सिक्न जारी राख्नुहोस्

तपाईं लगइन हुनुभएको छैन ।
तपाईंको प्रगति जारी राख्न, प्वाइन्टहरू संकलन गर्न र प्रतिस्पर्धाहरूमा प्रवेश गर्नको लागि “ता प्लेटफर्म” (Learning Islam) मा अहिल्यै दर्ता गर्नुहोस्। दर्ता पछि तपाईंले आफूले सिकेको विषयहरूको इलेक्ट्रोनिक (अनलाइन) प्रमाणपत्र प्राप्त गर्नुहुनेछ।

Model: हालको खण्ड

अमानत (नासो) राख्नु

पाठ अमानत (नासो) राख्नु

पाठबारे जानकारी

यस पाठमा हामीले इस्लामिक शरिअत (कानुन) मा अमानतको परिभाषा र यससँग सम्बन्धित प्रावधानहरू बारेमा जान्नेछौं।

लक्ष्यहरू

  • अमानत (नासो) को परिभाषा र यसको वैधताको रहस्य (हिक्मत) बारे जानकारी।
  • अमानत (नासो) सम्बन्धी इस्लामिक हुकुम र यससँग सम्बन्धित प्रावधानहरू। 

अमानतको (नासो) परिभाषा

कुनै क्षतिपूर्ति बिना सुरक्षित राख्नको लागि अरूको पासमा राखिएको माल सामानलाई अमानत भनिन्छ। जस्तै- कसैले कसैलाई घडी, कार वा पैसा आदिलाई सम्हालेर राख्नको लागि दिनु।

कुनै क्षतिपूर्ति बिना सुरक्षित राख्नको लागि अरूको पासमा राखिएको माल सामानलाई अमानत भनिन्छ। जस्तै- कसैले कसैलाई घडी, कार वा पैसा आदिलाई सम्हालेर राख्नको लागि दिनु।

अमानत (नासो) को हुकुम

अमानत राख्न दिने वा राख्ने सम्झौता गर्नु उचित कार्य हो। यसमा अमानत राख्न दिने र राख्ने दुबै व्यक्तिले जुनसुकै बेलामा पनि सम्झौता समाप्त गर्न सक्छन्। जब राख्न दिने व्यक्तिले आफ्नो सामान फिर्ता माग्छ त राखेको व्यक्तिले त्यो सामान अनिवार्य रूपले फिर्ता गर्नुपर्छ। त्यसैगरी जब सामान राखेको व्यक्तिले फिर्ता गर्छ त राख्न दिएको व्यक्तिले पनि त्यसलाई स्वीकार गर्नु अनिवार्य छ। यो भलाइ, आत्मसंयमता र सहयोगको मामिला हो।

अमानत (नासो) वैध हुनुको रहस्य

मानिसलाई कहिलेकाहीँ यस्तो परिस्थिति पनि आउँछ कि उसले आफ्नो धनमाल सुरक्षित गर्न असमर्थ हुन्छ। कारण- हराउने, चोरी हुने डर वा राख्न असक्षमता, बिरामी वा अन्य कुनै खतराको कारण उसले आफ्नो पासमा राख्न सक्दैन। अर्को मानिसलाई यी कुराहरूको कुनै डर हुँदैन अनि ऊ माल राख्न र सुरक्षित गर्न पनि सक्षम हुन्छ।

त्यसैले हाम्रो सृष्टिकर्ता अल्लाहले धनमाललाई अरूको पासमा अमानतको रूपमा जम्मा गर्न अनुमति दिनुभयो। जसबाट एकातिर कुनै व्यक्तिको माल सुरक्षित हुन्छ भने अर्कोतिर माल सुरक्षित राखिदिनेले पुण्य कमाउँछ अनि यसले मानिसहरूलाई आपसमा सहजता र सहयोगको साथै आवश्यकताहरू पूरा गर्न पनि मद्दत मिल्छ।

अमानत राख्नु र राख्न दिनु कुर्आन, सुन्नत र पुरै समुदायको मतअनुसार वैध छ। अल्लाहले भन्नुभएको छः {إِنَّ اللَّهَ يَأْمُرُكُمْ أَنْ تُؤَدُّوا الْأَمَانَاتِ إِلَى أَهْلِهَا} [النساء: 58]. अर्थः “अल्लाहले तिमीहरूलाई 'अमानत' (नासोहरू) तिनका हकदारलाई सुम्पिने आदेश दिनुभएको छ।” (सूरतुन्-निसाः ४/ ५८)

अबू हुरैरा रजियल्लाहु अन्हुले वर्णन गर्नुभएको छ, अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयोः कसैले तिम्रो पासमा अमानत (नासो) राखेको छ, त्यस अमानतलाई तिमी उसलाई (जस्ताको तस्तै) वापस गरिदेऊ र कसैले तिम्रो साथमा खयानत (धोका) गरेको छ तिमी उसको साथमा खयानत (धोका) नगर । (अबूदाऊदः ३५३५ हसन सही अल्बानी)

अमानतलाई कबुल (स्वीकार) गर्ने हुकुम

यदि कुनै व्यक्तिले आफूलाई अमानतको सुरक्षा गर्न सक्षम भएको ठान्छ भने उसले अमानत कबुल गर्नु (राखिदिनु) उत्तम हो। किनभने यो पुण्य र आत्मसंयमको कार्य हो, अनि यसलाई सुरक्षा गरे बापत पुण्य तथा नेकी मिल्छ।

अमानत (नासो) का आधारहरू (अर्कान)

١
अमानत राख्न दिनेः अमानत राख्न दिने व्यक्ति त्यस मालको मालिक हुनुपर्छ।
٢
अमानत राख्ने व्यक्तिः अमानत राखेर यसलाई सुरक्षा गर्ने व्यक्ति।
٣
अमानतः सुरक्षा गर्नको लागि कसैलाई दिइने वस्तु।
٤
मन्जुरी: दुबै पक्षहरूको प्रस्ताव र स्वीकृति।

अमानतको माल राखेको व्यक्ति जिम्मेदार हुने अवस्थाहरू।

١
अमानतको सुरक्षा गर्न लापरवाही गरेमा।
٢
अमानतको मालको मालिकको अनुमति वा आदेश बिना त्यो माल अरू कसैलाई सुरक्षा गर्न दिएमा।
٣
अमानतको माल उपयोग वा खर्च गरेमा।

अमानतको माललाई अमानतबाट ग्यारेन्टीमा बदल्ने अवस्थाहरू।

١
अमानतलाई कुनै अन्य चीजसँग मिलाएर त्यसको अस्तित्व नै समाप्त पार्नु।
٢
अमानतको सुरक्षाको अवस्था विपरीत गर्नु।
٣
अमानतलाई बिना सुरक्षा त्यो जस्तै अन्य चीजहरूसँग प्रतिस्थापन गर्नु, ताकि त्यस ठाउँमा त्यो जस्तै अमानतलाई सुरक्षित राखियोस् जसलाई प्राप्त गर्न कठिन हुन्छ।

यदि अमानत राख्ने व्यक्तिद्वारा त्यो नासो नष्ट भयो र उसले उल्लङ्घन वा बेवास्ता गरेको छैन भने, ऊ त्यसको जिम्मेदार हुँदैन। तर उसले यसलाई सुरक्षित स्थानमा राख्नुपर्छ। यदि अमानतको मालिकले त्यो माल राख्ने व्यक्तिलाई खर्च गर्न वा उपयोग गर्न अनुमति दिन्छ भने त्यो अमानत ऋण जस्तै हुनजान्छ।

यदि अमानतको सुरक्षामा डर उत्पन्न हुन्छ वा अमानत राखेको व्यक्ति यात्रा गर्न चाहन्छ भने, उसले त्यो अमानत यसको मालिक वा एजेन्टलाई फिर्ता गर्नुपर्छ। यस्तो गर्न सम्भव छैन भने विश्वसनीय हाकिम वा मुखियालाई दिनुपर्छ, यदि यस्तो गर्न पनि सकिएन भने कुनै विश्वसनीय व्यक्तिलाई जिम्मा लगाउनु पर्छ ताकि तिनले त्यस मालको असली मालिक वा एजेन्टसम्म पुर्याउन्।

यदि अमानतको सुरक्षामा डर उत्पन्न हुन्छ वा अमानत राखेको व्यक्ति यात्रा गर्न चाहन्छ भने, उसले त्यो अमानत यसको मालिक वा एजेन्टलाई फिर्ता गर्नुपर्छ। यस्तो गर्न सम्भव छैन भने विश्वसनीय हाकिम वा मुखियालाई दिनुपर्छ, यदि यस्तो गर्न पनि सकिएन भने कुनै विश्वसनीय व्यक्तिलाई जिम्मा लगाउनु पर्छ ताकि तिनले त्यस मालको असली मालिक वा एजेन्टसम्म पुर्याउन्।

जो व्यक्तिसँग अमानतको माल जम्मा गरिएको छ, उसले माललाई सुरक्षित स्थानबाट निकाल्छ वा त्यसलाई अविभाज्य चीजमा मिसाउँछ र सबै चीज हराउँछ वा नष्ट हुन्छ भने ऊ त्यसको जिम्मेदार हुन्छ।

अमानत राख्ने व्यक्ति विश्वासपात्र हो; यदि उसले मनमानी वा लापरवाही गरेको कारण माल यताउता भएमा ऊ उत्तरदायी (जिम्मेदार) हुन्छ। अमानत राख्न दिने व्यक्तिको माललाई फिर्ता गर्ने, नष्ट नगर्ने र लापरवाही नगर्ने सर्तको साथमा स्वीकार गरिन्छ। जबकि उसको पासमा कुनै प्रमाण हुँदैन।

अमानत फिर्ता गर्ने आदेश

अमानत राख्ने व्यक्ति राख्न दिएको मालको संरक्षक हो। जब अमानतको मालिकले माल फिर्ता माग्छ तब फिर्ता गर्नु अनिवार्य छ। यदि अमानतको मालिकले मागेको समयमा कुनै कारण बिना नै उसले माल फिर्ता गरेन र माल नष्ट भयो भने राख्ने व्यक्ति ऊ जिम्मेदार हुनजान्छ र यसको भर्पाई गर्नुपर्छ। अल्लाहले भन्नुभएको छः {إِنَّ اللَّهَ يَأْمُرُكُمْ أَنْ تُؤَدُّوا الْأَمَانَاتِ إِلَى أَهْلِهَا} [النساء: 58]. अर्थः “अल्लाहले तिमीहरूलाई 'अमानत' (नासोहरू) तिनका हकदारलाई सुम्पिने आदेश दिनुभएको छ।” (सूरतुन्-निसाः ४/ ५८)

यदि अमानत एक भन्दा धेरै व्यक्तिहरूको हो, अनि कुनै एक जनाले फिर्ता माग गरेमा उसलाई फिर्ता दिनुपर्छ; चाहे त्यो नापेर, तौलेर वा सङ्ख्यामा विभाजन गरेर दिनु पर्ने वस्तु भएपनि उसको भाग निकालेर दिनुपर्छ।

अमानतको सम्झौता समाप्त हुने अवस्थाहरू

١
अमानतको माग गरेमा र त्यसलाई फिर्ता गरिएमा।
٢
अमानतको माललाई बिक्री वा उपहार स्वरूप अर्को पक्षलाई हस्तान्तरण गरेमा।
٣
अमानत राख्न दिने र राख्ने मध्ये कुनै व्यक्तिको क्षमता समाप्त भएमा।
٤
अमानत राख्न दिने र राख्ने मध्ये कसैको मृत्यु भएमा।

तपाईंले पाठ सफलता पूर्वक पूरा गर्नुभयो


परीक्षण सुरु गर्नुहोस्