Model: हालको खण्ड
पाठ नबी सल्लल्लाहु अलैहि वसल्लमका विशेषताहरू
रसूल सल्लल्लाहु अलैहि वसल्लमको उच्च आचरणको सम्बन्धमा केही भनाइहरू
रसूल सल्लल्लाहु अलैहि वसल्लमको बारेमा अल्लाहले भन्नु भएको छः {وَإِنَّكَ لَعَلَى خُلُقٍ عَظِيمٍ} [القلم: 4]، अर्थः “निःसन्देह तपाइँ उच्च आचरणवाला हुनुहुन्छ ।” (सूरह कलमः ६८/ ४) जब जिब्रील अलैहिस्सलाम उहाँको पासमा पहिलो पटक आए तब उहाँ धेरै डराउनु भएको थियो । त्यस समयमा उहाँले उहाँको प्रिय पत्नी खदीजा रजियल्लाहु अन्हालाई घटनाको सबै कुरा सुनाउँदै भन्नु भयोः मलाई मेरो ज्यानमाथि खतरा महसुस भइरहेको छ; तब खदीजा रजियल्लाहु अन्हाले भन्नु भयोः “यस्तो कदापि हुनेछैन, तपाइँको लागि शुभ-सूचना छ, अल्लाहको कसम ! अल्लाहले तपाइँलाई कदापि अपमानित गर्नु हुनेछैन । अल्लाहको कसम ! तपाइँ त नातेदारसँग राम्रो व्यवहार गर्नुहुन्छ, कमजोर तथा असक्तहरूको बोझ उठाउनु हुन्छ, जसले कतैबाट कुनै चीज पाउँदैनन् उनले तपाइँको पासबाट पाउँछन्, तपाइँले पाहुनाको सत्कार गर्नुहुन्छ र सत्य बाटोमा हिँड्दा आइपर्ने समस्याहरूमा मानिसहरूलाई सहयोग गर्नुहुन्छ”। (बुखारीः ४९५३, मुस्लिमः१६०)
१- नबी सल्लल्लाहु अलैहि वसल्लमको अमानतदारी
नबी मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम अमानतदारीको मामिलामा धेरै प्रसिद्ध हुनु हुन्थ्यो, यहाँसम्म कि मक्काका मानिसहरूले उहाँ नबी बनाइनु भन्दा पहिले पनि अमीन (अमानतदार) को नामले पुकार्ने गर्थे । नबी बनाइनु भएपछि उहाँलाई कट्टर शत्रुको रूपमा मान्ने मक्काका इस्लाम विरोधी मानिसहरूले पनि उहाँको पासमा अमानत (नासो) राख्ने गर्थे ।
उहाँ सल्लल्लाहु अलैहि वसल्लमको माफी तथा क्षमायाचना
जब रसूल सल्लल्लाहु अलैहि वसल्लम विजयी बनेर मक्कामा प्रवेश गर्नुभयो तब मक्काका ठूलाठालु, मुखिया र तिनका साथीहरूले उहाँको सामु आत्मसमर्पण गर्दै कमजोर र असक्त मानिसहरू झैँ शिर निहुराई उभिए; जब कि तिनिहरूले उहाँ र उहाँका साथीहरूलाई दुःख दिनमा कुनै कसर बाँकी राखेका थिएनन् । तैपनि उहाँले तिनिहरूलाई भन्नु भयोः “आज तिमीहरूसँग कुनै बदला लिइने छैन, जाऊ तिमीहरू सबै आजाद छौ”।
५- उहाँ सल्लल्लाहु अलैहि वसल्लमको साहस र शक्ति
रसूल सल्लल्लाहु अलैहि वसल्लम साहसीहरू मध्येमा ठूलो साहसी र निडर व्यक्ति हुनुहुन्थ्यो, उहाँको साहस र बहादुरीको बारेमा बयान गर्दै अली रजियल्लाहु अन्हुले भन्नु भएको छः “जब घमासान लडाइ सुरु हुन्थ्यो र हामी शत्रुहरूको सामुन्ने हुन्थ्यौं, तब हामीले रसूल सल्लल्लाहु अलैहि वसल्लमलाई अगाडी बढाउथ्यौ, यहाँ सम्म कि हामीहरू मध्ये शत्रुहरूको सबैभन्दा नजिक उहाँ हुनुहुन्थ्यो ।
नबी सल्लल्लाहु अलैहि वसल्लमका विशेषताहरू
नबी मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम सर्वोत्कृष्ट आचरण विशेषताहरूले परिपूर्ण हुनुहुन्थ्यो। उहाँमा भएका असल नैतिकता, सम्माननीय एवम् उत्तम गुणहरू र योग्यताहरूको बारेमा जसले सोच-विचार तथा मनन गर्छ उसले उहाँ सल्लल्लाहु अलैहि वसल्लमलाई मानव जातिको लागि सबैभन्दा उत्तम मानवको रूपमा पाउनेछ।
उहाँ अल्लाहका भक्तहरूमध्ये सबैभन्दा उत्तम भक्त र अल्लाहको निकट सर्वप्रिय मानव, अल्लाहको मित्र एवम् चुनिएको विशिष्ट भक्त हुनुहुन्छ। अल्लाहको उपासनामा सबैभन्दा परिपूर्ण, पवित्र आचरण, उत्तम चरित्र र मानिसहरू प्रतिको व्यवहारमा सबैभन्दा राम्रो हुनुहुन्छ। सबैभन्दा राम्ररी अल्लाहलाई चिन्ने, उहाँको उपासना गर्ने र उहाँको आज्ञापालन गर्ने हुनुहुन्छ। अल्लाहले उहाँलाई नबी एवम् रसूलको रूपमा चुनेर आफ्ना सृष्टितिर पठाउनु भयो अनि उहाँ मानिसहरूलाई भलाइ र सुमार्गतिर मार्गदर्शन गर्न अल्लाह र मानिसहरूको बीच माध्यमको बनेर काम गर्नुभयो ।
अल्लाहले उहाँलाई खानदानको हिसाबले मानव इतिहासको सबैभन्दा उत्कृष्ट एवम् प्रसिद्ध खानदानबाट चुन्नुभयो र आचरण, मानवीय विशेषता एवम् सुन्दरतामा पनि उहाँ अद्वितीय हुनुहुन्थ्यो। उहाँ सुन्दर र उज्यालो अनुहार भएको हरेक किसिमका विशेषताले परिपूर्ण हुनुहुन्थ्यो। उहाँमाथि अल्लाहको तर्फबाट असीम कृपा, शान्ति र सलामती होस् । उहाँ सल्लल्लाहु अलैहि वसल्लमका विशेषताहरू यस प्रकार छन्-
१- अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमको कदको विशेषताः
अनस बिन मालिक रजियल्लाहु अन्हुले नबी सल्लल्लाहु अलैहि वसल्लमको विशेषता बयान गर्दै भन्नु भएको छः “उहाँ मध्यम शारीरिक आकारको हुनुहुन्थ्यो; नत धेरै अग्लो हुनुहुन्थ्यो न धेरै होचो ।” (बुखारीः ३५४७)
२- उहाँ सल्लल्लाहु अलैहि वसल्लमको पवित्र अनुहारको विशेषताः
अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमको अनुहार सबैभन्दा राम्रो थियो, उहाँको अनुहार एकदमै गोलो नभइ मध्यम गोलाकार थियो, अति सुन्दर, पूर्णिमाको रातको चन्द्रमा जस्तै चम्किलो अनुहार थियो । उहाँलाई देख्ने प्रत्येक मानिस हेरेको हेर्यै हुन्थे । उहाँ खुसी भएको बेलामा उहाँका निधारमा रेखाहरू चम्किन्थे । उहाँका सल्ल्लल्लाहु अलैहि वसल्लमका कानहरू पनि परिपूर्ण थिए ।
उहाँ सल्लल्लाहु अलैहि वसल्लमको पवित्र मुहार
उहाँ सल्लल्लाहु अलैहि वसल्लमको दाह्रीको रङ्ग कालो थियो, दाह्री बाक्लो र गोल थियो । चिउँडो र तल्लो ओठको बीचमा अलिक उठेको थियो, तल्लो ओठको मुनितिर पनि रौँहरू थिए जो दाह्रीसँग मिलेका कारण दाह्रीका रौँहरू नै हुन् भन्ने भान हुन्थ्यो ।
३- नबी सल्लल्लाहु अलैहि वसल्लमको अनुहारको रङ्ग
उहाँ सल्लल्लाहु अलेहि वसल्लम गहुँगोरो रङ्गको हुनुहुन्थ्यो, मानिसहरूको बीचमा अति सुन्दर देखिनु हुन्थ्यो । उहाँको अनुहार गोरो चम्किलो थियो । जुबैर बिन मुतईम रजियल्लाहु अन्हुले अली इब्ने अबी तालिब रजियल्लाहु अन्हुबाट सुनेको कुरा बयान गर्नु भएको छः “उहाँ ठूलो टाउको, गहुँगोरो रङ्ग र लामो दाह्रीवाले हुनुहुन्थ्यो ।” (मुस्नद अहमदः ९४४)
४- नबी सल्लल्लाहु अलैहि वसल्लमको कपाल
उहाँ सल्लल्लाहु अलैहि वसल्लमको कपाल बाक्लो थियो । जब कपाल कटाउनु हुन्थ्यो तब आधा कान बराबर हुन्थ्यो, जब नकटाएर छाडीदिनु हुन्थ्यो तब काँधसम्म पुग्थ्यो । उहाँको कपाल न त एकदमै सीधा सिल्कि थियो न एकदमै घुँघ्रौलो । कहिले कपाललाई निधारसम्म पनि छाडिदिनु सीधा हुन्थ्यो त कहिले बीचबाट सिउँदो काढेर राख्नु हुन्थ्यो । जब बीचबाट सिउँदो काढ्नु हुन्थ्यो तब एउटा पनि कपाल निधारसम्म छाड्नु हुँदैनथ्यो ।
कतादाले अनस रजियल्लाहु अन्हुसँग अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमको कपालको बारेमा सोधे त उहाँले भन्नु भयोः “उहाँ सल्लल्लाहु अलैहि वसल्लमको कपाल न त एकदमै सीधा सिल्कि थियो न एकदमै घुँगुरिएको, बरु मध्यम किसिमको थियो अनि लम्बाइमा कानहरू र काँधको बीचसम्म थियो । (बुखारीः ५९०५, मुस्लिमः २३३८)
उहाँ सल्लल्लाहु अलैहि वसल्लमको टाउको र दाह्रीमा जम्मा २० वटा जति रौँहरू सेता (फुलेका) थिए । ती मध्ये धेरैजसो उहाँका दाह्री र तल्लो ओठको बीचमा थिए भने केही उहाँको टाउकोको बीचमा थिए जो सिउँदो पारेर कपाल बनाउँदा देखिन्थे ।
उहाँले आफ्नो कपाललाई सफा गर्नु हुन्थ्यो, काइँयोले कोर्नु हुन्थ्यो र सुन्दर बनाउनु हुन्थ्यो । तर तड्क-भड्क र नक्कल पार्नु हुँदैनथ्यो । जब कपाल कोर्नु हुन्थ्यो तब दायाँबाट सुरु गर्नु हुन्थ्यो ।
५- उहाँ सल्लल्लाहु अलैहि वसल्लमका दुबै काँध, हात र हत्केलाहरूको हुलिया
अनस बिन मालिक रजियल्लाहु अन्हुले भन्नु भएको छः “मैले नबी सल्लल्लाहु अलैहि वसल्लमका हातहरू भन्दा नरम नत रेशम न कुनै पातलो नरम कपडा नै छोएको छु ।” (बुखारीः ३५६१, मुस्लिमः २३३०)
६- उहाँ सल्लल्लाहु अलैहि वसल्लमको नुबूवतको मोहोरको विशेषता
उहाँ सल्लल्लाहु अलैहि वसल्लमको बायाँ काँधको छेउमा नुबूवत (नबी) को मोहोर थियो । जो उहाँको शारीरिक रङ्गमा अलिकति उठेको मासुको रूपमा, परेवाको अण्डाको बराबर साइजमा थियो । त्यसको छेउछाउमा कोठी (तिल) र रौँहरू थिए ।
जाबिर बिन समुरा रजियल्लाहु अन्हुले भन्नु भएको छः “मैले रसूल सल्लल्लाहु अलैहि वसल्लमको काँधमा नुबूवतको मोहोर देखेको हुँ, जो उहाँको शरीरको रङ्गमा परेवाको अण्डा जस्तो थियो ।” (मुस्लिमः २३४४)
७- उहाँ सल्लल्लाहु अलैहि वसल्लमको पेट र छातीको विशेषता
८- नबी सल्लल्लाहु अलैहि वसल्लमका खुट्टा र पैतालाका विशेषता
उहाँको पसिना कस्तुरी भन्दा पनि धेरै सुगन्धित हुन्थ्यो । कसैले उहाँसँग हात मिलायो भने दिनभरि उसको हातमा सुगन्ध महसुस गर्थ्यो । उहाँले प्रायजसो अत्तरको प्रयोग गर्नु हुन्थ्यो ।
अनस रजियल्लाहु अन्हुले भन्नु भएको छः “मैले रसूल सल्लल्लाहु अलैहि वसल्लमको शरीरको सुगन्ध भन्दा सुगन्धित कस्तुरी, अम्बर, वा अन्य कुनै सुगन्ध नै सुँघेको छैन ।” (मुस्लिमः २३३०)
२- उहाँ सल्लल्लाहु अलैहि वसल्लमको दया र करुणा
नबी सल्लल्लाहु अलैहि वसल्लम आफ्नो उम्मत (अनुयायी) प्रति अत्याधिक दयालु एवम् शुभ चिन्तक हुनुहुन्थ्यो । अल्लाहले भन्नु भएको छः {لَقَدْ جَاءَكُمْ رَسُولٌ مِنْ أَنْفُسِكُمْ عَزِيزٌ عَلَيْهِ مَا عَنِتُّمْ حَرِيصٌ عَلَيْكُمْ بِالْمُؤْمِنِينَ رَءُوفٌ رَحِيمٌ} [التوبة: 128]، अर्थः (हे मानिसहरू हो !) तिमीहरूको पासमा तिमीहरू मध्येबाटै एउटा पैगम्बर आएका छन् । जो तिम्रो दुःखमा दुःखी हुन्छन् र तिम्रो भलाइको निम्ति चिन्तित रहन्छन्, अनि ईमानवालाहरूलाई निकै माया गर्ने र दयालु छन् । (सूरह अत्तौबाः ९/ १२८) {فَبِمَا رَحْمَةٍ مِنَ اللَّهِ لِنْتَ لَهُمْ وَلَوْ كُنْتَ فَظًّا غَلِيظَ الْقَلْبِ لَانْفَضُّوا مِنْ حَوْلِكَ} [آل عمران: 159]. (हे मुहम्मद !) अल्लाहको कृपाले तपाइँको मन यिनीहरूप्रति नरम छ र यदि तपाई कटुवचन र कठोर हृदयको भएको भए यिनीहरू तपाइँबाट टाढिने थिए । (सूरह आले-इमरानः ३/ १५९)
४- मानव मार्गदर्शन र तथा भलाइको लागि उहाँ सल्लल्लाहु अलैहि वसल्लमको चाहना तथा चिन्ता
उहाँ सल्लल्लाहु अलैहि वसल्लम मानव मार्गदर्शनको लागि अत्याधिक इच्छुक तथा चिन्तित हुनुहुन्थ्यो कि यदि उनीहरूले मार्गदर्शन स्वीकार गरेनन् अथवा ईमान ल्याएनन् भने उहाँले आफ्नो प्राण नै त्याग्नु हुन्छ होला । यस कुराको खुलासा गर्दै अल्लाहले भन्नु भएको छः {فَلَعَلَّكَ بَاخِعٌ نَفْسَكَ عَلَى آثَارِهِمْ إِنْ لَمْ يُؤْمِنُوا بِهَذَا الْحَدِيثِ أَسَفًا} [الكهف: 6]. अर्थः “(हे पैगम्बर !) त के यिनीहरूले यस कुरामा विश्वास गर्दैनन् भने तपाइँ उनीहरूको पछाडी दुःखमा आफ्नो प्राण नै त्याग्नु हुनेछ ? (सूरतुल् कहफः १८/ ६)
اختر مستوى الشرح المناسب لك
يحتوي الدرس الآن على طبقات اختيارية تساعدك على المراجعة السريعة أو التعمق دون مغادرة الدرس.
- الملخص: نظرة سريعة في نحو دقيقة.
- الأساسي: محتوى الدرس الأصلي وهو المسار المعتمد للتقدم.
- المتعمق: تفاصيل إضافية اختيارية عند توفرها.
تقدمك وإكمال الدرس يعتمدان دائما على صفحات المستوى الأساسي.