Model: हालको खण्ड
पाठ शिर्क (बहुदेववाद)
शिर्कको अर्थः
शिर्कका उदाहरणहरूः
शिर्कबाट हुने हानी-नोक्सानीः
शिर्कले सम्पूर्ण उपासनाहरूलाई व्यर्थ बनाई दिन्छ। किनभने अल्लाहले भन्नु भएको छः (وَلَوْ أَشْرَكُوا لَحَبِطَ عَنْهُمْ مَا كَانُوا يَعْمَلُون) (الأنعام: 88). अर्थः “यदि सन्देष्टाहरूले शिर्क गरेका भए यिनीहरूका सबै सत्कर्महरू खेर जाने थिए।” (सूरह अल्-अन्आम: ६/८८)
बहुदेववादीहरूको बास सदाको लागि नरक नै हुनेछ। अल्लाहले भन्नु भएको छः (إِنَّهُ مَنْ يُشْرِكْ بِاللهِ فَقَدْ حَرَّمَ اللهُ عَلَيْهِ الْجَنَّةَ وَمَأْوَاهُ النَّار) (المائدة: 72). अर्थः “जो कोही अल्लाहको साथमा कसैलाई साझेदार बनाउँछ, अल्लाहले उसको लागि स्वर्ग निषेध गर्नु भएको छ र उसको बासस्थान नरक हुनेछ।” (सूरह अल्-माइदा: ५/७२)
शिर्कका किसिमहरू
अल्लाह बाहेक अरु कसैको पूजा उपासना गर्नुलाई ठूलो शिर्क भनिन्छ। तन, मन र वचनले गरिने उपासनाहरू अल्लाहको लागि गरियो भने यही तौहीद र ईमान हो र अन्य कसैको लागि गरियो भने यही शिर्क (बहुदेववाद) र कुफ्र (अवज्ञा) हो। ठूलो शिर्कको उदाहरण- अल्लाह बाहेक अरु कसैसँग रोग निको हुन वा रोजीमा सम्वृद्धि हुनको लागि दुआ गर्नु, अरुमाथि आश्रित हुनु वा सज्दा गर्नु इत्यादि।
तसर्थ पुकार, दुआ तथा यस्तै अन्य कार्यहरूलाई अल्लाह बाहेक अरूको लागि गर्नु शिर्क र कुफ्र हो। किनभने निरोग गर्नु, जीविका दिनु, रुबूबियतको विशेषताहरू मध्येको हो भने अल्लामाथि भरोसा गर्नु, उहाँको लागि सज्दा गर्नु आदि, उलूहियत तथा उपासनाका विशेषताहरू मध्येको हो।
२- सानो शिर्क
सानो शिर्कका उदाहरण
के मानिससित माग्नु वा केही कुरा चाहनु शिर्क हो?
मृत मानिस वा निर्मित वस्तुसित माग्नु शिर्क र इस्लाम विपरीत कार्य हो, किनभने मरेका मानिसहरू वा ठोस वस्तुहरू न त हाम्रो गुहारलाई सुन्न सक्छन् न त पूरा नै गर्न सक्छन्। प्रार्थना गर्नु एक प्रकारको उपासना हो, त्यसैले अल्लाह बाहेक अरु कसैलाई पुकार्नु शिर्क हो। अरबका बहुदेववादीहरू मरेका मानिस र निर्मित वस्तुहरूलाई पुकार्ने गर्दथे।