Model: हालको खण्ड
पाठ पवित्रता (तहारत) को विशेष अवस्था
मोजामाथि मसह गर्नु (पुछ्नु)
जुत्ता वा मोजामाथि मसह गर्नको लागि वजू गरेको पवित्र अवस्थामा मोजा वा जुत्ता लगाएको हुनुपर्दछ।
जुराबमाथि मसह गर्ने अवधि
वजूको सट्टामा मात्र मसह गर्न सकिन्छ, नत्र ठूलो अपवित्रतापछि नुहाउदा (मोजा फुकालेर) दुवै खुट्टालाई पानीले अनिवार्य रूपले धुनुपर्छ।
मसहको समयको गणना त्यस बेलादेखि सुरु हुन्छ, जब पहिलो पटक मसह गरिन्छ।
पट्टी त्यस्तो चीजलाई भनिन्छ, जो उपचारको क्रममा चोट-पटक वा घाउको सुरक्षा गर्न र छिटो निको होस् भनेर लगाइएको वा बाँधिएको हुन्छ।
वजू गर्दा होस् वा स्नान गर्दा आवश्यक परेको खण्डमा पट्टीमाथि भिजेको हातले मसह गर्नु (पुछ्नु) जायज छ।
पट्टी नबाँधिएको खुला अङ्गलाई पानीले धुनु पर्दछ र पट्टी बाँधिएको ठाउँमा आफ्ना हातलाई पानीले भिजाएर भिजेको हातले मसह गर्नु (पुछ्नु) पर्दछ।
पट्टीमाथि मसहको अवधि
पानीको प्रयोगबाट असमर्थ भएमा
तयम्मुमको तरिका
(बिस्मिल्लाह पढेर) दुबै हातलाई पवित्र माटोमाथि एक पटक राख्नुहोस्।
माटो लागेका हातलाई अनुहारमा मल्नुहोस्।
त्यसपछि बायाँ हातले दायाँ हातको पछाडि अनि दायाँ हातले बायाँ हातको पछाडि मल्नुहोस्।