Model: हालको खण्ड
पाठ ईदुल्-फित्र र ईदुल-अद्हा
ईदुल्-फित्र
“ईदुल्-फित्र” दशौं महिना (शौवाल) को पहिलो दिन पर्दछ, जो रमजान महिनाको ब्रतको समाप्ति पछि आउँछ। यस दिन सदका फित्र दिएर ईदको सलाह पढिन्छ। त्यसैले यसलाई ईदुल्-फित्र भनिन्छ। जसरी रमजान भरी ब्रत बसेर अल्लाहको उपासना गरिन्छ, त्यसरी नै पर्वको दिन ब्रत नबसेर खुसीयाली मनाएर उपासना गरिन्छ। मुस्लिमहरू ब्रत समाप्तिको खुसीयालीमा अल्लाहको कृतज्ञता व्यक्त गर्छन्, किनकि उहाँको कृपा नभएको भए राम्रोसँग ब्रत बस्न त परै जाओस् ब्रतको कल्पना पनि गर्न सकिदैनथ्यो। अल्लाहले भन्नु भएको छः (وَلِتُكْمِلُوا الْعِدَّةَ وَلِتُكَبِّرُوا اللهَ عَلَى مَا هَدَاكُمْ وَلَعَلَّكُمْ تَشْكُرُون) (البقرة: 185). अर्थः “तिमीहरू ब्रतको संख्या पूरा गर र सीधा मार्ग पाएकोमा अल्लाहको प्रशंसा गर। आशा छ तिमीहरू कृतज्ञ बन्नेछौ।” (सूरह अल्-बकरह: २/१८५)
ईदुल्-फित्रको दिन के-के गरिन्छ?
ईदको दिन पर्वको खर्च भन्दा बढी खाद्यान्न, जस्तै- गहुँ, चामल, मकै, खजुर, इत्यादि घरमा छ भने त्यस्तो व्यक्तिले अनिवार्य रूपमा जकातुल्-फित्र निकालेर गरिबलाई इस्लामले तोके बमोजिम एक साअ (लगभग तिन किलोसम्म) दान दिनु पर्दछ, ताकि हरेक मुस्लिमको घरदैलोमा पर्वको खुसीयाली छाओस्, ओठमा मीठो मुस्कान होओस् र कसैको अगाडि भीखको लागि हात फैलाउन नपरोस्। अन्नको बदलामा आवश्यकता अनुसार रुपैयाँ पनि दान दिन सकिन्छ।
रमजानको अन्तिम दिन मग्रीबको समयदेखि ईदको सलाहसम्म। परिस्थिति अनुसार ईद भन्दा एक दुई दिन पहिले पनि जकातुल्-फित्र दिन सकिन्छ।
यसको परिमाण गाउँघरमा प्रयोग हुने खानेकुराहरू, जस्तैः गहुँ, चामल, पनिर, खजुर आदिबाट एक साअ नापेर दिने। अर्थात किलोको हिसाबले लगभग तीन किलो खाद्यान्न दानको लागि निकाल्नु पर्दछ।
ईदको दिन पर्वको खर्च भन्दा बढी खाद्यान्न, जस्तै- गहुँ, चामल, मकै, खजुर, इत्यादि घरमा छ भने घरको अभिभावकले आफ्नो र घरमा रहेका सदस्यहरू- श्रीमती, भाइ-बहिनी तथा सम्पूर्ण बच्चाहरूको तर्फबाट त्यहाँको प्रचलित खानेकुराहरू लगभग तीन किलो खाद्यान्न जकातुल्-फित्रको रुपमा दिनु पर्छ। गर्भमा रहेको शिशुको तर्फबाट दान दिनु अनिवार्य त होइन, तर उत्तम हो।
जकातुल्-फित्रको दिनुको उद्देश्य-
रसूल सल्लल्लाहु अलैहि व सल्लमले “ब्रतको अवस्थामा भएका नचाहिँदा क्रियाकलाप तथा कमी-कमजोरीलाई पूरा गर्न र गरिबहरूका छाक टार्नको लागि जकातुल्-फित्र अनिवार्य गर्नु भएको छ। जसले ईदको सलाह पूर्व दियो उसले जकातुल्-फित्र दियो र जसले ईदपछि दियो उसको सामान्य दान स्वरूप हुनेछ।” (अबु-दाउद: १६०९)
ईदुल-अद्हा मुस्लिमहरूको दोस्रो ठूलो ईद र पर्व हो। इस्लामी पात्रो अनुसार बाह्रौं महिना (जुल-हिज्जा) को दशौं दिनमा पर्छ। यसका धेरै विशेषताहरू छन्, ती मध्ये केही यस प्रकार छन्-
१) वर्षको सबैभन्दा उत्तम दिन-
जुल-हिज्जाको सुरुका १० दिनहरू वर्षकै सबैभन्दा सर्वोत्तम दिनहरू हुन्। रसूल सल्लल्लाहु अलैहि व सल्लमले भन्नु भएको छ- “अल्लाहको दृष्टिमा यी १० दिनका सत्कर्म भन्दा सर्वोत्कृष्ट सत्कर्म अरु केही छैन।” सहबाले सोध्नु भयो- “जिहाद पनि होइन?” उहाँले जवाफ दिनु भयो- “जिहाद पनि होइन, तर कोही आफ्नो ज्यान-मालले जिहाद गर्दा गर्दै शहीद भयो भने जिहाद सर्वोत्कृष्ट हुन्छ।” (बुखारी: ९२६, तिर्मिजी: ७५७)
यसमा हज्जका महत्वपूर्ण कामहरू सम्पन्न हुन्छन्, जस्तै- तवाफ, कुर्बानी, जमरातलाई ढुङ्गा (कंकरी) हान्नु इत्यादि।
ईदुल-अद्हा कसरी मनाउनु पर्छ?
हज्जमा नगएका व्यक्तिहरूले यो ईदुल्-अद्हा पर्व पनि ईदुल्-फित्र जस्तै मनाउनु पर्छ, तर जकातुल्-फित्र दिनु पर्दैन, किनभने यो ईदुल्-फित्रसित गाँसिएको छ। ईदुल-अद्हामा अल्लाहको लागि कुर्बानी दिनु मुस्तहब हो।
अल्लाहको लागि भेंडा, बाख्रा, ऊँट वा गाईको कुर्बानी दिनु। कुर्बानीको समय ईदको सलाहपछि आरम्भ हुन्छ र १३ औं जुल-हिज्जाको मग्रिबसम्म बाँकी रहन्छ। कुर्बानीको सम्बन्धमा अल्लाहले भन्नु भएको छः “आफ्नो प्रतिपालक (अल्लाह) को लागि सलाह पढ र बलि देऊ।” (सूरह अल्-कौसर: १०८/२) सलाहको अभिप्राय ईदको सलाह र बलिको अर्थ कुर्बानी हो।
कुर्बानीको हुकुम-
सक्षम व्यक्तिको लागि यो सुन्नत मुवक्कदा (उत्तम कार्य) हो। मुस्लिमले आफू र आफ्ना परिवारको तर्फबाट कुर्बानी गर्नु पर्दछ।
कुर्बानी गर्ने नीयत गरेको व्यक्तिले जुल-हिज्जाको पहिलो दिनदेखि कुर्बानी गरि नसक्दा सम्म कपाल, नङ्ग र शरीरका कुनै पनि रौं काट्नु हुँदैन।
कुर्बानीका जनावरहरूमा हुनुपर्ने सर्तहरू-
चौपाया अर्थात भेंडा-बाख्रा, ऊँट र गाई मध्ये हुनु पर्दछ। यी जनावर बाहेक कुनै अन्य जनावर वा चराहरूको कुर्बानी दिनु वैध छैन। एउटा भेंडा वा बाख्रा सपरिवारको तर्फबाट पर्याप्त हुन्छ। गाई र ऊँटमा सात जना सामेल हुनु जायज छ।
जनावरलाई कुर्बानी गर्नको लागि हुनुपर्ने उमेर
कुर्बानीको जनावरको उमेर, भेंडा भए ६ महिनाको सानो पाठो, बाख्रा भए एक वर्षको बाख्रा, गाई भए दुई वर्षको र ऊँट भएमा पाँच वर्षको हुनु पर्दछ।
निरोगी र स्पष्ट देखिने खोटहरूबाट शुद्ध हुनु पर्दछ।
कुर्बानीको जनावरमा हुनुपर्ने विशेषताको बारेमा बताउँदै रसूल सल्लल्लाहु अलैहि व सल्लमले भन्नु भएको छः “चार किसिमका खोट भएको जनावरको कुर्बानी हुँदैन, काना, रोगी, लङ्गडो र अत्यन्तै दुब्लो।” (निसाई: ४३७१, तिर्मिजी: १४९७)
कुर्बानीको मासुलाई के गर्नु पर्छ?
اختر مستوى الشرح المناسب لك
يحتوي الدرس الآن على طبقات اختيارية تساعدك على المراجعة السريعة أو التعمق دون مغادرة الدرس.
- الملخص: نظرة سريعة في نحو دقيقة.
- الأساسي: محتوى الدرس الأصلي وهو المسار المعتمد للتقدم.
- المتعمق: تفاصيل إضافية اختيارية عند توفرها.
تقدمك وإكمال الدرس يعتمدان دائما على صفحات المستوى الأساسي.