सिक्न जारी राख्नुहोस्

तपाईं लगइन हुनुभएको छैन ।
तपाईंको प्रगति जारी राख्न, प्वाइन्टहरू संकलन गर्न र प्रतिस्पर्धाहरूमा प्रवेश गर्नको लागि “ता प्लेटफर्म” (Learning Islam) मा अहिल्यै दर्ता गर्नुहोस्। दर्ता पछि तपाईंले आफूले सिकेको विषयहरूको इलेक्ट्रोनिक (अनलाइन) प्रमाणपत्र प्राप्त गर्नुहुनेछ।

Model: हालको खण्ड

पाठ सलाहका आधार र अनिवार्य कुराहरू

यस पाठमा तपाईंले सलाह (नमाज) का आधारहरू, सलाहको लागि हुनुपर्ने अनिवार्य कुराहरू, सलाहमा गर्न नहुने तथा अप्रिय काम र सलाहलाई बर्बाद पार्ने काम-कुराहरूको बारेमा जानकारी हासिल गर्नु हुनेछ।

  • सलाहका आधारहरूको जानकारी
  • सलाहका अनिवार्य कामहरूको जानकारी
  • सलाहलाई बर्बाद पार्ने कामहरू
  • सज्दा सहूको जानकारी
  • सलाहमा गर्न नहुने अप्रिय कामहरू

Count: अन्य विद्यार्थीहरूले यो पाठ पूरा गरे

सलाहका आधारहरूः

यी सलाहका महत्वपूर्ण आधारहरू हुन्, यिनलाई जानेर वा बिर्सेर पनि छोड्यो भने सलाह भङ्ग (बर्बाद) हुन्छ।

सलाहका आधारहरूः

١
तक्बीर तहरीमा
٢
कियाम गर्नु
٣
सूरह फातिहा पढ्नु
٤
रुकूअ गर्नु
٥
रुकूपछि उभिनु
٦
सज्दा गर्नु
٧
दुबै सज्दाहरूको बीचमा बस्नु
٨
अन्तिम तशह्हुदमा बस्नु
٩
बिस्तारै-बिस्तारै सलाह पढ्नु
١٠
सलाम फेर्नु
١١
आधारहरूमा क्रमबद्धता हुनु

सलाहका अनिवार्य (वाजिब) कार्यहरूः

सलाहका अनिवार्य कार्यहरूलाई जानी-जानी छोड्यो भने सलाह भङ्ग हुन्छ, तर बिर्सेर वा चाल नपाईकन छुट्यो भने सलाहमा कमी हुन्छ, जसलाई सज्दा सहू गरेर पूरा गर्न सकिन्छ।

सलाहका अनिवार्य (वाजिब) कार्यहरू निम्न छन्-

١
तक्बीर तहरीमा बाहेक सम्पूर्ण तक्बीरहरू।
٢
रुकूअमा कम्तिमा एक पटक 'सुब्हान रब्बियल्-अजीम' भन्नु।
٣
इमाम र मुन्फरिद (एक्लै सलाह पढ्ने) ले 'समिअल्लाहु लिमन् हमिदह' भन्नु।
٤
इमाम र मुक्तदीहरू सबैले 'रब्बना व लकल्-हम्द' भन्नु।
٥
सज्दामा कम्तिमा एक पटक 'सुब्हान रब्बियल्-आ'ला' भन्नु।
٦
दुबै सज्दाहरूको बीचमा 'रब्बिग फिर्ली' कम्तिमा एक पटक भन्नु।
٧
प्रथम तशह्हुदको लागि बस्नु।

यी सबै सलाहका अनिवार्य (वाजिब) कार्यहरू हुन्। यी मध्ये कुनै पनि वाजिब छोड्यो भने सज्दा सहूले त्यो त्रुटीलाई पूरा गर्न सकिन्छ।

सलाहका सुन्नतहरूः

उपरोक्त कुराहरू सलाहका आधार र अनिवार्य बाहेकका अन्य काम-कुराहरू सलाहका सुन्नत हुन्। यी सलाहका पूरकहरू हुन्। यी मध्ये केही छोड्यो भने सलाह भङ्ग हुँदैन र सज्दा सहू पनि गर्नु पर्दैन।

सज्दा सहूः

सलाहमा हुन गएको त्रुटीहरूलाई पूरा गर्न अल्लाहले सज्दा सहू (दुई सज्दा) गर्न आदेश दिनु भएको छ।

सज्दा सहू कुन बेला गर्नु पर्दछ?

١
यदि सलाहमा बिर्सेर रुकूअ, सज्दा, कियाम वा तशह्हुद मध्ये केही बढी गर्यो भने सज्दा सहू गर्नु पर्दछ।
٢
यदि सलाहका आधार छोड्यो भने पहिले त्यसलाई पूरा गर्नु पर्दछ र सलाहको अन्तमा सज्दा सहू गर्नु पर्दछ।
٣
यदि कुनै अनिवार्य कार्यहरू जस्तै- प्रथम तशह्हुद छोड्यो भने सज्दा सहू गर्नु नै पर्याप्त हुन्छ।
٤
यदि रकातको संख्यामा शंका भयो भने कमलाई आधार मान्नु पर्दछ र सज्दा सहू गर्नु पर्दछ।

सज्दा सहूको तरिका

सज्दा सहू गर्ने समयः

١
सलाम फेर्नु भन्दा पहिले- सलाहको अन्तिम रकातमा सलाम फेर्नु पूर्व सज्दा सहु गर्नु र त्यसपछि सलाम फेर्नु।
٢
सलाम फेरेपछि- सलाहको अन्तिम रकातमा सलाम फेरिसकेपछि सज्दा सहु गर्नु र पुनः सलाम फेर्नु।

सलाह भङ्ग गर्ने कार्यहरूः

सलाहलाई भङ्ग गर्ने कामहरू भएमा सलाहलाई पुनः पढ्नु पर्छ, जो निम्न छन्-

सलाह भङ्ग गर्ने कार्यहरूः

١
जानेर वा बिर्सेर सलाहका आधारहरू छोड्यो भने सलाह भङ्ग हुन्छ।
٢
जानी-जानी सलाहका अनिवार्य कार्यहरू छोड्यो भने सलाह भङ्ग हुन्छ।
٣
जानी-जानी सलाहमा कुराकानी गर्यो भने पनि सलाह भङ्ग हुन्छ।
٤
जोडले हाँस्यो भने पनि सलाह भङ्ग हुन्छ।
٥
आवश्यक बिना धेरै खटपट र यताउता गर्नाले पनि सलाह भङ्ग हुन्छ।

सलाहमा गर्न नहुने मकरुह (अप्रिय) कार्यहरूः

सलाहको एकाग्रता, मर्यादा र पुण्यमा कमी ल्याउने काम-कुराहरूलाई मकरुह भनिन्छ, यी निम्न हुन्

सलाहमा यताउता हेर्नु-

सलाहमा यताउता हेर्नु नराम्रो कुरा हो। रसूल सल्लल्लाहु अलैहि व सल्लमसित सलाहमा यताउता हेर्ने बारेमा सोधियो, त उहाँले भन्नु भयोः “शैतानले भक्तको सलाहमा हिनामिना गर्छ अनि ऊ यताउता हेर्न थाल्छ।” (बुखारी: ७१८)

सलाहमा हात, अनुहार आदिलाई खेलाउनु-

सलाहमा हात, अनुहार वा कुनै वस्तुसँग खेल्नु, औंला पड्काउनु र हातलाई कम्मरमाथि राख्नु नराम्रो कुरा हो।

दिसा-पिसाबले च्यापेको वा बेस्सरी भोक लागेको बेला सलाह पढ्नु-

दिसा-पिसाबले च्यापेको वा बेस्सरी भोक लागेको बेला सलाह पढ्नु सही होइन। किनभने यस्तो अवस्था ध्यान केन्द्रित गरेर सलाह पढ्न सकिंदैन। रसूल सल्लल्लाहु अलैहि व सल्लमले भन्नु भएको छः “(भोक लागेको अवस्थामा) खाना पाकी सकेपछि वा जोडले दिसा-पिसाब लागेको बेला सलाह पढ्नु हुँदैन।” (मुस्लिम: ५६०)

तपाईंले पाठ सफलता पूर्वक पूरा गर्नुभयो


परीक्षा सुरु गर्नुहोस्