Model: हालको खण्ड
पाठ किनबेच
किनबेचको परिभाषा
किनबेचको प्रावधान अथवा आदेश
किनबेचको कार्य जायज हुनुको हिक्मत तथा रहस्य।
१- मानिसहरूलाई कहिलेकाहीँ त्यसता चीजहरूको आवश्यकता पर्छ, जसको मालिक अरू कोही हुन्छ। जस्तैः खाना, पेय, लत्ताकपडा, आवास, आदि, र यी चीजहरूका मालिकले तिनिहरूलाई निःशुल्क अथवा क्षतिपूर्ति बिना त दिँदैनन्। त्यसैले किनबेच एउटा त्यस्तो माध्यम हो जसद्वारा मानिसले आफूलाई चाहिएको वस्तु पाउन सक्छ। जसमा विक्रेतालाई वस्तुको मूल्य र क्रेतालाई चाहिएको वस्तु मिल्छ।
२- मानिसहरूको जीवनलाई यथासम्भव उत्तम तरिकामा कायम राख्न। किनकी केही मानिसहरूसँग किनेर बाहेक आफ्नो आवश्यकता पुरा गर्ने अरू कुनै बाटो नै हुँदैन।
३- चोरी, हडप, जालसाजी र समाजलाई भ्रष्ट गर्ने अन्य चीजहरूबाट रोक्न। किनकी मानिसले आफ्नो आवश्यकता खरिद गरेर प्राप्त गर्न सक्छ, यदि खरिद गरेर पाएन भने उसले गलत बाटो पनि अपनाउन सक्छ।