Model: हालको खण्ड
पाठ ब्याज (रिबा)
अल्लाहले इस्लामिक शरिअत (कानुन) मा ब्याजलाई ठूला हराम चीजहरू मध्येको घोषणा गर्नुभएको छ, यसको पछाडी ठूलो उद्देश्य र रहस्य छ। हामी भन्दा पहिलेका समुदायहरूमाथि पनि अल्लाहले ब्याजलाई हराम गर्नुभएको थियो। किनभने यो सामाजिक र व्यक्तिगत रूपमा पनि मानिसहरूको लागि अत्यन्तै हानिकारक तथा विनाशकारी छ। अल्लाहले भन्नुभएको छः {فَبِظُلْمٍ مِنَ الَّذِينَ هَادُوا حَرَّمْنَا عَلَيْهِمْ طَيِّبَاتٍ أُحِلَّتْ لَهُمْ وَبِصَدِّهِمْ عَنْ سَبِيلِ اللَّهِ كَثِيرًا وَأَخْذِهِمُ الرِّبَا وَقَدْ نُهُوا عَنْهُ وَأَكْلِهِمْ أَمْوَالَ النَّاسِ بِالْبَاطِلِ وَأَعْتَدْنَا لِلْكَافِرِينَ مِنْهُمْ عَذَابًا أَلِيمًا} [النساء: 160-161]} “यहूदीहरूको अत्याचारका कारण र धेरै मानिसहरूलाई अल्लाहको मार्गबाट रोकेको कारण हामीले उनीहरूको निम्ति वैध वस्तुहरूलाई पनि अवैध गर्यौं। अनि ब्याज लिएको कारण पनि; जसबाट उनीहरूलाई मनाही गरिएको थियो। अनि मानिसहरूका धन अवैध रूपले लिएको कारण तथा हामीले उनीहरू मध्ये अस्वीकार गर्नेहरूका लागि दुःखद यातना तयार गरेका छौं। (सूरतुन्-निसाः ४/ १६०, १६१)
ब्याजको हानि र यसबाट हुने गम्भीर खतराबाट चेतावनी दिँदै अल्लाहले भन्नुभएको छः {يَا أَيُّهَا الَّذِينَ آمَنُوا اتَّقُوا اللَّهَ وَذَرُوا مَا بَقِيَ مِنَ الرِّبَا إِنْ كُنْتُمْ مُؤْمِنِينَ (278) فَإِنْ لَمْ تَفْعَلُوا فَأْذَنُوا بِحَرْبٍ مِنَ اللَّهِ وَرَسُولِهِ} [البقرة: 278، 279]؛ “हे मोमिनहरू ! अल्लाहसित डर र जति ब्याज बाँकी रहेको छ, त्यसलाई छाडिदेऊ यदि तिमी वास्तवमै आस्थावान हौ भने। र यदि यस्तो गर्दैनौ भने अल्लाह र उहाँको रसूलसँथ युद्धको लागि तयार होऊ, तर यदि पश्चाताप गर्छौ भने तिमी आफ्नो वास्तविक रकमको हकदार छौ, न तिमी अत्याचार गर नत तिमीमाथि अत्याचार गरियोस् ।” (सूरतुल्-बकरः २/ २७८, २७९) अल्लाहले ब्याजको कारोबारलाई मनाही गर्दै यसलाई अवैध घोषणा गर्नु भएको छ। अनि यसको कारोबार गर्नेसँग युद्धको घोषणा गर्नुभएको छ।
त्यसैगरी नबी सल्लल्लाहु अलैहि वसल्लमले ब्याजको कारोबार अवैध भएको कुरामा जोड दिँदै यसको बारेमा कडा चेतावनीको साथसाथै धिक्कार पनि गर्नुभएको छ, जाबिर रजियल्लाहु अन्हुले बयान गर्नुभएको छः “अल्लाहको रसूल सल्लल्लाहु अलैहि व सल्लमले ब्याज लिने, दिने, लेख्ने तथा साक्षी बस्ने व्यक्तिहरूलाई धिक्कार्नु भएको छ र भन्नुभएको छ: यी सबै बराबर हुन्।” (मुस्लिम: १५९८)
ब्याज (रिबा) को शाब्दविक परिभाषा
इस्लाममा ब्याज (रिबा) को परिभाषा
ब्याज (रिबा) का किसिम
रिबा अल्-फज्ल (दिएको चीजको बदलामा उस्तै चीज धेरै फिर्ता गर्नु।)
रिबा अन्-नसीअ (विक्रेताले क्रेतासँग मोहलत दिए बापत धेरै लिनु।)
ब्याज (रिबा) को हुकुम
ब्याजलाई अवैध गर्नुको रहस्य तथा कारण
२. नाफा र नोक्सान दुबै चीजमा सहभागी नभई कमाउन निषेध: इस्लामले आर्थिक लेनदेन तथा कारोबारलाई दुबै पक्षको हित हुने तरिका अपनाउन आदेश दिन्छ, त्यसैले तिनिहरू मध्ये प्रत्येकले केही लगानी गर्दछन् र बदलामा केही लिन्छन् तर यो चीज ब्याजमा प्राप्त हुँदैन।
३. ब्याजले मानिसहरूबाट भलाइलाई समाप्त पार्छः मानिसहरूको बीच भएको भलाइ, परोपकार, सहयोग, सदभाव, मेलमिलाप आदि कुराहरू समाजमा फैलाउन नदिनु इस्लामको सिद्धान्तको विपरीत हो।
४. शोषण रोक्न: ऋणदाताले प्रायजसो ऋण वा उधारो लग्ने व्यक्तिको आवश्यकतालाई हेरेर मौकाको फाइदा उठाउँदै शोषण गर्दछ; उसले चर्को व्याजमा उधारो दिन्छ।
५- अन्याय रोक्न: ब्याजको कारोबार दुई पक्षमध्ये कुनै एक पक्षको लागि अन्याय हो; अल्लाहले सबै प्रकारका अन्यायलाई निषेध गर्नुभएको छ।
ब्याजका हानि
१- नैतिक र आध्यात्मिक हानि
ब्याज समाजलाई नष्ट गर्ने सबैभन्दा ठूलो कारक हो, किनभने यसले समाजलाई विभाजन र तहसनहस पार्छ। त्यसमा बलियोले कमजोरलाई लुटेर खान्छ। यसमा बिना स्वार्थ कसैले कसैलाई मद्दत गर्दैन।