Model: हालको खण्ड
पाठ पति पत्नी चुन्ने आधारभूत कुराहरू
विवाह सम्झौता इस्लाममा सबैभन्दा महत्त्वपूर्ण र उच्च सम्झौताहरू मध्येको एक हो। इस्लामिक शरिअतले यसलाई प्रारम्भिक चरणहरूदेखि नै यसरी घेरेको छ, जसले प्रत्येक पक्षको लाभ र रुचिलाई सुनिश्चित गरेको छ र सम्झौताबाट लाभ प्राप्त गर्न सबै पक्षलाई तयार पनि गर्दछ, अनि विवाहको निरन्तरता र मुस्लिम घरलाई व्यवस्थापन गर्न मद्दत गर्छ।
परिवार निर्माणका दुई मुख्य स्तम्भहरू पति र पत्नी हुन्। इस्लामिक शरिअतले तिनिहरू बीचको राम्रो सम्बन्ध कायम गराउन चाहन्छ, अनि यसलाई अल्लाहले आफ्ना भक्तहरूलाई प्रदान गरेका नेअमत (वरदान) हरू मध्ये एउटा महत्त्वपूर्ण वरदानको रूपमा स्थापित गरेको छ।
अल्लाह तआलाले भन्नुभएको छः {وَمِنْ آيَاتِهِ أَنْ خَلَقَ لَكُمْ مِنْ أَنْفُسِكُمْ أَزْوَاجًا لِتَسْكُنُوا إِلَيْهَا وَجَعَلَ بَيْنَكُمْ مَوَدَّةً وَرَحْمَةً إِنَّ فِي ذَلِكَ لَآيَاتٍ لِقَوْمٍ يَتَفَكَّرُونَ} [الروم: 21]. अर्थः “(यो पनि) उहाँका निसानीहरूमध्ये हो कि उहाँले तिम्रै सहजातिबाट तिम्रो लागि जोडी (पत्नी) सृष्टि गर्नुभयो, ताकि तिमी उनीबाट आराम (सन्तुष्टि) प्राप्त गर र उहाँले तिमीहरू बीच प्रेम र सहानुभूति सृष्टि गर्नुभयो, निश्चय नै यसमा सोच-विचार गर्नेहरूका लागि यसमा धेरै निसानीहरू छन्।” (सूरतु रोमः ३०/ २१)
राम्रो जीवन साथीको छनोट
सुखी वैवाहिक जीवन प्राप्त गर्न र स्थिर परिवार निर्माण गर्नको लागि राम्रो जीवन साथी छनोट गर्नु सबैभन्दा महत्त्वपूर्ण कदम हो।
जीवन साथी छनौट गर्नका लागि सबैभन्दा महत्त्वपूर्ण नियमहरू
यो त्यस्तो सिद्धान्त हो जसमा पुरुष र महिला दुबैले जीवन साथी छनोट गर्दा इच्छुक हुनुपर्छ, किनकी अल्लाहको कृपाले राम्रो ईमान र उच्च नैतिक आचरण संसारमा सुख प्राप्त गर्ने वास्तविक आधार हो।
नबी सल्लल्लाहु अलैहि वसल्लमले सही आचरण भएकी नेक पत्नी चयन गर्न आग्रह गर्दै भन्नुभएको छः “चार चीजहरूको आधारमा विवाह (निकाह) गरिन्छ, उसको माल हेरेर, उसको खानदान (वंश) हेरेर, उसको सुन्दरता हेरेर र उसको दीन (धर्म) हेरेर; तसर्थ तिमीले दीनदार (धार्मिक) महिला हेरेर विवाह गर, यसैमा सफलता छ, नत्र माटो हात लाग्छ।” (बुखारीः ५०९०, १४६६) भनाइको तात्पर्य धार्मिकता नहेरेर अरू चीज हेरी विवाह गर्यौ भने पछि तिमीलाई पछुताउनु पर्छ। किनभने धार्मिक महिला अल्लाहसँग डराउँछिन् पतिको उपस्थिति र अनुपस्थिति दुबै अवस्थामा घरको हक र आफ्नो पतिको हक अधिकारको ख्याल गर्छिन्।
अनि पति चुन्ने सम्बन्धमा अल्लाहको नबी सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभएको छः “जब तिम्रो पासमा त्यस्तो व्यक्तिको पैगाम (विवाहको सन्देश) आउँछ, जसको दीन (धर्म) र आचरण तिमीलाई मनपर्छ; त ऊ सँग विवाह गराउ। यदि यसो गरेनौ भने धरतीमा फित्ना फसाद फैलिने छ अनि धेरै नराम्रो हुनेछ।” (इब्ने माजाः १९६७) केही सदाचारी पूर्वज (सलफ) ले भन्ने गर्थेः “जब तिमीले आफ्नो छोरीको विवाह गर्छौ त दीनदार (धार्मिक) केटासँग गर; यदि उसले उसलाई (छोरीलाई) माया गर्यो भने उसलाई सम्मान पनि गर्नेछ; यदि उसले उसलाई घृणा गर्यो भने ऊ माथि अत्याचार गर्नेछैन।”
आत्मिक सन्तुष्टि र राहत
अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयोः “रूह (आत्मा) हरूका अलग-अलग झुन्ड (समूह) छन्। तसर्थ जुन आत्माहरूको त्यहाँ (आत्मा-लोकमा) एक-आपसमा चिनजान थियो, तिनको यहाँ पनि एक-आपसमा चिनजान हुन्छ; अनि जुन आत्माहरू त्यहाँ अपरिचित थिए, तिनिहरू यहाँ पनि एक-अर्कामा अलग हुन्छन्।” (बुखारीः ३३३६, मुस्लिमः २६३८) यसले पति पत्नी बीचको मनोवैज्ञानिक सन्तुष्टि र अनुकूलताको महत्त्वलाई जोड दिन्छ, जसले गर्दा मिलन हुन सक्छ र सुखी दाम्पत्य जीवन जारी रहन्छ।
त्यसैले नबी सल्लल्लाहु अलैहि वसल्लमले कसैलाई विवाहको सन्देश दिन चाहने व्यक्तिको लागि आदेश दिनुभएको छः “तिमीले उसलाई हेर, किनकी हुनसक्छ तिमीहरू दुबै बीचको सम्बन्ध अझ राम्रो बनाउने सम्भावना बनोस्।” (तिर्मिजीः १०८७) विवाहको लागि देख्न पाउनु पुरुष र महिला दुबैको अधिकार हो, ताकी प्रत्येक पक्षले एक अर्कालाई चिन्न सकोस् र उसको सम्बन्धमा आफूलाई विश्वस्त पारोस्।
बराबरी
बराबरी भनेको आर्थिक र सामाजिक परिस्थितिमा पति-पत्नी बीचमा समानता र अनुकूलता हुनु हो। केही धर्मविद्हरूले यो हुनु आवश्यकता छ भनी तर्क गरेका छन्, भने केही धर्मविद्हरूले धर्म र आचरण अथवा ईमान राम्रो भए हुन्छ भनेका छन्। तर पति पत्नी बीचको सामाजिक, शैक्षिक र आर्थिक स्तरमा बराबरी भएन भने वैवाहिक जीवनलाई अस्थिर र दुःखदायी बनाउँछ, अनि सम्बन्धलाई विघटनमा पार्ने कारण पनि बन्न सक्छ भन्ने कुरामा कुनै शङ्का छैन।
सन्तुष्टि र स्वीकृति
विवाह गर्दा राम्रो छनोटलाई ध्यान दिँदै, दुवै पक्षको सहमति र स्वीकृतिमा सम्पन्न हुनुपर्छ। विवाहमा कसैको दबाब वा जबरजस्ती हुनु हुँदैन, दबाब दिने व्यक्ति चाहे ऊ तिनिहरूको नजिकको आफन्त मध्येको किन नहोस्।
इस्लामले महिलालाई निष्पक्ष बनाएको छ, अनि विवाहको लागि उनको सहमति र स्वीकृति हुनु सर्त राखेको छ। अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभएको छः “विधवा महिलाको विवाह उसको अनुमति नलिइकन न गरियोस् र कुमारी केटीको विवाह पनि उसको अनुमति नलिइकन न गरियोस्। सहाबाले सोधेः हे अल्लाहको रसूल ! कुमारी केटीको अनुमति कसरी? उहाँ सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयोः ऊ चुप रहनु नै उसको अनुमति हो।” (बुखारीः ५१३६, मुस्लिमः १४१९) खनसा बिन्ते खिजाम अल्-अन्सारिया रजियल्लाहु अन्हाले आफ्नो विवाहको घटनाको बयान गर्दै भनेकी छिन्- “उनको बुवाले उनको विवाह गरिदिए, त्यस समयमा उनी सैइबा (मृत्यु वा तलाकको कारण एकल महिला) थिइन्, तर उनलाई त्यो विवाह पन परेको थिएन। त्यसपछि उनी नबी सल्लल्लाहु अलैहि वसल्लमको पासमा गइन् र उहाँसँग भनिन् त उहाँ सल्लल्लाहु अलैहि वसल्लमले बुवाद्वारा गराइएको उनको विवाह (निकाह) रद्द गर्नुभयो।” (बुखारीः ५१३८)
اختر مستوى الشرح المناسب لك
يحتوي الدرس الآن على طبقات اختيارية تساعدك على المراجعة السريعة أو التعمق دون مغادرة الدرس.
- الملخص: نظرة سريعة في نحو دقيقة.
- الأساسي: محتوى الدرس الأصلي وهو المسار المعتمد للتقدم.
- المتعمق: تفاصيل إضافية اختيارية عند توفرها.
تقدمك وإكمال الدرس يعتمدان دائما على صفحات المستوى الأساسي.