Model: हालको खण्ड
पाठ पति पत्नीका हक अधिकारहरू
इस्लामले प्रत्येक पति पत्नीलाई उनीहरूलाई सुम्पिएका कर्तव्यहरू अनुरूप धेरै अधिकारहरू दिएको छ। प्रत्येक दम्पतीले यी कर्तव्यहरू पूरा गरेमा र एक अर्कालाई आफ्नो हक दिनबाट पछि हटेनन् भने तिनिहरू बीचको वैवाहिक सम्बन्ध व्यवस्थित र सुदृढ हुनेछ, तिनिहरूको इज्जत सुरक्षित हुनेछ र एक सफल परिवारको स्थापना हुनेछ। अनि तिनिहरू त्यो उद्देश्य प्राप्त गर्न सक्षम हुनेछन्, उद्देश्यले अल्लाहले आदम र तिनका सन्तानलाई सृष्टि गर्नुभयो।
पत्नीका कर्तव्य तथा जिम्मेदारीहरू
परिवारमा आफ्नो कर्तव्य र जिम्मेदारीहरू थाहा पाउनु।
अल्लाहले भन्नुभएको छः {الرِّجَالُ قَوَّامُونَ عَلَى النِّسَاءِ بِمَا فَضَّلَ اللَّهُ بَعْضَهُمْ عَلَى بَعْضٍ وَبِمَا أَنْفَقُوا مِنْ أَمْوَالِهِمْ} [النساء: 34]، अर्थः “पुरुषहरू महिलाहरूका अभिभावक तथा संरक्षक हुन्, किनभने अल्लाहले एक अर्कामाथि श्रेष्ठता प्रदान गर्नुभएको छ र पुरुषहरू नै आफ्ना सम्पत्ति खर्च गर्छन्।” (सूरतुन्-निसा: ४/३४) यसको तात्पर्य यो हो कि पतिले संरक्षकको कर्तव्यलाई राम्रो तरिकाले, कुनै बाधा र अत्याचार बिना नै पूरा गर्नुपर्छ। पत्नीले पनि पतिका उचित कुराहरूमा आज्ञा पालन गर्नुपर्छ। अल्लाहले उसलाई आफ्नो न्याय र बुद्धिले दिनुभएको जिम्मेदारी र अभिभावकत्वमा झगडा र मतभेद गर्नु हुँदैन।
पतिको धन सम्पत्तिको सुरक्षा गर्नु र फजुलखर्ची नगर्नु।
पत्नीले पतिको अनुमति बिना उसको सम्पत्तिबाट खर्च गर्नुहुँदैन, चाहे देखाएर होस् वा लुकाएर। यदि धन सम्पत्ति भएर पनि पतिले घरमा आवश्यक चीजहरूको लागि खर्च दिँदैन वा खर्च गर्दैन भने पत्नीले पतिको अनुमति बिना पनि आवश्यकता अनुसार सन्तानको लालनपालन र आधारभूत आवश्यकताहरू पुरा गर्न उसको धन सम्पत्तिबाट खर्च गर्न अनुमति छ। तर यसरी खर्च गर्दा फजुलखर्ची गर्नुहुँदैन।
पतिको अनुपस्थितिमा घर र इज्जतको सुरक्षा गर्नु।
पत्नीले आफ्नो पतिको अनुपस्थितमा हुँदा महरम व्यक्ति बाहेक अन्य कसैलाई आफ्नो पासमा आउन दिनु हुँदैन। यस सम्बन्धमा पति र पत्नीका नातेदारहरू बीच कुनै भिन्नता छैन।
उसका सन्तानहरूको सुरक्षा र रेखदेख गर्नु।
विशेष गरी बच्चाहरूको जीवनको प्रारम्भिक वर्षहरूमा उनीहरूलाई राम्रोसँग हुर्काउने जिम्मेदारीमा पत्नीले पतिलाई पूर्ण साथ र सहयोग दिनुपर्छ। किनभने छोरा-छोरीहरू धेरैजसो समय आमासँगै बस्छन् र बुबा भन्दा पनि धेरै कुराहरू आमाबाट सिक्छन्।
घरको व्यवस्थापन तथा बच्चाहरूको रेखदेख गर्नु।
पत्नीले आफ्नो क्षमताअनुसार पतिका काम, बच्चाहरूको रेखदेख र घरायसी मामिलाहरूलाई ख्याल राख्नु पर्छ र व्यवस्थापनमा सहयोग गर्नुपर्छ।
पतिमाथि पत्नीका हक अधिकारहरू
निकाह (विवाह) को महर दिनु।
पतिले पत्नीलाई उनको हक महरको साथै उपहारको रूपमा केही चीजहरू दिँदै गर्नु, ताकि पत्नीको को मनमा पति प्रतिको प्रेम र माया बढोस् अनि पतिले आफूलाई गर्ने माया महसुस गरुन्। अल्लाहले भन्नुभएको छ: {وَآتُوا النِّسَاءَ صَدُقَاتِهِنَّ نِحْلَةً} [النساء: 4]. अर्थः “पत्नीहरूलाई राजीखुसी तिनका निकाह महर देऊ।” (सूरतुन्-निसाः ४/ ४)
पत्नी र बच्चाहरूको लागि आवश्यक खर्चको व्यवस्थापन गर्नु।
पतिले पत्नी र आफ्ना सन्तानका लागि खानपान, लत्ताकपडा, आवास लगायत आवश्यकता अनुसारका आधारभूत चीजहरू आफ्नो क्षमता अनुसारको सीमामा रहेर फजुलखर्ची र कन्जुसी बिना उनीहरूको लागि व्यवस्था गर्नुपर्छ। अल्लाहले भन्नुभएको छः {لِيُنْفِقْ ذُو سَعَةٍ مِنْ سَعَتِهِ وَمَنْ قُدِرَ عَلَيْهِ رِزْقُهُ فَلْيُنْفِقْ مِمَّا آتَاهُ اللَّهُ لَا يُكَلِّفُ اللَّهُ نَفْسًا إِلَّا مَا آتَاهَا سَيَجْعَلُ اللَّهُ بَعْدَ عُسْرٍ يُسْرًا} [الطلاق: 7]. अर्थः धनवानले आफ्नो क्षमता अनुसार खर्च गर्नुपर्छ र जसको जीविकामा कमी छ, उसले अल्लाहले उसलाई प्रदान गरे अनुसार खर्च गरोस्। अल्लाहले जे-जति प्रदान गर्नुभएको छ, त्यसभन्दा बढी कुनै व्यक्तिमाथि जिम्मेवारीको बोझ राख्नुहुन्न। अल्लाहले कठिनाइ (निर्धनता) पछि सहजता प्रदान गर्नुहुनेछ।” (सूरतुत्-तलाकः ६५/ ७)
पत्नीसँग राम्रो सम्बन्ध बनाउनु।
पति असल नैतिकताको हुनुपर्छ, बोली, व्यवहार र काममा पत्नीसँग रमाइलो र मधुर सम्बन्ध हुनुपर्छ। अशिष्ट, असभ्य र कठोर हुनुहुन्न। कुनै मन नपर्ने मामिला सामुन्ने आएमा धैर्य गर्नुपर्छ र घृणाका कुनै सङ्केतका पछाडी लाग्नु हुँदैन। यस सम्बन्धमा अल्लाहले भन्नुभएको छः {وَعَاشِرُوهُنَّ بِالْمَعْرُوفِ فَإِنْ كَرِهْتُمُوهُنَّ فَعَسَى أَنْ تَكْرَهُوا شَيْئًا وَيَجْعَلَ اللَّهُ فِيهِ خَيْرًا كَثِيرًا} [النساء: 19]، अर्थः “तिनिहरूसित राम्रो व्यवहार गर यदि तिनिहरूलाई तिमीले मन नपराए पनि, तर धेरै सम्भव छ कि तिमीले नराम्रो मानेको कुनै कुरामा अल्लाहले धेरै भलाइको सृजना गरुन्।” (सूरतुन्-निसाः ४/ १९) अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभएको छः “कुनै मोमिन (आस्थावान) पतिले मोमिन पत्नीसित बैर नगरोस्, यदि उसको एउटा व्यवहार अप्रिय छ भने अरू व्यवहार प्रिय पनि हुन्छन्।” (मुस्लिमः १४६९)
اختر مستوى الشرح المناسب لك
يحتوي الدرس الآن على طبقات اختيارية تساعدك على المراجعة السريعة أو التعمق دون مغادرة الدرس.
- الملخص: نظرة سريعة في نحو دقيقة.
- الأساسي: محتوى الدرس الأصلي وهو المسار المعتمد للتقدم.
- المتعمق: تفاصيل إضافية اختيارية عند توفرها.
تقدمك وإكمال الدرس يعتمدان دائما على صفحات المستوى الأساسي.