Model: हालको खण्ड
पाठ जाडो र पवित्रता
वर्षाको पानी शुद्ध, पवित्र र अरूलाई शुद्ध पार्ने योग्य हुन्छ । अल्लाहले भन्नुभएको छ: {وَأَنَزَلنَا مِنَ السَّمَاءِ مَاءً طَهُوراً} (الفرقان:48)، अर्थः "र हामीले आकाशबाट शुद्ध पानी बर्सायौं ।" (फुरकान: 48) त्यसैगरी, मस्जिदतर्फ जादा नमाजीहरूको लुगा र जुत्तामा सडकको फोहोर टाँसिएको छ वा हिलो इत्यादिको निशान बाँकी छ भने केही फरक पर्दैन, किनभने त्यो पवित्र हो ।
जाडोको चिसोमा पूर्ण तरिकाले वोजू गर्नु :
चिसो वा तातो पानीको बावजूद पनि पूर्ण तरिकाले वोजू गर्नु ठूलो सत्कर्म हो । रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभएको छ: "के म तिमीहरूलाई त्यो सत्कर्म नबताउँ, जसद्वारा अल्लाहले पापहरू मेटाउनु हुन्छ र दर्जाहरू बढाउनु हुन्छ ? तिनीहरूले भने: अवश्य बताउनुस्, हे अल्लाहका रसूल ! उहाँले भन्नुभयो: कठीन हुँदा पनि पूर्ण रूपमा वोजू गर्नु, मस्जिदतर्फ बारम्बार जानु र एक सलाह (नमाज) पछि अर्को सलाहको लागि प्रतिक्षा गर्नु, यो नै रिबात हो ।" (मुस्लिम : २५१)
चिसोले गर्दा पूर्ण तरिकाले वोजू नगर्नु अथवा अंगहरू धुनमा लापरवाही गर्नु ठूलो गल्ती हो । जस्तैः केही व्यक्तिहरूले आफ्नो अनुहार, हात वा खुट्टा धुने बेला पूर्ण तरिकाले वोजू गर्दैनन् वा कतिपयले अनुहारमा मात्र हात फेर्ने गर्छन् र यो कदापी जायज छैन । यदि ऊ चिसो पानीले वोजू गर्न सक्षम छ भने ठीक छ; नत्र पानी तताएर पूर्ण तरिकाले वोजू गर्नुपर्छ ।
जाडोमा वोजू गर्नको लागि पानी तताउनु जायज छ, यसले पुन्यमा केही कमी हुँदैन, त्यसतै वोजू गरेपछि अंगहरूलाई टिसु, रुमाल, मेशिनले सुकाउनु पनि अनुमति छ, यसले पुन्यमा कमी गर्दैन । यदि त्यसो नगर्दा उसलाई हानि पुग्छ वा उसले राम्रोसँग वोजू गर्न सकेन भने त्यसलाई छोड्नु हुँदैन ।
तयम्मुम भन्नाले (बिस्मिल्लाह पढेर) दुबै हातलाई पवित्र माटोमाथि हान्नु अथवा राख्नु अनि दुबै हातले अनुहारमा मसह गर्नु अथवा दल्नु, त्यसपछि आफ्नो दाहिने हत्केलाले देब्रेलाई फेरी देब्रे हत्केलाले दाहिने हत्केलालाई नाडीसम्म मल्नु ।
पानी नै नभएको वा थोरै पानी भएको बेला जुन आवश्यकताको लागि पनि अपर्याप्त छ र नजिकमा कतै पानी छैन वा चिसो पानीको प्रयोगले विरामी हुने वा रोग बढ्ने डरले गर्दा पानीको प्रयोगबाट असमर्थ भएको अवस्थामा तयम्मुम गर्नु जायज गरिएको छ ।
मोजामाथि मसह गर्नु : यदि कसैले दुवै खुट्टा छोप्ने खाले छालाको मोजा (खुफ) वा कपडा, उनी इत्यादिको मोजा सानो र ठूलो दुवै किसिमको अपवित्रताबाट पूर्ण शुद्ध भएर लगाएको छ भने उसले वोजु गर्दा टाउको र कानको मसह गरेपछि मोजा फुकालेर खुट्टा धुनु पर्दैन, बरु आफ्नो दुवै खुट्टाको बाहिरी भागमा मोजामाथि मसह गर्न अथवा हातको औंलाले फेर्नु पर्याप्त छ ।
छालाको मोजा (खुफ) वा अन्य सामान्य मोजामाथि मसहका शर्तहरू:
मोजामाथि मसहको अवधि:
वोजू भङ्ग भएपछि पहिलोपटक जब मोजामाथि मसह गरिन्छ, तबदेखि मसहको अवधि आरम्भ हुन्छ ।
तर जसले सानो र ठूलो दुवै किसिमको अपवित्रताबाट पूर्ण शुद्ध भएर मोजा लगाएको छैन वा जसको मोजामाथि मसह गर्ने अवधि सकिएको छ वा संभोग वा वीर्य स्खलित पछि अनिवार्य रुपमा नुहाउनु पर्नेछ भने उसको लागि मोजामाथि मसह गर्नु जायज छैन ।
اختر مستوى الشرح المناسب لك
يحتوي الدرس الآن على طبقات اختيارية تساعدك على المراجعة السريعة أو التعمق دون مغادرة الدرس.
- الملخص: نظرة سريعة في نحو دقيقة.
- الأساسي: محتوى الدرس الأصلي وهو المسار المعتمد للتقدم.
- المتعمق: تفاصيل إضافية اختيارية عند توفرها.
تقدمك وإكمال الدرس يعتمدان دائما على صفحات المستوى الأساسي.