Model: हालको खण्ड
पाठ अल्लाहद्वारा रोजा (व्रत) छोड्ने अनुमति पाएका व्यक्तिहरू
ती व्यक्तिहरू जसलाई अल्लाहले व्रत छोड्ने दिनुभएको अनुमति छ
यस्तो बिरामीले व्रत बस्नु पर्दैन तर निको भइसकेपछि बस्न नपाएको व्रतलाई रमजान पछि कजा गर्नु (पुनः बस्नु) पर्छ, यदि उसको रोग निको हुने सम्भावना छ भने।
अशक्त, वृद्ध-वृद्धा वा कहिल्यै निको नहुने रोगबाट ग्रस्त बिरामीले ब्रत बस्नु पर्दैन, बरु हरेक दिनको बदलामा एउटा गरीबलाई पेट भरी (साढे एक किलो बराबर) खाना खुवाउनु पर्छ।
यस्ता महिलाले अपवित्र भएको अवस्थामा व्रत बस्नु अवैध छ, तर बस्न नपाएको अथवा छुटेको व्रतलाई रमजानपछि कजा (पूरा) गर्नु पर्छ।
यदि स्वयम् गर्भवती वा स्तनपान गराउने महिलालाई वा उनको बच्चालाई असर गर्ने खतरा छ भने उनले व्रत छोड्न सक्छिन् र छुटेको व्रतलाई रमजानपछि पुनः बस्न सक्छिन्। अनस बिन मालिक रजियल्लाहु अन्हुद्वारा वर्णन गरिएको छ, अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भयोः “बस म तिमीलाई व्रतको बारेमा बताउँछु, निःसन्देह अल्लाहले यात्रुको लागि आधा सलाह (नमाज) माफ गरि दिनु भएको छ र उसलाई (यात्रुलाई) अनि गर्भवती र स्तनपान गराउने महिलाको लागि व्रत छोड्न छुट दिनु भएको छ।” (इब्ने माजाः१६६७)
यात्रा गर्दै गरेको वा चार दिन भन्दा कम अवधिको लागि यात्रा विश्राम गरेको यात्रीले व्रत नबस्नु जायज छ, तर छुटेको व्रतलाई कजा (पूरा) गर्नु पर्छ।
यस सम्बन्धमा अल्लाहले भन्नु भएको छः (وَمَنْ كَانَ مَرِيضًا أَوْ عَلَى سَفَرٍ فَعِدَّةٌ مِنْ أَيَّام أُخَرَ يُرِيدُ اللهُ بِكُمُ الْيُسْرَ وَلَا يُرِيدُ بِكُمُ الْعُسْرَ) (البقرة: 185). अर्थः “बिरामी वा यात्रीले बस्न नपाएको व्रतलाई पछि पूरा गर्दा हुन्छ। अल्लाह तिमीहरुका लागि सहजता चाहनु हुन्छ, कष्ट दिन चाहनु हुन्न।” (सूरह अल्-बकरह: २/१८५)