सिक्न जारी राख्नुहोस्

तपाईं लगइन हुनुभएको छैन ।
तपाईंको प्रगति जारी राख्न, प्वाइन्टहरू संकलन गर्न र प्रतिस्पर्धाहरूमा प्रवेश गर्नको लागि “ता प्लेटफर्म” (Learning Islam) मा अहिल्यै दर्ता गर्नुहोस्। दर्ता पछि तपाईंले आफूले सिकेको विषयहरूको इलेक्ट्रोनिक (अनलाइन) प्रमाणपत्र प्राप्त गर्नुहुनेछ।

Model: हालको खण्ड

पाठ फरिश्ताहरूमाथि आस्था (ईमान) राख्नु

फरिश्ताहरूमाथि आस्था (ईमान) राख्नु ईमानका आधारहरू मध्येको एउटा आधार हो। यस पाठमा तपाईंले उनीहरूको वास्तविकता, विशेषता, केही कर्महरू र उनीहरूमाथि आस्था राख्नुको अर्थबारे जानकारी प्राप्त गर्नुहुनेछ।

  • फरिश्ताहरूमाथि आस्था (ईमान) राख्नुको अर्थ र त्यसको महत्वको बारेमा जानकारी।
  • फरिश्ताहरूका केही विशेताहरू र कर्महरूबारे जानकारी।
  • फरिश्ताहरूमाथि ईमान (आस्था) राख्नुका फाइदाहरूबारे जानकारी।

Count: अन्य विद्यार्थीहरूले यो पाठ पूरा गरे

फरिश्ताहरूमाथि आस्था (ईमान) को अर्थः

फरिश्ताहरूको अस्तित्वमाथि दृढतापूर्वक आस्था राख्नु, उनीहरू मानव तथा जिन्न बाहेक अदृश्य संसारका प्राणी हुन्। उनीहरू पवित्र एवम् प्रतिष्ठित भक्त हुन्, निरन्तर अल्लाहको भक्ति गरिरहेका छन्, अल्लाहका आदेशहरूलाई कार्यान्वयन गर्न सतर्क हुन्छन् र कहिल्यै पनि उहाँको अवज्ञा गर्दैनन्। यसबारे कुर्आनमा भनिएको छः (بَلْ عِبَادٌ مُكْرَمُونَ • لَا يَسْبِقُونَهُ بِالْقَوْلِ وَهُمْ بِأَمْرِهِ يَعْمَلُون) (الأنبياء: 26-27). अर्थः “उनीहरू अल्लाहका पवित्र एवम् प्रतिष्ठित भक्त हुन्, अल्लाहको आदेश अगाडि केही पनि भन्दैनन् र उहाँकै आदेशले मात्र कार्य गर्छन्।” (सूरह अल्-अंबिया: २१/२६-२७)

फरिश्ताहरूमाथि आस्था (ईमान) को महत्वः

फरिश्ताहरूमाथि आस्था राख्नु ईमानका ६ वटा आधारहरूमध्ये एउटा आधार हो। अल्लाहले भन्नु भएको छः (آمَنَ الرَّسُولُ بِمَا أُنْزِلَ إِلَيْهِ مِنْ رَبِّهِ وَالْمُؤْمِنُونَ كُلٌّ آَمَنَ بِاللهِ وَمَلَائِكَتِهِ وَكُتُبِهِ وَرُسُلِه) (البقرة: 285). अर्थः “रसूल र आस्थावानहरूले आफ्ना पालनकर्ताको तर्फबाट अवतरित (चीज) माथि ईमान ल्याएका छन्। यिनीहरू सबै अल्लाह, उहाँका फरिश्ताहरू, ग्रन्थहरू र उहाँका रसूलहरूमाथि आस्थावान भए।” (सूरह अल्-बकरह: २/ २८५) अनि रसूल सल्लल्लाहु अलैहि वसल्लमले ईमानको बारेमा भन्नु भएको छः “तिमी अल्लाह, उहाँका फरिश्ताहरू, किताबहरू, रसूलहरू, कयामत (महाप्रलय) को दिन र राम्रो वा नराम्रो भाग्यमाथि आस्था राख।” (मुस्लिम: ८)

प्रत्येक मुस्लिमले फरिश्ताहरूमाथि आस्था (ईमान) रख्नु अनिवार्य छ, जसले उनीहरूमाथि आस्था राखेन ऊ पथभ्रष्ट भयो। अल्लाहले भन्नु भएको छः {وَمَنْ يَكْفُرْ بِاللَّهِ وَمَلَائِكَتِهِ وَكُتُبِهِ وَرُسُلِهِ وَالْيَوْمِ الْآخِرِ فَقَدْ ضَلَّ ضَلَالًا بَعِيدًا} [النساء: 136] अर्थः “जसले अल्लाहलाई, उहाँका फरिश्ताहरूलाई, उहाँका ग्रन्थहरूलाई, उहाँका पैगम्बरहरूलाई र अंतिम दिन (कयामत) लाई इन्कार गर्दछ, ऊ पथभ्रष्ट भई वास्तविक मार्गबाट धेरै टाढा पुगिसकेको हुन्छ ।” (सूरह अन्-निसाः ४/ १३६) अल्लाहले यी कुराहरू इन्कार गर्नेलाई बिना कुनै शंका स्पष्ट रुपमा काफिर भन्नु भएको छ।

रसूल सल्लल्लाहु अलैहि वसल्लमले जानकारी दिनु भएको छ- आकाश त्यहाँ भएका फरिश्ताहरूले भारी भएको छ र त्यहाँ यति भरिभराउ छ कि एक बित्ता पनि ठाउँ खाली छैन, जहाँ कयाम गर्ने, रुकअ गर्ने र सज्दा गर्ने फरिश्ताहरू नभएका होउन्।

फरिश्ताहरुमाथिको आस्थाले कुन-कुन विषय वस्तुलाई समेटेको छ?

١
१) उनीहरूको अस्तित्वमाथि आस्था राख्नुः उनीहरू अल्लाहका सृष्टि हुन् भन्ने कुरामाथि विश्वास गर्नु, उनीहरू वास्तवमै अवस्थित छन्।
٢
२) उनीहरूमध्ये जसको नाम थाहा छ, त्यसमाथि नामको साथ पूर्ण रुपमा ईमान ल्याउनु, जस्तै- जिब्रील अलैहिस्सलाम र जसको नाम थाहा छैन उनीहरूमाथि संक्षेपमा ईमान ल्याउनु।
٣
३) उनीहरूका विशेषताहरूको बारेमा जे जति थाहा छ त्यति विश्वास गर्नु।
٤
४) अल्लाहको हुकुमले उनीहरु जे काम गर्छन् र जसको बारेमा हामीलाई जानकारी छ, त्यसमाथि विश्वास गर्नु।

फरिश्ताहरूको विशेषता जसमाथि हामीले ईमान राख्छौं तीमध्ये केही यसप्रकार छन्-

١
उनीहरू अदृश्य संसारका प्राणी हुन्। अल्लाहको उपासना गर्ने सृष्टि हुन्, प्रतिपालक र उपासक जस्ता अल्लाहमा पाइने गुण र शक्ति उनीहरूमा पाइदैनन् र उनीहरू अल्लाहको उपासना गर्न र आज्ञापालन गर्नमा पूर्ण रुपमा समर्पित छन्। उनीहरूको बारेमा अल्लाहले भन्नु भएको छः (لَا يَعْصُونَ اللهَ مَا أَمَرَهُمْ وَيَفْعَلُونَ مَا يُؤْمَرُون) (التحريم: 6). अर्थः “अल्लाहको हुकुमको अवज्ञा गर्दैनन् र जे आदेश दिइन्छ त्यसको पालना गर्दछन्।” (सूरह अत्-तहरीम: ६६/ ६)
٢
उनीहरू प्रकाशबाट सृष्टि गरिएका हुन्। रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भएको छः “फरिश्ताहरु प्रकाशबाट सृष्टि गरिएका हुन्।” (मुस्लिम: २९९६)
٣
उनीहरूका पखेटा छन्। कुर्आनमा उनीहरूका पखेटा र संख्याको बारेमा चर्चा गर्दै अल्लाहले भन्नु भएको छः (الْحَمْدُ لِلهِ فَاطِرِ السَّمَاوَاتِ وَالْأَرْضِ جَاعِلِ الْمَلَائِكَةِ رُسُلًا أُولِي أَجْنِحَةٍ مَثْنَى وَثُلَاثَ وَرُبَاعَ يَزِيدُ فِي الْخَلْقِ مَا يَشَاءُ إِنَّ اللهَ عَلَى كُلِّ شَيْءٍ قَدِير) (فاطر: 1). अर्थः “सम्पूर्ण प्रकारका प्रशंसाहरू अल्लाहकै लागि हुन्, जसले आकाशहरू र धरतीलाई सृष्टि गर्नु भएको छ, दुई-दुई, तीन-तीन र चार-चार पखेटा भएका फरिश्ताहरूलाई सन्देश पुर्याउन नियुक्त गर्नु भएको छ। उहाँले आफ्नो सृष्टिमा जे चाहनु हुन्छ वृद्धि गर्नु हुन्छ। वास्तवमा अल्लाह हरेक कार्यको सामर्थ्य राख्नु हुन्छ।” (सूरह फातिर: ३५/१)

अल्लाहले फरिश्ताहरूलाई विभिन्न कामहरूको जिम्मेवारी सुम्पनु भएको छ, ती मध्ये केही यस प्रकार छन्-

١
अल्लाहको सन्देश (वह्य) उहाँका रसूलहरूसम्म पुर्याउने जिम्मेवारी 'जिब्रील' (अलैहिस्सलाम) लाई सुम्पिएको छ।
٢
ज्यान लिने कार्यभार 'मलकुल्-मौत' र उनका सहयोगीहरूलाई सुम्पिएको छ।
٣
भक्तहरूका राम्रा-नराम्रा क्रियाकलाप लेख्ने अनि सुरक्षित राख्ने जिम्मेवारी 'किरामन कातेबीन' लाई सुम्पिएको छ।

कैयौं खतरनाक एवम् बँच्नै असम्भव लाग्ने दुर्घटनाहरूमा मानिसहरू बँचेको देखेर कहिलेकाहीं हामीहरूलाई आश्चर्य लाग्छ। खतरनाक दुर्घटनाहरूबाट मानिसहरूलाई सुरक्षित राख्नु पनि फरिश्ताहरूका कार्यहरू मध्येको एउटा कार्य हो भन्ने कुरा हामीले बिर्सनु हुँदैन।

फरिश्ताहरुमाथिको आस्थाले आस्थावानहरुको जीवनमा ठूलो प्रभाव पर्दछ। तीमध्ये केही निम्न छन्-

١
१) अल्लाहको महानता, अपार शक्ति र उहाँको पूर्ण अधिकारको ज्ञान हुन्छ। सृष्टिको श्रेष्ठताले सृष्टिकर्ताको महानता प्रकट हुन्छ, यसरी आस्थावानहरूको मनमा अल्लाहप्रतिको आदरमा वृद्धि हुन्छ, किनभने उहाँले पखेटा भएका फरिश्ताहरूलाई प्रकाशबाट सृष्टि गर्नु भएको छ।
٢
२) अल्लाहको उपासनामा अडिग रहने टेवा पुर्याउँछ। जसले फरिश्ताहरू उसका सबै क्रियाकलाप लेखिरहेका छन् भन्ने कुरामाथि आस्था रख्दछ, उसले खुल्लमखुल्ला वा लुकेर अल्लाहको अवज्ञा गर्दैन।
٣
३) अल्लाहको उपासना गर्नको लागि धैर्य, आत्मा शान्ति र आफ्नोपनको आभास हुन्छ, किनकि यो विशाल ब्रह्माण्डमा करोडौं फरिश्ताहरू अल्लाहको उपासनामा तन, मन र वचनले सक्रिय छन्।
٤
४) मानवमाथि भएको कृपामाथि अल्लाहको कृतज्ञता व्यक्त गर्नु, किनभने केही फरिश्ताहरू मानवको सुरक्षामा तैनाथ गरिएका छन्।

तपाईंले पाठ सफलता पूर्वक पूरा गर्नुभयो


परीक्षा सुरु गर्नुहोस्