Model: हालको खण्ड
पाठ खराब कमाइ र हराम (अवैध) आर्थिक कारोबार
कमाइहरूमा केही पवित्र र वैध हुन्छन् भने केही अपवित्र र अवैध हुन्छन्। यसै सम्बन्धमा अल्लाहले भन्नुभएको छः {يَا أَيُّهَا الَّذِينَ آمَنُوا أَنْفِقُوا مِنْ طَيِّبَاتِ مَا كَسَبْتُمْ وَمِمَّا أَخْرَجْنَا لَكُمْ مِنَ الْأَرْضِ وَلَا تَيَمَّمُوا الْخَبِيثَ مِنْهُ تُنْفِقُونَ} [البقرة: 267]. अर्थः “मोमिनहरू हो ! जुन पवित्र, राम्रो कुरा तिमीले कमाउँछौ र जुन कुरा हामीले तिम्रा निम्ति पृथ्वीबाट उब्जाउँछौं, त्यसबाट (धर्मको मार्गमा) खर्च गर र त्यस मध्ये नराम्रा वस्तु दिने विचार नगर्नु।” (सूरतुल्-बकरः २/ २६७)
अबू हुरैरा रजियल्लाहु अन्हुद्वारा वर्णन गरिएको हदीसमा छ, अल्लाहको नबी सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयोः “मानिसहरूमा एउटा त्यस्तो जमाना पनि आउनेछ, उनीहरूले यस कुराको परवाह गर्ने छैनन् कि माल कहाँबाट कमाएका छन्, हलाल (वैध) तरिकाले वा हराम (अवध) तरिकाले।” (बुखारीः २०८३)
गलत तरिकाले कसैमाथि अन्याय गर्दै मानिसहरूको माल खानु वा इस्लामिक शरिअत (कानुन) द्वारा निषेध गरिएको तरिकाले कमाउनु खराब कमाइ हो।
खराब कमाइको माध्यम
खराब तथा अवैध कमाइमा लाग्ने कारणहरू
खराब तथा अवैध कमाइबाट हुने हानिहरू
आर्थिक लेनदेनमा अवैध कारोबारका किसिमहरू
उल्लेखित निषेध (हराम) चीजहरू
इस्लामिक शरिअतले निषेध गरेका सबै आर्थिक कारोबार तथा मामिलाहरू; जस्तै- व्याज, जुवा, जालसाजी, छलकपट, माल जम्माखोरी, आदि लगायत मानिसहरूमाथि हानि तथा अत्याचार हुने कामहरू, त्यसैगरी मानिसहरूको धनमाल अवैध तरिकाले उपभोग गर्नु। यी त्यसता चीजहरू हुन्, जसमा आत्मा लोभिन्छ। त्यसैले यी कार्यहरूमा धम्की, चेतावनी र खतरनाक सजायको आवश्यकता पर्यो, ताकि मानिसहरू यस्तो कार्य गर्नबाट रुकुन्। अल्लाहले चेतावनी दिँदै भन्नुभएको छः {إِنَّ الَّذِينَ يَأْكُلُونَ أَمْوَالَ الْيَتَامَى ظُلْمًا إِنَّمَا يَأْكُلُونَ فِي بُطُونِهِمْ نَارًا وَسَيَصْلَوْنَ سَعِيرًا} [النساء: 10]، अर्थः “जुन मानिसहरूले अनाथहरूको सम्पत्ति अवैध रूपमा उपभोग गर्छन्, तिनिहरू आफ्नो पेटमा आगो भर्दैछन् र तिनिहरू निकट भविष्यमा नर्कमा जाने छन्”। (सूरतुन्-निसाः ४/ १०) अर्को ठाउँमा ब्याजको बारेमा चेतावनी दिँदै भन्नुभएको छः {يَا أَيُّهَا الَّذِينَ آمَنُوا اتَّقُوا اللَّهَ وَذَرُوا مَا بَقِيَ مِنَ الرِّبَا إِنْ كُنْتُمْ مُؤْمِنِينَ (278) فَإِنْ لَمْ تَفْعَلُوا فَأْذَنُوا بِحَرْبٍ مِنَ اللَّهِ وَرَسُولِهِ} [البقرة: 278، 279]. अर्थः “हे मोमिनहरू ! अल्लाहसित डर र जति ब्याज बाँकी रहेको छ, त्यसलाई छाडिदेऊ; यदि तिमी ईमानवाला हौ भने। र यदि यस्तो गर्दैनौ भने अल्लाह र उहाँको सन्देष्टासँग युद्धको लागि तयार होऊ। (सूरतुल्-बकरः २/ २७८, २७९)