Model: हालको खण्ड
पाठ जकात निकाल्नु पर्ने धन-सम्पत्तिहरू
कुन धन-सम्पत्तिमा दान अनिवार्य छ?
अल्लाहले व्यक्तिगत प्रयोगमा नआउने तथा व्यवसाय र वृद्धिको उद्देश्यले राखिएका मालसामानहरूमा मात्र दान अनिवार्य गर्नु भएको छ। यी यस प्रकार छन्…
सुन र चाँदी जबसम्म इस्लामले तोकेको निसाब (परिमाण) बराबर हुँदैन र त्यसमाथि चन्द्रमाको हिसाबले एक वर्ष (३५४ दिन) बित्दैन, तबसम्म त्यसमा जकात छैन।
सुन र चाँदीमा जकातको निसाब (परिमाण) यस प्रकार छन्-
यदि कुनै मुस्लिमसँग उल्लेखित मात्रामा सुन वा चाँदी छ र चन्द्रमाको हिसाबले एक वर्ष (३५४ दिन) बितिसकेको छ भने २.५% (साढे दुई प्रतिशत) को दरले जकात निकाल्नु पर्दछ।
यस अन्तर्गत नगदी जिन्सी र सबै किसिमका मुद्रा पर्दछन् चाहे त्यो घरमा होस् वा बैंकमा होस्।
नगद पैसालाई सुनको हिसाबले निकाल्नु पर्दछ, यदि पैसा ८५ ग्राम सुनको मूल्य बराबर वा त्यो भन्दा बढी छ र चन्द्रमाको हिसाबले एक वर्ष (३५४ दिन) बितिसकेको छ भने २.५% (साढे दुई प्रतिशत) को दरले आफूसँग भएको सम्पूर्ण नगद जिन्सी तथा धन-सम्पत्तिबाट जकात निकाल्नु पर्दछ।
धन-सम्पत्तिमा जकातको मात्राको हिसाब गर्ने तरिका
व्यवसाय र बेच्नका लागि राखिएका वस्तुहरू, जस्तै- घर, जग्गा, जमीन, पसल, खाने चीजबीज इत्यादि।
व्यवसायिक वस्तुहरूमा जकात निकाल्ने तरिका
अल्लाहले भन्नु भएको छ- :(يَا أَيُّهَا الَّذِينَ آمَنُوا أَنْفِقُوا مِنْ طَيِّبَاتِ مَا كَسَبْتُمْ وَمِمَّا أَخْرَجْنَا لَكُمْ مِنَ الْأَرْض) (البقرة: 267). अर्थः “हे आस्थावानहरू हो ! तिमीहरूले आर्जन गरेका र हामीले तिमीहरूका निम्ति भूमिबाट उत्पादित गरेका वस्तुहरूमध्ये उत्तम वस्तुहरू खर्च गर।” (सूरह अल्-बकरह: २/२६७)
भूमिबाट उत्पादित केही पैदावारहरू इस्लामले बताए अनुसार एउटा निश्चित मात्रामा उब्जेको छ भने त्यसमा जकात छ, सबैमा छैन।
त्यसैगरी वर्षाको पानीले वा सिँचाईद्वारा उत्पादित भएको वस्तुहरूमा मानिसहरूको अवस्था अनुसार जकात निकाल्दा परिमाणमा फरक गरिएको छ।
बालीनाली र फलफूलमा जकात निकाल्न अनिवार्य हुने सर्तहरू
१- उत्पादन जकातको पैमानासम्म पुगेको हुनुपर्छ
२- फल तथा खेती त्यस किसिमको हुनुपर्छ जसमा जकात अनिवार्य छ।
३- त्यसको कटाइ भएर भित्रिई सकेको हुनुपर्छ।
पशु तथा चौपायाको तात्पर्य ती वस्तुभाउ हुन् जसबाट मानिसले लाभ उठाउँछन्; जस्तै गाई, भेडा, बाख्रा, ऊँट इत्यादि।
अल्लाहले चौपाया तथा बस्तुभाउलाई सृष्टि गरेर मानिसहरूमाथि ठूलो कृपा गर्नुभएको छ, ताकि मानिसहरूले तिनका मासु खान सकुन्, ऊनबाट लत्ता-कपडा बनाउन सकुन् र तिनिहरूमा बसेर यात्रा गर्न सकुन् र यात्रामा आफ्ना सामानहरू लादेर लैजान सकुन्। कुर्आनमा भनिएको छः (وَالْأَنْعَامَ خَلَقَهَا لَكُمْ فِيهَا دِفْءٌ وَمَنَافِعُ وَمِنْهَا تَأْكُلُونَ • وَلَكُمْ فِيهَا جَمَالٌ حِينَ تُرِيحُونَ وَحِينَ تَسْرَحُونَ • وَتَحْمِلُ أَثْقَالَكُمْ إِلَى بَلَدٍ لَمْ تَكُونُوا بَالِغِيهِ إِلَّا بِشِقِّ الْأَنْفُسِ إِنَّ رَبَّكُمْ لَرَءُوفٌ رَحِيمٌ) (النحل: 5-7). अर्थः “चौपायाहरूलाई पनि उहाँले नै सृष्टि गर्नुभएको हो, जसबाट तिमीहरूलाई न्यानो पहिरन प्राप्त हुन्छ र अन्य धेरै फाइदाहरू छन्, अनि ती मध्ये केहीलाई तिमीले खान्छौ र तिनिहरूबाट घरको रौनक (सुन्दरता) पनि हुन्छ, चराउन लैजाँदा र चराएर घर फर्काएर ल्याउँदा पनि। अनि तिनिहरूले तिम्रो भारी ती सहरहरूसम्म बोक्छन्, जहाँ तिमी धेरै मेहनत नगरी पुग्न सक्दैनौं । निःसन्देह तिम्रो पालनकर्ता अत्यन्त कृपालु, धेरै दयावान् हुनुहुन्छ।” (सूरतुन्-नहलः १६/ ५-७)