Model: हालको खण्ड
पाठ जुमाको सलाह (नमाज)
अल्लाहले जुमा (शुक्रवार) को दिन जुहरको समयमा जुमाको सलाहलाई अनिवार्य गर्नु भएको छ। यो इस्लामको एउटा महत्वपूर्ण संस्कार र साप्ताहिक पर्व हो। सम्पूर्ण मुस्लिमहरू हप्तामा एक पटक एकै ठाउँमा भेला हुन्छन्, इमामको धर्मोपदेश (खुत्बा) सुन्ने अवसर पाउँछन् र सामुहिक रूपमा जुमाको सलाह पढ्छन्।
जुमाको दिनको महत्वः
साताको महान र उत्कृष्ट दिन जुमा (शुक्रवार) नै हो। अल्लाहले यो दिनलाई रोज्नु भएको छ र अरु समयहरू भन्दा यो समयलाई कैयौं विशेषताको साथ श्रेष्ठता प्रदान पनि गर्नु भएको छ, साथै यो महत्वपूर्ण पनि छ। जस्तैः
यो महत्वपूर्ण दिन अरु समुदायलाई नदिई मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमका अनुयायीहरूका खास गरिएको छ। यस सम्बन्धमा रसूल सल्लल्लाहु अलैहि व सल्लमले भन्नु भएको छः “हामी भन्दा अघिका समुदायले यसलाई पाउन सकेनन्। यहुदीहरूका लागि शनिवार, ईसाइहरूका लागि आइतबार खास गरिएका थिए तर हामी पछि आयौं तै पनि अल्लाहले हामीहरूलाई जुमा (शुक्रवार) को दिन नै प्रदान गर्नु भयो।” (मुस्लिम: ८५६)
यसै दिन आदम अलैहिस्सलामलाई सृष्टि गरियो र यसै दिन महाप्रलय हुनेछ। रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भएको छः “सर्वोत्तम बार शुक्रवार (जुमा) को दिन नै हो। यसै दिन आदम अलैहिस्सलामको सृष्टि गरियो, यसै दिन स्वर्गमा प्रवेश गराइयो, यसै दिन त्यहाँबाट निकालियो र यसै जुमाको दिन महाप्रलय हुनेछ।” (मुस्लिम: ८५४)
कुन व्यक्तिहरूमाथि जुमाको सलाह अनिवार्य छ?
जुमाको सलाह अगाडि नुहाइ-धुवाई गर्नु, सुन्दर पोशाकमा चिटिक्क परेर र अत्तर (सुगन्ध) छर्केर खुत्बा पूर्व नै मस्जिद पुग्नु उत्तम हो।
मुस्लिमहरु ठूलो मस्जिद(जामे मस्जिद) मा भेला हुन्छन्, इमामले मिम्बर (मन्च) माथि चढेर दुई पटक धर्मोपदेश (खुत्बा) दिन्छन्, खुत्बामा अल्लाहको भय, आत्मसंयम र सच्चाइको कुरा गर्नु पर्ने हुन्छ। दुबै खुत्बाको बीचमा बसेर क्षणिक विश्राम गर्नु पर्छ।
सम्पूर्ण उपस्थित महानुभावहरूले इमामको खुत्बा र धर्म उपदेशलाई ध्यानपूर्वक सुन्नु पर्दछ। कुराकानी र अन्य कुरामा ध्यानाकर्षण गर्नु हुँदैन। जस्तैः गलैचा, कपडा, माटो, ढुङ्गा आदिसित खेल्नु पनि हराम गरिएको छ।
जसको जुमाको सलाह छुट्छ
जुमाको सलाह सामुहिक रुपमा पढ्नु अनिवार्य छ, एक्लो व्यक्तिमाथि अनिवार्य छैन। त्यसैले कारणवश कसैको जुमाको सलाह छुट्यो वा ढिलो पुग्यो भने उसले जुहरको सलाह पढ्नु पर्दछ।
जसले जुमाको सलाहमा ढिलो गर्यो
जुमाको सलाहमा ढिलो गयो र इमामको साथमा एक रकात पनि पाउन सकेन भने उसले जुहरको सलाह पढ्नु पर्दछ।
जुन व्यक्तिहरूमाथि जुमाको सलाह अनिवार्य छैन, जस्तैः महिला र यात्रु, यदि; उनीहरूले जमातका साथ जुमाको सलाह पढ्छन् भने उनीहरूको सलाह सही हुनेछ र जुहरको सलाह पढ्नु पर्दैन।
जुमा (शुक्रबार) को सलाहमा उपस्थित हुनु अनिवार्य छ
जुन व्यक्तिहरूका लागि जुमाको सलाह अनिवार्य गरिएको छ, उनीहरूलाई जुमाको लागि हाजिर हुनु एकदम जरुरी छ र बिना कुनै नितान्त कारण यसलाई कदापि छोड्नु हुँदैन। अल्लाहले भन्नु भएको छः (يَا أَيُّهَا الَّذِينَ آمَنُوا إِذَا نُودِيَ لِلصَّلَاةِ مِنْ يَوْمِ الْجُمُعَةِ فَاسْعَوْا إِلَى ذِكْرِ اللهِ وَذَرُوا الْبَيْعَ ذَلِكُمْ خَيْرٌ لَكُمْ إِنْ كُنْتُمْ تَعْلَمُون) (الجمعة 9). अर्थः “हे आस्थावानहरू हो ! जुमाको दिन अजान सुन्ने बित्तिकै व्यवासय र कामकाज बन्द गर र मस्जिदतर्फ जाऊ। यदि तिमीहरू ज्ञान राख्छौ भने यसैमा नै तिमीरूको फाइदा छ।” (सूरह अल्-जुमुआ: ६२/९)
बिना कुनै कारण जुमाको सलाह नपढ्ने व्यक्तिलाई अल्लाहले के गर्नुहुन्छ?
सांसारिक कामकाजमा लिप्त हुने र बिना कुनै नितान्त कारण जुमाको सलाहमा उपस्थित नहुनेहरूको हृदयमाथि मोहर लगाई दिने चेतावनी दिइएको छ। रसूल सल्लल्लाहु अलैहि व सल्लमले भन्नु भएको छः “जसले तीन जुमाको सलाह बिना कारण पढेन अल्लाहले उसको हृदयमा मोहर लगाई दिनुहुन्छ।” (अबु-दाऊद: १०५२, अहमद: १५४९८) मोहर लगाउनु भनेको उसको हृदयलाई अज्ञानी, कपटी र काफिरहरु झैं कठोर बनाई दिनुहुन्छ।
जुमाबाट अनुपस्थित हुने उचित कारणहरू- सहन शक्ति भन्दा बढी कष्ट हुनु, व्यापार र स्वास्थ्यमा ठूलो आघात पुग्ने खतरा हुनु, जस्तै… रोग र आपतकालीन अवस्थाहरू आदि।
के जागिर र व्यवसाय जुमाबाट अनुपस्थित हुने कारण बन्न सक्छ?
जुन व्यक्तिहरूमाथि जुमाको सलाह अनिवार्य छ, उनीहरूले कुनै दैनिक कामकाजले जुमाको सलाह छोड्नु वैध छैन, तर दुई अवस्थामा जायज छ-
जुमाको सलाह नपढ्न कसलाई छुट छ?
१) ठूलो हित लुकेको कुनै काम हुनुपर्छ, जसलाई उसको अनुपस्थितिमा प्राप्त गर्न सकिदैन, अन्यथा मानिसको ज्यान जान सक्छ वा करोडौंको घाटा हुन सक्छ र यो कार्यभार सम्हाल्ने उसको कोही नायब पनि छैन।
उदाहरणहरूः
जुमाको सलाह नपढ्न कसलाई छुट छ?
२- यदि साहुले जुमाको लागि फुर्सद दिदैन र त्यो काम नै उसको आहारको असल श्रोत छ, यो बाहेक अन्य जागिर पनि पाउन गाह्रो छ, जागिर छोड्यो भने आफू र आफ्नो घरपरिवारको दुई छाक टार्न धौ-धौ पर्ने अवस्था सृजना हुने डर छ भने अर्को जागिर नभेटुन्जेल वा स-परिवारको गाँसबासको राम्रो व्यवस्था नहुन्जेल जुमाको सलाह छोड्न सकिन्छ। यसको साथसाथै उसले छिटोभन्दा छिटो त्यस्तो कामको खोजी गर्नु पर्दछ जसबाट उसलाई जुमाको सलाह पढ्न कुनै अवरोध नहोस्।
اختر مستوى الشرح المناسب لك
يحتوي الدرس الآن على طبقات اختيارية تساعدك على المراجعة السريعة أو التعمق دون مغادرة الدرس.
- الملخص: نظرة سريعة في نحو دقيقة.
- الأساسي: محتوى الدرس الأصلي وهو المسار المعتمد للتقدم.
- المتعمق: تفاصيل إضافية اختيارية عند توفرها.
تقدمك وإكمال الدرس يعتمدان دائما على صفحات المستوى الأساسي.