Model: हालको खण्ड
पाठ सुन्नत सलाह (नमाज) हरू
यो अनिवार्य सलाहदेखि कहिल्यै पनि अलग हुँदैन। त्यसैले यसलाई सुन्नत मुअक्कदह भनिन्छ। त्यसैले एउटा मुस्लिमले यसलाई जारी राख्नु पर्दछ।
सुन्नत (अतिरिक्त) सलाहको श्रेष्ठताको बयान गर्दै रसूल सल्लल्लाहु अलैहि व सल्लमले भन्नु भएको छः “जो कोही मुस्लिमले प्रत्येक दिन फर्ज बाहेक १२ रकात अतिरिक्त सलाह पढ्छ, अल्लाहले उसको लागि जन्नत (स्वर्ग) मा घर बनाउनु हुनेछ।” (मुस्लिम: ७२८)
सुन्नत मुअक्कदहहरू यस प्रकार छन्-
वित्रको सलाह- यसका रकात बेजोड हुन्छन् त्यसैले यसलाई वित्र (बेजोड) भनिन्छ। यो सुन्नत सलाहहरूमध्ये सर्वोत्कृष्ट सलाह हो। यसको सम्बन्धमा रसूल सल्लल्लाहु अलैहि व सल्लमले भन्नु भएको छः “हे कुरआनवालाहरू हो ! वित्रको सलाह पढ्दै गर।” (तिर्मिजी : ४५३, इब्ने माजा : ११७०)
वित्रको सलाहको सर्वोत्कृष्ट समय रातको अन्तिम पहर हो। तर ईशाको सलाहपछि प्रात: काल (फज्रको अजान) सम्म जहिले पनि पढ्न सकिन्छ।
वित्रको सलाहका रकात-
सुन्नत (गैर अनिवार्य) सलाह दुई दुई रकात गरी पढ्नु उत्तम हो। दुई रकात पढेर सलाम फेर्नुहोस्, फेरी उस्तै दुई रकात पढ्नुहोस् र अन्तमा वित्रको एक रकात पढ्नुहोस्। वित्रको अन्तिम रकातमा रुकूबाट उठेपछि र सज्दा गर्नु भन्दा पूर्व प्रमाणित वित्र (कुनुत) को दुआ र आफ्नो मनले चाहेका कुराहरू हात थापेर माग्नु।
यो त्यस्तो सुन्न्त नमाज हो, जसलाई धरती सुक्खा भएको र वर्षाको कमी भएको कारण मानिस तथा अन्य प्राणीहरू समस्यामा परेका बेलामा पढिन्छ। सम्भव भएसम्म यो नमाजलाई खुला मैदानमा पढ्नु उत्तम हो, तर मस्जिदमा पनि पढ्न सकिन्छ।
यस नमाजको लागि अल्लाह समक्ष पश्चाताप र क्षमायाचना गर्दै विनम्रतापूर्वक गुनगुनाउँदै मैदान वा मस्जिदतिर जानु उत्तम हो। यसको साथसाथै अल्लाहको दया तथा कृपा अवतरण हुने श्रोत, साधन र माध्यमहरूलाई पनि अपनाउनु पर्छ। जस्तै- अल्लाहसँग माफी माग्नु, अन्याय गरेर लिइएका चीजहरूलाई फिर्ता गर्नु, दान दिनु, मानिसहरूमाथि भलाइ गर्नु, इत्यादि।
इस्तिस्का (वर्षा माग्ने) नमाजको तरिका
यो त्यस्तो बेलामा पढिने नमाज हो, जब कुनै मुस्लिमले कुनै कामको इरादा गर्छ तर उसले गर्न लागेको काममा उसको लागि भलाइ छ वा छैन भन्ने विषयमा दोधारमा परेको हुन्छ।
इस्तिखारा नमाजको वैधता
यो त्यस्ता अतिरिक्त (सुन्नत) नमाजहरू मध्येको हो, जसको धेरै महत्त्व र फाइदाहरू उल्लेख गरिएका छन्। चाश्तको नमाज कम्तीमा पनि दुई रकअत पढ्नुपर्छ तर दुई रकअत भन्दा धेरै पनि पढ्न सकिन्छ। यो दुई-दुई रकअत गरेर पढिन्छ। यसको समय सूर्योदय भएको केही बेर लगभग १५ मिनेटपछि सुरु हुन्छ र मध्यान्न (दोपहर) को सूर्य ढल्कनु भन्दा केही बेर पहिले (जोहरको समय हुनुभन्दा केही बेर पहिलेसम्म) बाँकी रहन्छ।
ग्रहण लाग्नु ब्रह्माण्डको असामान्य स्थिति हो, जसमा सूर्य र चन्द्रमाको प्रकाश आंशिक वा पूर्ण रूपमा छेकिन्छ। यो अल्लाहका निशानीहरू मध्येको एउटा निशानी हो। यसले उहाँको शक्ति, व्यवस्थापन र संचालनको महानतालाई पुष्टि गर्छ। यसले मानिसलाई लापरवाही तथा निश्चिन्तताबाट सचेत गर्छ, ताकि ऊ अल्लाहको यातनाबाट डरोस्, सचेत रहोस् र उहाँद्वारा पाइने प्रतिफलको आशा गर्दै सत्कर्मतिर लागोस्।
अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभएको छः “कसैको मृत्युको कारणले सूर्य वा चन्द्रमामा ग्रहण लाग्दैन, बरु यी दुई अल्लाहका निशानीहरू मध्येका निशानी हुन्। अतः जब यी दुईमा ग्रहण लागेको देख्छौ, तब तिमीहरूले नमाज पढ।” (बुखारीः ९९३)