Model: हालको खण्ड
पाठ जकात निकाल्नु पर्ने धन-सम्पत्तिहरू
कुन धन-सम्पत्तिमा दान अनिवार्य छ?
व्यक्तिगत प्रयोगमा आउने चीजबीज र सरसामानहरूमा दान (जकात) अनिवार्य छैन, जस्तै- घर चाहे जतिसुकै महँगो होस्, गाडी चाहे जतिसुकै विलासी होस्। त्यस्तै लुगाफाटा र खानपिनमा जकात अनिवार्य छैन।
अल्लाहले व्यक्तिगत प्रयोगमा नआउने तथा व्यवसाय र वृद्धिको उद्देश्यले राखिएका मालसामानहरूमा मात्र दान अनिवार्य गर्नु भएको छ। यी यस प्रकार छन्…
सुन र चाँदी जबसम्म इस्लामले तोकेको निसाब (परिमाण) बराबर हुँदैन र त्यसमाथि चन्द्रमाको हिसाबले एक वर्ष (३५४ दिन) बित्दैन, तबसम्म त्यसमा जकात छैन।
सुन र चाँदीमा जकातको निसाब (परिमाण) यस प्रकार छन्-
यदि कुनै मुस्लिमसँग उल्लेखित मात्रामा सुन वा चाँदी छ र चन्द्रमाको हिसाबले एक वर्ष (३५४ दिन) बितिसकेको छ भने २.५% (साढे दुई प्रतिशत) को दरले जकात निकाल्नु पर्दछ।
यस अन्तर्गत नगदी जिन्सी र सबै किसिमका मुद्रा पर्दछन् चाहे त्यो घरमा होस् वा बैंकमा होस्।
नगद पैसालाई सुनको हिसाबले निकाल्नु पर्दछ, यदि पैसा ८५ ग्राम सुनको मूल्य बराबर वा त्यो भन्दा बढी छ र चन्द्रमाको हिसाबले एक वर्ष (३५४ दिन) बितिसकेको छ भने २.५% (साढे दुई प्रतिशत) को दरले आफूसँग भएको सम्पूर्ण नगद जिन्सी तथा धन-सम्पत्तिबाट जकात निकाल्नु पर्दछ।
धन-सम्पत्तिमा जकातको मात्राको हिसाब गर्ने तरिका
सुनको भाउ घटबढ् भइ रहन्छ, त्यसैले नगद तथा जिन्सी सामानको जकातको परिमाण पनि समय समयमा फरक हुन सक्छ। उदाहरणको लागि जकात अनिवार्य भएको बेला यदि एक ग्राम सुनको मूल्य २५ डलर छ भने जकातको निसाब (परिमाण) यस प्रकार हुनेछ- २५ × ८५ = २,१२५ डलर नगद पैसा तथा त्यस बराबरको नगदी जिन्सीको निसाब (परिमाण) पुगेपछि जकात अनिवार्य हुन्छ।
व्यवसाय र बेच्नका लागि राखिएका वस्तुहरू, जस्तै- घर, जग्गा, जमीन, पसल, खाने चीजबीज इत्यादि।
व्यवसायिक वस्तुहरूमा जकात निकाल्ने तरिका
यसको जकात निकाल्ने तरिका- एक वर्ष बिति सकेपछि सम्पूर्ण व्यवसयिक सामग्रीहरूलाई चालु वर्षको दरले मूल्यांकन गर्नु पर्दछ। यदि ८५ ग्राम सुन बराबर वा त्यो भन्दा बढी रकम छ भने (साढे दुई प्रतिशत) २.५% को दरले आफूसँग भएका सम्पूर्ण सम्पत्तिबाट जकात निकाल्नु पर्छ।
अल्लाहले भन्नु भएको छ- :(يَا أَيُّهَا الَّذِينَ آمَنُوا أَنْفِقُوا مِنْ طَيِّبَاتِ مَا كَسَبْتُمْ وَمِمَّا أَخْرَجْنَا لَكُمْ مِنَ الْأَرْض) (البقرة: 267). अर्थः “हे आस्थावानहरू हो ! तिमीहरूले आर्जन गरेका र हामीले तिमीहरूका निम्ति भूमिबाट उत्पादित गरेका वस्तुहरूमध्ये उत्तम वस्तुहरू खर्च गर।” (सूरह अल्-बकरह: २/२६७)
भूमिबाट उत्पादित केही पैदावारहरू इस्लामले बताए अनुसार एउटा निश्चित मात्रामा उब्जेको छ भने त्यसमा जकात छ, सबैमा छैन।
त्यसैगरी वर्षाको पानीले वा सिँचाईद्वारा उत्पादित भएको वस्तुहरूमा मानिसहरूको अवस्था अनुसार जकात निकाल्दा परिमाणमा फरक गरिएको छ।
बालीनाली र फलफूलमा जकात निकाल्न अनिवार्य हुने सर्तहरू
१- उत्पादन जकातको पैमानासम्म पुगेको हुनुपर्छ
नबी सल्लल्लाहु अलैहि वसल्लमले जुन माल जकातको पैमानासम्म पुगेका छन् तिनमा जकात अनिवार्य गर्नुभएको छ र त्यसको मात्रा पनि निर्धारण गर्नुभएको छ। तर जकातको पैमानासम्म नपुगेका मालमा जकात अनिवार्य छैन। उहाँ सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभएको छः “पाँच वसक भन्दा कम खजुरमा जकात अनिवार्य छैन।” (बुखारीः १४५९, मुस्लिमः ९८०) वसक एउटा पैमाना हो, गहुँ र चामल आदि जस्ता अन्न बालीमा लगभग ५८०-६०० किलोग्राम बराबर हुन्छ, त्यसैले यो भन्दा कम पैमानाको अन्नमा जकात अनिवार्य छैन।
२- फल तथा खेती त्यस किसिमको हुनुपर्छ जसमा जकात अनिवार्य छ।
जकात कृषिका त्यसता उत्पादनहरूमा अनिवार्य छ, जसलाई संचय गरेर बचाएर राख्न सकिन्छ। जस्तै- गहुँ, जौ, धान, किसमिस, खजूर, मकै, कोदो इत्यादि। फलफूल, तरकारी आदि जस्ता बचाएर संचय गरी राख्न नमिल्ने अन्य उत्पादनमा जकात अनिवार्य छैन। जस्तै- खरबूजा, अनार, सागसब्जी, आलु, इत्यादि
३- त्यसको कटाइ भएर भित्रिई सकेको हुनुपर्छ।
जकात ती फल तथा अन्नहरूमा अनिवार्य छ जसलाई काटेर वा टिपेर भित्राई सकिएको छ। यो वर्ष पुरा हुनुपर्ने कुरासँग सम्बन्धित छैन। यदि खेती वर्षमा दुई पटक काटिन्छ वा दुई खेती गरिन्छ भने प्रत्येक पटको कटाइबाट जकात निकाल्नु पर्छ। तर कुनै खेतीको एक पटक जकात निकालि सकिएको छ र त्यसलाई धेरै वर्षसम्म संचित गरेर राखिन्छ भने त्यसमा प्रत्येक वर्ष जकात निकाल्नु पर्दैन, एक पटक निकालेको भए पुग्छ।
पशु तथा चौपायाको तात्पर्य ती वस्तुभाउ हुन् जसबाट मानिसले लाभ उठाउँछन्; जस्तै गाई, भेडा, बाख्रा, ऊँट इत्यादि।
अल्लाहले चौपाया तथा बस्तुभाउलाई सृष्टि गरेर मानिसहरूमाथि ठूलो कृपा गर्नुभएको छ, ताकि मानिसहरूले तिनका मासु खान सकुन्, ऊनबाट लत्ता-कपडा बनाउन सकुन् र तिनिहरूमा बसेर यात्रा गर्न सकुन् र यात्रामा आफ्ना सामानहरू लादेर लैजान सकुन्। कुर्आनमा भनिएको छः (وَالْأَنْعَامَ خَلَقَهَا لَكُمْ فِيهَا دِفْءٌ وَمَنَافِعُ وَمِنْهَا تَأْكُلُونَ • وَلَكُمْ فِيهَا جَمَالٌ حِينَ تُرِيحُونَ وَحِينَ تَسْرَحُونَ • وَتَحْمِلُ أَثْقَالَكُمْ إِلَى بَلَدٍ لَمْ تَكُونُوا بَالِغِيهِ إِلَّا بِشِقِّ الْأَنْفُسِ إِنَّ رَبَّكُمْ لَرَءُوفٌ رَحِيمٌ) (النحل: 5-7). अर्थः “चौपायाहरूलाई पनि उहाँले नै सृष्टि गर्नुभएको हो, जसबाट तिमीहरूलाई न्यानो पहिरन प्राप्त हुन्छ र अन्य धेरै फाइदाहरू छन्, अनि ती मध्ये केहीलाई तिमीले खान्छौ र तिनिहरूबाट घरको रौनक (सुन्दरता) पनि हुन्छ, चराउन लैजाँदा र चराएर घर फर्काएर ल्याउँदा पनि। अनि तिनिहरूले तिम्रो भारी ती सहरहरूसम्म बोक्छन्, जहाँ तिमी धेरै मेहनत नगरी पुग्न सक्दैनौं । निःसन्देह तिम्रो पालनकर्ता अत्यन्त कृपालु, धेरै दयावान् हुनुहुन्छ।” (सूरतुन्-नहलः १६/ ५-७)
पशु तथा चौपायाको जकातका सामान्य सर्तहरू
اختر مستوى الشرح المناسب لك
يحتوي الدرس الآن على طبقات اختيارية تساعدك على المراجعة السريعة أو التعمق دون مغادرة الدرس.
- الملخص: نظرة سريعة في نحو دقيقة.
- الأساسي: محتوى الدرس الأصلي وهو المسار المعتمد للتقدم.
- المتعمق: تفاصيل إضافية اختيارية عند توفرها.
تقدمك وإكمال الدرس يعتمدان دائما على صفحات المستوى الأساسي.