Model: हालको खण्ड
पाठ ईदुल्-फित्र र ईदुल-अद्हा
ईदुल्-फित्र
ईदुल्-फित्रको दिन के-के गरिन्छ?
ईदको दिन पर्वको खर्च भन्दा बढी खाद्यान्न, जस्तै- गहुँ, चामल, मकै, खजुर, इत्यादि घरमा छ भने त्यस्तो व्यक्तिले अनिवार्य रूपमा जकातुल्-फित्र निकालेर गरिबलाई इस्लामले तोके बमोजिम एक साअ (लगभग तिन किलोसम्म) दान दिनु पर्दछ, ताकि हरेक मुस्लिमको घरदैलोमा पर्वको खुसीयाली छाओस्, ओठमा मीठो मुस्कान होओस् र कसैको अगाडि भीखको लागि हात फैलाउन नपरोस्। अन्नको बदलामा आवश्यकता अनुसार रुपैयाँ पनि दान दिन सकिन्छ।
रमजानको अन्तिम दिन मग्रीबको समयदेखि ईदको सलाहसम्म। परिस्थिति अनुसार ईद भन्दा एक दुई दिन पहिले पनि जकातुल्-फित्र दिन सकिन्छ।
यसको परिमाण गाउँघरमा प्रयोग हुने खानेकुराहरू, जस्तैः गहुँ, चामल, पनिर, खजुर आदिबाट एक साअ नापेर दिने। अर्थात किलोको हिसाबले लगभग तीन किलो खाद्यान्न दानको लागि निकाल्नु पर्दछ।
ईदको दिन पर्वको खर्च भन्दा बढी खाद्यान्न, जस्तै- गहुँ, चामल, मकै, खजुर, इत्यादि घरमा छ भने घरको अभिभावकले आफ्नो र घरमा रहेका सदस्यहरू- श्रीमती, भाइ-बहिनी तथा सम्पूर्ण बच्चाहरूको तर्फबाट त्यहाँको प्रचलित खानेकुराहरू लगभग तीन किलो खाद्यान्न जकातुल्-फित्रको रुपमा दिनु पर्छ। गर्भमा रहेको शिशुको तर्फबाट दान दिनु अनिवार्य त होइन, तर उत्तम हो।
जकातुल्-फित्रको दिनुको उद्देश्य-
ईदुल-अद्हा मुस्लिमहरूको दोस्रो ठूलो ईद र पर्व हो। इस्लामी पात्रो अनुसार बाह्रौं महिना (जुल-हिज्जा) को दशौं दिनमा पर्छ। यसका धेरै विशेषताहरू छन्, ती मध्ये केही यस प्रकार छन्-
१) वर्षको सबैभन्दा उत्तम दिन-
यसमा हज्जका महत्वपूर्ण कामहरू सम्पन्न हुन्छन्, जस्तै- तवाफ, कुर्बानी, जमरातलाई ढुङ्गा (कंकरी) हान्नु इत्यादि।
ईदुल-अद्हा कसरी मनाउनु पर्छ?
अल्लाहको लागि भेंडा, बाख्रा, ऊँट वा गाईको कुर्बानी दिनु। कुर्बानीको समय ईदको सलाहपछि आरम्भ हुन्छ र १३ औं जुल-हिज्जाको मग्रिबसम्म बाँकी रहन्छ। कुर्बानीको सम्बन्धमा अल्लाहले भन्नु भएको छः “आफ्नो प्रतिपालक (अल्लाह) को लागि सलाह पढ र बलि देऊ।” (सूरह अल्-कौसर: १०८/२) सलाहको अभिप्राय ईदको सलाह र बलिको अर्थ कुर्बानी हो।
कुर्बानीको हुकुम-
कुर्बानी गर्ने नीयत गरेको व्यक्तिले जुल-हिज्जाको पहिलो दिनदेखि कुर्बानी गरि नसक्दा सम्म कपाल, नङ्ग र शरीरका कुनै पनि रौं काट्नु हुँदैन।
कुर्बानीका जनावरहरूमा हुनुपर्ने सर्तहरू-
चौपाया अर्थात भेंडा-बाख्रा, ऊँट र गाई मध्ये हुनु पर्दछ। यी जनावर बाहेक कुनै अन्य जनावर वा चराहरूको कुर्बानी दिनु वैध छैन। एउटा भेंडा वा बाख्रा सपरिवारको तर्फबाट पर्याप्त हुन्छ। गाई र ऊँटमा सात जना सामेल हुनु जायज छ।