Model: हालको खण्ड
पाठ पवित्र सहर मक्काका विशेषताहरू
पाठबारे जानकारी
लक्ष्यहरू
Count: अन्य विद्यार्थीहरूले यो पाठ पूरा गरे
अब्दुल्लाह बिन अदी बिन अल-हमरा रजियल्लाहु अन्हुले बयान गर्नु भएको छ, मैले अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमलाई मक्काको हजूरा भन्ने ठाउँमा उभिएर भन्दै गरेको सुनेः “अल्लाहको कसम ! निःसन्देह तिमी अल्लाहको सबैभन्दा प्यारो धरती हौ। अल्लाहको लागि तिमी धरतीहरूमा सबैभन्दा मनपर्ने धरती हौ। यदि मलाई तिमीबाट ननिकालिएको भए म यहाँबाट निस्कने थिएन।” (तिर्मिजीः ३९२५)
२- यो अल्लाहको हरम (उहाँद्वारा निषेध गरिएको ठाउँ) हो।
अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभएको छः “निःसन्देह मक्कालाई अल्लाहले हुरमत वाला (पवित्र) बनाउनु भएको हो, मानिसहरूले बनाएका होइनन्। तसर्थ, अल्लाहमाथि र परलोक (आखिरत) माथि आस्था राख्ने मानिसहरूको लागि त्यसमा रक्तपात गर्न र त्यहाँ भएका बोट-बिरुवाहरू काट्न जायज छैन।” (बुखारीः १०४, मुस्लिमः १३५४)
वरिष्ठ सहाबी अबु-जर गिफारी रजियल्लाहु अन्हुले बयान गर्नुभएको छ, मैले सोधेः हे अल्लाहको रसूल ! पृथ्वीमा सबभन्दा पहिले निर्माण भएको मस्जिद कुन हो ? भन्नुभयोः “मस्जिद-हराम” फेरी सोधेः त्यसपछि कुन ? भन्नुभयोः “मस्जिद-अक्सा” फेरी सोधेः यी दुबैमा कति वर्षको अन्तर छ ? भन्नु भयोः “४० वर्षको। जहाँ सलाहको समय हुन्छ त्यहाँ सलाह पढ्नु, किनभने त्यही मस्जिद हो।” (बुखारी: ३३६६, मुस्लिम: ५२०)
२- यसै सहरमा पवित्र काबा छ-
३- यसमा सलाह पढ्दा कैयौं गुणा बढी पुण्य पाइन्छ-
४- अल्लाहले सामर्थ्यवान व्यक्तिमाथि आफ्नो पवित्र घरको हज्ज गर्न अनिवार्य गर्नुभएको छ-
पवित्र सहर मक्काका श्रेष्ठताः यस पवित्र सहरको स्थान महान छ र यसका धेरै विशेषताहरू छन्। ती मध्ये केही निम्नलिखित छन्-