सिक्न जारी राख्नुहोस्

तपाईं लगइन हुनुभएको छैन ।
तपाईंको प्रगति जारी राख्न, प्वाइन्टहरू संकलन गर्न र प्रतिस्पर्धाहरूमा प्रवेश गर्नको लागि “ता प्लेटफर्म” (Learning Islam) मा अहिल्यै दर्ता गर्नुहोस्। दर्ता पछि तपाईंले आफूले सिकेको विषयहरूको इलेक्ट्रोनिक (अनलाइन) प्रमाणपत्र प्राप्त गर्नुहुनेछ।

Model: हालको खण्ड

जाडोका सामान्य नियमहरू जो बारम्बार आवश्यक पर्छन्

पाठ जाडोका सामान्य नियमहरू जो बारम्बार आवश्यक पर्छन्

पाठबारे जानकारी

यस पाठमा जाडो मौसममा आवश्यक पर्ने साधारण मामिला तथा प्रावधान उल्लेख गरिएको छ।

लक्ष्यहरू

  • जाडोमा बारम्बार आवश्यक पर्ने केही नियम र शिष्टाचारहरूको बारेमा जानकारी।

सुत्दा आगो निभाउनुहोस्

जाडोमा न्यानोपनको लागि प्राय जसो आगो वा हिटरहरू बालिने गरिन्छ, त्यसलाई सुत्नुअघि निभाउनु पर्छ, नत्र यो आगलागीको कारण बन्न सक्छ । अबू-मूसा अल्-अश्अरी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्: राती मदीनामा एउटा घर जल्यो त रसूल सल्लल्लाहु अलैहि वसल्लमलाई यसको जानकारी गराइयो अनि उहाँले भन्नुभयो: "यो आगो तिमीहरूको शत्रु हो, त्यसैले सुत्ने समय यसलाई निभाई देऊ ।" (बुखारी: 6294) र अर्को हदीस मा छ : "सुत्नुअघि आगोलाई निभाउने गर, बल्दै गरेको नछोड ।" (बुखारी: ६२९३, मुस्लिम: २०१५)

जाडोमा न्यानोपनको लागि प्राय जसो आगो वा हिटरहरू बालिने गरिन्छ, त्यसलाई सुत्नुअघि निभाउनु पर्छ, नत्र यो आगलागीको कारण बन्न सक्छ । अबू-मूसा अल्-अश्अरी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्: राती मदीनामा एउटा घर जल्यो त रसूल सल्लल्लाहु अलैहि वसल्लमलाई यसको जानकारी गराइयो अनि उहाँले भन्नुभयो: "यो आगो तिमीहरूको शत्रु हो, त्यसैले सुत्ने समय यसलाई निभाई देऊ ।" (बुखारी: 6294) र अर्को हदीस मा छ : "सुत्नुअघि आगोलाई निभाउने गर, बल्दै गरेको नछोड ।" (बुखारी: ६२९३, मुस्लिम: २०१५)

हावा चल्दा मुस्लिमले के गर्नुपर्छ ?

१. हावाको व्यवस्थापनमा सर्वशक्तिमान अल्लाहको क्षमता र हिक्मतलाई मनन् गर्न सक्नुहुन्छ; तातो र चिसो, बिस्तारै चल्ने र आँधीबेहरी सहितको, उत्तरी र दक्षिणी, वर्षाको साथमा वा बिना वर्षाको हावा इत्यादि । अल्लाहले भन्नुभएको छ: {إِنَّ فِي خَلْقِ السَّمَاوَاتِ وَالْأَرْضِ وَاخْتِلَافِ اللَّيْلِ وَالنَّهَارِ وَالْفُلْكِ الَّتِي تَجْرِي فِي الْبَحْرِ بِمَا يَنْفَعُ النَّاسَ وَمَا أَنْزَلَ اللَّهُ مِنَ السَّمَاءِ مِنْ مَاءٍ فَأَحْيَا بِهِ الْأَرْضَ بَعْدَ مَوْتِهَا وَبَثَّ فِيهَا مِنْ كُلِّ دَابَّةٍ وَتَصْرِيفِ الرِّيَاحِ وَالسَّحَابِ الْمُسَخَّرِ بَيْنَ السَّمَاءِ وَالْأَرْضِ لَآيَاتٍ لِقَوْمٍ يَعْقِلُونَ} (البقرة: 164]). अर्थः "निश्चय नै आकाश र धर्तीको सृष्टि, रातले दिनलाई र दिनले रातलाई पछ्याउने क्रम, मानिसहरूका लागि लाभदायक सामग्रीहरू लिएर समुद्रमा हिँड्ने डुङ्गाहरू, आकाशबाट अल्लाहले बर्साएका पानी जसबाट उहाँले मुर्दा भूमिलाई जीवित पार्नुहुन्छ, विभिन्न किसिमको जीव-जन्तु, विभिन्न दिशामा हावा चल्नु तथा आकाश एवं पृथ्वीबीच नियन्त्रणमा राखिएका बादलमा बुद्धिमान मानिसहरूका लागि निशानीहरू छन् ।" (बकरह: १६४)

१.	हावाको व्यवस्थापनमा सर्वशक्तिमान अल्लाहको क्षमता र हिक्मतलाई मनन् गर्न सक्नुहुन्छ; तातो र चिसो, बिस्तारै चल्ने र आँधीबेहरी सहितको, उत्तरी र दक्षिणी, वर्षाको साथमा वा बिना वर्षाको हावा इत्यादि । अल्लाहले भन्नुभएको छ: 
{إِنَّ فِي خَلْقِ السَّمَاوَاتِ وَالْأَرْضِ وَاخْتِلَافِ اللَّيْلِ وَالنَّهَارِ وَالْفُلْكِ الَّتِي تَجْرِي فِي الْبَحْرِ بِمَا يَنْفَعُ النَّاسَ وَمَا أَنْزَلَ اللَّهُ مِنَ السَّمَاءِ مِنْ مَاءٍ فَأَحْيَا بِهِ الْأَرْضَ بَعْدَ مَوْتِهَا وَبَثَّ فِيهَا مِنْ كُلِّ دَابَّةٍ وَتَصْرِيفِ الرِّيَاحِ وَالسَّحَابِ الْمُسَخَّرِ بَيْنَ السَّمَاءِ وَالْأَرْضِ لَآيَاتٍ لِقَوْمٍ يَعْقِلُونَ} (البقرة: 164]).
अर्थः "निश्चय नै आकाश र धर्तीको सृष्टि, रातले दिनलाई र दिनले रातलाई पछ्याउने क्रम, मानिसहरूका लागि लाभदायक सामग्रीहरू लिएर समुद्रमा हिँड्ने डुङ्गाहरू, आकाशबाट अल्लाहले बर्साएका पानी जसबाट उहाँले मुर्दा भूमिलाई जीवित पार्नुहुन्छ, विभिन्न किसिमको जीव-जन्तु, विभिन्न दिशामा हावा चल्नु तथा आकाश एवं पृथ्वीबीच नियन्त्रणमा राखिएका बादलमा बुद्धिमान मानिसहरूका लागि निशानीहरू छन् ।" (बकरह: १६४)
२. यो अजाब (प्रकोप) हो भनेर सर्वशक्तिमान् अल्लाहसँग डराउनुपर्छ; आइशा (रजियल्लाहु अन्हा) ले बयान गर्नुभएको छ, "मैले रसूल सल्लल्लाहु अलैहि वसल्लमलाई मुख खोलेर हाँसेको र हाँस्दा मुख भित्र माथिको भाग देखेको छैन, किनभने उहाँ सधैं मुस्कुराउनु हुन्थ्यो । तर जब उहाँ आकाशमा बादल वा बतास चलेको देख्नु हुन्थ्यो, तब उहाँको मुस्कान गायब हुन्थ्यो । मैले सोधे: हे अल्लाहका रसूल, मानिसहरू बादल देखेपछि पानी पर्छ भनेर खुशी हुन्छन्, तर हजुर खुशी हुनुहुन्न, जुन हजुरको अनुहारबाट थाहा हुन्छ । उहाँले जवाफमा भन्नुभयो : हे आइशा, त्यसमा अजाब (प्रकोप) पनि त हुनसक्छ, किनभने अल्लाहले केही अघिल्लो समुदायलाई हावाले अजाब दिनुभएको छ, उनीहरूले त्यसलाई त्यो बादलले वर्षा हुन्छ भन ठाने तर अजाब थियो । अनि म कसरी खुसि हुनु ।" (मुस्लिम ८९९)
३. हावा चल्दा यसमा रहेको भलाईको दुआ गर्नुपर्छ, आइशा (रजियल्लाहु अन्हा) को हदीसमा छ, हावा चल्यो भने रसूल सल्लल्लाहु अलैहि वसल्लम निम्नलिखित दुआ पढ्नु हुन्थ्यो: "हे अल्लाह ! यो हावा, यसमा रहेको भलाई र जुन भलाईको लागि पठाइएको छ त्यसको भलाईको दुआ गर्दछु । यसको दुष्टता, यसमा रहेको खराबी र जुन खराबी (शर) को लागि पठाइएको छ त्यसको खराबीबाट तपाईंको शरण चाहन्छु ।" (मुस्लिम ८९९)
४. हावालाई गाली नगर्नु; इब्ने अब्बास (रजियल्लाहु अन्हुमा) को हदीसमा छ, एक जनाले नबीको उपस्थितिमा हावालाई श्राप दियो, अनि उहाँले भन्नुभयो: "हावालाई श्राप नदेऊ, किनकि त्यो अल्लाहको आज्ञाको पालना गरिरहेको छ । जसले कुनै कुरालाई सराप्छ, तर वास्तवमा त्यो श्रापको हकदार छैन भने त्यो दिने व्यक्तितर्फ फर्काइनेछ ।" (तिर्मिजी: 1978) अर्को हदीसमा छ: "हावालाई श्राप नदेऊ ..।" (तिर्मिजी: 2252) ईमाम शाफईले भनेका छन्: "कसैले पनि हावालाई श्राप दिनु हुँदैन, किनकि यो सर्वशक्तिमान अल्लाहको आज्ञाकारी सृष्टि र उहाँका सिपाहीहरू मध्ये एक हो । उहाँले यसलाई आफ्नो मर्जी अनुसार कसैको लागि दया र कसैको अभिशाप बनाउनु हुन्छ ।"

बिजुलीको गर्जन सुन्दा मुस्लिमले के गर्नुपर्छ ?

अब्दुल्लाह बिन जुबैर (रजियल्लाहु अन्हु) को हदीसमा छ, उहाँ बादलको गर्जन सुनेपछि कुराकानी गर्न बन्द गर्नुहुन्थ्यो अनि यो दुआ पढ्नु हुन्थ्योः "سبحان الذي يُسَبِّحُ اﻟﺮﻋﺪ ﺑﺤﻤﺪﻩ. ﻭاﻟﻤﻼﺋﻜﺔ ﻣﻦ ﺧﻴﻔﺘﻪ"، उच्चारणः "सुब्हा नल्लजी युसब्बे हुर्राअ्दो बिहम्देहि वल-मलाएकतु मिन खी फतेहि” यो शब्द कुर्आनमा पनि छ, अल्लाहले भन्नुभएको छ: {وَيُسَبِّحُ الرَّعْدُ بِحَمْدِهِ وَالْمَلَائِكَةُ مِنْ خِيفَتِهِ وَيُرْسِلُ الصَّوَاعِقَ فَيُصِيبُ بِهَا مَنْ يَشَاءُ وَهُمْ يُجَادِلُونَ فِي اللَّهِ وَهُوَ شَدِيدُ الْمِحَالِ} (الرعد: 13). अर्थः "बिजुलीको गर्जन र फरिश्ताहरू अल्लाहको डरले उहाँको प्रशंसाका साथ पवित्रताको गुणगान गर्छन् । उहाँ जसमाथि चाहनुहुन्छ चट्याङ्गले बर्बाद पार्नुहुन्छ । काफिरहरू अल्लाहको बारेमा वाद-विवाद गर्छन् । उहाँ सर्वशक्तिमान हुनुहुन्छ ।" (अर्रअद: 13)

अब्दुल्लाह बिन जुबैर (रजियल्लाहु अन्हु) को हदीसमा छ, उहाँ बादलको गर्जन सुनेपछि कुराकानी गर्न बन्द गर्नुहुन्थ्यो अनि यो दुआ पढ्नु हुन्थ्योः
"سبحان الذي يُسَبِّحُ اﻟﺮﻋﺪ ﺑﺤﻤﺪﻩ. ﻭاﻟﻤﻼﺋﻜﺔ ﻣﻦ ﺧﻴﻔﺘﻪ"،
उच्चारणः "सुब्हा नल्लजी युसब्बे हुर्राअ्दो बिहम्देहि वल-मलाएकतु मिन खी फतेहि” यो शब्द कुर्आनमा पनि छ, अल्लाहले भन्नुभएको छ:
{وَيُسَبِّحُ الرَّعْدُ بِحَمْدِهِ وَالْمَلَائِكَةُ مِنْ خِيفَتِهِ وَيُرْسِلُ الصَّوَاعِقَ فَيُصِيبُ بِهَا مَنْ يَشَاءُ وَهُمْ يُجَادِلُونَ فِي اللَّهِ وَهُوَ شَدِيدُ الْمِحَالِ} (الرعد: 13).
अर्थः "बिजुलीको गर्जन र फरिश्ताहरू अल्लाहको डरले उहाँको प्रशंसाका साथ पवित्रताको गुणगान गर्छन् । उहाँ जसमाथि चाहनुहुन्छ चट्याङ्गले बर्बाद पार्नुहुन्छ । काफिरहरू अल्लाहको बारेमा वाद-विवाद गर्छन् । उहाँ सर्वशक्तिमान हुनुहुन्छ ।" (अर्रअद: 13)

पानी पर्दा मुस्लिमले के गर्नुपर्छ ?

अल्लाहले वर्षालाई धन्य (मोबरक) भन्दै भन्नुभएको छ: {وَنَزَّلْنَا مِنَ السَّمَاء مَاء مُّبَـارَكاً} (سورة ق: 9)، अर्थः "हामीले आकाशबाट बर्कतउक्त (मोबरक) पानी वर्षायौं ।" (काफ: ९) पानी पर्दा गर्नेपर्ने कुरा- १- आफ्नो शरीरका केही भागलाई खोल्नु ताकी वर्षाले छुन सकोस्, अनस (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, हामी रसूल सल्लल्लाहु अलैहि वसल्लमको साथमा थियौं र पानी पर्न थाल्यो, उहाँले आफ्नो कपडा हटाउनु भयो यहाँसम्म त्यहाँ वर्षाले छोयो । यसरी किन गर्नुभयो सोध्दा उहाँले जवाफ दिनुभयो: "किनभने यो पानी भर्खरै आफ्नो सृष्टिकर्ताबाट आएकोले ।" (मुस्लिम: ८९८)

अल्लाहले वर्षालाई धन्य (मोबरक) भन्दै भन्नुभएको छ:
{وَنَزَّلْنَا مِنَ السَّمَاء مَاء مُّبَـارَكاً} (سورة ق: 9)،
अर्थः "हामीले आकाशबाट बर्कतउक्त (मोबरक) पानी वर्षायौं ।" (काफ: ९) 
पानी पर्दा गर्नेपर्ने कुरा- 
१- आफ्नो शरीरका केही भागलाई खोल्नु ताकी वर्षाले छुन सकोस्, अनस (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, हामी रसूल सल्लल्लाहु अलैहि वसल्लमको साथमा थियौं र पानी पर्न थाल्यो, उहाँले आफ्नो कपडा हटाउनु भयो यहाँसम्म त्यहाँ वर्षाले छोयो । यसरी किन गर्नुभयो सोध्दा उहाँले जवाफ दिनुभयो: "किनभने यो पानी भर्खरै आफ्नो सृष्टिकर्ताबाट आएकोले ।" (मुस्लिम: ८९८)

2- दुआ गर्नु, वर्षाको समयमा दुआ स्वीकार हुन्छ भन्ने कुरा असर (मौकुफ हदीस) बाट प्रमाणित छ ।

2- दुआ गर्नु, वर्षाको समयमा दुआ स्वीकार हुन्छ भन्ने कुरा असर (मौकुफ हदीस) बाट प्रमाणित छ ।

वर्षा हुँदा र भइसके पछिका केही दुआहरू

आइशा (रजियल्लाहु अन्हा) को हदीसमा छ, रसूल सल्लल्लाहु अलैहि वसल्लम वर्षा हुँदा यो पढ्नु हुन्थ्यो "अल्लाहुम्म सैये बन ना फिअन् ।" (बुखारी: 1032) हे अल्लाह हामीलाई फलदायी वर्षा देऊ ।
वर्षा फलदायी (लाभकारी) होस् भनेर दुआ गर्नुपर्छ; किनकि पानी धेरै परे पनि तर लाभकारी छैन भने त्यसको कुनै अर्थ छैन । हदीसमा छ: "वर्षा नहुनु सुख्खा होइन्, सुक्खा त यो हो, पानी पर्छ अनि धेरै पर्छ तर जमिनबाट केही उब्जनी हुँदैन ।" (मुस्लिम: २९०४)
३. पानी पर्दा "रहमत" भन्नु सुन्नत हो; आइशा (रजियल्लाहु अन्हा) ले बयान गर्नुभएको छ, हावाहुरी चलेको बेला वा आकाशमा बादल रहेको दिन रसूल सल्लल्लाहु अलैहि वसल्लमको अनुहारबाट मुस्कान हराउथ्यो अनि उहाँ व्याकुल झैं यताउता हिंड्नु हुन्थ्यो तर पानी पर्ने बित्तिकै उहाँको पिडा गायब हुन्थ्यो । यसको बारेमा सोध्दा उहाँले भन्नुभयो: "मेरो उम्मतको लागि अल्लाहको अजाब हो कि भन्ने डर थियो । "अनि उहाँले पानी परेको देख्दा "रहमत" भन्नु हुन्थ्यो । (मुस्लिम: ८९९)
४. पानी परेको बेला र परेपछि (مُطِرنا بفضل الله ورحمته)، उच्चारणः 'मुतिर्ना बि फज्लिल्लाही व रह मतिही' भन्नु सुन्नत हो । जैद बिन खालिद अल-जोहनी (रजियल्लाहु अन्हु) को हदीसमा छ, रसूल सल्लल्लाहु अलैहि वसल्लमले हुदैबिया भन्ने ठाउँमा फज्रको सलाह पढाउनु भयो; त्यस रातमा पानी परेको थियो, सलाम फेरेपछि उहाँ मानिसहरूतिर फर्कनुभयो र भन्नुभयो: "थाहा छ, तिमीहरूको पालनकर्ताले के भन्नुभयो ? "तिनीहरूले भने: अल्लाह र उहाँका रसूललाई राम्रोसँग थाहा छ । उहाँले भन्नुभयो- अल्लाहले भन्नुभयो: मेरा भक्तहरूमध्ये केही मोमिन भए अनि केही काफिर । 'अल्लाहको कृपा र दयाले पानी परेको छ, भनेर जसले भन्यो उसले मप्रति ईमान ल्यायो र नक्षत्रलाई इन्कार गर्यो तर जसले यो भन्यो: फलानो नक्षत्रले गर्दा पानी परेको छ, उसले मलाई इन्कार गर्यो र नक्षत्रप्रति ईमान ल्यायो ।" (बुखारी: 846, मुस्लिम: 71)

धेरै वर्षा हुन्छ कि डर लाग्यो भने के गर्नुपर्छ ?

यदि अविरल वर्षाले गर्दा हानिको डर छ भने, दुवै हात उठाएर निम्नलिखित दुआ गर्नु मुस्तहब हो: "اللَّهُمَّ حَوَالَيْنَا وَلاَ عَلَيْنَا، اللَّهُمَّ عَلَى الآكَامِ وَالظِّرَابِ، وَبُطُونِ الأَوْدِيَةِ، وَمَنَابِتِ الشَّجَرِ". उच्चारणः 'अल्लाहुम्म हवा लैना वला अलैना, अल्लाहुम्म अलल-आकामि वज्जराबि व बुतूनुल-औदि यति व मना बितिश-श ज रि ।" (बुखारी: 1014 र मुस्लिम: 897) अर्थ: हे अल्लाह, हाम्रो वरिपरि वर्षा होस्, तर हाम्रो विरुद्धमा नहोस्, हे अल्लाह, पहाडहरू, चट्टानहरू, उपत्यकाहरू र रूखहरूको टुप्पाहरूमा होस् ।

यदि अविरल वर्षाले गर्दा हानिको डर छ भने, दुवै हात उठाएर निम्नलिखित दुआ गर्नु मुस्तहब हो:
"اللَّهُمَّ حَوَالَيْنَا وَلاَ عَلَيْنَا، اللَّهُمَّ عَلَى الآكَامِ وَالظِّرَابِ، وَبُطُونِ الأَوْدِيَةِ، وَمَنَابِتِ الشَّجَرِ".
 उच्चारणः 'अल्लाहुम्म हवा लैना वला अलैना, अल्लाहुम्म अलल-आकामि वज्जराबि व बुतूनुल-औदि यति व मना बितिश-श ज रि ।" (बुखारी: 1014 र मुस्लिम: 897) 
अर्थ: हे अल्लाह, हाम्रो वरिपरि वर्षा होस्, तर हाम्रो विरुद्धमा नहोस्, हे अल्लाह, पहाडहरू, चट्टानहरू, उपत्यकाहरू र रूखहरूको टुप्पाहरूमा होस् ।

तपाईंले पाठ सफलता पूर्वक पूरा गर्नुभयो


परीक्षण सुरु गर्नुहोस्