्ध सबै तोडि दिन्छौ।” (सूरतु-मुहम्मदः ४७/ २२)” (बुखारीः ५९८७, मुस्लिमः २५५४)

इस्लामिक शरिअतले निकटतम नातेदारसँग नाता र सम्बन्ध जोड्न तथा उनीहरूसँग सद्-व्यवहार गर्न आदेश दिएको छ।

अनिवार्य नाता

यो मुहरिम (रगत) को नाता सम्बन्ध हो; जस्तै बुवाआमा, छोराछोरी, दाजुभाइ, दिदीबहिनी, काका, मामा, काकी र सानी वा ठूली आमाहरू।

उत्तम (मुस्तहब) नाता

यो रगतको नाताभन्दा बाहिरका नातेदारसँगको नाता सम्बन्ध हो; जस्तैः काकाका छोराहरू, मामाका छोराहरू आदि।

नातेदार सँगको व्यवहारको तरिका

नातेदारहरूसँग सक्दो भलाइ गर्नु र राम्रा चीजहरू उनीहरूसम्म पुर्याउनु र नराम्रा कुराहरू उनीहरूदेखि टाढा राख्नु। नातेदारसँग राम्रो सम्बन्ध राम्रो बोलचाल, सलाम, भेटघाट, हालखबरको जानकारी आदिबाट पनि हुनसक्छ, त्यसैगरी पैसा वा उनीहरूलाई आवश्यक परेको चीज उनीहरूलाई सहयोग गरेर र उनीहरूलाई हानि हुने चीजहरूबाट बचाएर, उनीहरूको लागि दुआ गरेर र उनीहरूको अनुहारमा खुसी ल्याएर।

नातेदारसँग राम्रो सम्बन्धका दर्शाउने उदाहरणहरू

١
टेलिफोन गर्नु, मोबाइलबाट म्यासेज पठाउनु वा विभिन्न एप्लिकेशनको माध्यमले उनीहरूसँग सम्पर्क गर्नु।
٢
उनीहरूको लागि पैसा खर्च गर्नु, अनिवार्य आवश्यकताहरू पुरा गरिदिनु, आफूमाथि पालनपोषणको जिम्मेदारी नभएका नातेदारलाई जकातको माल दिनु, उपहार दिनु, जिम्मेदारी बनिदिनु, सुझाव सल्लाह तथा उपदेश दिनु।
٣
उनीहरूको खुसीमा सहभागी हुनु र दुखमा सान्त्वना दिनु।
٤
भेटघाट गर्न जानु।
٥
निम्तो स्वीकार गर्नु।
٦
बिरामीलाई भेट्नु र हालखबर जानकारी लिनु।
٧
जनाजामा सहभागी हुनु।
٨
मेलमिलाप गराउनु।

नातेदारहरूसँग राम्रो सम्बन्धका केही फाइदाहरू

١
यो नातेदार तथा आफन्तहरूको माया र तिनिहरू बीचको पारिवारिक सम्बन्ध बलियो बनाउने एउटा माध्यम हो।
٢
यसले जीविकोपार्जन विस्तार गर्छ र आयु बढाउँछ।
٣
नातेदारहरूसँग भलाइ गर्ने तथा नाता जोड्नेसँग अल्लाह जोडिनु हुन्छ।
٤
यो स्वर्गमा प्रवेश गराउने माध्यम हो।
٥
यसमा अल्लाहको आज्ञापालन हुन्छ र उहाँलाई प्रसन्न पार्ने माध्यम हो।

१- यो आफन्तहरूलाई माया गर्ने र पारिवारिक सम्बन्ध बलियो बनाउने कारण हो।

अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभएको छः आफ्नो वंशको बारेमा राम्रो जानकारी राख्नुहोस्, जसद्वारा तपाईंले आफ्नो नाताको सम्बन्धलाई कायम राख्न सक्नुहुनेछ। वास्तवमा नाता सम्बन्ध राख्नाले आफन्तहरूमा स्नेह बढाउँछ, धन वृद्धि हुन्छ र आयु बढ्छ।” (तिर्मिजीः १९७९)

२- यसले जीविकोपार्जनलाई विस्तार गर्छ र आयु बढाउँछ।

अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभएको छः “जसले आफ्नो जीविकामा बढोत्तरी चाहन्छ र आयु पनि बढाउन चाहन्छ उसले नातेदारहरूसँग राम्रो व्यवहार गरोस्।” (बुखारीः २०६७, मुस्लिमः २५५७)

३- सर्वशक्तिमान् अल्लाहले आफ्नो नाताको सम्बन्ध कायम राख्नेहरूलाई समर्थन गर्नुहुन्छ।

जब अल्लाहले सृष्टिका सबै चीजहरूलाई सृष्टि गर्नुभयो र सृष्टिको कामबाट फुर्सद हुनुभयो; त त्यसपछि “नाता-सम्बन्ध (रहम)” ले अल्लाहको समक्ष अपिल गर्योः यो यसको ठाउँ हो, जो नाता-सम्बन्ध तोड्नबाट तपाइँको शरण चाहन्छ। अल्लाहले भन्नुभयोः के तिमी यस कुरामा राजी छैनौ, कि जसले तिमीलाई (नाता-सम्बन्धलाई) जोड्छ मैले उसलाई जोड्ने छु र जसले तिमीलाई तोड्छ, मैले पनि उसलाई तोड्ने छु? उसले भन्योः अवश्य मेरो पालनकर्ता ! अल्लाहले भन्नुभयोः तिमीसँग मैले यस्तै गरे।

४- नातेदारसँग राम्रो सम्बन्ध कायम राख्नु स्वर्गमा प्रवेश गर्ने माध्यम हो।

जब अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमसँग स्वर्गमा प्रवेश गराउने कर्मको बारेमा सोधियो, त उहाँले भन्नुभयोः “तिमीले अल्लाहको उपासना गर र उहाँसँग कसैलाई साझेदार नबनाऊ, नमाज कायम गर र जकात देऊ अनि नातेदारहरूसँग राम्रो व्यवहार गर।” (बुखारीः १३९६, मुस्लिमः १३)

तपाईंले पाठ सफलता पूर्वक पूरा गर्नुभयो


परीक्षा सुरु गर्नुहोस्