Model: हालको खण्ड
पाठ सलाह (नमाज) को तरिका
१) नीयत (संकल्प) गर्नु-
सलाहको लागि उभिएर “अल्लाहु अकबर” भन्नु पर्छ। दुबै हत्केलालाई किब्लातिर फर्काएर औंलाहरूलाई खुला राखी आफ्नो काँध वा अलि माथि कानसम्म उठाउनु पर्छ।
तक्बीरको अर्थ-
3) तक्बीरपछि दायाँ हातलाई बायाँ हातमाथि राखेर छातीमा बाँध्नु पर्दछ र कियामको बेलामा यस्तै गरी राख्नु पर्दछ।
७) त्यसपछि ‘सूरह फातिहा’ पढ्नु पर्छ। यो कुरआनको सबैभन्दा महान सूरह हो।
सूरह फातिहालाई जसरी भए पनि सिक्नु पर्दछ, किनभने यो सलाहको आधार हो। यसलाई इमाम (अगुवा), मुक्तदी (इमामको अनुसरण गरेर सलाह पढ्ने व्यक्ति) र मुन्फरिद (एक्लै सलाह पढ्ने व्यक्ति) सबैले सलाहको प्रत्येक रकातमा पढ्नु पर्दछ।
सूरह फातिहा-
१०) त्यसपछि अल्लाहु-अकबर भन्दै 'रुकूअ' को लागि झुक्नु पर्दछ। झुक्नु भन्दा पहिले प्रथम तक्बीरमा गरे झैं दुबै हत्केलालाई किब्लातिर फर्काएर काँध वा अलि माथिसम्म उठाउनु (रफअ यदैन गर्नु) पर्दछ।
११) रुकूअ को बेलामा किब्लाको दिशामा झुक्नु पर्छ। पिठ्यूँ र टाउको बराबर राख्नु पर्छ। दुबै हातले दुबै घुँडा समाउनु पर्छ, हातका औंलाहरू खुलेको हुनु पर्दछ। र ‘सुब्हान रब्बियल्-अजीम’ भन्नु पर्छ। एक चोटि भन्नु अनिवार्य हो र तीन चोटि भन्नु उत्तम हो। रुकूअमा अल्लाहको प्रशंसा र महिमाको बढी वर्णन गर्नु पर्दछ।
‘सुब्हान रब्बियल्-अजीम’ को अर्थ : मेरो अल्लाह महान, पवित्र र हरेक प्रकारको कमी कमजोरीबाट निश्चल हुनुहुन्छ। म आदरपूर्वक उहाँको महिमाको वर्णन गरिरहेको छु।
त्यसपछि ‘समिअल्लाहु लिमन् हमिदह’ भन्दै सिधा उभिनु पर्छ। प्रथम तक्बीरमा गरे झैं दुबै हत्केलालाई किब्लातिर फर्काएर काँध वा अलि माथिसम्म उठाउनु पर्दछ। फेरी सबैले ‘रब्बना व लकल्-हम्द’ भन्नु पर्दछ।
तर ‘रब्बना व लकल्-हम्द, को साथमा (...... हम्दन् कसीरन् तययेबन् मुबारकन् फीह, मिल् अस्समाए व मिल् अल्-अर्ज, व मिल्आ मा शि'ता मिन् शैइन् बा'द) पढ्नु उत्तम हो।
१३) त्यसपछि अल्लाहु-अक्बर भन्दै भुँइमा सज्दा (दण्डवत) गर्नु पर्दछ। सज्दा सात अङ्गहरूः निधार नाकसहित, दुबै हात, दुबै घुँडा, दुबै खुट्टा भुईंमा टेकेर गर्नु पर्दछ। सज्दा गर्दा हातहरूलाई काँखीदेखि टाढा, पेटलाई तिघ्रादेखि टाढा र दुबै तिघ्रालाई खुट्टादेखि टाढा राख्नु पर्दछ र हातलाई भुँइदेखि माथि उठाएर राख्नु पर्दछ।
सज्दा (दण्डवत) गरेको बेलामा गरिएको दुआ बढी स्वीकृत हुन्छ। त्यसैले सज्दाको अनिवार्य दुआ पढिसकेपछि लोक-प्रलोकका राम्रा कुराहरूको कामना गर्नु पर्दछ। रसूल सल्लल्लाहु अलैहि व सल्लमले भन्नु भएको छः “सज्दा (दण्डवत) गरेको बेलामा भक्त आफ्नो प्रतिपालक अल्लाहदेखि निकै नजिक हुन्छ, त्यसैले अत्याधिक दुआ गर्ने गर।” (मुस्लिम: ४८२)
१५) त्यसपछि “अल्लाहु-अक्बर” भन्दै सज्दाबाट टाउको उठाई अर्को सज्दा गर्न भन्दा पहिले एकछिन बस्नु पर्दछ। सज्दापछि बस्दा बायाँ खुट्टा पल्टाएर त्यसमाथि बस्नु र दायाँ खुट्टालाई सीधा ठाडो पारेर राख्नु पर्दछ। दुबै हत्केलाहरूलाई तिघ्राको अगाडि भागमा घुँडा नजिक राख्नु पर्दछ।
सलाह पढ्दा बस्ने तरिका
१६) दुबै सज्दाको बीचमा (रब्बिग् फिरली) पढ्नु पर्दछ। यसलाई तीन चोटि भन्नु उत्तम हो। यसको अर्थ- “हे अल्लाह ! मलाई माफ गर्नुहोस्।”
१७) त्यसपछि पहिलेको सज्दा झैं दोस्रो सज्दा गर्नु पर्दछ।
१८) त्यसपछि “अल्लाहु-अक्बर” भन्दै दोस्रो रकातको लागि) उभिनु पर्दछ
१९) पहिलो रकात झैं दोस्रो रकात पनि पढ्नु पर्दछ।
२०) दोस्रो रकातमा दोस्रो सज्जा पछि ‘पहिलो तश्ह्हुद’ को लागि बस्नु पर्दछ र यो पढ्नु पर्दछः ‘अत्तहीयातु लिल्लाहि वस्सलवातु वत्तइयेबातु अस्सलामु अलैक अय्यो हन्नबीयो वरहमतुल्लाहि व बरकातुहु अस्सलामु अलैना वअला एबादिल्ला हिस्सालेहीन, अश्हदु अल्ला इलाह इल्लल्लाहु व अश्हदु अन्न मुहम्मदन् अब्दुहू व रसूलुह’ । अर्थः “अर्थः (मेरा सम्पूर्ण) मौखिक, शारीरिक र आर्थिक उपासनाहरू अल्लाहको लागि मात्रै खास छन्। हे नबी तपाईंमाथि अल्लाहको तर्फबाट दया, शान्ति र बरकत होस् अनि हामीमाथि पनि र अल्लाहका असल भक्तहरूमाथि पनि शान्ति होस्। म गवाही दिन्छु कि अल्लाह बाहेक कोही सत्य पूजनीय छैन र म गवाही दिन्छु कि मुहम्मद (सल्ल) उहाँको भक्त र सन्देश वाहक हुनुहुन्छ।
२२) त्यसपछि अन्तिम रकातको दोस्रो सज्दापछि अन्तिम तशह्हुदको लागि बस्नु पर्दछ। यसको तरिका पनि प्रथम तशह्हुद झैं हो, जति रकातको सलाह भएपनि अन्तिम रकातमा अत्तहीयातको अतिरिक्त निम्न दुआ (दरुद-शरीफ) पनि पढ्नु पर्दछ। ‘अल्लाहुम्म सल्लि अला मुहम्मद्, व अला आलि मुहम्मद्, कमा सल्लैत अला इब्राहीम्, व अला आलि इब्राहीम इन्नक हमीदुम्मजीद। अल्लाहुम्म बारिक अला मुहम्मद्, व अला आलि मुहम्मद्, कमा बारक्त अला इब्राहीम्, व अला आलि इब्राहीम, इन्नक हमीदुम्मजीद’। अर्थः “हे अल्लाह ! दया र शान्ति अवतरण गर्नुहोस् मुहम्मदमाथि र उहाँका परिवार तथा सन्तानमाथि, जसरी तपाईंले शान्ति अवतरण गर्नु भएको थियो इब्राहीममाथि, इब्राहीमका परिवार तथा सन्तानमाथि । निःसन्देह तपाईं महिमा र गुणगानको योग्य हुनुहुन्छ । हे अल्लाह ! बरकत (कल्याण) अवतरण गर्नुहोस् मुहम्मदमाथि र उहाँका परिवारमाथि जसरी तपाईले बरकत अवतरण गर्नु भएको थियो इब्राहीममाथि, उहाँका परिवार तथा सन्तानमाथि । निःसन्देह तपाईं महिमा र गुणगानको योग्य हुनुहुन्छ ।”
सलाम फेरिसकेपछि सलाह समाप्त हुन्छ। रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भएको छः “सलाह पढ्दा पहिलो तक्बीरले (सबै वैध कुराकानी) अवैध हुन्छन् र सलाम फेरेपछि अवैध भएक सबै वैध हुन्छन्।” (अबु-दाऊद: ६१, तिर्मिजी: ३) अर्थात तक्बीरले सलाह प्रारम्भ हुन्छ भने सलाम फेरेपछि सलाह समाप्त हुन्छ।
२४) सलामपछि निम्न दुआहरू पढ्नु उत्तम हो-
सकेसम्म सलाहका अनिवार्य दुआहरू छिट्टै कण्ठ गर्नु पर्छ, किनकि अरबी भाषा बाहेक अरु कुनै भाषामा सलाह हुँदैन। ती कुराहरु निम्न छन्- सूरह फातिहा, तकबीर, सुब्हान रब्बियल्-अजीम, समिअल्लाहु लिमन् हमिदह, रब्बना व लकल्-हम्द, सुब्हान रब्बियल्-आ'ला, रब्बिग् फिरली, तशह्हुद, दरुद-शरीफ र अस्सलामु अलैकुम व रहमतुल्लाह।
सूरह फातिहा र अन्य दुआहरु कण्ठस्त हुनु भन्दा अगाडि “सुबहनाल्लाह,” “अल्हम्दुलिल्लाह,” “अल्लाहु-अक्बर,” वा कण्ठ भएका आयतहरूलाई कियामको बेलामा दोहोर्याउनु पर्दछ। अल्लाहले भन्नु भएको छः (فَاتَّقُوا الله مَا اسْتَطَعْتُمْ) (التغابن: 16). अर्थः “सकेसम्म अल्लाहसित डर।” (सूरह अत्-तगाबुन: ६४/१६)
उसले यो तालिमको अवधिमा जमातको साथमा सलाह पढ्न निकै ध्यान दिनु पर्दछ। यसो गर्दा सलाहको सही तरिका सिक्ने अवसर पाउँछ र केही कमी हुन्छ भने इमामले त्यो कमीलाई पूरा गरि दिन्छन् ।