Model: हालको खण्ड
पाठ रोजा (व्रत) भङ्ग गर्ने कार्यहरू
रोजा (व्रत) भङ्ग गर्ने कार्यहरू
यी त्यस्ता कार्यहरू छन्, जसले रोजा (व्रत) लाई भङ्ग गरिदिन्छन्; तसर्थ ती कार्यहरूबाट जोगिनु अनिवार्य छ।
अल्लाहले भन्नु भएको छः (وَكُلُوا وَاشْرَبُوا حَتَّى يَتَبَيَّنَ لَكُمُ الْخَيْطُ الْأَبْيَضُ مِنَ الْخَيْطِ الْأَسْوَدِ مِنَ الْفَجْرِ ثُمَّ أَتِمُّوا الصِّيَامَ إِلَى اللَّيْل) (البقرة: 187). अर्थः “तिमीले तबसम्म खानपिन गर जबसम्म प्रातः कालको सेतो धर्को (रातीको) कालो धर्को बाट स्पष्ट हुँदैन (अथवा फज्रको अजानसम्म) । अनि साँझ (सूर्यास्त) सम्म व्रत बस।” (सूरह अल्-बकरह: २/१८७)
तर, कसैल भूलचुकले खानपिन गर्यो भने उसको व्रत (रोजा) सही हुन्छ र केही पाप हुँदैन। रसूल सल्लल्लाहु अलैहि व सल्लमले भन्नु भएको छः “यदि कसैले बिर्सेर खानपिन गर्यो भने केही आपत्ति छैन, उसले आफ्नो व्रत पूरा गरोस्, किनभने अल्लाहले उसलाई खानपिन गराउनु भएको छ।” (बुखारी: १८३१, मुस्लिम: ११५५)
२) खानपिनसँग सम्बन्धित वा सट्टामा प्रयोग हुने चीजहरू-
३) पती र पत्नी बीचको सम्भोगपछि, चाहे कसैको वीर्य स्खलन होस् वा नहोस्।
४) हस्त मैथुन वा कुनै तरिकाले जानी जानी वीर्य स्खलन गर्नु।
तर सपनामा भएको वीर्य स्खलनले व्रत भङ्ग हुँदैन। यदि पुरुषलाई आफूमाथि नियन्त्रण गर्ने क्षमता छ भने ब्रतको अवस्थामा पनि श्रीमतीलाई चुम्मा गर्दा केही फरक पर्दैन।
५) जानेर बान्ता गर्नु-
यदि आफै बान्ता भयो भने व्रत भङ्ग हुँदैन। रसूल सल्लल्लाहु अलैहि व सल्लमले भन्नु भएको छः “जसलाई ब्रतको अवस्थामा बान्ता आयो उसले कजा गर्नु (पुनः रोजा राख्नु) पर्दैन तर जसले जानेर बान्ता गर्यो, उसले कजा गर्नु पर्दछ।” (तिर्मिजी: ७२०, अबु-दाऊद: ३२८०)
६) महिनावारी वा सुत्केरीको रगत निस्कनु-
सूर्यास्त हुनुभन्दा अगाडि महिनावारी वा सुत्केरीको रगत देखियो भने व्रत भङ्ग हुन्छ र दिनको अन्तिम समयमा पवित्र भएको छ भने पनि त्यस दिनको व्रत बस्न हुँदैन। रसूल सल्लल्लाहु अलैहि व सल्लमले भन्नु भएको छः “महिनावारीको अवधिमा महिलाले सलाह पढ्न र व्रत बस्न हुँदैन, होइन त?” (बुखारी : १८५०)
तर महिनावारी र सुत्केरी बाहेक कुनै रोगको कारणले गर्दा रगत निस्केको छ भने व्रत बस्नमा कुनै रोकतोक हुँदैन। एउटा पवित्र महिलाले जस्तै प्रत्येक काम गर्नु पर्छ।
اختر مستوى الشرح المناسب لك
يحتوي الدرس الآن على طبقات اختيارية تساعدك على المراجعة السريعة أو التعمق دون مغادرة الدرس.
- الملخص: نظرة سريعة في نحو دقيقة.
- الأساسي: محتوى الدرس الأصلي وهو المسار المعتمد للتقدم.
- المتعمق: تفاصيل إضافية اختيارية عند توفرها.
تقدمك وإكمال الدرس يعتمدان دائما على صفحات المستوى الأساسي.