Model: हालको खण्ड
पाठ एहरामको अवस्थामा प्रतिबन्धित कुराहरू
एहरामको अवस्थामा प्रतिबन्धित कुराहरू
हज वा उमरहको नीयतपछि केही कुराहरू मोहरिमको लागि निषेध गरिएका छन् :
एहरामको अवस्थामा प्रतिबन्धित कुराहरू तीन किसिमका छन्
पुरुष र महिला दुबैका लागि निषेधित कुराहरू
पुरुषहरूका लागि मात्र निषेधित कुराहरू
महिलाहरूका लागि मात्र निषेधित कुराहरू
कसैले बिर्सेर वा अज्ञानतावश वा बाध्यताले गर्दा यी निषेधित कुराहरूमध्ये केही गर्यो भने उसले कुनै पनि जरिवाना (फिदयह) तिर्नु पर्दैनन् । किनभने अल्लाहले भन्नु भएको छ: (وَلَيْسَ عَلَيْكُمْ جُنَاحٌ فِيمَا أَخْطَأْتُمْ بِهِ وَلَكِنْ مَا تَعَمَّدَتْ قُلُوبُكُمْ) (الأحزاب: 5) अर्थः “भूलचुकमा तिमीहरूले केही गल्ती गर्यौ भने त्यसमा कुनै पाप छैन, तर जसले जानी जानी गर्छ भने ऊ पापी हुन्छ ।" (अहजाब: 5) तर याद वा थाहा हुने बित्तिकै तुरुन्तै त्याग्नु पर्छ ।
जसले कुनै जायज कारणले गर्दा जानाजानी निषेधित काम गर्छ, उसले जरिवाना (फिदयह) तिर्नु पर्छ र त्यो पापी होइन ।
अल्लाहले भन्नुभएको छ: {وَلاَ تَحْلِقُواْ رُءُوسَكُمْ حَتَّى يَبْلُغَ الْهَدْىُ مَحِلَّهُ فَمَن كَانَ مِنكُم مَّرِيضًا أَوْ بِهِ أَذًى مِّن رَّأْسِهِ فَفِدْيَةٌ مِّن صِيَامٍ أَوْ صَدَقَةٍ أَوْ نُسُكٍ فَإِذَآ أَمِنتُمْ فَمَن تَمَتَّعَ بِالْعُمْرَةِ إِلَى الْحَجِّ فَمَا اسْتَيْسَرَ مِنَ الْهَدْىِ فَمَن لَّمْ يَجِدْ فَصِيَامُ ثَلَـثَةِ أَيَّامٍ فِي الْحَجِّ وَسَبْعَةٍ إِذَا رَجَعْتُمْ تِلْكَ عَشَرَةٌ كَامِلَةٌ ذَلِكَ لِمَن لَّمْ يَكُنْ أَهْلُهُ حَاضِرِى الْمَسْجِدِ الْحَرَامِ وَاتَّقُواْ اللَّهَ وَاعْلَمُواْ أَنَّ اللَّهَ شَدِيدُ الْعِقَابِ} [البقرة: 196] अर्थः “कुर्बानी (हदय) का जनावरहरू कुर्बानी स्थलसम्म नपुगुन्जेल आफ्ना टाउको मुन्डन नगराऊ । तिमीहरूमध्ये कोही बिरामी छ वा जसको टाउकोमा कुनै व्यथा छ, जसले गर्दा उसले पहिला नै टाउको मुन्डन गरायो भने उसले फिदया (जरिवाना) को रूपमा तीन दिनको ब्रत राखोस् वा हरमका ६ जना गरीबलाई भोजन गराओस् वा एउटा बाख्रा जबह गरेर हरमका गरीबहरूमा वितरण गरोस् । जब तिमीहरू सुरक्षित तथा शान्तिपूर्ण अवस्थामा हुन्छौ त्यतिबेला जो हजका साथै हजका दिनहरूमा नै उमरहदेखि हज्जको बीचमा पनि लाभान्वित हुन चाहन्छ भने लाभान्वित होस् (तमत्तोअ गरोस्) । जससँग कुर्बानी छ उसले कुर्बानी गरोस् । जसले कुर्बानी गर्न सक्दैन उसले हजका दिनहरूमा तीन दिन र फर्केपछि सात दिन ब्रत राख्नु पर्दछ । यी जम्मा दस दिन भए; यो छुट उनीहरूका लागि हो जसको घरबार हरमको परिधीमा छैनन् । अल्लाहसँग डर । जानि राख, अल्लाह कठोर दण्ड दिनुहुन्छ ।" (बकरह : १९६)
जसले बिना जायज कारण जानाजानी निषेधित काम गर्छ, उसले जरिवाना (फिदयह) तिर्नु पर्छ र त्यो पापी हो ।
एहरामको अवस्थामा प्रतिबन्धित कुराहरूलाई जरिवाना (फिदयह) को हिसाबले चार भागमा विभाजन गरिएको छ :
اختر مستوى الشرح المناسب لك
يحتوي الدرس الآن على طبقات اختيارية تساعدك على المراجعة السريعة أو التعمق دون مغادرة الدرس.
- الملخص: نظرة سريعة في نحو دقيقة.
- الأساسي: محتوى الدرس الأصلي وهو المسار المعتمد للتقدم.
- المتعمق: تفاصيل إضافية اختيارية عند توفرها.
تقدمك وإكمال الدرس يعتمدان دائما على صفحات المستوى الأساسي.