सिक्न जारी राख्नुहोस्

तपाईं लगइन हुनुभएको छैन ।
तपाईंको प्रगति जारी राख्न, प्वाइन्टहरू संकलन गर्न र प्रतिस्पर्धाहरूमा प्रवेश गर्नको लागि “ता प्लेटफर्म” (Learning Islam) मा अहिल्यै दर्ता गर्नुहोस्। दर्ता पछि तपाईंले आफूले सिकेको विषयहरूको इलेक्ट्रोनिक (अनलाइन) प्रमाणपत्र प्राप्त गर्नुहुनेछ।

Model: हालको खण्ड

पाठ इस्लाममा परिवारको स्थान

यस पाठमा हामीले इस्लाममा परिवारको अवधारणा तथा परिभाषा र यसको स्थानको बारेमा जानकारी हासिल गर्नेछौं।

  • इस्लाममा परिवारको अवधारणा तथा परिभाषाबारे जानकारी।
  • इस्लाममा परिवारको स्थानबारे बयान।
  • इस्लाममा परिवार निर्माणका आधारहरूबारे जानकारी। 

Count: अन्य विद्यार्थीहरूले यो पाठ पूरा गरे

उम्मत (समुदाय) को अर्थ

उम्मत (समुदाय) भनेको विभिन्न किसिमका मानिसहरूको समूह हो। जस्तैः मूल, भाषा, इतिहास र धर्म आदि। यी मध्ये धर्म उम्मत अथवा समुदायको सबैभन्दा ठूलो उदाहरण हो। व्यक्तिहरूले जब विवाह गर्छन्, अनि पति पत्नीद्वारा सन्तान जन्मन्छन्, त्यसबाट एउटा परिवार बन्छ र परिवारबाट खानदान बन्छ। यसरी अगाडी बढ्दै गएर एउटा उम्मत अथवा समुदाय बन्छ र यो प्रक्रिया जारी रहन्छ।

राम्रो वैवाहिक जीवन नै उम्मत (समुदाय) को जीवनको प्रमुख आधार हो, त्यसैले यस प्रमुख आधार अथवा परिवारलाई राम्रोसँग ध्यान दिन आवश्यक छ।

स्वभाविक रूपमा मानिस सामाजिक प्राणी भएकोले उसले धेरै नाता सम्बन्ध भएको समाजमा बस्न सहज महसुस गर्छ। उसले सीमित व्यक्तिहरू र परिवारका सदस्यहरूसँग केही भावना र संवेदनाहरू बाँड्न आवश्यक हुन्छ। इस्लाममा परिवार भनेको कानुनी (शरई) विवाहद्वारा एक भएका पुरुष र महिला मिलेर बनेको समाजको एक अङ्ग हो र तिनै पुरुष र महिलाबाट जन्मेका सन्तानहरू पनि यसमा समावेश छन्।

इस्लामले सामाजिक ढाँचा तथा व्यवस्थापनलाई ध्यानमा राख्दै, मानिसहरूलाई विवाह गर्न आग्रह गर्ने कार्यदेखि लिएर बालबालिकाको अधिकारको हेरचाह गर्ने र एउटै परिवारका सबै सदस्यहरू बीचको सम्बन्धलाई पनि व्यवस्थित गरेको छ। यो मानव पारिवारिक संरचना मानवताको उज्यालो छवि हो, जो अल्लाहले चाहनुभयो।

इस्लाममा परिवारको स्थिति

١
इस्लाममा परिवार स्वस्थ र सन्तुलित मानव समाजको निर्माणको आधारभूत स्तम्भ हो।
٢
परिवार त्यो उज्यालो एवं शुद्ध छवि हो जसबाट व्यक्तिहरू उत्पन्न हुन्छन्, अनि यस अन्तर्गत नाता तथा बन्धनहरू बन्छन्।
٣
इस्लाममा परिवार पहिलो कोशीका हो, जसमा राम्रो सामाजिक व्यवहार भएको व्यक्ति तयार हुन्छ र त्यसमा उसलाई आफ्नो अधिकार र कर्तव्यहरूको बारेमा जानकारी हुन्छ।
٤
इस्लाममा परिवार त्यो हो जसले आफ्नो वंश विस्तार गर्ने बुबाको जन्मजात प्रवृत्तिलाई पालनपोषण संरक्षण गर्दछ, यसरी मानव जातिको संरक्षण गर्ने लक्ष्य प्राप्त गर्दछ।
٥
इस्लाममा परिवारको महान् हैसियत अथवा स्थितिबाट थाहा हुन्छ कि अल्लाह तआलाले मानिसलाई धेरै वरदान तथा नेअमत प्रदान गर्नुभएको छ। अल्लाहले भन्नुभएको छः {يَا أَيُّهَا النَّاسُ اتَّقُوا رَبَّكُمُ الَّذِي خَلَقَكُمْ مِنْ نَفْسٍ وَاحِدَةٍ وَخَلَقَ مِنْهَا زَوْجَهَا وَبَثَّ مِنْهُمَا رِجَالًا كَثِيرًا وَنِسَاءً} [النساء: 1]. अर्थः हे मानिसहरू ! आफ्नो पालन कर्तासित डर, जसले तिमीहरूलाई एकै प्राणीबाट सृष्टि गर्नुभयो र त्यसैबाट उसको जोडी बनाउनुभयो, तत्पश्चात ती दुबैबाट धेरै नर र नारीहरू फैलाउनुभयो। (सूरतुन्-निसाः ४/ १)

इस्लाममा विवाह

अल्लाहले प्राकृतिक रूपमै पुरुष र महिला दुबैमा एक अर्काप्रति सहज झुकाव तथा आकर्षण पैदा गर्नुभएको छ, अनि उहाँले विवाहलाई झुकाव तथा आकर्षणलाई पुरा गर्न, मानव जातिलाई वृद्धि गर्न र तरिकाले संरक्षण गर्न वैध माध्यम बनाउनु भएको छ। इस्लामले पवित्र ग्रन्थ र नबी मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमको सुन्नतमा विवाहलाई प्रोत्साहन गरेको छ।

इस्लामिक परिवारको निर्माण दुई मुख्य आधारहरूमा निर्भर गर्दछ।

मनोवैज्ञानिक सहयोग

यसमा मनोवैज्ञानिक शान्ति, स्नेह र दया समावेश छन्। यस कुराको खुलासा अल्लाहले कुर्आनमा यसरी गर्नुभएको छः {وَمِنْ آيَاتِهِ أَنْ خَلَقَ لَكُمْ مِنْ أَنْفُسِكُمْ أَزْوَاجًا لِتَسْكُنُوا إِلَيْهَا وَجَعَلَ بَيْنَكُمْ مَوَدَّةً وَرَحْمَةً إِنَّ فِي ذَلِكَ لَآيَاتٍ لِقَوْمٍ يَتَفَكَّرُونَ} [الروم: 21]. अर्थः “(यो पनि) उहाँका निसानीहरूमध्ये हो कि उहाँले तिम्रै सहजातिबाट तिम्रो लागि जोडी (पत्नी) सृष्टि गर्नुभयो, ताकि तिमी उनीबाट आराम (सन्तुष्टि) प्राप्त गर र उहाँले तिमीहरू बीच प्रेम र सहानुभूति सृष्टि गर्नुभयो, निश्चय नै यसमा सोच-विचार गर्नेहरूका लागि यसमा धेरै निसानीहरू छन्।” (सूरतु रोमः ३०/ २१)

भौतिक सहयोग

यसमा सम्झौताका सर्तहरू पूरा गर्ने र प्रत्येक पति/पत्नीको आफ्नो कर्तव्य पालन र प्रतिबद्धता, जस्तैः पालनपोषण, रेखदेख, घरको कामकाज गर्ने अनि बच्चाहरूको पालनपोषण र भलाइ आदि समावेश छन्।

इस्लामले पति/पत्नी दुबैलाई यस संरचनाको हेरचाह गर्न र यसलाई संरक्षण गर्न प्रोत्साहन गर्दछ। ताकि यो घर भत्किन नपाओस् र यसको छायामा आश्रित व्यक्तिहरूलाई तितरबितर हुन नपरोस्। तसर्थ, इस्लामले वैवाहिक सम्बन्धलाई निरन्तरता दिन र तहसनहस हुनबाट बचाउन दुबै पति/पत्नीमा माया र स्नेह नभएपनि यथासम्भव धैर्य गर्न आग्रह गर्दछ। {وَعَاشِرُوهُنَّ بِٱلۡمَعۡرُوفِۚ فَإِن كَرِهۡتُمُوهُنَّ فَعَسَىٰٓ أَن تَكۡرَهُواْ شَيۡـٔٗا وَيَجۡعَلَ ٱللَّهُ فِيهِ خَيۡرٗا كَثِيرٗا} [النساء: 19]. अर्थः “यदि तिनीहरूलाई तिमीले मन नपराए पनि तिनीहरूसित राम्रो व्यवहार गर; हुनसक्छ तिमीले नराम्रो मानेको कुनै कुरामा अल्लाहले धेरै भलाइ सृजना गर्नुभएको होस्।” (सूरतुन्-निसाः ४/ १९)

तपाईंले पाठ सफलता पूर्वक पूरा गर्नुभयो


परीक्षा सुरु गर्नुहोस्