Model: हालको खण्ड
पाठ मनमा गलत बिचार र धारणाहरूको संघर्ष
प्रायः इस्लामभन्दा पहिलेका समुदायहरू पुराना काल्पनिक कथा, मनगढन्त कहानीहरू, निराधार कुराहरू र केही असामाजिक क्रियाकलाप तथा कुसंस्कारमा लिप्त थिए; तिनमा पनि खासगरी अरबका समुदाय त कुसंस्कार र खराबीमा अधिक फसेका थिए। विश्वभरी नै यस्ता कुसंस्कार फैलिएका थिए, कुनै पनि समुदाय यसबाट अछुत थिएन। यहाँसम्म कि अरबका मानिसहरूले कुर्आनको अवतरणको प्रारम्भमा यसको सूचनालाई पहिलेका मानिसहरूका कथा, कहानी र जादू तथा टुनामुना जस्तै सोंचेका थिए।
तर जब इस्लाम आफ्नो सत्य ज्योती र मार्गदर्शनको उज्यालोको साथ चम्कन थाल्यो तब पहिलेका किस्सा कहानी, निराधार मनगढन्त कुराहरू, कुसंस्कार आदिको पर्दाफास गर्दै मानिसहरूलाई अन्धविश्वासबाट स्वतन्त्र गर्यो। इस्लामले मानिसहरूलाई यस्ता विधिविधान र नीति नियमहरू सिकायो जसबाट उनीहरूको दिमाग र आत्मालाई पवित्र गर्यो। अनि विभिन्न असत्य पूज्यहरूलाई छोडेर एकमात्र सत्य पूज्य अल्लाहको उपासना तथा भक्तितिर जोड्यो। ती विधिविधान र नीति नियमहरूमध्ये केही यसप्रकार छन्-
जादू र टुनामुनाको साथ संघर्षः
इस्लामले हरेक किसिमका जादू, टुनामुना, शुभ-अशुभ, ज्योतिष विद्या आदि जस्ता कामहरूलाई अवैध गर्दै तिनलाई शिर्क र पथभ्रष्टता मानेको छ। अनि जादूगर यसलोक र परलोक दुबै ठाउँमा सफल हुन सक्ने छैनन् पनि भनेको छ। अल्लाहले भन्नु भएको छः (وَلَا يُفْلِحُ السَّاحِرُ حَيْثُ أَتَى) (طه: 69). अर्थः “जादूगर जहाँबाट आए पनि सफल हुने छैनन्।” (सूरह ताहाः २०/ ६९)
त्यसैगरी इस्लामले मुस्लिमहरूलाई जादूगर र ज्योतिषीहरूको पासमा गएर भाग्यरेखा, शुभ-अशुभबारे सोध्न र औषधि उपचार गराउन अनि समस्याको समाधान गराउन मनाही गरेको छ। इस्लाममा यस्तो कार्य अवैध छ, जसले यस्तो गर्छ ऊ रसूल सल्लल्लाहु अलैहि वसल्लममाथि अवतरण भएको विधानको इन्कारी (काफिर) हो। किनकि फाइदा र हानीको मालिक अल्लाह नै हुनुहुन्छ र उहाँलाई मात्रै परोक्षको ज्ञान छ। यसै सन्दर्भमा रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भएको छः “जो व्यक्ति ज्योतिषको पासमा जान्छ र त्यसले भनेको कुरा विश्वास गर्छ अथवा मान्छ, निःसन्देह उसले त्यस चीजलाई इन्कार गर्यो (कुफ्र गर्यो) जो मुहम्मद सल्लल्लाहु अलैहि वसल्लममाथि अवतरण भएको छ।” (हाकिमः १५)
नाफा र नोक्सान अल्लाहकै हातमा छ
अल्लाहले बयान गर्नु भएको छः सम्पूर्ण सृष्टिका चिजहरू जस्तै- मानव, जिन्नात, ढुँगा, बोटबिरुवा, सूर्य, चन्द्रमा, तारा, ग्रहहरू आदि सबैले अल्लाहको रचनाको श्रेष्ठता र महानताको प्रमाण दिईरहेका छन्। कुनै पनि मानिसमा ब्रह्माण्डमा अलिकति असर पार्ने वा फेरबदल गर्न सक्ने क्षमता छैन्। सम्पूर्ण ब्रह्माण्डको रचना, सन्चालन, सुरक्षा, फेरबदल र संहार गर्ने क्षमता अल्लाहमा मात्रै छ। कुर्आनमा भनिएको छः (أَلَا لَهُ الْخَلْقُ وَالْأَمْرُ تَبَارَكَ اللهُ رَبُّ الْعَالَمِينَ) (الأعراف: 54) अर्थः “हेर! सम्पूर्ण सृष्टि उहाँकै हो र आदेश पनि उहाँकै हो। अल्लाह सर्वगुण सम्पन्न हुनुहुन्छ, जो सम्पूर्ण ब्रह्माण्डको पालनकर्ता हुनुहुन्छ।” (सूरतुल्-आराफः ७/ ५४)
यी सम्पूर्ण सृष्टिका चिजहरूको सुक्ष्म बनावट, महत्व र श्रेष्ठताको बारेमा जसले चिन्तन मनन गर्छ, ऊ अन्ततः यस नतिजामा पुग्छ कि यी सबैको सृष्टिकर्ता र व्यवस्थापक शक्तिशाली एवं पुर्ण सामर्थ्यवान अल्लाह नै हुनुहुन्छ, त्यसैले अरु सबैलाई छोडेर उहाँकै मात्र उपासना गर्नुपर्छ। किनभने उहाँ स्रष्टा हुनुहुन्छ बाँकी सबै सृष्टि हुन्। कुर्आनमा भनिएको छः (وَمِنْ آيَاتِهِ اللَّيْلُ وَالنَّهَارُ وَالشَّمْسُ وَالْقَمَرُ لَا تَسْجُدُوا لِلشَّمْسِ وَلَا لِلْقَمَرِ وَاسْجُدُوا لِلهِ الَّذِي خَلَقَهُنَّ إِنْ كُنْتُمْ إِيَّاهُ تَعْبُدُونَ) (فصلت: 37) अर्थः “रात र दिन, सूर्य र चन्द्र उहाँको निशानीहरू मध्येका हुन्। तिमीहरूले न सूर्यको पूजा गर नत चन्द्रमाको, बरु अल्लाहको मात्र इबादत (सज्जा) गर, जसले यी सबै चिजहरूलाई सृष्टि गर्नु भएको छ, यदि तिमी उहाँको उपासक हौ भने।” (सूरह फुस्सिलतः ४१/ ३७)
अल्लाह बाहेक अरू कसैलाई परोक्ष (गैब) र भविष्यको बारेमा ज्ञान छैन
अल्लाहले परोक्ष (गैब) र भविष्यको बारेमा पनि उहाँलाई बाहेक अरु कसैलाई ज्ञान छैन भन्ने कुरा जानकारी दिनु भएको छ। भविष्यवक्ता, ज्योतिषी, जादूगर र टुनामुना गर्नेहरूले भविष्य र अदृष्य कुराहरूको ज्ञानको दाबी गर्छन् भने तिनीहरू झुटा हुन्। यसको गवाही कुर्आनले यसरी दिएको छः (وَعِنْدَهُ مَفَاتِحُ الْغَيْبِ لَا يَعْلَمُهَا إِلَّا هُوَ) (الأنعام: 59) अर्थः “अदृश्य (गैब) कुराको साँचो अल्लाहसँगै छ, यसको बारेमा उहाँ बाहेक अरु कसैलाई थाहा छैन।” (सूरतुल्-अन्आमः ६/ ५९)
यहाँसम्म कि सृष्टिका प्राणीहरूमा सबैभन्दा श्रेष्ठ र महान व्यक्ति अल्लाहको रसूल मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम पनि आफ्नो लागि फाइदा र हानीको मालिक हुनु हुन्नथ्यो, न त गैब (अदृष्य) कुरा र भविष्यको बारेमा नै उहाँलाई जानकारी थियो। त अरु साधारण व्यक्तिलाई कसरी जानकारी हुन सक्छ जो श्रेष्ठता, महानता लगायत हरेक विषयमा रसूल सल्लल्लाहु अलैहि वसल्लमभन्दा कमतर छन्। यस विषयमा अल्लाहले मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमलाई आदेश दिंदै भन्नु भएको छः (قُلْ لَا أَمْلِكُ لِنَفْسِي نَفْعًا وَلَا ضَرًّا إِلَّا مَا شَاءَ اللهُ وَلَوْ كُنْتُ أَعْلَمُ الْغَيْبَ لَاسْتَكْثَرْتُ مِنَ الْخَيْرِ وَمَا مَسَّنِيَ السُّوءُ إِنْ أَنَا إِلَّا نَذِيرٌ وَبَشِيرٌ لِقَوْمٍ يُؤْمِنُونَ) (الأعراف: 188) अर्थः “भनिदिनुस्ः मसँग आफ्नो निम्ति पनि कुनै लाभको अधिकार छैन, न कुनै हानिको अधिकार छ, तर त्यति मात्र जति अल्लाहले चाहनु हुन्छ, र यदि म अदृश्यको कुरा जान्ने भए, मैले धेरै नाफा प्राप्त गरिहाल्थें र मलाई कुनै नोक्सानी हुने थिएन। म त मात्र शुभसूचक र सचेतक मात्र हुँ। त्यस्ता मानिसहरूको लागि जसले ईमान ल्याएका छन्।” (सूरतुल्-आराफः ७/ १८८)
शुभ अशुभ र साइत कुसाइत भन्ने कुरा गर्नु मनाही
इस्लामले विशेष रंग, वस्तु, समय, कुरा आदिबाट अशुभ हुन्छ, साइत पर्दैन र काम बिग्रिन्छ भन्न यस्ता कुरामा विश्वास गर्न मनाही गरेको छ र भविष्यको लागि भलाइ तथा कल्याणकारी तरिकालाई चुन्न आदेश दिएको छ।
शुभ अशुभ भन्नेहरूको उदाहरणः शुभ र अशुभ भन्नेहरूले यात्रा सुरु गर्दा वा कुनै काम गर्दा जब कुनै खास चरा देख्छन् वा त्यसको आवाज सुन्छन् तब अशुभ भयो भनेर गर्न लागेको काम रोक्छन्। जबकि रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भएको छः “शुभ अशुभ हुन्छ भन्नु शिर्क हो।” (अबू दाऊदः ३९१२, इब्ने माजाः ३५३८) किनभने यो मुस्लिमको लागि अल्लाह नै सम्पूर्ण ब्रह्माण्डको परिचालक एवं संरक्षक हुनुहुन्छ भन्ने दृढ आस्थाको विपरीत हो। त्यसकारण इस्लामले कुनै चरा, जनावार वा वस्तु देखेर अशुभ हुन्छ भन्ने कुरालाई अवैध र असत्य भनेको छ।
बरु यसको विपरीत भलाइको आशा गर्नु, अल्लाहप्रतिको आस्था, विश्वास र सम्बन्धलाई सुधार्नु अथवा राम्रो धारणा राख्दै त्यस विषयमा राम्रा कुराहरू गर्न आदेश दिएको छ। “रसूल सल्लल्लाहु अलैहि वसल्लमले ‘फाल’ राम्रो कुराको (शुभ कुरा गर्न र भलाइको कामना गर्न) मन पराउनु हुन्थ्यो। (बुखारीः ५७७६, मुस्लिमः २२२४)
اختر مستوى الشرح المناسب لك
يحتوي الدرس الآن على طبقات اختيارية تساعدك على المراجعة السريعة أو التعمق دون مغادرة الدرس.
- الملخص: نظرة سريعة في نحو دقيقة.
- الأساسي: محتوى الدرس الأصلي وهو المسار المعتمد للتقدم.
- المتعمق: تفاصيل إضافية اختيارية عند توفرها.
تقدمك وإكمال الدرس يعتمدان دائما على صفحات المستوى الأساسي.