Model: हालको खण्ड
पाठ सन्तानहरूको अधिकार
पाठबारे जानकारी
लक्ष्यहरू
Count: अन्य विद्यार्थीहरूले यो पाठ पूरा गरे
अल्लाहले बुवा-आमाको हृदयलाई सन्तानहरूको चाहना र ममताले भरिपूर्ण बनाउनु भएको छ। सन्तान स्वस्थ र तन्दुरुस्त होऊन् भन्ने उनीहरूको चाहना हुन्छ। यही चाहना हामी सबै मानिसहरूका पिता आदम र माता हव्वा (उहाँहरूमाथि अल्लाहको दया र शान्ति होस्) मा पनि थियो। जसको चर्चा अल्लाहले कुर्आनमा यसरी गर्नुभएको छः {هُوَ الَّذِي خَلَقَكُمْ مِنْ نَفْسٍ وَاحِدَةٍ وَجَعَلَ مِنْهَا زَوْجَهَا لِيَسْكُنَ إِلَيْهَا فَلَمَّا تَغَشَّاهَا حَمَلَتْ حَمْلًا خَفِيفًا فَمَرَّتْ بِهِ فَلَمَّا أَثْقَلَتْ دَعَوَا اللَّهَ رَبَّهُمَا لَئِنْ آتَيْتَنَا صَالِحًا لَنَكُونَنَّ مِنَ الشَّاكِرِينَ} [الأعراف: 189] अर्थः “ उहाँ (अल्लाह) ले तिमीलाई एउटै शरीरबाट सृष्टि गर्नुभयो अनि त्यसैबाट उनको जोडी बनाउनुभयो, ताकि आफ्नो जोडीबाट शान्ति प्राप्त गर्न सकुन्। अनि जब पतिले पत्नीसँग सम्पर्क गरे त उनलाई हल्का गर्भ रहयो, उनले त्यसलाई लिई हिँडडुल गरि राखिन् । अनि जब उनी गह्रुँगो भइन् तब पति पत्नी दुबैले आफ्नो पालनकर्ता अल्लाहसित प्रार्थना गर्न थाले। यदि तपाईंले हामीलाई पूर्ण स्वस्थ बच्चा दिनुभयो भने निश्चय नै हामी तपाईंप्रति धेरै कृतज्ञता व्यक्त गर्ने छौं । (सूरतुल्-आराफः ७/ १८९) यस चाहनाको प्राप्ति सिर्फ अल्लाहको तर्फबाट दया र कृपा हो। जसको लागि हामी सधैँ अल्लाहप्रति कृतज्ञ र आभारी हुनु जरुरी छ।
सन्तान र यससँग सम्बन्धित मामिलालाई इस्लामले धेरै महत्त्व दिएको छ। आकाशहरू र धरतीमा अल्लाहको प्रभुत्व तथा व्यवस्थापनको बारेमा चर्चा गरेपछि सन्तान र यसको वरदानको बारेमा कुर्आनमा जो कुरा आएको छ त्यसले यही कुरातिर सङ्केत गर्छ। अल्लाहले भन्नुभएको छः {لِلَّهِ مُلْكُ السَّمَاوَاتِ وَالْأَرْضِ يَخْلُقُ مَا يَشَاءُ يَهَبُ لِمَنْ يَشَاءُ إِنَاثًا وَيَهَبُ لِمَنْ يَشَاءُ الذُّكُورَ (49) أَوْ يُزَوِّجُهُمْ ذُكْرَانًا وَإِنَاثًا وَيَجْعَلُ مَنْ يَشَاءُ عَقِيمًا إِنَّهُ عَلِيمٌ قَدِيرٌ} [الشورى: 49، 50]. अर्थः “सम्पूर्ण आकाश र पृथ्वीको सत्ता अल्लाहकै हो। उहाँले जे चाहनुहुन्छ त्यही सृष्टि गर्नुहुन्छ; जसलाई चाहनुहुन्छ छोरीहरू प्रदान गर्नुहुन्छ र जसलाई चाहनुहुन्छ, छोराहरू प्रदान गर्नुहुन्छ। वा उनीहरूलाई छोरा र छोरी दुबै प्रदान गर्नुहुन्छ अनि जसलाई चाहनुहुन्छ, निःसन्तान गर्नुहुन्छ। निश्चय नै उहाँ सर्वज्ञ तथा पूर्ण सामर्थ्यवान हुनुहुन्छ।” (सूरतुश्-शूराः ४२/ ४९-५०) अल्लाहले सन्तानलाई यस संसारमा जिन्दगीको शोभा तथा सजावटको उपमा दिनुभएको छ। भन्नुभएको छः {الْمَالُ وَالْبَنُونَ زِينَةُ الْحَيَاةِ الدُّنْيَا} [الكهف: 46]. अर्थः “धन तथा सन्तान सांसारिक जीवनका शोभा हुन्।” (सूरतुल्-कहफः १८/ ४६)
इस्लामिक शरिअतले सन्तानहरूको पालनपोषण तथा शिक्षादीक्षालाई धेरै महत्त्व दिएको छ। उनीहरू भविष्यका कर्णधार तथा जिम्मेदारीको भारी थाम्ने खम्बा हुन्। उनीहरूको सही लालनपालनले धरतीमा अल्लाह तआलाको उपासना तथा आज्ञापालनको सिलसिला जारी रहन्छ। अनि उनीहरूको लालनपालन अल्लाहलाई खुसी पार्ने तरिकामा हुन्छ। अल्लाहले भन्नुभएको छः {يَا أَيُّهَا الَّذِينَ آمَنُوا قُوا أَنْفُسَكُمْ وَأَهْلِيكُمْ نَارًا وَقُودُهَا النَّاسُ وَالْحِجَارَةُ} [التحريم: 6]، अर्थः “हे मोमिनहरू ! स्वयम् आफूलाई र आफ्ना घरवालाहरूलाई त्यस आगोबाट बचाऊ, जसको इन्धन मनुष्य र पत्थर हुनेछन्।” (सूरतुत्-तहरीमः ६६/ ६) अली रजियल्लाहु अन्हुले भन्नुभएको छः आफ्ना सन्तानहरूलाई ज्ञान र अनुशासन सिकाऊ। अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभएको छः “जो व्यक्तिले दुई छोरीहरूलाई वयस्क हुँदासम्म सही तरिकाले पालनपोषण गर्नेछ, कयामतको दिन त्यो व्यक्ति र म यस्तै नजिक हुनेछौं।” भन्दै उहाँले आफ्ना औंलाहरूलाई मिलाउनु भयो। (मुस्लिमः २६३१)
बुवा-आमामाथि सन्तानको अधिकार
यी अधिकारहरूमा आवास, खाना, पेय, लत्ताकपडा, स्वास्थ्य, हेरचाह, र शरिअतले आदेश दिए अनुसार बालबालिकाहरूमा खर्च गर्ने प्रावधान समावेश छन्। यी अधिकारहरू बाबुले सक्षम भएमा उपलब्ध गराउनु अनिवार्य छन्।
बुवा-आमामाथि सन्तानहरूको सबैभन्दा महत्त्वपूर्ण अधिकार नैतिक अधिकार हो। दीन (धर्म) को सही जगमा उनीहरूको पालनपोषण गर्नु र शिक्षादीक्षा दिनु पहिलो कर्तव्य र जिम्मेदारी पनि हो। उनीहरूलाई पवित्र कुर्आन, नबी सल्लल्लाहु अलैहि वसल्लमको सुन्नत र उहाँको जीवनीको तालिम दिनुपर्छ। उनीहरूको पालनपोषण इस्लामी शिक्षाको जगमा हुनुपर्छ। उनीहरूलाई अल्लाहले दिएका आदेशहरू पालना गर्ने र मनाही गरेका कामहरूबाट बच्ने शिक्षा दिनुपर्छ। यी सबै कामहरूमा उच्च नैतिकताको पालना हुनुपर्छ र अल्लाहको महानता, सम्मान र उहाँ प्रतिको प्रेम अनि नबी सल्लल्लाहु अलैहि वसल्लमको सुन्नत, उहाँको शरियतको पालना र उहाँ प्रतिको प्रेमको छायामा हुनुपर्छ।
बालबालिका प्रतिको मायालु व्यवहारले उनीहरूको पालनपोषण र व्यक्तित्व विकासमा ठूलो प्रभाव पार्छ, तर उनीहरूको जीवनमै असर पार्ने र सोच विचारलाई संवेदनशील बनाउने अधिक माया र लाड प्यार भने दिनु हुँदैन। आमा-बुवाद्वारा सन्तानहरू प्रति दया र मायामा कमी, उनीहरूसँग कठोर व्यवहार र हेरचाहमा लापरवाही गर्नाले उनीहरूको आत्मा अँध्यारो हुनसक्छ, बुद्धि विकासमा नकारात्मक असर पर्नसक्छ र उनीहरूलाई अवज्ञा र विद्रोहतिर लैजाने कारण बन्न सक्छ। कहिलेकाहीँ यसले पथ-भ्रष्टता र कुलततिर पनि लैजान सक्छ।
बालबालिकाका नैतिक अधिकारहरू, परिवारमा आदर, सम्मान, शान्ति र स्नेहको वातावरण सृजना गर्नु, बुवा-आमा र घरका अन्य ठूला सदस्यहरू जस्तै- दाजुहरू वा दिदीहरू बीच लडाइ झगडा नहोस्, किनभने यसले साना बालबालिकाहरूको व्यवहारमा प्रभाव पार्छ र उनीहरूलाई चिन्ता, शत्रुता र घृणाको वातावरणमा धकेल्छ।
केही नैतिक अधिकारहरूः आमा-बुवाले आफ्नो सन्तानको लागि राम्रो सङ्गत व्यवस्था गर्ने कोसिस गर्नुपर्छ र खराब आचरण तथा निन्दनीय बानी व्यहोरा भएका मानिसहरूसँग घुलमिल हुन दिनु हुँदैन। किनभने खराब मानिसहरूसँग सङ्गत गर्नाले तिनिहरूको प्रभाव बच्चाहरूमा पर्छ र तिनका बानी व्यहोरा, आचरण र चालचलन यिनीहरूमा सर्छ।
आमा-बुवाले आफ्ना छोरा-छोरीहरूको व्यवहार र कामहरूको निगरानी राख्नुपर्छ अनि उनीहरूको अवस्थाबारे पनि सोधपुछ गर्दै रहनुपर्छ। आवश्यक पर्दा सुझाव, सल्लाह र निर्देशनको साथ हस्तक्षेप पनि गर्नुपर्छ। चाहे साना होऊन् वा ठूला उनीहरूको मामिलामा हस्तक्षेप गर्दा संयमता र नरमी हुनुपर्छ तर ज्यादती भने गर्नुहुँदैन। निर्देशन र टीका-टिप्पणी पनि निरन्तर र अनावश्यक हुनु हुँदैन। यसले बच्चालाई अटेरी र सुस्त हुनसक्छ। त्यसैले आमा-बुवाले बच्चाहरूको सल्लाह, सुझाव र मार्गदर्शनको लागि उपयुक्त समय र विधिहरू चयन गर्न सक्नुपर्छ।