सिक्न जारी राख्नुहोस्

तपाईं लगइन हुनुभएको छैन ।
तपाईंको प्रगति जारी राख्न, प्वाइन्टहरू संकलन गर्न र प्रतिस्पर्धाहरूमा प्रवेश गर्नको लागि “ता प्लेटफर्म” (Learning Islam) मा अहिल्यै दर्ता गर्नुहोस्। दर्ता पछि तपाईंले आफूले सिकेको विषयहरूको इलेक्ट्रोनिक (अनलाइन) प्रमाणपत्र प्राप्त गर्नुहुनेछ।

Model: हालको खण्ड

पवित्रता (तहारत) को विशेष अवस्था

पाठ पवित्रता (तहारत) को विशेष अवस्था

पाठबारे जानकारी

इस्लामले पवित्रता हासिल गर्दा गर्नुपर्ने अनिवार्य कामहरूलाई कठिनाइको अवस्थामा अन्य विकल्पद्वारा सहजता प्रदान गरेको छ। वजू गर्दा जुराबहरू (मोजाहरू) खोलेर खुट्टा धुन असहज भएको अवस्थामा जुराबहरूमाथि मसह गर्न छुट दिएको छ। त्यसैगरी पानीको अभाव वा पानीलाई प्रयोग गर्न असमर्थ भएको अवस्थामा तयम्मुम गर्न छुट दिएको छ। यस पाठमा तपाईंले जुराब र पट्टीमाथि मसह र तयम्मुमको तरिकाको बारेमा जानकारी हासिल गर्नुहुनेछ।

लक्ष्यहरू

  • जुराबहरूमाथि मसह गर्ने स्थिति तथा तरिकाबारे जानकारी।
  • पट्टी तथा पलाष्टरमाथि मसह गर्ने तरिकाबारे जानकारी।
  • तयम्मुमको परिभाषा र तयम्मुमको तरिकाबारे जानकारी।

मोजामाथि मसह गर्नु (पुछ्नु)

कुनै मुस्लिमले वजू गर्दा खुट्टा धुनुको साटो मोजा वा पूरै खुट्टालाई छोप्ने गरी लगाएको जुत्तामाथि मसह गर्न सक्छ। यो इस्लामको सहजता तथा सहुलियत पनि हो।

कस्तो अवस्थामा खुट्टामाथि मसह गर्न सकिन्छ?

जुत्ता वा मोजामाथि मसह गर्नको लागि वजू गरेको पवित्र अवस्थामा मोजा वा जुत्ता लगाएको हुनुपर्दछ।

जुत्ता वा मोजामाथि मसह गर्नको लागि वजू गरेको पवित्र अवस्थामा मोजा वा जुत्ता लगाएको हुनुपर्दछ।

जुराबमाथि मसह गर्ने अवधि

स्थानीय वासीले एक दिन र एक रात (२४ घण्टा)।
यात्रुले तीन दिन तीन रात (७२ घण्टा)।

वजूको सट्टामा मात्र मसह गर्न सकिन्छ, नत्र ठूलो अपवित्रतापछि नुहाउदा (मोजा फुकालेर) दुवै खुट्टालाई पानीले अनिवार्य रूपले धुनुपर्छ।

मसहको समयको गणना त्यस बेलादेखि सुरु हुन्छ, जब पहिलो पटक मसह गरिन्छ।

पट्टीमाथि मसह

पट्टी त्यस्तो चीजलाई भनिन्छ, जो उपचारको क्रममा चोट-पटक वा घाउको सुरक्षा गर्न र छिटो निको होस् भनेर लगाइएको वा बाँधिएको हुन्छ।

पट्टी त्यस्तो चीजलाई भनिन्छ, जो उपचारको क्रममा चोट-पटक वा घाउको सुरक्षा गर्न र छिटो निको होस् भनेर लगाइएको वा बाँधिएको हुन्छ।

वजू गर्दा होस् वा स्नान गर्दा आवश्यक परेको खण्डमा पट्टीमाथि भिजेको हातले मसह गर्नु (पुछ्नु) जायज छ।

पट्टी बाँधिएको ठाउँमा कसरी मसह गर्ने?

पट्टी नबाँधिएको खुला अङ्गलाई पानीले धुनु पर्दछ र पट्टी बाँधिएको ठाउँमा आफ्ना हातलाई पानीले भिजाएर भिजेको हातले मसह गर्नु (पुछ्नु) पर्दछ।

पट्टी नबाँधिएको खुला अङ्गलाई पानीले धुनु पर्दछ र पट्टी बाँधिएको ठाउँमा आफ्ना हातलाई पानीले भिजाएर भिजेको हातले मसह गर्नु (पुछ्नु) पर्दछ।

पट्टीमाथि मसहको अवधि

जबसम्म यसको आवश्यकता पर्दछ तबसम्म पट्टीमाथि मसह गरिरहन सकिन्छ, चाहे लामो अवधिसम्म किन नहोस्। तर जब घाउ निको हुन्छ र पानीले धुन मिल्ने अवस्था आउँछ तब पट्टी खोलेर त्यस अङ्गलाई धुनु जरुरी छ।

पानीको प्रयोगबाट असमर्थ भएमा

यदि कुनै व्यक्ति बिरामी हुने वा रोग बढ्ने डरले पानीको प्रयोगबाट असमर्थ छ वा पानी अवस्था छ वा थोरै पानी जो खान-पिनको लागि मात्र पर्याप्त छ भने यस्तो अवस्थामा त्यस व्यक्तिको लागि जबसम्म पानी मिल्दैन वा पानी प्रयोग गर्न सक्ने हुँदैन तबसम्म माटोबाट तयम्मुम (पवित्रता प्राप्त) गर्नु जायज छ।

तयम्मुमको तरिका

१.

(बिस्मिल्लाह पढेर) दुबै हातलाई पवित्र माटोमाथि एक पटक राख्नुहोस्।

(बिस्मिल्लाह पढेर) दुबै हातलाई पवित्र माटोमाथि एक पटक राख्नुहोस्।

२.

माटो लागेका हातलाई अनुहारमा मल्नुहोस्।

माटो लागेका हातलाई अनुहारमा मल्नुहोस्।

३.

त्यसपछि बायाँ हातले दायाँ हातको पछाडि अनि दायाँ हातले बायाँ हातको पछाडि मल्नुहोस्।

त्यसपछि बायाँ हातले दायाँ हातको  पछाडि अनि दायाँ हातले बायाँ हातको पछाडि मल्नुहोस्।

तपाईंले पाठ सफलता पूर्वक पूरा गर्नुभयो


परीक्षण सुरु गर्नुहोस्