Model: हालको खण्ड
पाठ अल्लाहको अस्तित्वमाथि आस्था (ईमान) राख्नु।
अल्लाहमाथि आस्था (ईमान) को अर्थ
अल्लाहको अस्तित्वमाथि दृढतापूर्वक आस्था राख्नु, उहाँ नै हाम्रा प्रभु र पूज्य हुन् भन्ने कुरामाथि विश्वास गर्नु तथा उहाँका नाम र विशेषताहरुलाई स्वीकार्नु।
सज्दा सृष्टिकर्ता अल्लाहप्रति समर्पित हुने सबैभन्दा ठूलो अभिव्यक्ति हो।
अल्लाहको अस्तित्वमाथि विश्वास गर्नु स्वभाविक कुरा हो। जसको लागि कुनै तर्क ल्याउनु पर्दैन, किनभने जन्मजात नै मानिसको अन्तरात्मामा उहाँमाथिको विश्वास पलाएको हुन्छ। त्यसैले विभिन्न धर्मावलम्बीका अधिकांश मानिसहरू अल्लाहको अस्तित्वलाई स्वीकार गर्दछन्।
हामी मुटुको गहिराइदेखि उहाँको अस्तित्वलाई महसुस गर्दछौं। आपत-बिपतमा उहाँलाई नै गुहार्ने गर्दछौं, किनकि यो नै प्राकृतिक र धार्मिक प्रेरणा हो जुन हरेक व्यक्तिको प्राणमा अडेको हुन्छ। उहाँको अस्तित्वलाई मेटाउने र खत्तम गर्ने प्रयास नगरिएको पनि होइन, तै पनि तिनीहरु सदैव असफल नै रहे।
शोषित र ब्याकुलको पुकार सुनिएको, माग्नेको माग पूरा भएको तथा पिडितको पीडा हरण भएका कुराहरू हामी देख्छौं र सुन्छौं। के यो उहाँको अस्तित्वको ठूलो प्रमाण होइन र ?
अल्लाहको अस्तित्वका प्रमाणहरू प्रष्ट र अनगिन्ती छन्। तीमध्ये केही यस प्रकार छन्:
हावा नचलिकन पात हल्लिदैन भन्ने कुरा सबैलाई थाहा नै छ। अनगिन्ती प्राणी र जीवजन्तुहरूले खचाखच रहेको यो संसारलाई पक्कै पनि कुनै सृष्टिकर्ताले नै सृष्टि गरेको हुनुपर्छ। उहाँ नै अल्लाह हुनु हुन्छ, किनकि आजसम्म निर्माण नगरिकन निर्माण भएको, सृष्टि नगरिकन सृष्टि भएको वा कुनै प्राणीले आफैले आफूलाई सृष्टि गरेको कुरा न सुनिएको छ, न देखिएको नै। अल्लाहले भन्नु भएको छः “के यिनीहरूको सृष्टि बिना आधार नै भएको हो ? वा यिनीहरू स्वयम् सृष्टिकर्ता हुन् ?” (सूरह अत्तूर: ५२/३५) अर्थात बिना सृष्टिकर्ता न यिनीहरूको सृष्टि भएको छ, न यिनीहरू आफैले आफूलाई सृष्टि गरेका छन्। अत: अल्लाह नै सृष्टिकर्ता हुनु हुन्छ भन्ने कुरा छर्लङ्ग हुन्छ।
यो निलो आकाश, विशाल धरती, वायुमण्डल, नक्षत्र, जुनतारा, विभिन्न प्रकारका बोटबिरुवा र संसारको सुव्यवस्थित कानून आदिले गवाही दिइरहेका छन्- यो संसारको सृष्टिकर्ता (ईश्वर) एउटै हुन्, जसलाई हामी अल्लाह भनेर चिन्दछौं। अल्लाहले भन्नु भएको छः “यो अल्लाहको सृष्टि हो, जसले प्रत्येक चीजलाई सुदृढ तुल्याउनु भएको छ।” (सूरह अन्-नमल: २७/८८)
यी नक्षत्र र ताराहरू सुव्यवस्थित एवम् नियमबद्धरुपमा आ-आफ्नो परिधिभित्र अन्तरिक्षमा गतिशील छन्। न कोही कसैलाई पछ्याउँछ न एक अर्का भन्दा अगाडि जान्छ। अल्लाहले भन्नु भएको छः “न सूर्यले चन्द्रमालाई समात्न सक्छ न रातले दिनलाई उछिन्न सक्छ। तिनीहरू सबै अन्तरिक्षमा निरन्तर गतिशील छन्।” (सूरह यासीन: ३६/४०)
اختر مستوى الشرح المناسب لك
يحتوي الدرس الآن على طبقات اختيارية تساعدك على المراجعة السريعة أو التعمق دون مغادرة الدرس.
- الملخص: نظرة سريعة في نحو دقيقة.
- الأساسي: محتوى الدرس الأصلي وهو المسار المعتمد للتقدم.
- المتعمق: تفاصيل إضافية اختيارية عند توفرها.
تقدمك وإكمال الدرس يعتمدان دائما على صفحات المستوى الأساسي.