Model: हालको खण्ड
पाठ महिला र पुरुष दुई लिङ्गहरू बीच सम्बन्धको नियम कानुन
इस्लामिक शरिअत (कानुन) ले पुरुष र महिला बीचको व्यवहारको पक्ष सहित विभिन्न क्षेत्रहरूमा मानिसहरूको मामिलालाई उचित व्यवस्थापनमा ध्यान दिएको छ। अल्लाहले पुरुष र महिलालाई सृष्टि गर्नुभयो र प्रत्येकमा एक अर्का प्रतिको आकर्षण पनि हाल्नुभयो। यस आकर्षणको परिणामलाई विवाहको माध्यमबाट अन्जाम दिनु र मेलमिलाप गर्नु प्रशंसनीय र वैध पनि छ। तर यस बाहेक अन्य कुनैपनि माध्यमबाट मिलन दुष्टता, फित्ना र फसादको प्रवेशद्वार हो। यसै सम्बन्धमा अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभएको छः “मैले म पछि (मेरो समयपछि) पुरुषहरूको लागि महिलाहरूको फित्ना भन्दा ठूलो र हानिकारक कुनै फित्ना छाडेको छैन।” (बुखारीः ५०९६, मुस्लिमः २७४१)
सबैभन्दा खतरनाक कुरा जुन एक पुरुष र एक महिला बीचको सम्बन्धले निम्त्याउन सक्छ, त्यो व्यभिचारमा पर्नु हो। इस्लामिक पवित्र शरिअतले अनैतिक सम्बन्धलाई निषेधमा मात्र सीमित गरेको छैन, बरु यसको निकट जाने र यसभन्दा पहिलेका माध्यमहरू र भूमिकाहरूको सम्बन्धमा पनि सावधान गरेको छ। यसै सम्बन्धमा अल्लाहले भन्नुभएको छः {وَلَا تَقْرَبُوا الزِّنَا إِنَّهُ كَانَ فَاحِشَةً وَسَاءَ سَبِيلً} [الإسراء: 32]، अर्थः खबरदार, व्यभिचारको नजिक पनि नजाऊ, किनभने त्यो ठूलो निर्लज्जता र धेरै नराम्रो बाटो हो। (सूरतुल्-इस्राः १७/ ३२) अनि नबी सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभएको छः “आँखाको व्यभिचार (नराम्रो चीज) देख्नु हो, कानको व्यभिचार (नराम्रो कुरा) सुन्नु हो, जिब्रो (बोली) को व्यभिचार कुरा गर्नु हो, हातको व्यभिचार समात्नु हो, खुट्टाको व्यभिचार हिँड्नु हो, हृदयको व्यभिचार इच्छा गर्नु हो, अनि गुप्ताङ्गले यी सबै कुराहरूलाई पुष्टि गर्छ वा अपुष्टि।” (बुखारीः ६२४३, मुस्लिमः २६५७, बयान गरिएका शब्दहरू मुस्लिमका हुन्।)
पवित्र इस्लामिक शरिअतले गम्भीर परिणामहरू निम्त्याउन सक्ने कुनै पनि विचलन वा त्रुटिलाई रोक्नको लागि, आवश्यक पर्दा महिलाहरूसँग पुरुषहरूको व्यवहारको लागि धेरै नीति नियमहरू निर्धारण गरेको छ। जस्तै- किनबेच, अन्य अनुमति योग्य लेनदेन र महिला डाक्टर उपस्थित नभएको अवस्थामा महिलालाई पुरुष डाक्टरसँग उपचार गराउनु पर्ने अवस्थामा निम्नलिखित कुराहरूको आदेश दिएको छः
दृष्टि तल गर्नु
छुन वा हात मिलाउनबाट बच्नु
एकान्तमा भेटघाट गर्नबाट बच्नु
मुस्लिम महिलाहरूका लागि विशेष नियमहरू छन्, जुन उनीहरूले पुरुषहरूसँगको व्यवहारमा आवश्यक पर्दा पालना गर्नुपर्छ।
सर्वप्रथम त मुस्लिम महिलाले अल्लाहको आदेश पालन गर्दै इस्लामिक पोसाकको नियमहरू पालन गर्नुपर्छ। त्यसपछि पुरुषहरूद्वारा उनको सम्मान गर्न अनि बोली, वचन तथा व्यवहारले उनलाई दुःख कष्ट नदिनको लागि पनि इस्लिमक पोसाकको आवश्यकता छ। अल्लाह तआलाले भन्नुभएको छः {وَقُل لِّلۡمُؤۡمِنَٰتِ يَغۡضُضۡنَ مِنۡ أَبۡصَٰرِهِنَّ وَيَحۡفَظۡنَ فُرُوجَهُنَّ وَلَا يُبۡدِينَ زِينَتَهُنَّ إِلَّا مَا ظَهَرَ مِنۡهَاۖ وَلۡيَضۡرِبۡنَ بِخُمُرِهِنَّ عَلَىٰ جُيُوبِهِنَّۖ وَلَا يُبۡدِينَ زِينَتَهُنَّ إِلَّا لِبُعُولَتِهِنَّ أَوۡ ءَابَآئِهِنَّ أَوۡ ءَابَآءِ بُعُولَتِهِنَّ أَوۡ أَبۡنَآئِهِنَّ أَوۡ أَبۡنَآءِ بُعُولَتِهِنَّ أَوۡ إِخۡوَٰنِهِنَّ أَوۡ بَنِيٓ إِخۡوَٰنِهِنَّ أَوۡ بَنِيٓ أَخَوَٰتِهِنَّ} [النور: 31]. अर्थः “र मोमिन महिलाहरूसित भनिदिनुस्- उनीहरूले पनि आफ्ना दृष्टिहरू तल राख्ने गरुन् र आफ्नो पवित्रता (गुप्ताङ्ग) को रक्षा गरुन् र आफ्नो श्रृंगार प्रकट नगरुन्, त्यसबाहेक जुन खुला रहन्छ र आफ्नो गला तथा छातीलाई दुपट्टाहरूले ढाकेर राखुन् र आफ्नो श्रृंगार निम्नलिखित बाहेक कसैलाई प्रकट नगरुन्, आफ्ना पतिहरू वा आफ्नो बुबा वा आफ्नो पतिको बुबा वा आफ्नो छोरा वा आफ्नो पतिको छोरा वा आफ्ना साक्खै भाइहरू वा भाइका छोराहरू वा बहिनीका छोराहरू।” (सूरतुन्-नूरः २४/ ३१) अर्को ठाउँमा अल्लाहले भन्नुभएको छः {يَا أَيُّهَا النَّبِيُّ قُلْ لِأَزْوَاجِكَ وَبَنَاتِكَ وَنِسَاءِ الْمُؤْمِنِينَ يُدْنِينَ عَلَيْهِنَّ مِنْ جَلَابِيبِهِنَّ ذَلِكَ أَدْنَى أَنْ يُعْرَفْنَ فَلَا يُؤْذَيْنَ وَكَانَ اللَّهُ غَفُورًا رَحِيمًا} [الأحزاب: 59]. अर्थः “हे नबी ! आफ्ना पत्नीहरू र आफ्ना छोरीहरू र ईमानवाली महिलाहरूसँग भनिदिनुस्- तिनीहरूले आफूमाथि ‘आफ्ना चादर/शल हाल्ने गरुन्’ । यसबाट सजिलै उनीहरूको पहिचान हुनेछ र उनले दुःख भोग्नु पर्दैन र अल्लाह बडो क्षमाशील, दयावान् हुनुहुन्छ।” (सूरतुल्-अहजाबः ३३/५९)