सिक्न जारी राख्नुहोस्

तपाईं लगइन हुनुभएको छैन ।
तपाईंको प्रगति जारी राख्न, प्वाइन्टहरू संकलन गर्न र प्रतिस्पर्धाहरूमा प्रवेश गर्नको लागि “ता प्लेटफर्म” (Learning Islam) मा अहिल्यै दर्ता गर्नुहोस्। दर्ता पछि तपाईंले आफूले सिकेको विषयहरूको इलेक्ट्रोनिक (अनलाइन) प्रमाणपत्र प्राप्त गर्नुहुनेछ।

Model: हालको खण्ड

पाठ एहरामको अवस्थामा प्रतिबन्धित कुराहरू

हज वा उमरह गर्नेले एहरामको अवस्थामा धेरै वर्जित कार्यहरूबाट बच्नुपर्छ । जुन तपाईंले यस पाठमा सिक्नु हुनेछ ।

  • एहरामका प्रतिबन्धित कुराहरू बारे जान्नुहोस्।
  • प्रतिबन्धित कुराहरूको उल्लंघनपछि त्यसको फिदयह (जरीवाना) बारे जान्नुहोस्।

Count: अन्य विद्यार्थीहरूले यो पाठ पूरा गरे

एहरामको अवस्थामा प्रतिबन्धित कुराहरू

हज वा उमरहको नीयतपछि केही कुराहरू मोहरिमको लागि निषेध गरिएका छन् :

एहरामको अवस्थामा प्रतिबन्धित कुराहरू तीन किसिमका छन्

١
पुरुष र महिला दुबैका लागि निषेधित कुराहरू
٢
पुरुषहरूका लागि मात्र निषेधित कुराहरू
٣
महिलाहरूका लागि मात्र निषेधित कुराहरू

पुरुष र महिला दुबैका लागि निषेधित कुराहरू

١
कपाल खौरिनु वा छोटो गर्नु वा नङ्ग काट्नु हुँदैन ।
٢
अत्तर र खुश्बुको प्रयोग गर्नु हुँदैन, चाहे आफ्नो शरीरमा होस् वा एहरामको कपडामा ।
٣
श्रीमतीसँग सम्भोग गर्नु, उत्तेजित भएर स्पर्श गर्नु वा यताउता छुनु हुँदैन ।
٤
निकाह (विवाह) गर्नु वा गराउनु हुँदैन, चाहे पुरुष होस् वा महिला ।
٥
मुहरिम (एहरामको अवस्थामा भएको व्यक्ति) लाई शिकार गर्न निषेध गरिएको छ, त्यसैले चराचुरुङ्गी र जंगली जनावरहरूको शिकार गर्न अनुमति छैन ।

पुरुषहरूका लागि मात्र निषेधित कुराहरू

١
शारीरिक आकारमा सिलाइएको वा तयार पारिएको कपडा, पोशाक लगाउनु हुँदैन, जस्तैः दौरा सुरुवाल, शर्ट, पैन्ट इत्यादि ।
٢
टाउकोलाई टोपी, पगडी इत्यादिले छोप्नु हुँदैन, तर तम्बु, पाल, गाडी वा डुङ्गाको छतमुनि बस्न सकिन्छ त्यसैगरी छाताको प्रयोग गर्नु जायज छ ।

महिलाहरूका लागि मात्र निषेधित कुराहरू

١
निकाब (नोजपिस) लगाउनु अथवा अनुहार छोप्नु हुँदैन, किनभने पुरुषहरू नहुदा अनुहार खोल्नुपर्ने हुन्छ, तर गैर-महरमको अगाडि कुनै कपडाले पर्दा गर्नुपर्छ । त्यसले अनुहार छोयो भने केही फरक पर्दैन ।
٢
हातमा पंजा लगाउनु हुँदैन ।

कसैले बिर्सेर वा अज्ञानतावश वा बाध्यताले गर्दा यी निषेधित कुराहरूमध्ये केही गर्यो भने उसले कुनै पनि जरिवाना (फिदयह) तिर्नु पर्दैनन् । किनभने अल्लाहले भन्नु भएको छ: (وَلَيْسَ عَلَيْكُمْ جُنَاحٌ فِيمَا أَخْطَأْتُمْ بِهِ وَلَكِنْ مَا تَعَمَّدَتْ قُلُوبُكُمْ) (الأحزاب: 5) अर्थः “भूलचुकमा तिमीहरूले केही गल्ती गर्यौ भने त्यसमा कुनै पाप छैन, तर जसले जानी जानी गर्छ भने ऊ पापी हुन्छ ।" (अहजाब: 5) तर याद वा थाहा हुने बित्तिकै तुरुन्तै त्याग्नु पर्छ ।

जसले कुनै जायज कारणले गर्दा जानाजानी निषेधित काम गर्छ, उसले जरिवाना (फिदयह) तिर्नु पर्छ र त्यो पापी होइन ।

अल्लाहले भन्नुभएको छ: {وَلاَ تَحْلِقُواْ رُءُوسَكُمْ حَتَّى يَبْلُغَ الْهَدْىُ مَحِلَّهُ فَمَن كَانَ مِنكُم مَّرِيضًا أَوْ بِهِ أَذًى مِّن رَّأْسِهِ فَفِدْيَةٌ مِّن صِيَامٍ أَوْ صَدَقَةٍ أَوْ نُسُكٍ فَإِذَآ أَمِنتُمْ فَمَن تَمَتَّعَ بِالْعُمْرَةِ إِلَى الْحَجِّ فَمَا اسْتَيْسَرَ مِنَ الْهَدْىِ فَمَن لَّمْ يَجِدْ فَصِيَامُ ثَلَـثَةِ أَيَّامٍ فِي الْحَجِّ وَسَبْعَةٍ إِذَا رَجَعْتُمْ تِلْكَ عَشَرَةٌ كَامِلَةٌ ذَلِكَ لِمَن لَّمْ يَكُنْ أَهْلُهُ حَاضِرِى الْمَسْجِدِ الْحَرَامِ وَاتَّقُواْ اللَّهَ وَاعْلَمُواْ أَنَّ اللَّهَ شَدِيدُ الْعِقَابِ} [البقرة: 196] अर्थः “कुर्बानी (हदय) का जनावरहरू कुर्बानी स्थलसम्म नपुगुन्जेल आफ्ना टाउको मुन्डन नगराऊ । तिमीहरूमध्ये कोही बिरामी छ वा जसको टाउकोमा कुनै व्यथा छ, जसले गर्दा उसले पहिला नै टाउको मुन्डन गरायो भने उसले फिदया (जरिवाना) को रूपमा तीन दिनको ब्रत राखोस् वा हरमका ६ जना गरीबलाई भोजन गराओस् वा एउटा बाख्रा जबह गरेर हरमका गरीबहरूमा वितरण गरोस् । जब तिमीहरू सुरक्षित तथा शान्तिपूर्ण अवस्थामा हुन्छौ त्यतिबेला जो हजका साथै हजका दिनहरूमा नै उमरहदेखि हज्जको बीचमा पनि लाभान्वित हुन चाहन्छ भने लाभान्वित होस् (तमत्तोअ गरोस्) । जससँग कुर्बानी छ उसले कुर्बानी गरोस् । जसले कुर्बानी गर्न सक्दैन उसले हजका दिनहरूमा तीन दिन र फर्केपछि सात दिन ब्रत राख्नु पर्दछ । यी जम्मा दस दिन भए; यो छुट उनीहरूका लागि हो जसको घरबार हरमको परिधीमा छैनन् । अल्लाहसँग डर । जानि राख, अल्लाह कठोर दण्ड दिनुहुन्छ ।" (बकरह : १९६)

जसले बिना जायज कारण जानाजानी निषेधित काम गर्छ, उसले जरिवाना (फिदयह) तिर्नु पर्छ र त्यो पापी हो ।

एहरामको अवस्थामा प्रतिबन्धित कुराहरूलाई जरिवाना (फिदयह) को हिसाबले चार भागमा विभाजन गरिएको छ :

١
पहिलो: जसमा जरिवाना (फिदयह) छैन; त्यो निकाह (विवाह) गर्नु हो ।
٢
दोस्रो: जसमा जरिवाना (फिदयह) स्वरुप ऊँट दिनुपर्छ; त्यो हजको समयमा ‘तहल्लुल्-ऊला’ अघि सम्भोग गर्नु हो ।
٣
तेस्रो: उसले जुन जनावर शिकार गरेको छ त्यो नै वा त्यो बराबरको उसले जरिवाना (फिदयह) तिर्नुपर्ने हो ।
٤
चौथो: जसको जरिवाना (फिदयह) भनेको रोजा वा सदका वा कुर्बानी (रोगको फिदयह) हो । जुन टाउको खौरनुले गर्दा र अघिल्लो तीन निषेधित बाहेकका बाँकी निषेधितहरू गरे पछि तिर्नुपर्ने हुन्छ ।

तपाईंले पाठ सफलता पूर्वक पूरा गर्नुभयो


परीक्षा सुरु गर्नुहोस्