Model: हालको खण्ड
पाठ पवित्रता (तहारत) का सुन्नतहरू
काखी मुनिका रौं उखेल्नु
मुस्लिमहरूले बेला-बेलामा काखीका रौंहरु उखेलेर वा कुनै अन्य तरिकाले सफा-सुग्घर गर्नुपर्छ, ताकि त्यहाँबाट दुर्गन्ध नआओस्।
औंलाहरूका काप (जोड) हरूलाई धुनु
औंलाहरूका काप (जोड) हरूलाई धुनु उत्तम हो।
प्राकृतिक सुन्नतहरू
प्राकृतिक सुन्नत ती स्वभावहरू हुन्, जसमाथि अल्लाहले मानिसहरूलाई सृष्टि गर्नुभएको छ। यसले मुस्लिमहरूलाई राम्रो रुप, आकार, सौन्दर्य र पूर्णता प्रदान गर्दछ, किनभने इस्लामले सुन्दरता र रूपको रेखदेख पनि गर्छ। ताकि उसको बाह्य र भित्री शरीर पूर्ण होस्।
अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभएको छः “प्राकृतिक सुन्नतहरू पाँचवटा छन्- १- खतना गर्नु, २- नाभि मुनि (गुप्ताङ्ग) को रौं खौरनु, ३- जुँगा काट्नु, ४- नङ काट्नु र ५- काखी मुनिका रौं उखेल्नु।” (बुखारीः ५५५२, मुस्लिमः २५७) अर्को हदीसमा भन्नुभएको छः “दश चीजहरू प्राकृतिक सुन्नत (तौरतरिका) हुन्- १- जुँगा काट्नु, २- दाह्री पाल्नु, ३- मिस्वाक (दतिवन) गर्नु, ४- नाकमा पानी हालेर सफा गर्नु, ५- नङ काट्नु, ६- औंलाहरूको जोड (काप) धुनु, ७- काखी मुनिका रौं उखेल्नु, ८- नाभी मुनि (गुप्ताङ्ग) का रौं काट्नु र ९- इस्तिन्जा (दिसा-पिसाव धुनु), हदीस् बयान कर्ताले भनेका छन्- दशौं कुरा मैले बिर्सिए शायद त्यो कुल्ला गर्नु हो । (मुस्लिमः २६१)
खतना गर्नु
लिङ्गको माथिल्लो भागमा रहेको अनावश्यक छालालाई काटेर फाल्नुलाई खतना गर्नु भनिन्छ। सामान्यतया बच्चा जन्मेको केही दिनमा खतना गर्ने गरिन्छ। खतना गर्नु अति उत्तम हो, किनभने यसमा धेरै स्वास्थ्यलाभहरू छन्, तर यो इस्लाममा प्रवेश गर्ने कुनै सर्त भने होइन। यदि कोही व्यक्ति डरले वा कुनै कारणले खतना गर्दैन भने कुनै पाप लाग्दैन।
गुप्ताङ्गका रौं खौरनु (हटाउनु)
गुप्ताङ्गको वरपर रहेको रौंहरूलाई खौरनु वा कुनै अन्य तरिकाले हटाउनु।
जुँगा काट्नु-
जुँगा पाल्नु उत्तम त होइन तैपनि जायज छ, तर मुस्लिमले लामो जुँगा पाल्नु हुँदैन, बरु यसलाई बेला-बेलामा काट्नु वा छोटो पार्नु पर्दछ।
दाह्री पाल्नु
दाह्री पाल्नु- इस्लामले दाह्री पाल्न प्रेरित गर्छ। दुबै गाला र चिउँडोमा उम्रेका रौंहरूलाई दाह्री भनिन्छ। दाह्री पाल्नुको अर्थ- रसूल सल्लल्लाहु अलैहि वसल्लमको तरिका (सुन्नत) को अनुसरण गर्दै दाह्रीलाई आफ्नो रुपमा बाँकी राख्नु।
मिस्वाक (दतिवन) गर्नु
दाँत सफा गर्नको लागि अरकको डाँठ वा अन्य कुनै चीजलाई प्रयोग गर्नु उत्तम कार्य हो।
नङ काट्नु
मुस्लिमहरूले बेला-बेलामा आफ्ना नङ्ग काटी राख्नु पर्दछ; ताकि नङको भित्र फोहोर-मैला जम्मा हुन नपाओस्।
इस्तिन्जा गर्नु, कुल्ला गर्नु र नाकमा पानी हालेर सफा गर्नु-
यी तीनवटै कार्यहरू- दिसा-पिसावको तरिका र वजूको तरिका पाठमा पहिले नै चर्चा भइसकेको छ।
اختر مستوى الشرح المناسب لك
يحتوي الدرس الآن على طبقات اختيارية تساعدك على المراجعة السريعة أو التعمق دون مغادرة الدرس.
- الملخص: نظرة سريعة في نحو دقيقة.
- الأساسي: محتوى الدرس الأصلي وهو المسار المعتمد للتقدم.
- المتعمق: تفاصيل إضافية اختيارية عند توفرها.
تقدمك وإكمال الدرس يعتمدان دائما على صفحات المستوى الأساسي.