Model: हालको खण्ड
पाठ निकाह सन्देश (खित्बा) को शिष्टाचार
खित्बा (निकाहको सन्देश) को अर्थ- विवाह गर्न चाहने पुरुषले महिलाको वली (अभिभावक) लाई अल्लाहको आदेश र नबी सल्लल्लाहु अलैहि वसल्लमको सुन्नत अनुसार विवाह गर्ने आफ्नो चाहनाको बारेमा सूचित गर्नु हो।
अल्लाह तआलाले खित्बा (निकाहको सन्देश) को लागि शिष्टाचार निर्धारण गर्नुभएको छ, यो उहाँका वरदानहरू मध्येको एक हो। यसबाट सही जीवन साथीको चयन, सन्तुष्टि र आश्वासन प्राप्त हुन्छ; अनि पति र पत्नी प्रत्येकलाई एक आपसमा सदभाव र अनुकूलतामा रहन सहयोग गर्दछ।
निकाहको सन्देशका केही शिष्टाचारहरू
१- कुनै मुस्लिमले अर्को मुस्लिम भाइले निकाहको सन्देश पठाएको ठाउँमा आफ्नो निकाहको सन्देश न पठाओस्। अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले यस कुरालाई मनाही गर्दै भन्नुभएको छः “तिमीहरू मध्ये कसैले पनि एउटाले सौदा गरेको चीजमा अर्कोले गएर सौदा नगरोस् र कुनै पनि मुस्लिम पुरुषले अर्को मुस्लिम भाइले निकाहको सन्देश पठाएको (मगनी गरेको) ठाउँमा तबसम्म आफ्नो निकाहको सन्देश न पठाओस्, जबसम्म पहिले निकाहको सन्देश पठाएकोले सन्देश रद्द गर्दैन वा अर्को व्यक्तिलाई अनुमति दिँदैन।” (बुखारीः ५१४२, मुस्लिमः १४१२)
२- निकाह (विवाह) गर्ने उद्देश्यले मंगेतरलाई (केटा केटीले एक अर्कालाई) हेर्नु। मुगीरा बिन् शुअबा रजियल्लाहु अन्हुले निकाहको सन्देश पठाउने इरादा गरेको बेला अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभएको थियोः “तिमीले उसलाई हेर्नु, किनकी हुनसक्छ तिमीहरू दुबै बीचको सम्बन्ध अझ राम्रो बनाउने सम्भावना बनोस्।” (तिर्मिजीः १०८७)
जाबिर बिन् अब्दुल्लाह रजियल्लाहु अन्हुमाले बयान गर्नुभएको छ, अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयोः “जब तिमीहरू कसैले कुनै महिलालाई निकाहको प्रस्ताव पठाउँछौ त सम्भव भएसम्म उसलाई हेर, हुनसक्छ तिमीले उसलाई देखेर निकाहको लागि उत्सुक गर्नसक्छ।” जाबिर बिन् अब्दुल्लाह रजियल्लाहु अन्हुमाले अगाडी भन्नुभयोः “मैले एउटी केटीलाई निकाहको प्रस्ताव पठाएँ; मैले उसलाई लुकी-लुकी हेर्ने गर्थे, अन्ततः मैले उसलाई राम्ररी देखे जसले गर्दा मलाई ऊ सँग निकाह गर्न उत्सुकता भयो, त्यसपछि मैले ऊ सँग निकाह (विवाह) गरे। (अबू दाउदः २०८२)
मंगेतरलाई हेर्ने केही शिष्टाचारबाट
३- निकाह प्रस्तावको सबैभन्दा महत्त्वपूर्ण शिष्टाचारहरू मध्ये एक पुरुष र महिला दुबैले राम्रोसँग छनौट गर्नु हो। त्यसैले तिनिहरूले सही नियम तथा आधारभूत कुराहरूको पालना गर्नुपर्छ ताकि अल्लाहको आदेश र कृपाले शान्त, स्थिर र सफल घर बन्न सकोस्।
४- निकाहको पैगाम अथवा प्रस्तावका शिष्टाचारहरू मध्ये यो पनि हो कि राम्रा सन्तानको लागि धेरै सन्तानहरू जन्माउन सक्ने महिलाको चयन गरियोस्। अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभएको छः “धेरै माया गर्ने र धेरै सन्तान जन्माउने महिलासँग विवाह गर, किनभने तिमीहरूको अधिक सङ्ख्याको कारण (कयामतको दिन) मैले अरू उम्मतमाथि गर्व गर्ने छु।” (अबू दाउदः २०५०)
५- परामर्श, इस्तिखारह र दुआ। मुस्लिमले आफ्नो पालन कर्ता अल्लाहसँग इस्तिखारह (परामर्श) गर्नुपर्छ, उहाँसँग दुआ गर्नु र माग्नुपर्छ अनि आफ्ना सबै मामिलाहरूमा जानकार व्यक्तिहरूसँग पनि सरसल्लाह गर्नुपर्छ। विवाहको निर्णय मानव जीवनको एउटा महत्त्वपूर्ण निर्णय हो, त्यसैले यस मामिलामा इस्तिखारह, परामर्श र अधिक दुआ गर्नु उत्तम हो।
६- दुबै पक्षले आफ्ना सबै मामिला र परिस्थितिहरू स्पष्ट रूपमा र इमानदारी पूर्वक बताउनु पर्छ, ताकि कसैको कुनै दोष गोप्य राखेर जानी-जानी एक अर्कालाई धोका न दिइयोस्। जसको नतिजा भविष्यमा विवाह गरिसकेपछि दुबै पक्ष बीच, झगडा र सम्बन्ध बिग्रने कारक बन्न सक्छ।
७- विवाह सम्बन्धी शरई प्रावधान र नियमहरूको पालना गर्नुपर्छ। यो विवाहको वाचा मात्र हो, पूर्ण विवाह होइन। त्यसैले हात मिलाउन, एकान्तमा गएर बस्न, मेलजोल गर्न, पति पत्नी झैँ मीठा-मीठा कुरा गर्न र विवाहको प्रस्ताव गर्नेको लागि सुगन्ध लगाएर छेउमा जान वा शृङ्गार गरेर प्रस्तुत हुन अनुमति छैन।
اختر مستوى الشرح المناسب لك
يحتوي الدرس الآن على طبقات اختيارية تساعدك على المراجعة السريعة أو التعمق دون مغادرة الدرس.
- الملخص: نظرة سريعة في نحو دقيقة.
- الأساسي: محتوى الدرس الأصلي وهو المسار المعتمد للتقدم.
- المتعمق: تفاصيل إضافية اختيارية عند توفرها.
تقدمك وإكمال الدرس يعتمدان دائما على صفحات المستوى الأساسي.