सिक्न जारी राख्नुहोस्

तपाईं लगइन हुनुभएको छैन ।
तपाईंको प्रगति जारी राख्न, प्वाइन्टहरू संकलन गर्न र प्रतिस्पर्धाहरूमा प्रवेश गर्नको लागि “ता प्लेटफर्म” (Learning Islam) मा अहिल्यै दर्ता गर्नुहोस्। दर्ता पछि तपाईंले आफूले सिकेको विषयहरूको इलेक्ट्रोनिक (अनलाइन) प्रमाणपत्र प्राप्त गर्नुहुनेछ।
“ता प्लेटफर्म” (Learning Islam) मा अध्ययन गर्ने विधि के हो?
“ता प्लेटफर्म” (Learning Islam) मा अध्ययन गर्ने तरिकाः • “ता प्लेटफर्म” एक इलेक्ट्रोनिक शैक्षिक प्लेटफर्म हो, जसको उद्देश्य इस्लामिक ज्ञानलाई सजिलो र रमाइलो तरिकाले पढाउनु हो। • “ता प्लेटफर्म” ले आफ्ना सबै सेवाहरू निःशुल्क उपलब्ध गराउँछ। • विद्यार्थीले प्लेटफर्ममा दर्ता गरेर (एकाउन्ट बनाएर) वा दर्ता नगरिकन बिना एकाउन्टको पनि “ता प्लेटफर्म” मा अध्ययन गर्न सक्छन्। • प्लेटफर्ममा दर्ता गरेमा विद्यार्थीले निम्नलिखित कामहरू गर्न सक्छन्: o प्लेटफर्ममा आफूले पुरा गरेका र नगरेका सबै पाठहरूलाई हेर्न र आफ्नो उपलब्धिलाई थाहा पाउन गर्न सक्छन्। o अङ्क प्राप्त गर्न, प्लेटफर्ममा बाँकी विद्यार्थीहरूसँग प्रतिस्पर्धा गर्न र तिनिहरूको बीच आफ्नो श्रेणी पत्ता लगाउन सक्छन्। o अन्तर-क्रियात्मक समूहहरू बनाउन, त्यसमा सहभागी हुन र आफ्ना सहकर्मीहरू तथा साथीहरूसँग प्रतिस्पर्धा गर्न सक्छन्। • विद्यार्थीले प्लेटफर्ममा दुई तरिकामा सिक्न सुरु गर्न सक्छन्: १. शीर्षकहरू: यस विधिमा पाठहरूलाई विषयगत रूपमा विभाजन गरी डिजाइन गरिएको छ, जहाँ विद्यार्थीले आफूले अध्ययन गर्न चाहेको विषय छनोट गर्छन् र उप-शीर्षक भित्रका सबै पाठहरू सफलतापूर्वक पूरा गरेपछि प्रमाणपत्र प्राप्त गर्नेछन्। २. पाठ्यक्रमहरू: यस विधिमा प्लेटफर्ममा रहेका सिक्ने समूहहरू मध्ये एकलाई लक्षित गरी विशेष लक्ष्य हासिल गर्न विभिन्न विषयहरूबाट पाठहरू डिजाइन र सङ्कलन गरिन्छ, अनि विद्यार्थीले पाठ्यक्रम भित्रका सबै पाठहरू सफलतापूर्वक पूरा गरेपछि प्रमाणपत्र प्राप्त गर्नेछन्। • विद्यार्थीले प्लेटफर्ममा थप पाठहरू सफलतापूर्वक पूरा गर्दा अङ्कहरू प्राप्त गर्छन् र उत्कृष्टता बोर्ड मार्फत, प्लेटफर्ममा आफ्नो कार्यसम्पादन र आफ्नो श्रेणीको निगरानी गर्न सक्छन्।