Model: हालको खण्ड
पाठ पवित्र सहर मक्काका विशेषताहरू
अब्दुल्लाह बिन अदी बिन अल-हमरा रजियल्लाहु अन्हुले बयान गर्नु भएको छ, मैले अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमलाई मक्काको हजूरा भन्ने ठाउँमा उभिएर भन्दै गरेको सुनेः “अल्लाहको कसम ! निःसन्देह तिमी अल्लाहको सबैभन्दा प्यारो धरती हौ। अल्लाहको लागि तिमी धरतीहरूमा सबैभन्दा मनपर्ने धरती हौ। यदि मलाई तिमीबाट ननिकालिएको भए म यहाँबाट निस्कने थिएन।” (तिर्मिजीः ३९२५)
२- यो अल्लाहको हरम (उहाँद्वारा निषेध गरिएको ठाउँ) हो।
अल्लाहले आफ्ना सृष्टिहरूलाई त्यहाँ रक्तपात गर्न, अत्याचार गर्न, सिकार गर्न, बोट-बिरुवा तथा घाँसपात काट्न मनाही गर्नु भएको छ। कुर्आनमा अल्लाहले आदेश दिनु भएको छः (إِنَّمَا أُمِرْتُ أَنْ أَعْبُدَ رَبَّ هَذِهِ الْبَلْدَةِ الَّذِي حَرَّمَهَا وَلَهُ كُلُّ شَيْءٍ وَأُمِرْتُ أَنْ أَكُونَ مِنَ الْمُسْلِمِين) (النمل: 91). अर्थः “(हे नबी ! भनि दिनुहोस्) मलाई नै आदेश भएको छः म यस ‘‘मक्का’’ सहरको मालिकको उपासना गरूँ, जसले यसलाई सम्मानित र मर्यादित बनाउनु भएको छ र यी सबै कुरा उहाँकै अधीनमा छन् र यो पनि आदेश भएको छ कि म उहाँको आज्ञाकारीको रूपमा रहूँ।” (सूरतु नम्लः २७/ ९१)
अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभएको छः “निःसन्देह मक्कालाई अल्लाहले हुरमत वाला (पवित्र) बनाउनु भएको हो, मानिसहरूले बनाएका होइनन्। तसर्थ, अल्लाहमाथि र परलोक (आखिरत) माथि आस्था राख्ने मानिसहरूको लागि त्यसमा रक्तपात गर्न र त्यहाँ भएका बोट-बिरुवाहरू काट्न जायज छैन।” (बुखारीः १०४, मुस्लिमः १३५४)
वरिष्ठ सहाबी अबु-जर गिफारी रजियल्लाहु अन्हुले बयान गर्नुभएको छ, मैले सोधेः हे अल्लाहको रसूल ! पृथ्वीमा सबभन्दा पहिले निर्माण भएको मस्जिद कुन हो ? भन्नुभयोः “मस्जिद-हराम” फेरी सोधेः त्यसपछि कुन ? भन्नुभयोः “मस्जिद-अक्सा” फेरी सोधेः यी दुबैमा कति वर्षको अन्तर छ ? भन्नु भयोः “४० वर्षको। जहाँ सलाहको समय हुन्छ त्यहाँ सलाह पढ्नु, किनभने त्यही मस्जिद हो।” (बुखारी: ३३६६, मुस्लिम: ५२०)
२- यसै सहरमा पवित्र काबा छ-
काबा एउटा चारपाटे घनाकार रूपमा निर्मित सानो सुन्दर घर हो, जो मस्जिद-हरामको बीच भागमा अवस्थित छ। यो विश्वकै मुस्लिमहरूको किब्ला र केन्द्र बिन्दु हो। यसै किब्लाको दिशामा अनुहार फर्काएर पृथ्वीको पूर्व, पश्चिम, उत्तर, दक्षिण सबैतिरका मुस्लिमहरूले सलाह (नमाज) पढ्छन्। यसलाई इब्राहीम र उहाँका छोरा इस्माईल अलैहिमुस्सलामले अल्लाहको आदेशानुसार निर्माण गर्नु भएको थियो। त्यसपछि समय अनुसार नवीकरण हुँदै गयो। अल्लाहले भन्नुभएको छः (وَإِذْ يَرْفَعُ إِبْرَاهِيمُ الْقَوَاعِدَ مِنَ الْبَيْتِ وَإِسْمَاعِيلُ رَبَّنَا تَقَبَّلْ مِنَّا إِنَّكَ أَنتَ السَّمِيعُ الْعَلِيم) (البقرة: 127). अर्थः “(स्मरण गर) जुन बेला इब्राहीम र इस्माईलले यस घरको जग उठाउँदै दुआ गरिरहेका थिए- “हे अल्लाह, हाम्रो सानो प्रयासलाई स्वीकार गरि दिनुहोस्, वास्तवमा तपाई नै सर्वश्रोता र सर्वज्ञाता हुनुहुन्छ।” (सूरह अल्-बकरह: २/१२७) यसको पुनः निर्माणको समयमा कुरैशका मानिसहरू नबी सल्लल्लाहु अलैहि वसल्लमद्वारा नै हजरे अस्वदलाई त्यसको ठाउँमा पुनः राख्न सहमत भएका थिए।
३- यसमा सलाह पढ्दा कैयौं गुणा बढी पुण्य पाइन्छ-
रसूल सल्लल्लाहु अलैहि व सल्लमले भन्नु भएको छः “मेरो मस्जिदमा सलाह पढ्नु अरु मस्जिदको तुलनामा एक हजर गुणा बढी पुण्य हुन्छ, सिवाय मस्जिद-हरामको, किनभने त्यसमा अरु मस्जिदको तुलनामा एक लाख गुणा बढी पुण्य पाइन्छ।” (इब्ने माजा: १४०६, अहमद: १४६९४)
४- अल्लाहले सामर्थ्यवान व्यक्तिमाथि आफ्नो पवित्र घरको हज्ज गर्न अनिवार्य गर्नुभएको छ-
इब्राहीम अलैहिस्सलामले मानिसहरूलाई अल्लाहको घरको हज्ज गर्न आह्वान गर्नुभयो अनि दुनियाँको कुना-काप्चाबाट हज्ज गर्नेहरूको ओइरो लाग्यो। सबै सन्देष्टाहरूले यस घरको हज्ज गरे। अल्लाहले इब्राहीम अलैहिस्सलामलाई यसरी आदेश दिदै भन्नुभएको छः (وَأَذِّنْ فِي النَّاسِ بِالْحَجِّ يَأْتُوكَ رِجَالًا وَعَلَى كُلِّ ضَامِرٍ يَأْتِينَ مِنْ كُلِّ فَجٍّ عَمِيق) (الحج: 27). अर्थः “मानिसहरूमा हज्जको आह्वान गर, उनीहरू पैदल तथा ऊँटमा चढेर दुनियाँको कुना-काप्चाबाट आउने छन्।” (सूरह अल्-हज्ज : २२/३८)
पवित्र सहर मक्काका श्रेष्ठताः यस पवित्र सहरको स्थान महान छ र यसका धेरै विशेषताहरू छन्। ती मध्ये केही निम्नलिखित छन्-
اختر مستوى الشرح المناسب لك
يحتوي الدرس الآن على طبقات اختيارية تساعدك على المراجعة السريعة أو التعمق دون مغادرة الدرس.
- الملخص: نظرة سريعة في نحو دقيقة.
- الأساسي: محتوى الدرس الأصلي وهو المسار المعتمد للتقدم.
- المتعمق: تفاصيل إضافية اختيارية عند توفرها.
تقدمك وإكمال الدرس يعتمدان دائما على صفحات المستوى الأساسي.