सिक्न जारी राख्नुहोस्

तपाईं लगइन हुनुभएको छैन ।
तपाईंको प्रगति जारी राख्न, प्वाइन्टहरू संकलन गर्न र प्रतिस्पर्धाहरूमा प्रवेश गर्नको लागि “ता प्लेटफर्म” (Learning Islam) मा अहिल्यै दर्ता गर्नुहोस्। दर्ता पछि तपाईंले आफूले सिकेको विषयहरूको इलेक्ट्रोनिक (अनलाइन) प्रमाणपत्र प्राप्त गर्नुहुनेछ।

Model: हालको खण्ड

यात्री र बिरामीको सलाह

पाठ यात्री र बिरामीको सलाह

पाठबारे जानकारी

जबसम्म एउटा मुस्लिममा चेतना र होश हुन्छ, त्यसबेलासम्म उसले अनिवार्य रुपमा सलाह पढ्नु पर्छ, तर इस्लामले मानिसको अवस्था र परिस्थितिलाई सधैं कदर गरेको छ, तीमध्ये बिरामी र यात्रीको अवस्था हो। यस पाठमा हामीले यात्री र बिरामीको सलाहको आदेश र तौरतरिकाको बारेमा जानकारी हासिल गर्ने छौं।

लक्ष्यहरू

  • यात्रीको सलाहको तरिकाबारे जानकारी
  • बिरामीको सलाहको तरिकाबारे जानकारी

जबसम्म एउटा मुस्लिममा चेतना र होश हुन्छ, त्यसबेलासम्म उसले अनिवार्य रुपमा सलाह पढ्नु पर्छ, तर इस्लामले मानिसको अवस्था र परिस्थितिलाई सधैं कदर गरेको छ, तीमध्ये बिरामी र यात्रीको अवस्था हो।

यात्रीको लागि उत्तम के हो?

यात्रीले यात्रा तथा छोटो विश्रामको बेला जो चार दिन भन्दा कम नहोस्, कसर सलाह पढ्नु सुन्न्त हो। कसर भनेको चार रकातको ठाउँमा मात्र दुई रकात पढ्नु हो, जस्त- जुहर, अस्र र ईशाको सलाहलाई मात्र दुई रकात पढ्नु पर्दछ। तर यदि कुनै मुकीम (स्थानीय) इमामको पछाडि सलाह पढिरहेको छ भने इमामको अनुसरणमा पूरा चार रकात पढ्नु पर्दछ।

सुन्नत सलाहहरू माफ गरिएका छन्, तर फज्र र वित्रकोको सुन्नत पढ्नु पर्दछ।

यात्रीको सहजताको लागि दुई समयको सलाहलाई एकै समयमा पढ्न जायज गरिएको छ, जस्तै- जुहर र अस्रलाई जुहर वा अस्रको समयमा तथा मग्रिब र ईशालाई मग्रिबकै समयमा वा ढिलो गरी ईशाको समयमा पढ्न सकिन्छ।

बिरामीको सलाह

उभिएर सलाह पढ्नु अनिवार्य हो, तर यदि अशक्त छ भने उभिनु पर्दैन, जस्तै- रोगले गर्दा उभिन अप्ठ्यारो हुन्छ वा रोग झन् बढ्ने सम्भावना छ भने बसेर सलाह पढ्न सकिन्छ। बसेर पढ्न सकिँदैन भने कोल्टो परेर सलाह पढ्न सकिन्छ। रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भएको छः “उभिएर सलाह पढ, सक्दैनौ भने बसेर पढ, त्यो पनि सक्दैनौ भने कोल्टो परेर सलाह पढ ।” (बुखारी: १०६६)

बिरामीको सलाहको विशेष तरिका-

١
जो रुकूअ र सज्दा गर्न असमर्थ छ उसले शक्ति अनुसार इशाराले रुकूअ सज्दा गरेर पढ्न सक्छ।
٢
जसलाई भुइँमा बस्न गाह्रो हुन्छ, उसले कुर्सी वा कुनै वस्तुमाथि बसेर सलाह पढ्न सक्छ।
٣
जसलाई हरेक सलाहको लागि पवित्रता प्राप्त गर्न गाह्रो हुन्छ, उसले दुईवटा सलाहहरू, जस्तै- जुहर र अस्र एउटै समयमा तथा मग्रिब र ईशा एउटै समयमा पढ्न जायज छ।
٤
जसलाई पानीको प्रयोग गाह्रो हुन्छ, उसको लागि माटोद्वारा तयम्मुम (पवित्रता प्राप्त) गरेर सलाह पढ्न जायज छ।

तपाईंले पाठ सफलता पूर्वक पूरा गर्नुभयो

परीक्षण सुरु गर्नुहोस्