सिक्न जारी राख्नुहोस्

तपाईं लगइन हुनुभएको छैन ।
तपाईंको प्रगति जारी राख्न, प्वाइन्टहरू संकलन गर्न र प्रतिस्पर्धाहरूमा प्रवेश गर्नको लागि “ता प्लेटफर्म” (Learning Islam) मा अहिल्यै दर्ता गर्नुहोस्। दर्ता पछि तपाईंले आफूले सिकेको विषयहरूको इलेक्ट्रोनिक (अनलाइन) प्रमाणपत्र प्राप्त गर्नुहुनेछ।

Model: हालको खण्ड

पाठ सन्तानहरूको अधिकार

यस पाठमा हामीले बुवा-आमामाथि सन्तानहरूको अधिकार अथवा सन्तानहरू प्रति बुवा आमाको जिम्मेदारीको बारेमा जानकारी हासिल गर्ने छौं ।

  • बुवा-आमालाई सन्तान दिएर अल्लाहले उनीहरूमाथि गरेको उपकार तथा वरदानको बयान ।
  • सन्तानहरू हुर्काउन शुद्ध इस्लामिक शरिअतको चासोबारे बयान ।
  • बुवा-आमामाथि सन्तानका केही महत्त्वपूर्ण अधिकारहरूको बारेमा जानकारी ।

Count: अन्य विद्यार्थीहरूले यो पाठ पूरा गरे

अल्लाहले बुवा-आमाको हृदयलाई सन्तानहरूको चाहना र ममताले भरिपूर्ण बनाउनु भएको छ। सन्तान स्वस्थ र तन्दुरुस्त होऊन् भन्ने उनीहरूको चाहना हुन्छ। यही चाहना हामी सबै मानिसहरूका पिता आदम र माता हव्वा (उहाँहरूमाथि अल्लाहको दया र शान्ति होस्) मा पनि थियो। जसको चर्चा अल्लाहले कुर्आनमा यसरी गर्नुभएको छः {هُوَ الَّذِي خَلَقَكُمْ مِنْ نَفْسٍ وَاحِدَةٍ وَجَعَلَ مِنْهَا زَوْجَهَا لِيَسْكُنَ إِلَيْهَا فَلَمَّا تَغَشَّاهَا حَمَلَتْ حَمْلًا خَفِيفًا فَمَرَّتْ بِهِ فَلَمَّا أَثْقَلَتْ دَعَوَا اللَّهَ رَبَّهُمَا لَئِنْ آتَيْتَنَا صَالِحًا لَنَكُونَنَّ مِنَ الشَّاكِرِينَ} [الأعراف: 189] अर्थः “ उहाँ (अल्लाह) ले तिमीलाई एउटै शरीरबाट सृष्टि गर्नुभयो अनि त्यसैबाट उनको जोडी बनाउनुभयो, ताकि आफ्नो जोडीबाट शान्ति प्राप्त गर्न सकुन्। अनि जब पतिले पत्नीसँग सम्पर्क गरे त उनलाई हल्का गर्भ रहयो, उनले त्यसलाई लिई हिँडडुल गरि राखिन् । अनि जब उनी गह्रुँगो भइन् तब पति पत्नी दुबैले आफ्नो पालनकर्ता अल्लाहसित प्रार्थना गर्न थाले। यदि तपाईंले हामीलाई पूर्ण स्वस्थ बच्चा दिनुभयो भने निश्चय नै हामी तपाईंप्रति धेरै कृतज्ञता व्यक्त गर्ने छौं । (सूरतुल्-आराफः ७/ १८९) यस चाहनाको प्राप्ति सिर्फ अल्लाहको तर्फबाट दया र कृपा हो। जसको लागि हामी सधैँ अल्लाहप्रति कृतज्ञ र आभारी हुनु जरुरी छ।

सन्तान र यससँग सम्बन्धित मामिलालाई इस्लामले धेरै महत्त्व दिएको छ। आकाशहरू र धरतीमा अल्लाहको प्रभुत्व तथा व्यवस्थापनको बारेमा चर्चा गरेपछि सन्तान र यसको वरदानको बारेमा कुर्आनमा जो कुरा आएको छ त्यसले यही कुरातिर सङ्केत गर्छ। अल्लाहले भन्नुभएको छः {لِلَّهِ مُلْكُ السَّمَاوَاتِ وَالْأَرْضِ يَخْلُقُ مَا يَشَاءُ يَهَبُ لِمَنْ يَشَاءُ إِنَاثًا وَيَهَبُ لِمَنْ يَشَاءُ الذُّكُورَ (49) أَوْ يُزَوِّجُهُمْ ذُكْرَانًا وَإِنَاثًا وَيَجْعَلُ مَنْ يَشَاءُ عَقِيمًا إِنَّهُ عَلِيمٌ قَدِيرٌ} [الشورى: 49، 50]. अर्थः “सम्पूर्ण आकाश र पृथ्वीको सत्ता अल्लाहकै हो। उहाँले जे चाहनुहुन्छ त्यही सृष्टि गर्नुहुन्छ; जसलाई चाहनुहुन्छ छोरीहरू प्रदान गर्नुहुन्छ र जसलाई चाहनुहुन्छ, छोराहरू प्रदान गर्नुहुन्छ। वा उनीहरूलाई छोरा र छोरी दुबै प्रदान गर्नुहुन्छ अनि जसलाई चाहनुहुन्छ, निःसन्तान गर्नुहुन्छ। निश्चय नै उहाँ सर्वज्ञ तथा पूर्ण सामर्थ्यवान हुनुहुन्छ।” (सूरतुश्-शूराः ४२/ ४९-५०) अल्लाहले सन्तानलाई यस संसारमा जिन्दगीको शोभा तथा सजावटको उपमा दिनुभएको छ। भन्नुभएको छः {الْمَالُ وَالْبَنُونَ زِينَةُ الْحَيَاةِ الدُّنْيَا} [الكهف: 46]. अर्थः “धन तथा सन्तान सांसारिक जीवनका शोभा हुन्।” (सूरतुल्-कहफः १८/ ४६)

इस्लामिक शरिअतले सन्तानहरूको पालनपोषण तथा शिक्षादीक्षालाई धेरै महत्त्व दिएको छ। उनीहरू भविष्यका कर्णधार तथा जिम्मेदारीको भारी थाम्ने खम्बा हुन्। उनीहरूको सही लालनपालनले धरतीमा अल्लाह तआलाको उपासना तथा आज्ञापालनको सिलसिला जारी रहन्छ। अनि उनीहरूको लालनपालन अल्लाहलाई खुसी पार्ने तरिकामा हुन्छ। अल्लाहले भन्नुभएको छः {يَا أَيُّهَا الَّذِينَ آمَنُوا قُوا أَنْفُسَكُمْ وَأَهْلِيكُمْ نَارًا وَقُودُهَا النَّاسُ وَالْحِجَارَةُ} [التحريم: 6]، अर्थः “हे मोमिनहरू ! स्वयम् आफूलाई र आफ्ना घरवालाहरूलाई त्यस आगोबाट बचाऊ, जसको इन्धन मनुष्य र पत्थर हुनेछन्।” (सूरतुत्-तहरीमः ६६/ ६) अली रजियल्लाहु अन्हुले भन्नुभएको छः आफ्ना सन्तानहरूलाई ज्ञान र अनुशासन सिकाऊ। अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभएको छः “जो व्यक्तिले दुई छोरीहरूलाई वयस्क हुँदासम्म सही तरिकाले पालनपोषण गर्नेछ, कयामतको दिन त्यो व्यक्ति र म यस्तै नजिक हुनेछौं।” भन्दै उहाँले आफ्ना औंलाहरूलाई मिलाउनु भयो। (मुस्लिमः २६३१)

बुवा-आमामाथि सन्तानको अधिकार

١
भौतिक चीजहरूमा अधिकार
٢
नैतिक अधिकार

भौतिक चीजहरूमा अधिकार

यी अधिकारहरूमा आवास, खाना, पेय, लत्ताकपडा, स्वास्थ्य, हेरचाह, र शरिअतले आदेश दिए अनुसार बालबालिकाहरूमा खर्च गर्ने प्रावधान समावेश छन्। यी अधिकारहरू बाबुले सक्षम भएमा उपलब्ध गराउनु अनिवार्य छन्।

नैतिक अधिकार

बुवा-आमामाथि सन्तानहरूको सबैभन्दा महत्त्वपूर्ण अधिकार नैतिक अधिकार हो। दीन (धर्म) को सही जगमा उनीहरूको पालनपोषण गर्नु र शिक्षादीक्षा दिनु पहिलो कर्तव्य र जिम्मेदारी पनि हो। उनीहरूलाई पवित्र कुर्आन, नबी सल्लल्लाहु अलैहि वसल्लमको सुन्नत र उहाँको जीवनीको तालिम दिनुपर्छ। उनीहरूको पालनपोषण इस्लामी शिक्षाको जगमा हुनुपर्छ। उनीहरूलाई अल्लाहले दिएका आदेशहरू पालना गर्ने र मनाही गरेका कामहरूबाट बच्ने शिक्षा दिनुपर्छ। यी सबै कामहरूमा उच्च नैतिकताको पालना हुनुपर्छ र अल्लाहको महानता, सम्मान र उहाँ प्रतिको प्रेम अनि नबी सल्लल्लाहु अलैहि वसल्लमको सुन्नत, उहाँको शरियतको पालना र उहाँ प्रतिको प्रेमको छायामा हुनुपर्छ।

बालबालिका प्रतिको मायालु व्यवहारले उनीहरूको पालनपोषण र व्यक्तित्व विकासमा ठूलो प्रभाव पार्छ, तर उनीहरूको जीवनमै असर पार्ने र सोच विचारलाई संवेदनशील बनाउने अधिक माया र लाड प्यार भने दिनु हुँदैन। आमा-बुवाद्वारा सन्तानहरू प्रति दया र मायामा कमी, उनीहरूसँग कठोर व्यवहार र हेरचाहमा लापरवाही गर्नाले उनीहरूको आत्मा अँध्यारो हुनसक्छ, बुद्धि विकासमा नकारात्मक असर पर्नसक्छ र उनीहरूलाई अवज्ञा र विद्रोहतिर लैजाने कारण बन्न सक्छ। कहिलेकाहीँ यसले पथ-भ्रष्टता र कुलततिर पनि लैजान सक्छ।

बालबालिकाका नैतिक अधिकारहरू, परिवारमा आदर, सम्मान, शान्ति र स्नेहको वातावरण सृजना गर्नु, बुवा-आमा र घरका अन्य ठूला सदस्यहरू जस्तै- दाजुहरू वा दिदीहरू बीच लडाइ झगडा नहोस्, किनभने यसले साना बालबालिकाहरूको व्यवहारमा प्रभाव पार्छ र उनीहरूलाई चिन्ता, शत्रुता र घृणाको वातावरणमा धकेल्छ।

केही नैतिक अधिकारहरूः आमा-बुवाले आफ्नो सन्तानको लागि राम्रो सङ्गत व्यवस्था गर्ने कोसिस गर्नुपर्छ र खराब आचरण तथा निन्दनीय बानी व्यहोरा भएका मानिसहरूसँग घुलमिल हुन दिनु हुँदैन। किनभने खराब मानिसहरूसँग सङ्गत गर्नाले तिनिहरूको प्रभाव बच्चाहरूमा पर्छ र तिनका बानी व्यहोरा, आचरण र चालचलन यिनीहरूमा सर्छ।

उपदेश, निर्देशन र सुझाव सल्लाह

आमा-बुवाले आफ्ना छोरा-छोरीहरूको व्यवहार र कामहरूको निगरानी राख्नुपर्छ अनि उनीहरूको अवस्थाबारे पनि सोधपुछ गर्दै रहनुपर्छ। आवश्यक पर्दा सुझाव, सल्लाह र निर्देशनको साथ हस्तक्षेप पनि गर्नुपर्छ। चाहे साना होऊन् वा ठूला उनीहरूको मामिलामा हस्तक्षेप गर्दा संयमता र नरमी हुनुपर्छ तर ज्यादती भने गर्नुहुँदैन। निर्देशन र टीका-टिप्पणी पनि निरन्तर र अनावश्यक हुनु हुँदैन। यसले बच्चालाई अटेरी र सुस्त हुनसक्छ। त्यसैले आमा-बुवाले बच्चाहरूको सल्लाह, सुझाव र मार्गदर्शनको लागि उपयुक्त समय र विधिहरू चयन गर्न सक्नुपर्छ।

आमा-बुवामाथि सन्तानको अधिकार

١
सन्तानको अधिकार तिनिहरू जन्मनु अघिदेखि नै सुरु हुन्छ; असल पति र असल पत्नी छानेर।
٢
सन्तानको अस्तित्व र जीवनको अधिकार।
٣
सन्तानको वंशको अधिकार ।
٤
सन्तानको स्तनपानको अधिकार।
٥
राम्रो नाम राख्न सन्तानको अधिकार।
٦
‘अकीका’ मा सन्तानको अधिकार।
٧
समान व्यवहार तथा न्यायमा सन्तानको अधिकार।
٨
दुआ तथा उपासनामा सन्तानको अधिकार।

विवाह गर्दा असल पती र पत्नीको चयन

पुरुषले आफ्ना सन्तानहरूको लागि असल आमा बन्न लायक पत्नी चयन गर्नुपर्छ र महिलाले आफ्ना सन्तानहरूको लागि असल बुवा बन्न लायक पती चयन गर्नुपर्छ।

सन्तानको अस्तित्व र जीवनको अधिकार।

١
इस्लामिक शरिअत (कानुन) ले गरिबी र बेइज्जतीको डरले सन्तानहरूको हत्या गर्न अवैध गरेको छ, इस्लाम भन्दा पहिले मानिसहरूले गरिबी र इज्जत जाने डरले आफ्ना सन्तानहरूको हत्या गर्थे।
٢
इस्लामिक शरिअतले बन्ध्याकरण गरेर बच्चा जन्माउनबाट पूर्ण रूपमा रोक्न मनाही गरेको छ।
٣
त्यसैगरी शरिअतले आमाको गर्भमा बच्चामा प्राण हालिसकेपछि त्यसलाई फाल्न अथवा मार्न पनि मनाही गरेको छ।

सन्तानको वंशको अधिकार

यो बच्चाले आफूलाई आफ्नो बाबुतिर सम्बोधित गर्ने अथवा म फलानो वंशको हुँ भन्न पाउने अधिकार हो, किनभने भौतिक र नैतिक अधिकारका सन्तानसँग सम्बन्धित सबै कुराहरू यसै अधिकारसँग जोडिएका हुन्छन्। कुनै शङ्कास्पद कारण वा स्वीकार गर्न नमिल्ने प्रमाण बाहेक कुनैपनि अवस्थामा पुरुषले आफ्नो सन्तानलाई अस्वीकार गर्न मिल्दैन।

सन्तानहरूको स्तनपानको अधिकार

आधुनिक विज्ञानले पनि स्तनपानको धेरै शारीरिक, मनोवैज्ञानिक र सामाजिक फाइदाहरू प्रमाणित गरेको छ। यो बच्चाको आवश्यकता र शारीरिक प्रतिरक्षाको लागि सबैभन्दा उपयुक्त र पूर्ण भोजन हो। जसले भविष्यमा उसको शारीरिक, मानसिक तथा मनोवैज्ञानिक वृद्धिमा राम्रो प्रभाव पार्छ अनि परिस्थिति अनुसार र भावनाहरूसँग राम्रो सुरक्षा र उचित तालमेल हुन्छ।

सन्तानहरूको राम्रो नामको अधिकार

राम्रो नाम पाउनु सन्तानहरूको माध्यामिक होइन, बरु प्राथमिक अधिकार र बुवाआमाको आधारभूत कर्तव्यहरू मध्ये एक हो। अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले आफ्ना साथीहरूलाई यस कुराको उत्साहित गर्नुहुन्थ्यो। उहाँ सल्लल्लाहु अलैहि वसल्लमले नकारात्मक नामहरूबाट बच्न र राम्रा नामहरू राख्न आफ्ना साथीलाई आदेश दिनुहुन्थ्यो। यहाँसम्म कि उहाँले इस्लाममा प्रवेश गरिसकेपछि केही सहाबाको नाम परिवर्तन गर्नुभयो। किनभने नामले मानिसको व्यक्तित्व र व्यवहारमा पनि प्रभाव पार्छ।

सन्तानहरूको अकीकाको अधिकार

अकीका भनेको बच्चा जन्मेपछि अल्लाहको कृतज्ञता तथा आभार प्रकट गर्ने नियतले विशेष सर्तहरूको साथ बच्चाको तर्फबाट जनावर जब्ह गर्नु हो। यस सम्बन्धमा अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभएको छः «كل غلام رهينة بعقيقته، تذبح عنه يوم سابعه، ويُحلق ويُسمَّى» (أبو داود 2838)، “प्रत्येक बच्चा आफ्नो अकीकाको बदलामा बन्धक हुन्छ, सातौं दिन उसको तर्फबाट जनावर जब्ह गरियोस्, उसको टाउको मुण्डन गरियोस् र उसको नाम राखियोस्।” (अबू दाउदः २८३८, सहीह) अर्को हदीसमा अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभएको छः «عن الغلام شاتان مكافئتان، وعن الجارية شاة» (أبو داود 2834). “(अकीकामा) छोराको तर्फबाट दुई बाख्राहरू बराबरका र छोरीको तर्फबाट एउटा बाख्रो हुनुपर्छ।” (अबू दाउदः २८३४)

सन्तानहरू प्रतिको मामिलामा इन्साफ गर्नु।

भौतिक र मनोवैज्ञानिक रूपमा व्यवहार गर्ने सन्दर्भमा छोरा होस् वा छोरी, दुबैमा कुनै भेदभाव गर्नुहुँदैन। नोमान बिन बशीर रजियल्लाहु अन्हुमाले भन्नुभएको छः मेरो बुवाले आफ्नो सम्पत्तिबाट केही माल मलाई हिबा (उपहार) दिनुभयो, त मेरी आमा अमरा बिन्ते रवाहा रजियल्लाहु अन्हाले (बुवासँग) भन्नुभयोः जबसम्म तपाईंले नबी सल्लल्लाहु अलैहि वसल्लमलाई यस कुरामा गवाह बनाउनु हुन्न तबसम्म म राजी छैन। त्यसपछि मेरो बुवा रसूल सल्लल्लाहु अलैहि वसल्लमको पासमा जानुभयो र भन्नुभयोः मैले मेरो छोरालाई केही दिएको छु। त रसूल सल्लल्लाहु अलैहि वसल्लमले सोध्नुभयोः के तिमीले आफ्ना सबै सन्तानहरूलाई यस्तै दिएका छौ ? उहाँले भन्नुभयोः दिएको छैन; अनि उहाँ सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयोः अल्लाहसँग डर र आफ्नो सन्तानहरू बीच इन्साफ गर। त्यसपछि मेरो बुवाले त्यो उपहार अथवा सदका रद्द गर्नुभयो र फिर्ता लग्नुभयो। (बुखारीः २५८७, मुस्लिमः १६२३)

सन्तानहरूको लागि दुआ गर्नु र उनीहरूलाई श्राप नदिनु।

अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभएको छः “तीनवटा दुआ यस्ता छन्, जसको स्वीकार हुनेमा कुनै सन्देह छैन। पीडितको दुआ, यात्रुको दुवा र बुवा-आमाको दुआ आफ्ना सन्तानहरूका लागि।” (इब्ने माजाः ३८६२, हदीस हसन) अर्को हदीसमा रसूल सल्लल्लाहु अलैहि भन्नुभएको छः “आफ्नो शरीर/ ज्यानलाई श्राप (बददुआ) नदेऊ, आफ्ना सन्तानहरूलाई श्राप नदेऊ र आफ्नो धन-सम्पत्तिलाई पनि श्राप नदेऊ। कहीँ यस्तो नहोस् कि अल्लाहसँग मागिने समयमा मुखबाट त्यो श्राप निस्कोस् र त्यो अल्लाहद्वारा स्वीकार होस्।” (मुस्लिमः ३००९) भनाइको तात्पर्य- कहीँ यस्तो नहोस्, तिमीले दिएको बददुआ अथवा श्राप अल्लाहको समक्ष स्वीकार होस् र तिमीमाथि विपत्ति आइलागोस्।”

तपाईंले पाठ सफलता पूर्वक पूरा गर्नुभयो


परीक्षा सुरु गर्नुहोस्