Model: हालको खण्ड
पाठ अजान
मानिसलाई सलाहको समय भएको सूचना तथा जानकारी दिनको लागि अल्लाहले मुस्लिमहरुका लागि अजान दिन आदेश दिनु भएको छ। अजान सलाहको समय भएको संकेत पनि हो।
त्यसैगरी सलाह सुरु भएको सुचना दिनको लागि इकामतको चयन गर्नु भएको छ।
अजानको सुरुवात कसरी भयो?
सुरुमा सलाहको लागि धेरै प्रतिक्षा गर्नु पर्थ्यो, कसैले कसैलाई पुकार्दैन्थ्यो, किनकि त्यतिबेला अजानको नियमै थिएन। एक दिन यसैको विषयमा सानोतिनो बैठक भयो। कसैले क्रिस्चियन जस्तै संख फुँक्ने त कसैले यहूदी जस्तै नरसिङ्गा फुँक्ने सुझाव राखे तर उमर रजियल्लाहु अन्हुले अजान दिने सुझाव दिनु भयो। त्यसपछि रसूल सल्लल्लाहु अलैहि वसल्लमले बिलाललाई सम्बोधन गर्दै भन्नु भयोः “हे बिलाल ! उभिएर मानिसलाई सलाहको लागि बोलाऊ।” (बुखारी: ५७९, मुस्लिम: ३७७)
अजान र इकामतको आदेश
जमातको साथमा सलाह पढ्नेहरूले अनिवार्य रुपमा अजान र इकामत दिनु पर्छ, मुन्फरिद (एक्लै सलाह पढ्ने) ले दिनु पर्दैन। जानी-जानी छोड्यो भने पाप लाग्छ तर सलाह सही हुन्छ।
अजान उच्च आवाज र मिठो स्वरमा दिनु पर्दछ। ताकि मानिसहरू सलाहको लागि आउन्।
फज्रको सलाहको लागि अजानमा मुअज्जिनले हय्य अलल्-फलाह पछि “अस्सलातु खैरुन्-मिनन्नौम, अस्सलातु खैरुन्-मिनन्नौम” भन्नु पर्दछ।
अजान सुनेपछि त्यसको उत्तर दिनु
मुअज्जिनले भने जस्तै सुन्नेले पनि उसको पछि-पछि अजान दोहोर्याउनु पर्छ। तर (हय्य अलस्सलाह) र (हय्य अलल्फलाह) को जवाफमा (लाहौल वला कुव्वता इल्ला बिल्लाह) भन्नु पर्छ। अजान सकेपछि यो दुआ पढ्नु पर्छः (अल्लाहुम्म रब्ब हाजि हिद्दाअ्व तित्ताम्मह वस्सलातिल् काइमह आते मोहम्मद निल् वसीलत वल् फजीलह वब्असहु मकामम्महमूद निल्लजी वअत्तह)।
اختر مستوى الشرح المناسب لك
يحتوي الدرس الآن على طبقات اختيارية تساعدك على المراجعة السريعة أو التعمق دون مغادرة الدرس.
- الملخص: نظرة سريعة في نحو دقيقة.
- الأساسي: محتوى الدرس الأصلي وهو المسار المعتمد للتقدم.
- المتعمق: تفاصيل إضافية اختيارية عند توفرها.
تقدمك وإكمال الدرس يعتمدان دائما على صفحات المستوى الأساسي.