Model: हालको खण्ड
पाठ इस्लाममा परिवारको स्थान
उम्मत (समुदाय) भनेको विभिन्न किसिमका मानिसहरूको समूह हो। जस्तैः मूल, भाषा, इतिहास र धर्म आदि। यी मध्ये धर्म उम्मत अथवा समुदायको सबैभन्दा ठूलो उदाहरण हो। व्यक्तिहरूले जब विवाह गर्छन्, अनि पति पत्नीद्वारा सन्तान जन्मन्छन्, त्यसबाट एउटा परिवार बन्छ र परिवारबाट खानदान बन्छ। यसरी अगाडी बढ्दै गएर एउटा उम्मत अथवा समुदाय बन्छ र यो प्रक्रिया जारी रहन्छ।
राम्रो वैवाहिक जीवन नै उम्मत (समुदाय) को जीवनको प्रमुख आधार हो, त्यसैले यस प्रमुख आधार अथवा परिवारलाई राम्रोसँग ध्यान दिन आवश्यक छ।
स्वभाविक रूपमा मानिस सामाजिक प्राणी भएकोले उसले धेरै नाता सम्बन्ध भएको समाजमा बस्न सहज महसुस गर्छ। उसले सीमित व्यक्तिहरू र परिवारका सदस्यहरूसँग केही भावना र संवेदनाहरू बाँड्न आवश्यक हुन्छ। इस्लाममा परिवार भनेको कानुनी (शरई) विवाहद्वारा एक भएका पुरुष र महिला मिलेर बनेको समाजको एक अङ्ग हो र तिनै पुरुष र महिलाबाट जन्मेका सन्तानहरू पनि यसमा समावेश छन्।
इस्लामले सामाजिक ढाँचा तथा व्यवस्थापनलाई ध्यानमा राख्दै, मानिसहरूलाई विवाह गर्न आग्रह गर्ने कार्यदेखि लिएर बालबालिकाको अधिकारको हेरचाह गर्ने र एउटै परिवारका सबै सदस्यहरू बीचको सम्बन्धलाई पनि व्यवस्थित गरेको छ। यो मानव पारिवारिक संरचना मानवताको उज्यालो छवि हो, जो अल्लाहले चाहनुभयो।
इस्लाममा परिवारको स्थिति
अल्लाहले प्राकृतिक रूपमै पुरुष र महिला दुबैमा एक अर्काप्रति सहज झुकाव तथा आकर्षण पैदा गर्नुभएको छ, अनि उहाँले विवाहलाई झुकाव तथा आकर्षणलाई पुरा गर्न, मानव जातिलाई वृद्धि गर्न र तरिकाले संरक्षण गर्न वैध माध्यम बनाउनु भएको छ। इस्लामले पवित्र ग्रन्थ र नबी मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमको सुन्नतमा विवाहलाई प्रोत्साहन गरेको छ।
इस्लामिक परिवारको निर्माण दुई मुख्य आधारहरूमा निर्भर गर्दछ।
मनोवैज्ञानिक सहयोग
भौतिक सहयोग
इस्लामले पति/पत्नी दुबैलाई यस संरचनाको हेरचाह गर्न र यसलाई संरक्षण गर्न प्रोत्साहन गर्दछ। ताकि यो घर भत्किन नपाओस् र यसको छायामा आश्रित व्यक्तिहरूलाई तितरबितर हुन नपरोस्। तसर्थ, इस्लामले वैवाहिक सम्बन्धलाई निरन्तरता दिन र तहसनहस हुनबाट बचाउन दुबै पति/पत्नीमा माया र स्नेह नभएपनि यथासम्भव धैर्य गर्न आग्रह गर्दछ। {وَعَاشِرُوهُنَّ بِٱلۡمَعۡرُوفِۚ فَإِن كَرِهۡتُمُوهُنَّ فَعَسَىٰٓ أَن تَكۡرَهُواْ شَيۡـٔٗا وَيَجۡعَلَ ٱللَّهُ فِيهِ خَيۡرٗا كَثِيرٗا} [النساء: 19]. अर्थः “यदि तिनीहरूलाई तिमीले मन नपराए पनि तिनीहरूसित राम्रो व्यवहार गर; हुनसक्छ तिमीले नराम्रो मानेको कुनै कुरामा अल्लाहले धेरै भलाइ सृजना गर्नुभएको होस्।” (सूरतुन्-निसाः ४/ १९)