Model: हालको खण्ड
पाठ ब्याज (रिबा)
अल्लाहले इस्लामिक शरिअत (कानुन) मा ब्याजलाई ठूला हराम चीजहरू मध्येको घोषणा गर्नुभएको छ, यसको पछाडी ठूलो उद्देश्य र रहस्य छ। हामी भन्दा पहिलेका समुदायहरूमाथि पनि अल्लाहले ब्याजलाई हराम गर्नुभएको थियो। किनभने यो सामाजिक र व्यक्तिगत रूपमा पनि मानिसहरूको लागि अत्यन्तै हानिकारक तथा विनाशकारी छ। अल्लाहले भन्नुभएको छः {فَبِظُلْمٍ مِنَ الَّذِينَ هَادُوا حَرَّمْنَا عَلَيْهِمْ طَيِّبَاتٍ أُحِلَّتْ لَهُمْ وَبِصَدِّهِمْ عَنْ سَبِيلِ اللَّهِ كَثِيرًا وَأَخْذِهِمُ الرِّبَا وَقَدْ نُهُوا عَنْهُ وَأَكْلِهِمْ أَمْوَالَ النَّاسِ بِالْبَاطِلِ وَأَعْتَدْنَا لِلْكَافِرِينَ مِنْهُمْ عَذَابًا أَلِيمًا} [النساء: 160-161]} “यहूदीहरूको अत्याचारका कारण र धेरै मानिसहरूलाई अल्लाहको मार्गबाट रोकेको कारण हामीले उनीहरूको निम्ति वैध वस्तुहरूलाई पनि अवैध गर्यौं। अनि ब्याज लिएको कारण पनि; जसबाट उनीहरूलाई मनाही गरिएको थियो। अनि मानिसहरूका धन अवैध रूपले लिएको कारण तथा हामीले उनीहरू मध्ये अस्वीकार गर्नेहरूका लागि दुःखद यातना तयार गरेका छौं। (सूरतुन्-निसाः ४/ १६०, १६१)
ब्याजको हानि र यसबाट हुने गम्भीर खतराबाट चेतावनी दिँदै अल्लाहले भन्नुभएको छः {يَا أَيُّهَا الَّذِينَ آمَنُوا اتَّقُوا اللَّهَ وَذَرُوا مَا بَقِيَ مِنَ الرِّبَا إِنْ كُنْتُمْ مُؤْمِنِينَ (278) فَإِنْ لَمْ تَفْعَلُوا فَأْذَنُوا بِحَرْبٍ مِنَ اللَّهِ وَرَسُولِهِ} [البقرة: 278، 279]؛ “हे मोमिनहरू ! अल्लाहसित डर र जति ब्याज बाँकी रहेको छ, त्यसलाई छाडिदेऊ यदि तिमी वास्तवमै आस्थावान हौ भने। र यदि यस्तो गर्दैनौ भने अल्लाह र उहाँको रसूलसँथ युद्धको लागि तयार होऊ, तर यदि पश्चाताप गर्छौ भने तिमी आफ्नो वास्तविक रकमको हकदार छौ, न तिमी अत्याचार गर नत तिमीमाथि अत्याचार गरियोस् ।” (सूरतुल्-बकरः २/ २७८, २७९) अल्लाहले ब्याजको कारोबारलाई मनाही गर्दै यसलाई अवैध घोषणा गर्नु भएको छ। अनि यसको कारोबार गर्नेसँग युद्धको घोषणा गर्नुभएको छ।
त्यसैगरी नबी सल्लल्लाहु अलैहि वसल्लमले ब्याजको कारोबार अवैध भएको कुरामा जोड दिँदै यसको बारेमा कडा चेतावनीको साथसाथै धिक्कार पनि गर्नुभएको छ, जाबिर रजियल्लाहु अन्हुले बयान गर्नुभएको छः “अल्लाहको रसूल सल्लल्लाहु अलैहि व सल्लमले ब्याज लिने, दिने, लेख्ने तथा साक्षी बस्ने व्यक्तिहरूलाई धिक्कार्नु भएको छ र भन्नुभएको छ: यी सबै बराबर हुन्।” (मुस्लिम: १५९८)
ब्याज (रिबा) को शाब्दविक परिभाषा
ब्याज (रिबा) को शाब्दविक अर्थ थप वा अधिक हो। यसै अर्थमा अल्लाहको यो भनाइ छः {أَنْ تَكُونَ أُمَّةٌ هِيَ أَرْبَى مِنْ أُمَّةٍ} [النحل: 92]، أي أكثر عدداً. अर्थः “ताकि एक समूह अर्को समूहभन्दा उच्च हुन पुगोस्।” (सूरतुन्-नहलः १६/ ९२) यहाँ उच्च हुनुको तात्पर्य सङ्ख्यामा धेरै हो।
इस्लाममा ब्याज (रिबा) को परिभाषा
इस्लामिक अवधारणा अनुसार ब्याज भनेको कुनै चीजमा फिर्ता लिने बेलामा दिएको भन्दा ज्यादा लिनु, समय दिएर त्यस बापत ज्यादा लिनु, इस्लामिक शरिअतमा यस्तो गर्नु मनाही छ।
ब्याज (रिबा) का किसिम
रिबा अल्-फज्ल (दिएको चीजको बदलामा उस्तै चीज धेरै फिर्ता गर्नु।)
यो लेनदेन गरिने उस्तै प्रकारका वस्तुहरूमा ज्यादा लिनु हो र तोकिएका वस्तुहरूसँग सम्बन्धित छ। यस किसिमको ब्याज पैसा वा नगज जिन्सी दिएर त्यसको बदलामा त्यही चीज धेरै लिनु वा खजूर अथवा कुनै किसिमको गल्ला दिएर त्यही किसिमको गल्ला धेरै लिनु। जस्तै एक किलो चामल दिएर फिर्ता लिउने बेलामा डेढ किलो लिनु।
रिबा अन्-नसीअ (विक्रेताले क्रेतासँग मोहलत दिए बापत धेरै लिनु।)
यो प्राप्त गर्नु पर्ने अवधिमा वृद्धि गरेर वा ढिलो गरे बापत लिइन अधिकता हो, यसरी फिर्ता गर्दा धेरै लिनु ब्याजको रूपमा हुनजान्छ। जस्तै- एक किलो गहुँ वा कुनै खाद्यपदार्थ अरू कुनै खाद्यपदार्थसँग बदल्दा ढिलो गरी फिर्ता गरे बापत ज्यादा लिनु।
ब्याज (रिबा) को हुकुम
कुर्आन, सुन्नत र सम्पूर्ण मुस्लिम समुदायको अनुसार हराम (अवैध) छ। इमाम नववी रहिमहुल्लाहले भन्नुभएको छः “ब्याज अवैध भएको कुरामा सबै मुस्लिम समुदाय सहमत छन्। अनि यो ठूला पापहरू मध्येको हो भन्ने कुरामा सबै पनि सहमत छन्।” (अल्-मजमुआः ९/ ३९१)
ब्याजलाई अवैध गर्नुको रहस्य तथा कारण
१. वास्तविक आर्थिक गतिविधिलाई प्रोत्साहन गर्नः ब्याज खाने व्यक्तिले आफ्नो पैसा समाजलाई फाइदा हुने गरेर उत्पादन मूलक काममा लगानी गर्दैन; जस्तै- कृषि, उद्योग, व्यापार आदि जस्ता कामहरू।
२. नाफा र नोक्सान दुबै चीजमा सहभागी नभई कमाउन निषेध: इस्लामले आर्थिक लेनदेन तथा कारोबारलाई दुबै पक्षको हित हुने तरिका अपनाउन आदेश दिन्छ, त्यसैले तिनिहरू मध्ये प्रत्येकले केही लगानी गर्दछन् र बदलामा केही लिन्छन् तर यो चीज ब्याजमा प्राप्त हुँदैन।
३. ब्याजले मानिसहरूबाट भलाइलाई समाप्त पार्छः मानिसहरूको बीच भएको भलाइ, परोपकार, सहयोग, सदभाव, मेलमिलाप आदि कुराहरू समाजमा फैलाउन नदिनु इस्लामको सिद्धान्तको विपरीत हो।
४. शोषण रोक्न: ऋणदाताले प्रायजसो ऋण वा उधारो लग्ने व्यक्तिको आवश्यकतालाई हेरेर मौकाको फाइदा उठाउँदै शोषण गर्दछ; उसले चर्को व्याजमा उधारो दिन्छ।
५- अन्याय रोक्न: ब्याजको कारोबार दुई पक्षमध्ये कुनै एक पक्षको लागि अन्याय हो; अल्लाहले सबै प्रकारका अन्यायलाई निषेध गर्नुभएको छ।
ब्याजका हानि
ब्याजको हानि, खतरा र नकारात्मक प्रभावहरू धेरै छन्, जो मानिसहरूका व्यक्तिगत तथा सामाजिक सबै पक्षहरूलाई तहसनहस हुने गरी जकडेको छ।
१- नैतिक र आध्यात्मिक हानि
ब्याजले यसको कारोबार गर्ने व्यक्तिको आचरणमा लोभ, लालच, हृदयमा कठोरता भरिदिन्छ अनि उसलाई पैसाको दास बनाउँछ। त्यसैले उसले अरूमाथि अन्याय गर्न वैध सम्झिन थाल्छ अनि उनीहरूको आवश्यकता, कमजोरी र गरिबीको फाइदा उठाउँदै शोषण गर्न थाल्छ। अर्कोतर्फ यसले पैसाको खाँचोमा परेका मानिसहरूको मन दुखाउँछ। जसको कारण उसको मन र व्यवहार सङ्कुचित एवम् अनुदार हुँदै जान्छ; किनभने उसले त्यसैलाई अपनाएको थियो।
ब्याज समाजलाई नष्ट गर्ने सबैभन्दा ठूलो कारक हो, किनभने यसले समाजलाई विभाजन र तहसनहस पार्छ। त्यसमा बलियोले कमजोरलाई लुटेर खान्छ। यसमा बिना स्वार्थ कसैले कसैलाई मद्दत गर्दैन।
३- आर्थिक हानि
व्याजले समाजको सबै तहमा आर्थिक प्रणालीलाई तहसनहस पार्छ। व्यक्तिमा ऋणको बोझ बढ्छ र समाजमा वास्तविक उत्पादक र उत्पादन अवरुद्ध हुन्छन् अनि प्रगति हुनुको साटो दुर्गति हुनजान्छ।
ब्याजबाट पश्चातापको लागि सर्तहरू
اختر مستوى الشرح المناسب لك
يحتوي الدرس الآن على طبقات اختيارية تساعدك على المراجعة السريعة أو التعمق دون مغادرة الدرس.
- الملخص: نظرة سريعة في نحو دقيقة.
- الأساسي: محتوى الدرس الأصلي وهو المسار المعتمد للتقدم.
- المتعمق: تفاصيل إضافية اختيارية عند توفرها.
تقدمك وإكمال الدرس يعتمدان دائما على صفحات المستوى الأساسي.