सिक्न जारी राख्नुहोस्

तपाईं लगइन हुनुभएको छैन ।
तपाईंको प्रगति जारी राख्न, प्वाइन्टहरू संकलन गर्न र प्रतिस्पर्धाहरूमा प्रवेश गर्नको लागि “ता प्लेटफर्म” (Learning Islam) मा अहिल्यै दर्ता गर्नुहोस्। दर्ता पछि तपाईंले आफूले सिकेको विषयहरूको इलेक्ट्रोनिक (अनलाइन) प्रमाणपत्र प्राप्त गर्नुहुनेछ।

Model: हालको खण्ड

पाठ किनबेच

यस पाठमा हामी किनबेच भन्नाले के बुझिन्छ र इस्लामिक शरिअतमा यसका केही प्रावधानहरू बारे जानकारी हासिल गर्नेछौं।

  • किनबेचको प्रावधानबारे जानकारी।
  • किनबेचको वैधता सम्बन्धी हिक्मत (रहस्य) बारे जानकारी।
  • किनबेचका सर्तहरूबारे जानकारी।
  • निषेधित किनबेचका सिद्धान्तहरू र तिनिहरूबाट बच्ने उपाय।

किनबेचको परिभाषा

किनबेचको शाब्दविक अर्थः कुनै चीजको बदलामा कुनै चीजको आदानप्रदान गर्नु हो। पारिभाषिक अर्थः कुनै चीजको मालिक बन्ने वा मालिक बनाउने उद्देश्यले धन-सम्पत्ति वा वस्तुको आदानप्रदान गर्नु हो।

किनबेचको प्रावधान अथवा आदेश

किताब (कुर्आन), सुन्नत र इज्मा (सर्वसम्मति) अनुसार किनबेच एउटा जायज तथा स्वीकार्य सम्झौता हो। अल्लाहले भन्नुभएको छः {وَأَحَلَّ ٱللَّهُ ٱلۡبَيۡعَ وَحَرَّمَ ٱلرِّبَوٰاْۚ} [البقرة: 275]. अर्थः “अल्लाहले किनबेच अथवा व्यापारलाई वैध गर्नुभएको छ, भने ब्याजलाई हराम गर्नुभएको छ।” (सूरतुल्-बकरः २/ २७५)

किनबेचको कार्य जायज हुनुको हिक्मत तथा रहस्य।

१- मानिसहरूलाई कहिलेकाहीँ त्यसता चीजहरूको आवश्यकता पर्छ, जसको मालिक अरू कोही हुन्छ। जस्तैः खाना, पेय, लत्ताकपडा, आवास, आदि, र यी चीजहरूका मालिकले तिनिहरूलाई निःशुल्क अथवा क्षतिपूर्ति बिना त दिँदैनन्। त्यसैले किनबेच एउटा त्यस्तो माध्यम हो जसद्वारा मानिसले आफूलाई चाहिएको वस्तु पाउन सक्छ। जसमा विक्रेतालाई वस्तुको मूल्य र क्रेतालाई चाहिएको वस्तु मिल्छ।

२- मानिसहरूको जीवनलाई यथासम्भव उत्तम तरिकामा कायम राख्न। किनकी केही मानिसहरूसँग किनेर बाहेक आफ्नो आवश्यकता पुरा गर्ने अरू कुनै बाटो नै हुँदैन।

३- चोरी, हडप, जालसाजी र समाजलाई भ्रष्ट गर्ने अन्य चीजहरूबाट रोक्न। किनकी मानिसले आफ्नो आवश्यकता खरिद गरेर प्राप्त गर्न सक्छ, यदि खरिद गरेर पाएन भने उसले गलत बाटो पनि अपनाउन सक्छ।

किनबेचका अर्कान (आधारहरू)

١
विक्रेताः बेच्ने सामानको मालिक।
٢
क्रेताः सामान किन्ने मूल्यको मालिक।
٣
सूत्रः यो विक्रेताको तर्फबाट प्रस्ताव र क्रेताको तर्फबाट स्वीकृति हो। प्रस्ताव र स्वीकृतिमा आधारित प्रत्येक चीजहरू जसलाई मानिसहरूले किनबेच मान्छन्।
٤
किनबेचमा सम्झौता हुने वस्तुः बेचिने बस्तुको मूल्य र बेचिने वस्तु।

सम्झौता गर्ने पक्षका सर्तहरूः

١
विवेक : पागल वा सुझबुझ नभएको व्यक्तिको किनबेच मान्य हुँदैन।
٢
वयस्कताः सुझबुझ भएका वा नभएका साना बच्चाहरूले साना र साधारण सामानहरू किनबेच गर्न अनुमति छ, तर ठूला तथा बहुमूल्य सामानहरू अभिभावकको अनुमतिले सही सुझबुझ भएको बच्चाले किनबेच गर्दा मान्य हुन्छ भने सुझबुझ नभएको वा पागल बच्चाले किनबेच गर्दा मान्य हुँदैन।
٣
निष्कासन अनुमतिः कम विवेक भएको कारण रोकिएको वा किनबेच गर्ने अनुमति नभएको व्यक्तिको किनबेच मान्य हुँदैन।
٤
सहमति र स्वतन्त्रताः जबरजस्ती गरिएको वा ठट्टा मजाकमा वा कसैको आश्रयमा भएको व्यक्तिको किनबेच मान्य हुँदैन। जस्तै- सम्झौता गर्ने दुई पक्ष बीच वास्तविक इरादाको साथ किनबेच नभई कसैको डरले बेच्नु, बेचेको जस्तो नाटक गर्नु वा बेच्ने सम्झौता गर्नु।
٥
बेचेको वस्तु वितरण गर्न विक्रेताको क्षमता: यदि बेच्ने व्यक्ति बेचिएको वस्तु प्रदान गर्न सक्षम छैन भने यस्तो बिक्री मान्य हुँदैन।

सम्झौताका सर्तहरू (मूल्य र सामानमा)

١
मूल्य निर्धारण गर्नु र त्यसलाई बेचिने सामानबाट अलग गर्नुः किनकी किनबेच कहिले पैसा र सामानमा हुन्छ भने कहिले सामानको बदलामा सामान, त कहिले पैसाको बदलामा पैसा पनि हुन्छ। त्यसैले दुबै चीजलाई फरक गरेर जुन चीजको मूल्य निर्धारण गर्नुपर्ने हो त्यसको निर्धारण गर्नु।
٢
बेचिने वस्तुको अस्तित्व हुनुः किनभने बेच्ने समय अस्तित्वमै नभएको वस्तुलाई बेच्न वा त्यसको सम्झौता गर्न अनुमति छैन।
٣
बेचिने वस्तु हलाल हुनुः रक्सी, सुँगुरको मासु, संगीत तथा वाद्ययन्त्र, वा यस्तै किसिमका अन्य हराम चीजहरू बेच्न अनुमति छैन।
٤
बेचिने वस्तु शुद्ध हुनुः अशुद्ध तथा अपवित्र वस्तु बेच्नु जायज छैन। त्यसैगरी अशुद्धताबाट शुद्ध गर्न असम्भव वस्तु पनि बेच्न मनाही छ।
٥
बेचिने वस्तु किफायती हुनुपर्छ: आकाशको चरा, चोरीको कार वा चोरी गरेर ल्याएका अन्य चीजहरू पनि बेच्न अनुमति छैन।
٦
बेचिने वस्तुको स्वामित्व: बिक्री गर्ने अधिकार नभएसम्म विक्रेताले आफूसँग नभएको वस्तु बेच्न जायज छैन।

निषेधित व्यवसाय तथा किनबेच

١
अस्पष्ट कुरामा आधारित किनबेच तथा व्यवसाय। यो त्यस्तो किनबेच हो जसमा सम्झौता गर्ने पक्षहरू मध्ये कुनै एकलाई जोखिमको सम्भावना हुन्छ, जसले गर्दा उसको पैसा गुम्न सक्छ। जस्तै- अस्तित्व भएको वा नभएको स्पष्ट जानकारी नभएको सामान, वा अस्पष्ट परिमाण, वा वितरण गर्न सम्भव नभएको सामान।
٢
छलकपट र क्षतिमा आधारित किनबेच तथा व्यवसाय।
٣
ब्याजमा आधारित किनबेच तथा व्यवसाय।
٤
आफैमा निषेधित वस्तुको किनबेच तथा व्यवसाय; जस्तै मृतकको मासु, रक्सी, सुँगुर आदि।
٥
अन्य कुनै कारणले निषेध भएको किनबेच तथा व्यवसाय; जस्तै- जुमाको दोस्रो अजानको समयको किनबेच, अवैध तथा अनुचित कामको उद्देश्यले गरिने किनबेच; जस्तै- रक्सी बनाउनको लागि अङ्गुर वा कुनै चीज किनबेच गर्नु, कसैको हत्या गर्नको लागि हतियार किनबेच गर्नु, आदि।

तपाईंले पाठ सफलता पूर्वक पूरा गर्नुभयो


परीक्षण सुरु गर्नुहोस्