Model: हालको खण्ड
पाठ रसूल (सन्देष्टा) हरूमाथि आस्था राख्नु
रसूल (सन्देष्टा) हरूमाथि आस्थाको अर्थः
अल्लाहले प्रत्येक समुदायमा तिनीहरू मध्येबाट एउटा सन्देष्टा (रसूल) पठाउनु भयो, उनीहरूले बिना साझेदारी एक मात्र अल्लाहको उपासना गर्ने आह्वान गरे भनेर दृढतापूर्वक आस्था राख्नु। किनकि अल्लाहले भन्नु भएको छः {وَلَقَدْ بَعَثْنَا فِي كُلِّ أُمَّةٍ رَسُولًا أَنِ اُعْبُدُوا اللَّهَ وَاجْتَنِبُوا الطَّاغُوتَ} [النحل: 36]. अर्थः “हामीले प्रत्येक समुदायमा रसूल पठायौं। केवल अल्लाहको उपासना गर र उहाँ बाहेक सम्पूर्ण मिथ्या उपास्यको पूजा-उपासनादेखि टाढा रहने गर।” (सूरह अन्-नहल: १६/ ३६)
उनीहरू सबै सत्य र सत्यलाई पुष्टि गर्ने, सत्यवान र इमान्दार थिए भन्ने हामीले आस्था राख्नु पर्छ। उनीहरूले अल्लाहको सन्देशलाई नलुकाई, त्यसमा आफ्नो तर्फबाट केही फेरबदल नगरी पूर्ण रुपमा पुर्याए; न त केही कमी गरे न बढी नै। यसै सम्बन्धमा अल्लाहले भन्नु भएको छः (الَّذِينَ يُبَلِّغُونَ رِسَالَاتِ اللَّهِ وَيَخْشَوْنَهُ وَلَا يَخْشَوْنَ أَحَدًا إِلَّا اللَّهَ وَكَفَى بِاللَّهِ حَسِيبًا) (الأحزاب: 39). अर्थः “उनीहरूले अल्लाहको सन्देश पुर्याउँथे र उहाँसित डर मान्थे, अनि अल्लाह बाहेक कसैसित डराउन्नथे । तथा हिसाब लिनको निम्ति अल्लाह नै पर्याप्त हुनुहुन्छ।” (सूरतुल्-अहजाबः ३३/ ३९)
मानिसहरूको लागि एउटा यस्तो ईश्वरीय विधान हुनु अति आवश्यक छ, जसले उनीहरू समक्ष विधि-विधान स्पष्ट गरोस् र उनीहरूलाई सत्य मार्गतिर मार्गदर्शन गरोस्। किनकि ईश्वरीय सन्देश नै संसारको लागि प्रकाश र जीवन हुन्। यदि आत्मा, जीवन र प्रकाश छैन भने दुनियाँको के अर्थ? त्यसैले नै ईश्वरीय सन्देश बिनाको जीवनको कल्पना पनि गर्न सकिदैन।
त्यसैले अल्लाहद्वारा प्रदत्त सन्देशलाई प्राण भनिएको छ। प्राण हुँदैन भने जीवनको अन्त हुनेछ। अल्लाहले भन्नु भएको छः (وَكَذَلِكَ أَوْحَيْنَا إِلَيْكَ رُوحًا مِنْ أَمْرِنَا مَا كُنْتَ تَدْرِي مَا الْكِتَابُ وَلَا الْإِيمَانُ وَلَكِنْ جَعَلْنَاهُ نُورًا نَهْدِي بِهِ مَنْ نَشَاءُ مِنْ عِبَادِنَا) (الشورى: 52). अर्थः “यसरी नै हामीले तिमीतर्फ आफ्नो आदेशबाट 'आत्मा' (कुरआन) अवतरण गर्यौं। ईमान र किताब के हो तिमीलाई केही पनि थाहा थिएन। तर हामीले त्यसलाई ज्योति बनायौं, हाम्रा भक्तहरूमध्ये जसलाई चाहन्छौं त्यसद्वारा मार्गदर्शन गर्छौं।” (सूरह अश्-शूरा: ४२/ ५२) बुद्धिले केही राम्रा र न राम्रा कुराहरूलाई छुट्याउन सकिन्छ, तर त्यसको विस्तृत जानकारी, उपासनाका पूर्ण तरिका तथा कैफियतहरू अल्लाहको वह्य र सन्देश बिना जान्नु असम्भव छ।
लोक र परलोकका सफलता बिना रसूल प्राप्त गर्न सकिन्न। राम्रा र नराम्रा कुराहरूको राम्ररी पहिचान उनीहरूको मार्गदर्शन बिना सम्भव छैन। याद राख्नुहोस् ! जसले दूत (रसूल) र दूतत्व (रसूलको सन्देश) बाट विमुख हुन्छ, उसले विमुखता अनुसार व्याकुल्ता, चिन्ता र कठोरता भोग्नु पर्छ। यसै सम्बन्धमा आदम अलैहिस्सलामलाई भनेको कुरा अल्लाहले बयान गर्नु भएको छः ﴿قُلْنَا اهْبِطُوا مِنْهَا جَمِيعًا فَإِمَّا يَأْتِيَنَّكُمْ مِنِّي هُدًى فَمَنْ تَبِعَ هُدَايَ فَلَا خَوْفٌ عَلَيْهِمْ وَلَا هُمْ يَحْزَنُونَ * وَالَّذِينَ كَفَرُوا وَكَذَّبُوا بِآيَاتِنَا أُولَئِكَ أَصْحَابُ النَّارِ هُمْ فِيهَا خَالِدُونَ﴾ [البقرة: 38، 39]. अर्थः “हामीले भन्यौं तिमी सबै यहाँबाट ओर्ल जब तिम्रो पासमा मेरो तर्फबाट सत्य मार्गदर्शन आउँछ तब जसले मेरो मार्गदर्शनको अनुसरण गर्दछन्, त उनीहरू न त दुःखी नै हुनेछन् । अनि जसले अवज्ञा र झुटद्वारा हाम्रा आयतहरूलाई असत्य भन्दछन्, उनीहरू नर्कमा बास गर्नेहरू हुन् र सधैं त्यसैमा रहनेछन्।” (सूरह अल्-बकरहः २/ ३९-४०)
आस्थाको एउटा आधारः
रसूल (सन्देष्टा) हरूमाथि आस्था राख्नु ईमानका ६ वटा आधारहरूमध्ये एउटा आधार हो। अल्लाहले भन्नु भएको छः (آَمَنَ الرَّسُولُ بِمَا أُنْزِلَ إِلَيْهِ مِنْ رَبِّهِ وَالْمُؤْمِنُونَ كُلٌّ آَمَنَ بِاللهِ وَمَلَائِكَتِهِ وَكُتُبِهِ وَرُسُلِهِ لَا نُفَرِّقُ بَيْنَ أَحَدٍ مِنْ رُسُلِه) (البقرة: 285). अर्थः “रसूल र आस्थावानहरूले आफ्ना पालनकर्ताको तर्फबाट अवतरित कुराहरूमाथि ईमान ल्याएका छन्। सबै अल्लाह, उहाँका फरिश्ताहरू, ग्रन्थहरू र उहाँका रसूलहरूमाथि आस्थावान भए।” (सूरह अल्-बकरह: २/ २८५) तसर्थ एउटा मुस्लिमले सम्पूर्ण रसूलहरूमाथि बिना कुनै विभाजन आस्था राख्नु पर्छ भन्ने कुरा छर्लङ्ग हुन्छ। हामीले यहूदी र ईसाइ झैं एकलाई मान्नु र अर्कोलाई नमान्नु कदापि गर्नु हुँदैन।
रसूल सल्लल्लाहु अलैहि वसल्लमले ईमानको बारेमा भन्नु भएको छः “तिमी अल्लाह, उहाँका फरिश्ताहरू, किताबहरू, रसूलहरू, कयामत (महाप्रलय) को दिन र राम्रो वा नराम्रो भाग्यमाथि आस्था राख।” (मुस्लिम: ८)
रसूलहरूका निशानी तथा चमत्कारहरूः
अल्लाहले आफ्ना रसूलहरूलाई उनीहरूको सत्यता र दूतत्वलाई प्रमाणित गर्नको लागि विभिन्न किसिमका निशानी, अदभुत घटना, तर्क-वितर्क तथा चमत्कारहरू प्रदान गर्नु भएको छ। ती चमत्कारहरूले प्रमाणित गर्दछन् कि उनीहरू अल्लाहका सच्चा रसूल हुन्, किनकि त्यस्तो चमत्कार साधारण व्यक्तिले प्रस्तुत गर्न सक्दैनन्। चमत्कार (मुअ्जिजा) को अर्थ: साधारण मानिसले आँट गर्न नसक्ने आश्चर्यजनक र अदभुत घटनालाई चमत्कार भनिन्छ, जुन अल्लाहको कृपाले रसूलहरूलाई मात्र प्राप्त हुन्छ।
रसूल (सन्देष्टा) हरूका निशानी तथा चमत्कारमध्ये केही चमत्कारहरूः
रसूलहरूमाथिको आस्थाले कुन-कुन विषय वस्तुलाई समेटेको छ?
उनीहरू अल्लाहका सच्चा रसूल (सन्देष्टा) हुन्, उनीहरू सबैले मात्र अल्लाहको उपासना गर्ने र उहाँको उपासनामा अरु कसैलाई साझेदारी न गर्ने आह्वान गरेका थिए भन्ने कुरामाथि आस्था राख्नु।
अल्लाहले भन्नु भएको छः {وَلَقَدْ بَعَثْنَا فِي كُلِّ أُمَّةٍ رَسُولًا أَنِ اُعْبُدُوا اللَّهَ وَاجْتَنِبُوا الطَّاغُوتَ} [النحل: 36]. अर्थः “हामीले प्रत्येक समुदायमा रसूल पठायौं। केवल अल्लाहको उपासना गर र उहाँ बाहेक सम्पूर्ण मिथ्या उपास्यको पूजा-उपासनादेखि टाढा रहने गर।” (सूरह अन्-नहल: १६/ ३६)
उनीहरूका विधानका उप-नियमहरू जुन त्यस समुदायको लागि हलाल वा हराम थिए, तिनमा मात्र भिन्नता पाइन्छ। अल्लाहले भन्नु भएको छः {لِكُلٍّ جَعَلْنَا مِنْكُمْ شِرْعَةً وَمِنْهَاجًا} (المائدة: 48). अर्थः “हामीले तिमीहरूका लागि एउटा धर्म-विधान र कार्यप्रणाली बनाएका छौं।” (सूरह अल्-माइदा: ५/ ४८)
२.
सम्पूर्ण सन्देष्टा (नबी-रसूल) हरूमाथि आस्था राख्नु। उनीहरूमध्ये जसको नाम थाहा छ; जस्तैः मुहम्मद, इब्राहीम, मूसा, ईसा र नूह (अलैहिमुस्सलाम) लाई नामका साथ र जसको नाम थाहा छैन उनीहरूमाथि सन्क्षिप्तमा आस्था राख्नु पर्दछ। जसले उनीहरूमध्ये एकलाई अस्वीकार गर्यो, उसले सबैलाई अस्वीकार गर्यो।
३.
कुरआन र हदीसद्वारा प्रमाणित रसूलका चमत्कार (मुअ्जिजा) र खबरहरूलाई सत्य मान्नु; जस्तैः मूसा अलैहिस्सलामको लागि समुद्रमा बाटो बन्नु।
४. अन्तिम र सर्वश्रेष्ठ रसूल मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमको विधि-विधान र तरिका बमोजिम धर्म-कर्म गर्नु।
रसूल (सन्देष्टा) हरूका केही विशेषताहरूः
१- उहाँहरू मानिस हुनुहुन्थ्यो
अल्लाहले उहाँहरूलाई आफ्नो (वह्य) प्रकाशना र सन्देश पुर्याउन रसूल चयन गर्नु भयो, यो नै उहाँहरू र अन्य व्यक्तिमा फरक छ। यसै सन्दर्भमा अल्लाहले भन्नु भएको छः (وَمَا أَرْسَلْنَا مِنْ قَبْلِكَ إِلَّا رِجَالًا نُوحِي إِلَيْهِمْ) (الأنبياء: 7). अर्थः “तिमी भन्दा पहिले पुरुषलाई नै रसूल बनाएर पठायौं र उनीहरूमाथि वह्य (सन्देश) अवतरण गर्यौं।” (सूरह अल्-अंबिया: २१/७) उहाँहरू शारीरिक बनावट, रुप र आचरणमा उच्च स्थानमा पुग्नु भयो, बंशमा सबभन्दा भद्र हुनहुन्थ्यो, बुद्धि र प्रष्ट भाषा भएकोले दूतत्वको भार उठाउन सक्नुका साथै जिम्मेवारी वहन गर्न योग्य हुनहुन्थ्यो, तर अल्लाहमा पाइने विशेषताहरू जस्तै- सृष्टि गर्नु वा उपास्य हुनुमध्ये कुनै विशेषता उहाँहरूलाई प्राप्त थिएन। एउटा सर्वसाधारण व्यक्तिले पनि सरलताको साथ रसूललाई अनुसरण गर्न सकोस् भनेर अल्लाहले मानिसलाई नै रसूल बनाउनु भएको छ र उहाँको जीवनलाई सबैको लागि आदर्श घोषित गर्नु भएको छ।
२. अल्लाहले उहाँहरूलाई दूतत्वको लागि खास गर्नु भएको थियो
अल्लाहले उहाँहरूलाई अरु मानिसको दाँजोमा रसूल बनाएर श्रेष्ठता प्रदान गर्नु भएको छ। अल्लाहले भन्नु भएको छः (قُلْ إِنَّمَا أَنَا بَشَرٌ مِثْلُكُمْ يُوحَى إِلَيَّ أَنَّمَا إِلَهُكُمْ إِلَهٌ وَاحِد) (الكهف: 110). अर्थः “भनिदेऊ, म तिमीहरू जस्तै एउटा मानिस हुँ। ममाथि वह्य (प्रकाशना) गरिएको छ कि अल्लाह बाहेक अरु कोही तिम्रो पूज्य छैन।” (सूरह अल्-कहफ: १८/ ११०) दूतत्व कुनै आध्यात्मिक तपस्या, विवेक र बौद्धिक तर्कद्वारा प्राप्त गर्ने पद होइन। यो ईश्वरीय छनौट हो। अल्लाहले समस्त मानिसहरूमध्ये जसलाई चाहनु हुन्छ आफ्नो रसूल बनाउनु हुन्छ। कुर्आनमा भनिएको छः (اللهُ أَعْلَمُ حَيْثُ يَجْعَلُ رِسَالَتَه) (الأنعام: 124). अर्थः “आफ्नो दूतत्वको कार्यभार कसलाई सुम्पिने भन्ने कुराको अल्लाहलाई नै बढी ज्ञान छ।” (सूरह अल्-अन्आम: ६/ १२४)
३. उहाँहरू पवित्र तथा निर्दोष हुनुहुन्छ
उहाँहरू अल्लाहको सन्देशलाई पुर्याउनमा इमान्दार तथा पवित्र हुनुहुन्छ, त्यसैले अल्लाहका आदेशहरू पुर्याउन र सुम्पिएको जिम्मेवारीलाई निर्वाह गर्नमा कुनै गल्ती गर्नु हुँदैन।
४. उहाँहरू सत्यवादी हुनुहुन्थ्यो
सम्पूर्ण रसूलहरू आफ्नो भनाइ र गराईमा सत्य हुनुहुन्थ्यो। उहाँहरूको सत्यताको गवाही दिंदै अल्लाहले भन्नु भएको छः (هَذَا مَا وَعَدَ الرَّحْمَنُ وَصَدَقَ الْمُرْسَلُون) (يس: 52) अर्थः “यो त त्यही हो, जसको वाचा करुणामय अल्लाहले गर्नु भएको थियो र रसूलहरूले पनि सत्य नै भनेका थिए।” (सूरह यासीन: ३६/ ५२)
५. उहाँहरू सहनशील हुनुहुन्थ्यो
उहाँहरूले इस्लामको आह्वान र अल्लाहको वाणीलाई सर्वत्र फैलाउनमा धेरै दु:ख र पीडा सहनु पर्यो, अनेकौं बाधाहरू खेप्नु पर्यो तै पनि उहाँहरूले हार नमानी इस्लामको झण्डालाई उच्च शिखरमा पुर्याएर नै छाड्नु भयो। धैर्य गर्ने आदेश दिंदै अल्लाहले भन्नु भएको छः (فَاصْبِرْ كَمَا صَبَرَ أُولُو الْعَزْمِ مِنَ الرُّسُل) (الأحقاف: 35). अर्थः “हे सन्देष्टा ! धैर्य गर, जसरी अघिका सर्वश्रेष्ठ रसूलहरूले धैर्य गरे।” (सूरह अल्-अह्काफ: ४६/ ३६)
रसूलहरूमाथि आस्थाका निकै फाइदाहरू छन्, तीमध्ये केही यस प्रकार छन्-
अल्लाहले भन्नु भएको छः (فَمَنِ اتَّبَعَ هُدَايَ فَلَا يَضِلُّ وَلَا يَشْقَى• وَمَنْ أَعْرَضَ عَنْ ذِكْرِي فَإِنَّ لَهُ مَعِيشَةً ضَنْكًا) (طه:123- 124). अर्थः “जो मेरो मार्गदर्शन अनुसार जीवन यापन गर्छ ऊ न पथभ्रष्ट हुनेछ, न अभागी नै र जो मेरो स्मरणबाट विमुख रहन्छ उसको जीवन संकीर्ण र कष्टपूर्ण हुनेछ।” (सूरह ताहा: २०/ १२३-१२४)
اختر مستوى الشرح المناسب لك
يحتوي الدرس الآن على طبقات اختيارية تساعدك على المراجعة السريعة أو التعمق دون مغادرة الدرس.
- الملخص: نظرة سريعة في نحو دقيقة.
- الأساسي: محتوى الدرس الأصلي وهو المسار المعتمد للتقدم.
- المتعمق: تفاصيل إضافية اختيارية عند توفرها.
تقدمك وإكمال الدرس يعتمدان دائما على صفحات المستوى الأساسي.