सिक्न जारी राख्नुहोस्

तपाईं लगइन हुनुभएको छैन ।
तपाईंको प्रगति जारी राख्न, प्वाइन्टहरू संकलन गर्न र प्रतिस्पर्धाहरूमा प्रवेश गर्नको लागि “ता प्लेटफर्म” (Learning Islam) मा अहिल्यै दर्ता गर्नुहोस्। दर्ता पछि तपाईंले आफूले सिकेको विषयहरूको इलेक्ट्रोनिक (अनलाइन) प्रमाणपत्र प्राप्त गर्नुहुनेछ।

Model: हालको खण्ड

दिसा-पिसाब गर्ने तरिका

पाठ दिसा-पिसाब गर्ने तरिका

पाठबारे जानकारी

इस्लामी शरीअत (धर्म विधान) ले मुस्लिमको जीवनमा आइपर्ने कुनै पनि मामिलालाई नछोडी त्यसका विधि-विधानहरूलाई अनिवार्य रूपमा बताएको छ। तीनै विषयहरू मध्ये दिसा-पिसाब गर्ने तरिका पनि एक हो। हामीले यस पाठमा दिसा-पिसाबको तरिका र सबै किसिमका अपवित्रताका तथा पवित्रताको बारेमा जानकारी हासिल गर्नेछौं।

लक्ष्यहरू

  • दिसा-पिसाबको तरिकाबारे जानकारी।
  • सबै किसिमका अपवित्रताबारे जानकारी।
  • अपवित्रताबाट पवित्रता हासिल गर्ने तरिका।

दिसा-पिसाब गर्ने तरिकाः

शौचालय पस्दा पहिले देब्रे खुट्टा भित्र राख्नु बेस हो र पस्ने बेला यो दुआ पढ्नु पर्छः "بسم الله، اللهم إني أعوذ بك من الخبث والخبائث". उच्चारणः “बिस्मिल्ला, अल्लाहुम्म इन्नी आउजुबिक मिनल-खुबुसि वल्-खबाइस्” अर्थः हे अल्लाह ! बदमास पुरुष र महिला शैतानको उपद्रवबाट तपाईंको शरणमा आउँछु।

शौचालय प्रवेश गर्दाको दुआ

निस्कने बेला पहिले दायाँ खुट्टा बाहिर निकाल्नु र निम्न दुआ पढ्नु: "غفرانك". उच्चारणः 'गुफ्रानक' अर्थः हे अल्लाह ! क्षमा गर्नुहोस्।

दिसा-पिसाबको बेला मुस्लिमले मानिसहरूको नजरबाट गुप्ताङ्गहरूलाई पर्दा गर्नुपर्दछ।

मानिसहरूलाई कष्ट हुने तथा सार्वजनिक ठाउँमा कहिल्यै पनि दिसा-पिसाब गर्नुहुँदैन।

खुल्ला ठाउँमा र दुलोमा दिसा-पिसाब गर्नु अवैध छ, किनभने दुलोभित्र किराहरू हुन सक्छन्। जसको कारण त्यस विषालु किरालाई हानी हुनसक्छ र उसले टोक्न पनि सक्छ।

खुल्ला ठाउँमा र दुलोमा दिसा-पिसाब गर्नु अवैध छ, किनभने दुलोभित्र किराहरू हुन सक्छन्। जसको कारण त्यस विषालु किरालाई हानी हुनसक्छ र उसले  टोक्न पनि सक्छ।
खुल्ला ठाउँमा दिसा-पिसाब गर्दा किब्ला (मक्का) तिर अनुहार तथा पिठ्यूँ फर्काउनु हुँदैन। तर घर भित्र रहेका शौचालयहरूमा त्यसो गर्दा केही फरक पर्दैन। रसूल सल्लल्लाहु अलैहि व सल्लमले भन्नुभएको छः “दिसा-पिसाब गर्दा किब्लातिर अनुहार र पिठ्यूँ नफर्काऊ।” (बुखारी: ३८६, मुस्लिम: २६४)

दिसा-पिसाब गर्दा आफ्ना लुगा र शरीरमा उड्ने फोहोर वा छिटा लाग्नबाट बचाउनु जरुरी छ, यदि फोहोर लाग्यो भने त्यसलाई धुनु जरुरी छ।

दिसा-पिसाब गरिसकेपछि निम्नलिखित दुईमध्ये कुनै एउटा काम गर्नु अनिवार्य छ।

١
इस्तिन्जा गर्नु ।
٢
इस्तिज्मार गर्नु।

इस्तिन्जा गर्नु ।

दिसा-पिसाबलाई पानीद्वारा सफा गर्ने कार्यलाई 'इस्तिन्जा' भनिन्छ।

दिसा-पिसाबलाई पानीद्वारा सफा गर्ने कार्यलाई 'इस्तिन्जा' भनिन्छ।

इस्तिज्मार

तीन वा तीन भन्दा बढी ढुङ्गा, माटो, टिशु वा अन्य वस्तुले दिसा-पिसाब सफा गर्ने कार्यलाई 'इस्तिज्मार' भनिन्छ।

तीन वा तीन भन्दा बढी ढुङ्गा, माटो, टिशु वा अन्य वस्तुले दिसा-पिसाब सफा गर्ने कार्यलाई 'इस्तिज्मार' भनिन्छ।

अपवित्रता (हदस)

अपवित्रता (हदस) भनेको मानिसको आन्तरिक अपवित्रता हो, यसले उसलाई पवित्रता प्राप्त नगरेसम्म नमाज पढ्नबाट रोक्छ। यो फोहोर वस्तुहरू जस्तो महसुस गरिने चीज होइन।

पवित्र पानी

पवित्र पानीले वजू वा स्नान गरेर उक्त आन्तरिक अपवित्रताबाट पवित्र हुन सकिन्छ। पवित्र पानी- जसमा फोहोर मिसेको हुँदैन र पानीको रङ्ग, स्वाद तथा गन्ध परिवर्तन भएको छैन भने त्यो पवित्र पानी हो।

पवित्र पानीले वजू वा स्नान गरेर उक्त आन्तरिक अपवित्रताबाट पवित्र हुन सकिन्छ। 
पवित्र पानी- जसमा फोहोर मिसेको हुँदैन र पानीको रङ्ग, स्वाद तथा गन्ध परिवर्तन भएको छैन भने त्यो पवित्र पानी हो।

अपवित्रता दुई किसिमका हुन्छन्-

١
सानो अपवित्रताः यस्तो अपवित्रताबाट पवित्रता हासिल गर्न मुस्लिमले वजू गर्नुपर्छ।
٢
ठूलो अपवित्रताः यस्तो अपवित्रताबाट पवित्रता हासिल गर्न पूरै शरीर भिज्नेगरी पानी हालेर नुहाउनु पर्छ।

सानो अपवित्रताबाट पवित्रताको लागि वजू

एउटा मुस्लिमको पवित्रता निम्नलिखित कुराहरूले भङ्ग हुन्छ र नमाजको लागि उसले वजू गर्नु अनिवार्य हुनजान्छ।
१- दिसा-पिसाब तथा गुप्ताङ्गबाट निस्कने अन्य चीज, जस्तैः हावा निस्किनु। अल्लाहले वजू भङ्ग गर्ने कुराहरूको वर्णन गर्दै भन्नुभएको छः (أَوْ جَاءَ أَحَدٌ مِنْكُمْ مِنَ الْغَائِطِ) (النساء: 43). अर्थः “वा तिमीहरूमध्ये कोही दिसा-पिसाब गरेर आएको होस्।” (सूरह अन्-निसा: ४/४३) जसलाई नमाज पढिरहेको बेला हावा निस्कियो कि भन्ने शंका लाग्छ, उसको लागि रसूल सल्लल्लाहु अलैहि व सल्लमले भन्नुभएको छः “जबसम्म हावा निस्केको आवाज आउँदैन वा गन्ध महसुस हुँदैन तबसम्म नमाजलाई छोड्नु हुँदैन।” (बुखारी : १७७, मुस्लिम : ३६१)
२- हातले बिना बाधक (पर्दा) सिधै उत्तेजनापूर्वक गुप्ताङ्गलाई छुनु। रसूल सल्लल्लाहु अलैहि व सल्लमले भन्नुभएको छः “जसले आफ्नो गुप्ताङ्गलाई छुन्छ, उसले वजू गर्नुपर्छ।” (अबु-दाऊ: १८१)

३- ऊँटको मासु खानु। रसूल सल्लल्लाहु अलैहि व सल्लमसित सोधियो- ऊँटको मासु खाएपछि वजू गर्नुपर्छ ? उहाँले भन्नु भयो… “अँ गर्नुपर्छ।” (मुस्लिम: ३६०)

३- ऊँटको मासु खानु। रसूल सल्लल्लाहु अलैहि व सल्लमसित सोधियो- ऊँटको मासु खाएपछि वजू गर्नुपर्छ ? उहाँले भन्नु भयो… “अँ गर्नुपर्छ।” (मुस्लिम: ३६०)

४- निन्द्रा, बौलाहापन वा बेहोशीले चेतना गुमाएमा पनि वजू टुट्छ।

४- निन्द्रा, बौलाहापन वा बेहोशीले चेतना गुमाएमा पनि वजू टुट्छ।

तपाईंले पाठ सफलता पूर्वक पूरा गर्नुभयो


परीक्षण सुरु गर्नुहोस्