सिक्न जारी राख्नुहोस्

तपाईं लगइन हुनुभएको छैन ।
तपाईंको प्रगति जारी राख्न, प्वाइन्टहरू संकलन गर्न र प्रतिस्पर्धाहरूमा प्रवेश गर्नको लागि “ता प्लेटफर्म” (Learning Islam) मा अहिल्यै दर्ता गर्नुहोस्। दर्ता पछि तपाईंले आफूले सिकेको विषयहरूको इलेक्ट्रोनिक (अनलाइन) प्रमाणपत्र प्राप्त गर्नुहुनेछ।

Model: हालको खण्ड

रमजानको रोजा (व्रत)

पाठ रमजानको रोजा (व्रत)

पाठबारे जानकारी

रमजान महिनाको रोजा इस्लामका पाँच आधारहरू मध्येको चौथो महत्त्वपूर्ण आधार हो। यस पाठमा तपाईंले रोजाको अर्थ, यसको श्रेष्ठता र रमजान महिनाको श्रेष्ठताको बारेमा जानकारी हासिल गर्नुहुनेछ।

लक्ष्यहरू

  • रोजाको अर्थ र यसको श्रेष्ठताको जानकारी।
  • रमजान महिनाको श्रेष्ठताको जानकारी।

अल्लाहले मुस्लिमहरूमाथि वर्षमा एक महिनाको रोजा (व्रत) अनिवार्य गर्नुभएको छ । त्यो रमजानको महिनामा हुन्छ र यो इस्लामको चौथो महत्वपूर्ण आधार हो। अल्लाहले भन्नुभएको छ- {يا أَيُّهَا الَّذِينَ آمَنُوا كُتِبَ عَلَيْكُمُ الصِّيَامُ كَمَا كُتِبَ عَلَى الَّذِينَ مِنْ قَبْلِكُمْ لَعَلَّكُمْ تَتَّقُون} (البقرة: 183). अर्थः “हे आस्थावानहरू हो ! “तिमीहरूमाथि रोजा (व्रत) अनिवार्य गरिएको छ, जसरी तिमीहरूभन्दा अघिका मानिसहरूमाथि अनिवार्य गरिएको थियो। यसबाट तिमीहरूमा तक्वा (ईश्-भय) उत्पन्न हुनेछ।” (कुरआन : २/१८३)

अल्लाहले मुस्लिमहरूमाथि वर्षमा एक महिनाको रोजा (व्रत) अनिवार्य गर्नुभएको छ । त्यो रमजानको महिनामा हुन्छ र यो इस्लामको चौथो महत्वपूर्ण आधार हो। अल्लाहले भन्नुभएको छ- 
{يا أَيُّهَا الَّذِينَ آمَنُوا كُتِبَ عَلَيْكُمُ الصِّيَامُ كَمَا كُتِبَ عَلَى الَّذِينَ مِنْ قَبْلِكُمْ لَعَلَّكُمْ تَتَّقُون} (البقرة: 183).
अर्थः “हे आस्थावानहरू हो ! “तिमीहरूमाथि रोजा (व्रत) अनिवार्य गरिएको छ, जसरी तिमीहरूभन्दा अघिका मानिसहरूमाथि अनिवार्य गरिएको थियो। यसबाट तिमीहरूमा तक्वा (ईश्-भय) उत्पन्न हुनेछ।” (कुरआन : २/१८३)

रोजा (व्रत) को अर्थ-

इस्लाममा रोजा (व्रत) को अर्थ- अल्लाहको उपासनाको लागि प्रात: काल (फज्रको अजान) देखि सूर्यास्त (मग्रिबको अजान) सम्म खानपिन, सम्भोग तथा व्रत भङ्ग गर्ने समस्त क्रियाकलापहरूबाट टाढा बस्नुलाई व्रत (रोजा) भनिन्छ।

रमजान महिनाका विशेषताहरू

इस्लामी पात्रो (हिजरी पात्रो) अनुसार नवौं महिना रमजानको महिना हो। यो नै पूरै वर्षको सर्वोत्तम महिना हो। यो महिनालाई जति पुण्य, धार्मिक गुण र विशेषताहरू प्रदान गरिएका छन् त्यति अन्य महिनालाई प्राप्त छैनन्। ती मध्ये केही यस प्रकार छन्-

१) अल्लाहले यसै गरिमामय महिनामा सबैभन्दा महान ईश-ग्रन्थ; पवित्र कुरआनलाई अवतरण गर्नुभएको हो।

अल्लाहले भन्नुभएको छः (شَهْرُ رَمَضَانَ الَّذِي أُنْزِلَ فِيهِ الْقُرْآنُ هُدًى لِلنَّاسِ وَبَيِّنَاتٍ مِنَ الْهُدَى وَالْفُرْقَانِ فَمَنْ شَهِدَ مِنْكُمُ الشَّهْرَ فَلْيَصُمْهُ) (البقرة:185). अर्थः “रमजानको महिनामा कुरआन अवतरण गरियो; जुन सिङ्गो संसारकै लागि मार्गदर्शन हो। जसमा पथप्रदर्शन, सत्य र असत्यलाई छुट्याउने प्रमाणहरू छन्। अत: तिमीहरूमध्ये जसले यो महिनालाई पाउँछौ, उसले अनिवार्य रुपमा यसको व्रत बस्नु।” (सूरह अल्-बकरह: २/१८५)

अल्लाहले भन्नुभएको छः
(شَهْرُ رَمَضَانَ الَّذِي أُنْزِلَ فِيهِ الْقُرْآنُ هُدًى لِلنَّاسِ وَبَيِّنَاتٍ مِنَ الْهُدَى وَالْفُرْقَانِ فَمَنْ شَهِدَ مِنْكُمُ الشَّهْرَ فَلْيَصُمْهُ) (البقرة:185).
अर्थः “रमजानको महिनामा कुरआन अवतरण गरियो; जुन सिङ्गो संसारकै लागि मार्गदर्शन हो। जसमा पथप्रदर्शन, सत्य र असत्यलाई छुट्याउने प्रमाणहरू छन्। अत: तिमीहरूमध्ये जसले यो महिनालाई पाउँछौ, उसले अनिवार्य रुपमा यसको व्रत बस्नु।” (सूरह अल्-बकरह: २/१८५)

२) यस महिनामा जन्नत (स्वर्गका) ढोकाहरू खोलिन्छन्।

रसूल सल्लल्लाहु अलैहिव सल्लमले भन्नुभएको छः “जब रमजान सुरू हुन्छ, स्वर्गका सबै ढोकाहरू खोलिन्छ, नरकका ढोकाहरू बन्द गरिन्छ र उपद्रव मच्चाउने शैतानहरूलाई जंजीरले बाँधेर राखिन्छ।” (बुखारी: ३१०३, मुस्लिम: १०७९) यसरी अल्लाहले सत्कर्मतिर लम्किने र कुकर्मलाई त्याग्ने सुनौलो अवसर प्रदान गर्नुभएको छ।

३) जो रमजानका दिनहरूमा रोजा (व्रत) बस्छ र राति तराविह पढ्छ (कयाम गर्छ) उसका विगतका पापहरू क्षमा गरिन्छन्।

रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभएको छः “जुन व्यक्ति ईमान र पुण्यका साथ व्रत बस्छ उसका सम्पूर्ण पापहरू माफ हुन्छन्।” (बुखारी : १९१०, मुस्लिम : ७६०) अनि उहाँले फेरी भन्नुभएको छः “जुन व्यक्तिले ईमान र पुण्यका साथ रातमा कयाम गर्दछ (तराविह/कयामुल्-लैल पढ्दछ), उसका सम्पूर्ण पापहरू माफ हुन्छन्।” (बुखारी: १९०५, मुस्लिम: ७५९)

४) पुरै वर्षको सबैभन्दा उत्तम रात यसै महिना भित्र पर्दछ।

लैलतुल्-कद्र (शुभ रात्री) यसै महिनामा पर्दछ। उक्त रातको उपासना हजारौं महिनाको उपासना भन्दा उत्तम छ। अल्लाहले भन्नुभएको छः (لَيْلَةُ الْقَدْرِ خَيْرٌ مِنْ أَلْفِ شَهْرٍ) (القدر: 3) अर्थः “लैलतुल्-कद्र (शुभ रात्री) हजारौं महिनाको (उपासना) भन्दा उत्तम छ।” (सूरह अल्-कद्र: ९७/३) उक्त रातको उपासनाले विगतका पापहरू क्षमा गरिन्छन्। यो रात रमजानको अन्तिम १० रातहरू मध्येको कुनै एक रात हो, तर कुन रात हो किटानीका साथ अल्लाह बाहेक कसैलाई पनि जानकारी छैन।

लैलतुल्-कद्र (शुभ रात्री) यसै महिनामा पर्दछ। उक्त रातको उपासना हजारौं महिनाको उपासना भन्दा उत्तम छ। अल्लाहले भन्नुभएको छः
(لَيْلَةُ الْقَدْرِ خَيْرٌ مِنْ أَلْفِ شَهْرٍ) (القدر: 3)
अर्थः “लैलतुल्-कद्र (शुभ रात्री) हजारौं महिनाको (उपासना) भन्दा उत्तम छ।” (सूरह अल्-कद्र: ९७/३) उक्त रातको उपासनाले विगतका पापहरू क्षमा गरिन्छन्। यो रात रमजानको अन्तिम १० रातहरू मध्येको कुनै एक रात हो, तर कुन रात हो किटानीका साथ अल्लाह बाहेक कसैलाई पनि जानकारी छैन।

रोजा (व्रत) का विशेषताहरू

व्रतका अनेकौं विशेषताहरू छन्, तीमध्ये केही यस प्रकार छन्-

१) पापहरू माफ हुन्छन्-

जुन व्यक्तिले ईमान, अनुसरण र पुण्यमाथि पूर्ण विश्वासका साथ व्रत बस्दछ, उसका विगतका पापहरू माफ गरिन्छन्। रसूल सल्लल्लाहु अलैहि व सल्लमले भन्नु भएको छः “जुन व्यक्तिले ईमान र पुण्यको आशा गर्दै व्रत बस्छ, उसका विगतका पापहरू माफ गरिन्छन्।” (बुखारी: १९१०, मुस्लिम: ७६०)

२) व्रतालु (रोजेदार) हरू आफ्नो पालनकर्तासित भेट्ने समय धेरै पुण्य र वरदान पाएर एकदम खुसी हुने छन्-

रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभएको छः “व्रतालु (रोजेदार) हरूका लागि दुईवटा खुसी छन्- एउटा व्रत खोल्ने समयको र अर्को आफ्नो पालनकर्तासित भेट्ने समयको खुसी।” (बुखारी: १८०५, मुस्लिम: ११५१)

रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभएको छः “व्रतालु (रोजेदार) हरूका लागि दुईवटा खुसी छन्-  एउटा व्रत खोल्ने समयको र अर्को आफ्नो पालनकर्तासित भेट्ने समयको खुसी।” (बुखारी: १८०५, मुस्लिम: ११५१)

३) व्रतालुहरूको सम्मानका लागि स्वर्गमा रैय्यान नामको विशेष ढोका छ। व्रतालु (रोजादार) बाहेक अरू कोही त्यस ढोकाबाट प्रवेश गर्ने छैन।

रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभएको छः “स्वर्गमा 'रैयान' नामको ढोका रहेको छ, जसबाट व्रतालुहरू मात्रै प्रवेश गर्नेछन् र अन्य व्यक्ति त्यो ढोकाबाट भित्र छिर्न सक्दैनन्। भनिने छ- खोई कहाँ छन् व्रतालुहरू ? सुन्ने बित्तिकै तिनीहरू अगाडि आउनेछन् र सम्मानपूर्वक स्वर्गमा प्रवेश गर्नेछन्। उनीहरू प्रवेश भईसकेपछि ढोका बन्द हुनेछ र अरु कोही प्रवेश गर्न सक्ने छैनन्।” (बुखारी: १७९७, मुस्लिम: ११५२)

४) अल्लाहले रोजा (व्रत) को प्रतिफल म दिन्छु भनेर घोषणा गर्नु भएको छ।

अल्लाह जस्तो दयालु र करुणामयले के कति दिनुहुन्छ यसलाई कोही पनि अनुमान लगाउन सक्दैनन्। हदीस कुदसीमा अल्लाहको भनाइलाई उदघृत गर्दै रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भएको छः “आदमको सन्तानले जे जति पुण्य गर्छ, त्यसको बदला तोकिएको छ, तर व्रत मेरो लागि हो र म नै यसको बदला दिनेछु।” (बुखारी: १८०५, मुस्लिम: ११५१)

रोजा (व्रत) को उद्देश्य-

अल्लाहले विभिन्न उद्देश्य र लोक परलोकका अनेकौं फाइदाहरूका लागि रोजा (व्रत) अनिवार्य गर्नु भएको छ। ती मध्ये केही यस प्रकार छन्-

१- तक्वा (ईश्-भय) प्राप्त गर्नु-

रोजा (व्रत) त्यस्तो उपासना हो जसबाट उसले अल्लाहको निकटता प्राप्त गर्छ। उसले व्रतद्वारा आफ्नो यौन इच्छालाई तथा गलत चाहनालाई रोक्न सक्छ।

रोजा (व्रत) त्यस्तो उपासना हो जसबाट उसले अल्लाहको निकटता प्राप्त गर्छ। उसले व्रतद्वारा आफ्नो यौन इच्छालाई तथा गलत चाहनालाई रोक्न सक्छ।

२- पाप कर्महरू र कुलतलाई छोड्न मद्दत पुर्याउँछ-

यदि व्रतालुले अल्लाहको आदेश अनुसार वैध कुराहरू छोड्न सक्छ भने अवैध कुराहरूलाई अवश्य नै छोड्न सक्छ। कुलतमा फसेका व्यक्तिहरूका लागि यो एउटा सुवर्ण अवसर हो।

यदि व्रतालुले अल्लाहको आदेश अनुसार वैध कुराहरू छोड्न सक्छ भने अवैध कुराहरूलाई अवश्य नै छोड्न सक्छ। कुलतमा फसेका व्यक्तिहरूका लागि यो एउटा सुवर्ण अवसर हो।

३- दीन-दु:खीहरूको सम्झना र सहानुभूति-

लामो समयसम्म राम्रो खान र लाउन नपाएका गरीब र दीन-दु:खीहरूको सम्झना व्रतको भोक र तिर्खाले गराउँछ। यिनीहरूप्रति मनमा माया र सहानुभूति पलाउँछ। त्यसैले धनीले गरीबलाई कहिल्यै पनि हेला र अपमान गर्दैनन् बरु तिनीहरूलाई दुई छाक टार्न र एक सरो लगाउन मद्दत पुर्याउँछ, किनकि व्रत पारस्पारिक सहानुभूति र उपकारको मौसम हो।

तपाईंले पाठ सफलता पूर्वक पूरा गर्नुभयो

परीक्षण सुरु गर्नुहोस्