सिक्न जारी राख्नुहोस्

तपाईं लगइन हुनुभएको छैन ।
तपाईंको प्रगति जारी राख्न, प्वाइन्टहरू संकलन गर्न र प्रतिस्पर्धाहरूमा प्रवेश गर्नको लागि “ता प्लेटफर्म” (Learning Islam) मा अहिल्यै दर्ता गर्नुहोस्। दर्ता पछि तपाईंले आफूले सिकेको विषयहरूको इलेक्ट्रोनिक (अनलाइन) प्रमाणपत्र प्राप्त गर्नुहुनेछ।

Model: हालको खण्ड

पाठ अल्लाहद्वारा रोजा (व्रत) छोड्ने अनुमति पाएका व्यक्तिहरू

अल्लाहले आफ्नो कृपा र करुणाले केही खास किसिमका व्यक्तिहरूका लागि रमजानमा व्रत छोड्ने अनुमति दिनुभएको छ। तपाइँले यस पाठमा तीनै खास किसिमका व्यक्तिहरूको बारेमा जानकारी हासिल गर्नु हुनेछ।

जसलाई अल्लाहले रमजानमा व्रत छोड्ने अनुमति दिनु भएको छ, ती व्यक्तिहरूको बारेमा जानकारी हासिल गर्नुहोस्।

Count: अन्य विद्यार्थीहरूले यो पाठ पूरा गरे

ती व्यक्तिहरू जसलाई अल्लाहले व्रत छोड्ने दिनुभएको अनुमति छ

अल्लाहले आफ्नो कृपा र करुणाले केही अशक्त व्यक्तिहरूका सहजताका लागि व्रत छोड्ने अनुमति दिनुभएको छ, ती यस प्रकार छन्-

१) त्यस्तो बिरामी जसलाई व्रतले गर्दा रोग झन बढ्ने वा निको ढिलो हुने सम्भावना छ।

यस्तो बिरामीले व्रत बस्नु पर्दैन तर निको भइसकेपछि बस्न नपाएको व्रतलाई रमजान पछि कजा गर्नु (पुनः बस्नु) पर्छ, यदि उसको रोग निको हुने सम्भावना छ भने।

२) ब्रत बस्नै नसक्ने तथा वृद्ध-वृद्धा

अशक्त, वृद्ध-वृद्धा वा कहिल्यै निको नहुने रोगबाट ग्रस्त बिरामीले ब्रत बस्नु पर्दैन, बरु हरेक दिनको बदलामा एउटा गरीबलाई पेट भरी (साढे एक किलो बराबर) खाना खुवाउनु पर्छ।

३) महिनावारी वा सुत्केरी भएकी महिलाहरू

यस्ता महिलाले अपवित्र भएको अवस्थामा व्रत बस्नु अवैध छ, तर बस्न नपाएको अथवा छुटेको व्रतलाई रमजानपछि कजा (पूरा) गर्नु पर्छ।

४) गर्भवती र स्तनपान गराउने महिलाहरू

यदि स्वयम् गर्भवती वा स्तनपान गराउने महिलालाई वा उनको बच्चालाई असर गर्ने खतरा छ भने उनले व्रत छोड्न सक्छिन् र छुटेको व्रतलाई रमजानपछि पुनः बस्न सक्छिन्। अनस बिन मालिक रजियल्लाहु अन्हुद्वारा वर्णन गरिएको छ, अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भयोः “बस म तिमीलाई व्रतको बारेमा बताउँछु, निःसन्देह अल्लाहले यात्रुको लागि आधा सलाह (नमाज) माफ गरि दिनु भएको छ र उसलाई (यात्रुलाई) अनि गर्भवती र स्तनपान गराउने महिलाको लागि व्रत छोड्न छुट दिनु भएको छ।” (इब्ने माजाः१६६७)

५) यात्री

यात्रा गर्दै गरेको वा चार दिन भन्दा कम अवधिको लागि यात्रा विश्राम गरेको यात्रीले व्रत नबस्नु जायज छ, तर छुटेको व्रतलाई कजा (पूरा) गर्नु पर्छ।

यस सम्बन्धमा अल्लाहले भन्नु भएको छः (وَمَنْ كَانَ مَرِيضًا أَوْ عَلَى سَفَرٍ فَعِدَّةٌ مِنْ أَيَّام أُخَرَ يُرِيدُ اللهُ بِكُمُ الْيُسْرَ وَلَا يُرِيدُ بِكُمُ الْعُسْرَ) (البقرة: 185). अर्थः “बिरामी वा यात्रीले बस्न नपाएको व्रतलाई पछि पूरा गर्दा हुन्छ। अल्लाह तिमीहरुका लागि सहजता चाहनु हुन्छ, कष्ट दिन चाहनु हुन्न।” (सूरह अल्-बकरह: २/१८५)

रमजानमा ब्रत भङ्ग गर्ने व्यक्तिको लागि के हुकुम छ?

यदि कसैले बिना कुनै कारण रमजानको दिनमा व्रत भङ्ग गरेको छ, भने उसले अल्लाहको समक्ष आफ्नो पाप र अवज्ञाको तौबा (प्रायश्चित) गर्नु पर्दछ र त्यस दिनको कजा गर्नु (पुनः व्रत राख्नु) पनि पर्दछ। यदि कसैले सम्भोग गरेर व्रत भङ्ग गरेको छ, उसले कजा गर्नुका साथै कफ्फारा (जरिवाना) पनि दिनु पर्छ। कफ्फारा: एउटा गुलाम (दास) आजाद गर्नु पर्छ, दास पाएन भने दुई महिना लगातार व्रत बस्नु पर्छ र यसको शक्ति छैन भने साठी जना गरीबलाई खाना खुवाउनु पर्छ। इस्लामले धेरै जसो अवस्थामा मानव अधिकारको लागि दासलाई मुक्त पर्ने आदेश दिएको छ।

तपाईंले पाठ सफलता पूर्वक पूरा गर्नुभयो


परीक्षा सुरु गर्नुहोस्