Model: हालको खण्ड
पाठ इस्लाममा महिला अधिकार
सत्य धर्म इस्लामले ईश्वरीय शिक्षा र तत्त्वदर्शी निर्देशनको साथ मुस्लिम महिलाको राम्रो हेरचाह गरेको छ। उनीहरूको मर्यादा, सम्मान र खुसीलाई सुनिश्चित गरेको छ, अनि उनीहरूलाई शङ्का, प्रलोभन, दुष्टता र फसादको अलग एउटा आरामदायी जीवनको साधन प्रदान गरेको छ। यो सबै विशेष रूपले महिलाहरूका लागि र सामान्यतया पुरै समाजको लागि अल्लाहको महान् दया तथा कृपाको अंश हो। अल्लाहको दया र कृपाका विभिन्न रूपहरू छन्।
सम्मान र उच्च पद
उमर इब्ने खत्ताब रजियल्लाहु अन्हुले भन्नुभएको छः “अल्लाहको कसम ! अज्ञानताको युग (इस्लाम भन्दा पहिलेको युग) मा हामीहरूको नजरमा महिलाको कुनै स्थान तथा हैसियत थिएन। त्यसपछि अल्लाहले उनीहरूको लागि विशेष विधिविधान अवतरण गर्नुभयो, अनि उनीहरूको लागि विशेष अंश र अधिकारको आदेश दिनुभयो।” (बुखारीः ४९१३, मुस्लिमः १४७९) १४०० वर्षभन्दा पहिले इस्लामको ज्योति चम्कियो र महिलालाई सम्मान प्रदान गर्दै उनीहरूको स्थान उच्च बनायो, केही जाति र समुदायहरूद्वारा गरिने कैयौँ अन्याय र अत्याचार उनीहरूबाट हटायो। त्यस समयमा उनीहरूमाथि गरिने केही अत्याचार र भेदभावहरू यस प्रकार छन्- उनीहरूलाई सम्पत्ति राख्ने वा कुनै सम्पत्तिको मालिक बन्ने अधिकार थिएन, पैतृक वा पतिको सम्पत्तिबाट अंश पाउने अधिकार थिएन। यहाँसम्म कि जब पतिको मृत्यु हुन्थ्यो त उनलाई सती जाने वा पठाउने नाममा जलाइन्थ्यो वा किनबेच गरिन्थ्यो। महिलालाई किनबेच गर्ने काम ब्रिटेनमा बीसौं शताब्दीको सुरुसम्म प्रचलित थियो।
महिला र पुरुषहरू बीच न्याय
मूल सृष्टि
इस्लामले पुरुषहरू र महिलाहरूलाई मिल्ने शरई कर्तव्य, जिम्मेदारी र परलोकमा मिल्ने प्रतिफलको सम्बन्धमा बराबरको मान र दर्जा राखेको छ। यसै सम्बन्धमा अल्लाहले भन्नुभएको छः {مَنْ عَمِلَ صَالِحًا مِنْ ذَكَرٍ أَوْ أُنْثَى وَهُوَ مُؤْمِنٌ فَلَنُحْيِيَنَّهُ حَيَاةً طَيِّبَةً وَلَنَجْزِيَنَّهُمْ أَجْرَهُمْ بِأَحْسَنِ مَا كَانُوا يَعْمَلُونَ} [النحل: 97]، अर्थः “जुन व्यक्तिले सत्कर्म गर्दछ, चाहे त्यो पुरुष होस् वा स्त्री, अनि त्यो मोमिन पनि भने हामीले उसलाई (संसारमा) पवित्र (र) आरामको जीवन प्रदान गर्नेछौं अनि (परलोकमा) तिनीहरूको राम्रो कार्यको अत्यन्त राम्रो बदला पनि अवश्य नै दिनेछौं।” (सूरतुन्-नहलः १६/ ९७) अनि भन्नुभएको छः {وَمَنْ يَعْمَلْ مِنَ الصَّالِحَاتِ مِنْ ذَكَرٍ أَوْ أُنْثَى وَهُوَ مُؤْمِنٌ فَأُولَئِكَ يَدْخُلُونَ الْجَنَّةَ وَلَا يُظْلَمُونَ نَقِيرًا} [النساء: 124] अर्थः “जसले सत्कर्म गर्दछ, चाहे त्यो पुरुष होस् वा स्त्री, अनि ईमानवाला छ भने यस्ता मानिसहरूले जन्नत (स्वर्ग) मा प्रवेश पाउने छन् र तिनीहरूप्रति खजूरको बीउको झिल्ली बराबर (अलिकति) पनि अन्याय गरिने छैन।” (सूरतुन्-निसाः ४/ १२४) अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमसँग त्यस्तो व्यक्तिको सम्बन्धमा सोधियो, कसैले आफ्नो लुगा भिजेको पाउँछ तर उसलाई स्वप्नदोष भएको याद छैन भने के गर्ने? (उसले नुहाउनु पर्छ?) उहाँ सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयोः उसले गुस्ल (स्नान) गर्नुपर्छ। फेरी उहाँ सल्लल्लाहु अलैहि वसल्लमसँग त्यस्तो व्यक्तिको सम्बन्धमा सोधियो, जसलाई स्वप्नदोष भएको त याद छ तर आफ्नो लुगा भिजेको कुनै सङ्केत पाउँदैन भने के गर्ने? त उहाँले भन्नुभयोः उसले गुस्ल (स्नान) गर्नुपर्दैन। यो कुरा सुनेपछि उम्मे सुलेम रजियल्लाहु अन्हाले भन्नुभयोः यदि कुनै महिलाले पनि यस्तै देखिन भने उनले पनि गुस्ल गर्नुपर्छ? उहाँ सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयोः अँ पर्छ, किनभने महिलाहरू पनि पुरुषहरू सरह हुन्। (अबू दाउदः २३६)
अल्लाहको रसूलमाथि ईमान ल्याउने अथवा उहाँको दूतत्वमा विश्वास गर्ने सबैभन्दा पहिलो व्यक्ति महिला नै थिइन्। जो खदीजा रजियल्लाहु अन्हा हुनुहुन्थ्यो। हबशाको पहिलो हिजरत (प्रवास) मा पनि महिलाहरू समावेश थिए। मदिनाबाट आएर अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमसँग बैअत (प्रतिज्ञा) गर्ने प्रतिनिधि मण्डलमा पनि महिला समावेश थिए। उनीहरूलाई कुनैपनि ठाउँमा भेदभाव गरिएन।
महिलाहरूले इस्लामिक इतिहासमा चम्किलो उदाहरण लेखेका छन्। जसमा उनीहरू उत्तम गुण, अधिक ज्ञान अनि इस्लामको सन्देशलाई सम्झने र सम्झाउन सक्ने क्षमतावानको रूपमा परिचित थिए। यतिमात्र होइन उनीहरूले समय-समयमा कैयौँ क्षेत्रमा अग्रगामी भूमिका निर्वाह गरेका छन्। मुस्लिमहरूले आफ्नो धर्मका कैयौँ मामिलाहरू तथा विधिविधानको जानकारी ज्ञान र शिक्षाको क्षेत्रमा अग्रणी भूमिका निर्वाह गरेका र आदर्शको रूपमा परिचित मुस्लिम महिलाहरूबाट लिएका छन्। जसमा सबैभन्दा प्रमुख उम्मुल् मोमिनिन आयशा रजियल्लाहु अन्हा हुनुहुन्छ।
वाजिब होस् वा मुस्तहब होस् वा जायज जुनसुकै रूपमा पनि माहिलाले पुरुषहरू सरह इबादत (उपासना) गर्न पाउँछन्। जस्तै- उम्रह, हज, इस्तिस्काको नमाज, जुमुआको नमाज, जमाअतको साथ फर्ज नमाज, इत्यादि। त्यसैगरी इस्लामतिर आह्वान गर्ने, भलाइका कामहरूको आदेश दिने, खराब कामहरूबाट रोक्ने आदि जस्ता आदेशहरू पनि महिला र पुरुष दुबैको लागि छ। अनि विभिन्न शरई जिम्मेदारी र धार्मिक समस्याहरूमा पनि प्रायः दुबै लिङ्गलाई बराबरकै आदेश छ। महिला र पुरुषको मामिलामा सृष्टि अथवा शारीरिक बनावट र शरीर अनुसारको प्राकृतिक नियम तथा जिम्मेदारी बाहेक इस्लामले महिलालाई कहीँ कतै फरक गरेको छैन।
यद्यपि इस्लामले सामान्य नियमको रूपमा जिम्मेदारीमा समानताको सिद्धान्तलाई स्वीकृति दिएको छ। यसले पुरुष र महिला दुबै लिङ्गहरू बीचको प्राकृतिक भिन्नतालाई ध्यानमा राखेको छ र उनीहरूको कार्य तथा जिम्मेदारीमा पनि भिन्न व्यवस्था गरेको छ। ताकि पुरुष र महिला दुबैलाई उसको सही स्थान प्राप्त होस्। जसबाट जीवनमा दुबै लिङ्क एक अर्काका परिपूरक बन्न सकुन्। महिला र आफ्ना बच्चाहरूको खर्च तथा पालनपोषणको जिम्मेदारी पुरुषको हो भने पतिको माल र सन्तानहरूको रेखदेख गर्ने जिम्मेदारी महिलाको हो। यसको साथसाथै महिलाले अन्य केही जिम्मेदारीहरू पनि वहन गर्नुपर्ने हुन्छ।
इस्लामले महिलाहरूलाई उनीहरूको नागरिक, सामाजिक र व्यक्तिगत स्थिति अधिकारहरूको ग्यारेन्टी गरेको छ। महिलाका लागि यी अधिकारहरू इस्लामिक सन्देशको सुरुवात (1,400 वर्ष भन्दा पहिले) देखि नै निश्चित गरिएको हो। आधुनिक युगका नागरिक र मानवअधिकार सङ्गठनहरूले उनीहरूको लागि हक अधिकारको माग गर्नु भन्दा कैयौँ शताब्दी पहिलेदेखि नै इस्लाममा ग्यारेन्टी गरिएको छ।
महिलाहरूको नागरिक र सामाजिक अधिकार
व्यक्तिगत स्थिति र विवाहमा महिला अधिकार
माथिका उदाहरणहरू इस्लाममा महिला केही अधिकारहरू चित्रण गर्नका लागि मात्र हुन्, अन्यथा इस्लामिक शरिअतले महिलाहरूलाई दिएको अधिकारहरू त धेरै छन्।