Model: हालको खण्ड
पाठ सुन्नत सलाह (नमाज) हरू
एउटा मुस्लिमले दिनरातमा गरी पाँच पटक अनिवार्य रुपमा फर्ज (अनिवार्य) सलाह पढ्नु पर्दछ। यस बाहेक केही सुन्नत तथा नफिल (गैर-अनिवार्य) सलाहहरू छन्, जसलाई पढ्न इस्लामले प्रेरणा दिएको छ। यी सुन्नत सलाहद्वारा अल्लाहको माया पाउन सकिन्छ र अनिवार्य सलाहमा भएको कमीलाई पूरा गर्न सकिन्छ। अबू हुरैरा रजियल्लाहु अन्हुद्वारा वर्णित छ, नबी सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भयोः कयामतको दिन मानिसका कर्महरूमध्ये सबैभन्दा पहिले नमाजको हिसाब किताब हुनेछ । अल्लाहलाई सबै कुराहरूको बारेमा थाहा हुँदाहुँदै पनि उहाँले फरिश्ताहरूसँग भन्नु हुनेछ- हेर त ! मेरो यस भक्तको सलाह (नमाज) पूरा छैन? यदि पूरा छ भने पूरा लेखिनेछ र कमी छ भने भन्नु हुनेछ के यसका केही नफिल (अतिरिक्त) सलाह छन्? यदि छन् भने मेरो भक्तको फर्ज (अनिवार्य) सलाहलाई नफिलले पूरा गरिदेऊ। (सुनन् अबू दाऊदः ८६४)
यो अनिवार्य सलाहदेखि कहिल्यै पनि अलग हुँदैन। त्यसैले यसलाई सुन्नत मुअक्कदह भनिन्छ। त्यसैले एउटा मुस्लिमले यसलाई जारी राख्नु पर्दछ।
सुन्नत (अतिरिक्त) सलाहको श्रेष्ठताको बयान गर्दै रसूल सल्लल्लाहु अलैहि व सल्लमले भन्नु भएको छः “जो कोही मुस्लिमले प्रत्येक दिन फर्ज बाहेक १२ रकात अतिरिक्त सलाह पढ्छ, अल्लाहले उसको लागि जन्नत (स्वर्ग) मा घर बनाउनु हुनेछ।” (मुस्लिम: ७२८)
सुन्नत मुअक्कदहहरू यस प्रकार छन्-
वित्रको सलाह- यसका रकात बेजोड हुन्छन् त्यसैले यसलाई वित्र (बेजोड) भनिन्छ। यो सुन्नत सलाहहरूमध्ये सर्वोत्कृष्ट सलाह हो। यसको सम्बन्धमा रसूल सल्लल्लाहु अलैहि व सल्लमले भन्नु भएको छः “हे कुरआनवालाहरू हो ! वित्रको सलाह पढ्दै गर।” (तिर्मिजी : ४५३, इब्ने माजा : ११७०)
वित्रको सलाहको सर्वोत्कृष्ट समय रातको अन्तिम पहर हो। तर ईशाको सलाहपछि प्रात: काल (फज्रको अजान) सम्म जहिले पनि पढ्न सकिन्छ।
वित्रको सलाहका रकात-
वित्रको सबैभन्दा कम सङ्ख्या एक रकअत हो। एकभन्दा बढी पनि पढ्न सकिन्छ, किनकि रसूल सल्लल्लाहु अलैहि व सल्लमले तीन, पाँच, सात, नौ र एघार रकात पनि पढ्नु हुन्थ्यो।
सुन्नत (गैर अनिवार्य) सलाह दुई दुई रकात गरी पढ्नु उत्तम हो। दुई रकात पढेर सलाम फेर्नुहोस्, फेरी उस्तै दुई रकात पढ्नुहोस् र अन्तमा वित्रको एक रकात पढ्नुहोस्। वित्रको अन्तिम रकातमा रुकूबाट उठेपछि र सज्दा गर्नु भन्दा पूर्व प्रमाणित वित्र (कुनुत) को दुआ र आफ्नो मनले चाहेका कुराहरू हात थापेर माग्नु।
यो त्यस्तो सुन्न्त नमाज हो, जसलाई धरती सुक्खा भएको र वर्षाको कमी भएको कारण मानिस तथा अन्य प्राणीहरू समस्यामा परेका बेलामा पढिन्छ। सम्भव भएसम्म यो नमाजलाई खुला मैदानमा पढ्नु उत्तम हो, तर मस्जिदमा पनि पढ्न सकिन्छ।
यस नमाजको लागि अल्लाह समक्ष पश्चाताप र क्षमायाचना गर्दै विनम्रतापूर्वक गुनगुनाउँदै मैदान वा मस्जिदतिर जानु उत्तम हो। यसको साथसाथै अल्लाहको दया तथा कृपा अवतरण हुने श्रोत, साधन र माध्यमहरूलाई पनि अपनाउनु पर्छ। जस्तै- अल्लाहसँग माफी माग्नु, अन्याय गरेर लिइएका चीजहरूलाई फिर्ता गर्नु, दान दिनु, मानिसहरूमाथि भलाइ गर्नु, इत्यादि।
इस्तिस्का (वर्षा माग्ने) नमाजको तरिका
इस्तिस्काको नमाज ईदको नमाज जस्तै दुई रकअत पढिन्छ, जसमा इमामले उच्च आवाजमा किराअत गर्छन्। यसका प्रत्येक रकअतमा अधिक तक्बीर पढ्नुपर्छ। किरात (सूरह फातिहा) पढ्नु भन्दा पहिले तक्बीर तहरीमा बाहेक अरू ६ तक्बीरहरू भन्नुपर्छ र दोस्रो रकअतमा सज्दाबाट उठ्दै गर्दाको तक्बीर बाहेक पाँच तक्बीरहरू भन्नुपर्छ। नमाज पढिसकेपछि इमामले दुई भागमा खुत्बा (प्रवचन) दिन्छन् र धेरैभन्दा धेरै इस्तिगफार (क्षमायाचना) को साथ अल्लाह समक्ष दुआ र विन्ती गर्छन्।
यो त्यस्तो बेलामा पढिने नमाज हो, जब कुनै मुस्लिमले कुनै कामको इरादा गर्छ तर उसले गर्न लागेको काममा उसको लागि भलाइ छ वा छैन भन्ने विषयमा दोधारमा परेको हुन्छ।
इस्तिखारा नमाजको वैधता
जब मुस्लिमले कुनै जायज काम गर्ने इरादा गर्छ र त्यस कामको नतिजा उसको लागि सही हुन्छ वा गलत हुन्छ भन्ने बारेमा ऊ दोधारमा परेको हुन्छ, त्यस समयमा उसले दुई रकअत नमाज पढ्नु उत्तम हुन्छ। जब उसले दुई रकअत नमाज पढ्छ त्यसपछि निम्नलिखित दुआ पढ्नुपर्छ, जुन दुआ अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले आफ्ना साथीहरूलाई सिकाउनु भएको थियो। त्यो हो- «اللَّهُمَّ إِنِّي أَسْتَخِيرُكَ بِعِلْمِكَ، وَأَسْتَقْدِرُكَ بِقُدْرَتِكَ، وَأَسْأَلُكَ مِنْ فضْلِكَ العَظِيمِ، فَإِنَّكَ تَقْدِرُ وَلاَ أَقْدِرُ، وَتَعْلَمُ وَلاَ أَعْلَمُ، وَأَنْتَ عَلاَّمُ الْغُيُوبِ. اللَّهُمَّ إِنْ كُنْتَ تَعْلَمُ أَنَّ هَذَا الأمْرَ خَيْرٌ لِي فِي دِينِي وَمَعَاشِي وَعَاقِبَةِ أَمْرِي فَاقْدُرْهُ لِي وَيَسِّرْهُ لِي، ثُمَّ بَارِكْ لِي فِيهِ، وَإِنْ كُنْتَ تَعْلَمُ أَنَّ هَذَا الأَمْرَ شَرٌّ لِي فِي دِينِي وَمَعَاشِي وَعَاقِبَةِ أَمْرِي فَاصْرِفْهُ عَنِّي ، وَاصْرِفْنِي عَنْهُ، وَاقْدُرْ لِيَ الْخَيْرَ حَيْثُ كَانَ، ثُمَّ أَرْضِنِي بِهِ» [البخاري: 1162]. उच्चारण- “अल्लाहुम्म इन्नी अस्तखीरुक बिइल्मिक व अस्तक्दिरुक बिकुद्रतिक, व अस्अलुक मिन् फज्लिकल्-अजीम, फइन्नक तक्दिरु वला अक्दिरु व तअलमु वला आलमु व अन्त अल्लामुल् गुयूब, अल्लाहुम्म इन् कुन्त तअलमु अन्न हाजाल्-अम्र खैरुन् ली फी दीनी व मआशी व आकिबति अम्री, फक्दुर्हु ली व यस्सिर्हु ली सुम्म बारक ली फीहि, व इन् कुन्त तअलमु अन्न हाजाल् अम्र शर्रु ली फी दीनी व मआशी व आकिबति अम्री, औ काल आजिलि अम्री व आजिलिहि, फअस्रिफ्हु अन्नी वअस्रिफ्नी अन्हु, व अक्दुर्-ली अल्-खैर हैसु कान तुम्म अर्जीनी बिहि ।” अर्थः “हे अल्लाह ! म तपाईंको ज्ञानद्वारा भलाई माग्दछु अनि तपाईंको सामर्थ्यद्वारा सामर्थ्य माग्दछु र तपाईसँग तपाईंको महान दया एवम् कृपा माग्दछु । निःसन्देह तपाईं पूर्ण सामर्थ्यवान हुनुहुन्छ तर म सामर्थ्यवान छैन अनि तपाईं सबै कुराको जानकार हुनुहुन्छ तर मलाई जानकारी छैन । तपाईंले त अदृष्य कुराहरू पनि जान्नु हुन्छ । हे अल्लाह ! तपाईंलाई थाहा छ, यो कार्य मेरो दीन, मेरो जिन्दगी र यसको परिणामको हिसाबले अथवा उहाँले भन्नु भयोः यसलोक र परलोकको लागि राम्रो छ भने मेरो लागि यसलाई सजिलो गरिदिनुहोस् । यदि यो कार्य मेरो दीन, मेरो जिन्दगी र यसको परिणामको हिसाबले अथवा उहाँले भन्नु भयोः यसलोक र परलोकको लागि नराम्रो छ भने यसलाई मबाट टाढा गरिदिनुहोस् र मलाई यसबाट अलग गरिदिनुहोस् । अनि जहाँ कहीं पनि मेरो लागि भलाई छ त्यो मेरो लागि ल्याइ दिनुहोस् अनि त्यसबाट मलाई राजी गरिदिनुहोस् ।” अनि आफ्नो आवश्यकतालाई अल्लाहको समक्ष पेश गरोस् । (सहीह बुखारीः ११६२)
यो त्यस्ता अतिरिक्त (सुन्नत) नमाजहरू मध्येको हो, जसको धेरै महत्त्व र फाइदाहरू उल्लेख गरिएका छन्। चाश्तको नमाज कम्तीमा पनि दुई रकअत पढ्नुपर्छ तर दुई रकअत भन्दा धेरै पनि पढ्न सकिन्छ। यो दुई-दुई रकअत गरेर पढिन्छ। यसको समय सूर्योदय भएको केही बेर लगभग १५ मिनेटपछि सुरु हुन्छ र मध्यान्न (दोपहर) को सूर्य ढल्कनु भन्दा केही बेर पहिले (जोहरको समय हुनुभन्दा केही बेर पहिलेसम्म) बाँकी रहन्छ।
ग्रहण लाग्नु ब्रह्माण्डको असामान्य स्थिति हो, जसमा सूर्य र चन्द्रमाको प्रकाश आंशिक वा पूर्ण रूपमा छेकिन्छ। यो अल्लाहका निशानीहरू मध्येको एउटा निशानी हो। यसले उहाँको शक्ति, व्यवस्थापन र संचालनको महानतालाई पुष्टि गर्छ। यसले मानिसलाई लापरवाही तथा निश्चिन्तताबाट सचेत गर्छ, ताकि ऊ अल्लाहको यातनाबाट डरोस्, सचेत रहोस् र उहाँद्वारा पाइने प्रतिफलको आशा गर्दै सत्कर्मतिर लागोस्।
अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभएको छः “कसैको मृत्युको कारणले सूर्य वा चन्द्रमामा ग्रहण लाग्दैन, बरु यी दुई अल्लाहका निशानीहरू मध्येका निशानी हुन्। अतः जब यी दुईमा ग्रहण लागेको देख्छौ, तब तिमीहरूले नमाज पढ।” (बुखारीः ९९३)
ग्रहणको नमाजको तरिका
ग्रहणको नमाज दुई रकअत पढिन्छ, तर यसमा साधारण नमाजभन्दा फरक यो छ कि प्रत्येक रकअतमा दुई रुकूअ र रुकूअपछि तेलावत गर्नुपर्छ। पहिलो रुकूअबाट उभिएपछि सूरतुल्-फातिहा र कुर्आनका अन्य सूरह वा आयतहरूबाट केही आयतहरू सुलभता अनुसार पढ्नुपर्छ। त्यसपछि दोस्रो रुकूअ गरेर रुकूअबाट उठी दुई पटक सज्दा गर्नुपर्छ। यसरी एक रकअत पूरा भयो। दुई सज्दा गरेपछि पुनः उभिएर दोस्रो रकअत पनि पहिलेको तरिका अनुसार पूरा गर्नुपर्छ।
اختر مستوى الشرح المناسب لك
يحتوي الدرس الآن على طبقات اختيارية تساعدك على المراجعة السريعة أو التعمق دون مغادرة الدرس.
- الملخص: نظرة سريعة في نحو دقيقة.
- الأساسي: محتوى الدرس الأصلي وهو المسار المعتمد للتقدم.
- المتعمق: تفاصيل إضافية اختيارية عند توفرها.
تقدمك وإكمال الدرس يعتمدان دائما على صفحات المستوى الأساسي.