सिक्न जारी राख्नुहोस्

तपाईं लगइन हुनुभएको छैन ।
तपाईंको प्रगति जारी राख्न, प्वाइन्टहरू संकलन गर्न र प्रतिस्पर्धाहरूमा प्रवेश गर्नको लागि “ता प्लेटफर्म” (Learning Islam) मा अहिल्यै दर्ता गर्नुहोस्। दर्ता पछि तपाईंले आफूले सिकेको विषयहरूको इलेक्ट्रोनिक (अनलाइन) प्रमाणपत्र प्राप्त गर्नुहुनेछ।

Model: हालको खण्ड

जमाअतको सलाह (सामूहिक नमाज)

पाठ जमाअतको सलाह (सामूहिक नमाज)

पाठबारे जानकारी

अल्लाहले मुस्लिमहरूमा आपसी भाइचाराको सम्बन्ध बढाउनको लागि उनीहरूमाथि जमाअतको साथ सलाह पढ्न अनिवार्य गर्नु भएको छ । यस पाठमा हामीले त्यसको तरिका र आदेशहरूको बारेमा जानकारी हासिल गर्नेछौं।

लक्ष्यहरू

  • जमाअतको साथमा पढिने सलाहको श्रेष्ठताको जानकारी ।
  • अनुसरणको अर्थबारे जानकारी ।
  • इमाम र मुक्तदी सम्बन्धी आदेशबारे जानकारी ।

अल्लाहले पुरुषहरुलाई जमाअतको साथ (सामुहिक रुपमा) दैनिक पाँच पटकको सलाहहरू पढ्ने आदेश दिनु भएको छ। जमाअतको सलाह पढ्नेहरूका लागि बढी सवाब (पुण्य) को वाचा गर्नु भएको छ। रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भएको छः “एक्लै नमाज पढ्नु भन्दा जमाअतका साथ पढेमा २७ गुणा बढी सवाब (पुण्य) प्राप्त हुन्छ।” (बुखारी: ६१९, मुस्लिम: ६५०)

कम्तिमा पनि दुईजना भएमा जमाअत बन्न सक्छ। जमाअत इमाम (अगुवा) र मुक्तदी (इमामको अनुसरण गर्ने व्यक्ति) हो। जमाअत जति ठूलो हुन्छ, अल्लाहले त्यति नै मन पराउनु हुन्छ।

कम्तिमा पनि दुईजना भएमा जमाअत बन्न सक्छ। जमाअत इमाम (अगुवा) र मुक्तदी (इमामको अनुसरण गर्ने व्यक्ति) हो। जमाअत जति ठूलो हुन्छ, अल्लाहले त्यति नै मन पराउनु हुन्छ।

अनुसरणको अर्थ-

मुक्तदीले आफ्नो सलाहलाई इमामको सलाहसँग गाँस्नु पर्दछ। रूकू, सज्दामा उसको अनुसरण गर्नु पर्दछ। उसको केरात (कुरआनको पाठ) लाई ध्यानपूर्वक सुन्नु पर्दछ। कुनै पनि कार्य इमाम भन्दा अगाडि वा धेरै ढिलो र उसको विपरित गर्नु हुँदैन। पूर्ण रुपमा इमामको अनुसरण गर्नु पर्दछ।

इमामको अनुसरण

अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भएको छः “इमाम अनुसरण गर्नको लागि हो। जुन बेला इमामले 'अल्लाहु-अक्बर' भन्छन्, तिमीहरू पनि 'अल्लाहु-अक्बर' भन र इमाम भन्दा पहिले 'अल्लाहु-अक्बर' नभन। जब रूकूअ गर्छन्, तिमीहरू पनि रुकूअ गर र इमाम भन्दा पहिले रूकूअ नगर। जब 'समिअल्लाहू लिमन हमिदह' भन्छन्, तिमीहरू उभेर 'रब्बना वालकल-हम्द' भन। जब सज्दा गर्छन्, तिमीहरू सज्दामा जाऊ तर इमाम भन्दा पहिले सज्दामा नजाऊ ...।” (बुखारी: ७०१, मुस्लिम: ४१४, अबु-दाऊ : ६०३)

इमामतको हकदार को हुन्छ?

इमामतको हकदार त्यो व्यक्ति हुन्छ जो कुरआनको हाफिज तथा सबैभन्दा जानकार हुन्छ त्यसपछि जो बढी जानकार हुन्छ। रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भएको छः “कुरआनको हाफिजलाई आफ्नो इमाम बनाऊ। यदि यसमा सबै बराबर छन् भने सुन्नतको आधारमा प्राथमिकता देऊ........।” (मुस्लिम: ६७३)

इमाम र मुक्तदी कहाँ-कहाँ उभिनु पर्छ?

इमाम (जमाअतको सलाहमा) सामान्य पंक्ति भन्दा अगाडि र मुक्तदी इमामको पछाडि पंक्तिबद्ध एक अर्कासँग मिलेर उभिनु पर्छ। पहिलो पंक्ति पूरा नहुन्जेलसम्म दोस्रो पंक्ति र दोस्रो पंक्ति पूरा नहुन्जेलसम्म तेस्रो पंक्ति बनाउनु हुँदैन। यदि मुक्तदी एक्लै छ भने इमामको दायाँ पट्टि उभिनु पर्छ।

इमामसँग सलाह पढ्दा छुटेका रकातहरू कसरी पूरा गर्ने?

इमामसँग सलाह पढ्दा केही रकात छुटिसकेको छ भने अल्लाहु-अक्बर भनेर जमातमा प्रवेश गर्नुहोस्, जति पाउनु हुन्छ त्यति पढ्नुहोस् र इमामले सलाम फेरिसकेपछि बाँकी रकातलाई पूरा गर्नुहोस्। इमामको साथमा पढेको सलाह उसको पहिलो रकात र छुटेको सलाह उसको अन्तिम रकात हुनेछ।

कुन अवस्थामा रकात पाइन्छ?

रकातको संख्याको आधारमा सलाहको गणना गरिन्छ, जसले इमामको साथमा रूकूअ पायो उसले पूरा रकात पायो। जसले रूकूअ पाएन उसले रकात पाएन तर जमाअतमा सामेल हुनुपर्छ जमाअतमा सामेल भएपनि रुकूअ छुटेपछि त्यसपछिका बाँकी कार्य गणना हुँदैन र छुटेको रकातलाई इमामले सलाम फेरिसकेपछि पूरा गर्नु पर्दछ।

इमामको साथमा छुटेका सलाहलाई पूरा गर्ने केही उदाहरणहरू

जसले इमामको साथमा फज्रको दोस्रो रकात पायो, उसले इमामले सलाम फेरिसकेपछि एक रकात पूरा गरेर सलाम फेर्नु पर्दछ, किनभने फज्रको सलाहमा दुई रकात पढ्नु पर्दछ।

जसले इमामको साथमा मग्रिबको अन्तिम तशह्हुद पायो, उसले इमामले सलाम फेरिसकेपछि पूरै तीन रकात पढ्नु पर्दछ, किनभने तशह्हुदले रकातको गन्ती हुँदैन। रकात पाउन कम्तिमा पनि रुकूअ पाउनु पर्दछ।

जसले इमामलाई जुहरको तेस्रो रकातको रूकूमा पायो, उसले इमामले सलाम फेरिसकेपछि दुई रकात मात्र पूरा गर्नु पर्दछ, किनभने उसले इमामको साथमा दुई रकात पाईसकेको छ र जुहरको सलाह चार रकात हुन्छ। इमामसँग पाएको रकात मुक्तदीको पहिलो रकात हुनेछ, बाँकी तेस्रो र चौथो रकअत उसले इमामले सलाम फेरिसकेपछि पूरा गर्नु पर्दछ।

तपाईंले पाठ सफलता पूर्वक पूरा गर्नुभयो

परीक्षण सुरु गर्नुहोस्