सिक्न जारी राख्नुहोस्

तपाईं लगइन हुनुभएको छैन ।
तपाईंको प्रगति जारी राख्न, प्वाइन्टहरू संकलन गर्न र प्रतिस्पर्धाहरूमा प्रवेश गर्नको लागि “ता प्लेटफर्म” (Learning Islam) मा अहिल्यै दर्ता गर्नुहोस्। दर्ता पछि तपाईंले आफूले सिकेको विषयहरूको इलेक्ट्रोनिक (अनलाइन) प्रमाणपत्र प्राप्त गर्नुहुनेछ।

Model: हालको खण्ड

पाठ शिर्क (बहुदेववाद)

तौहीद (एकेश्वरवाद) को विपरीत शिर्क (बहुदेववाद) हो। यो सबैभन्दा ठूलो पाप हो। यस पाठमा तपाईंले शिर्कको अर्थ, त्यसको हानी र किसिमहरूबारे जानकारी हासिल गर्नु हुनेछ।

  • शिर्कको अर्थको जानकारी।
  • शिर्कको हानि तथा खतराबारे जानकारी। 
  • शिर्कका किसिमहरूबारे जानकारी। 
 

Count: अन्य विद्यार्थीहरूले यो पाठ पूरा गरे

शिर्कको अर्थः

शिर्क (बहुदेववाद): अल्लाहको रुबूबियत (प्रभुत्व), उलूहियत (उपासना) र अस्मा व सिफात (नाम र विशेषताहरू) मा अरूलाई साझेदार गराउनु शिर्क हो ।

शिर्कका उदाहरणहरूः

١
रुबूबियत (प्रभुत्व) मा शिर्कः अल्लाह बाहेक अन्य कसैले यो ब्रह्माण्ड सृष्टि गरेको हो र व्यवस्थापन गर्छ भनी कसैले भन्छ भने त्यो अल्लाहको रुबूबियतमा शिर्क हो।
٢
उलूहियत (उपासना) मा शिर्कः अल्लाह बाहेक अन्य कसैको उपासना गर्नु वा पुकार्नु अल्लाहको उलूहियतमा शिर्क हो।
٣
अस्मा व सिफात (नाम र विशेषताहरू) मा शिर्कः अल्लाहद्वारा सृष्टि गरिएका प्राणीहरू मध्ये कसैको नाम तथा विशेषतालाई अल्लाहका नाम तथा विशेषताहरूसँग तुलना गर्नु अल्लाहको अस्मा व सिफातमा शिर्क हो।

शिर्कबाट हुने हानी-नोक्सानीः

तौहीद (एकेश्वरवाद) को विपरीत शिर्क (बहुदेववाद) हो। जसरी अल्लाहमाथिको आस्था र मात्र उहाँको उपासना सर्वोत्कृष्ट पुण्य हो त्यसरी नै शिर्क सबैभन्दा घृणित र महापाप हो। तौबा (प्रायश्चित) नगरुन्जेल यो क्षमा योग्य छैन। यसै सम्बन्धमा अल्लाहले भन्नु भएको छः (إِنَّ اللهَ لَا يَغْفِرُ أَنْ يُشْرَكَ بِهِ وَيَغْفِرُ مَا دُونَ ذَلِكَ لِمَنْ يَشَاء) (النساء: 48). अर्थः “अल्लाहले शिर्कलाई कदापि क्षमा गर्नु हुन्न तर यस बाहेकका अन्य पापलाई चाहेमा क्षमा दिन सक्नु हुन्छ।” (सूरह अन्-निसा : ४/४८) जब रसूल सल्लल्लाहु अलैहि वसल्लमसित सोधियो- अल्लाहको दृष्टिमा महापाप के हो ? उहाँले जवाफ दिनु भयोः “अल्लाहले तिमीलाई सृष्टि गर्नु भएको छ, तै पनि तिमी उहाँको लागि साझेदार बनाउँछौ।” (बुखारी: ४२०७, मुस्लिम: ८६)

शिर्कले सम्पूर्ण उपासनाहरूलाई व्यर्थ बनाई दिन्छ। किनभने अल्लाहले भन्नु भएको छः (وَلَوْ أَشْرَكُوا لَحَبِطَ عَنْهُمْ مَا كَانُوا يَعْمَلُون) (الأنعام: 88). अर्थः “यदि सन्देष्टाहरूले शिर्क गरेका भए यिनीहरूका सबै सत्कर्महरू खेर जाने थिए।” (सूरह अल्-अन्आम: ६/८८)

बहुदेववादीहरूको बास सदाको लागि नरक नै हुनेछ। अल्लाहले भन्नु भएको छः (إِنَّهُ مَنْ يُشْرِكْ بِاللهِ فَقَدْ حَرَّمَ اللهُ عَلَيْهِ الْجَنَّةَ وَمَأْوَاهُ النَّار) (المائدة: 72). अर्थः “जो कोही अल्लाहको साथमा कसैलाई साझेदार बनाउँछ, अल्लाहले उसको लागि स्वर्ग निषेध गर्नु भएको छ र उसको बासस्थान नरक हुनेछ।” (सूरह अल्-माइदा: ५/७२)

शिर्कका किसिमहरू

١
ठुलो शिर्क
٢
सानो शिर्क

१- ठुलो शिर्क

अल्लाह बाहेक अरु कसैको पूजा उपासना गर्नुलाई ठूलो शिर्क भनिन्छ। तन, मन र वचनले गरिने उपासनाहरू अल्लाहको लागि गरियो भने यही तौहीद र ईमान हो र अन्य कसैको लागि गरियो भने यही शिर्क (बहुदेववाद) र कुफ्र (अवज्ञा) हो। ठूलो शिर्कको उदाहरण- अल्लाह बाहेक अरु कसैसँग रोग निको हुन वा रोजीमा सम्वृद्धि हुनको लागि दुआ गर्नु, अरुमाथि आश्रित हुनु वा सज्दा गर्नु इत्यादि।

١
यस सम्बन्धमा कुर्आनमा छः (وَقَالَ رَبُّكُمُ ادْعُونِي أَسْتَجِبْ لَكُمْ) (غافر: 60). अर्थः “तिम्रा पालनकर्ताले भन्नु भएको छः मलाई नै पुकार, म तिमीहरूको पुकार सुन्दछु।” (सूरह गाफिर : ४०/६०)
٢
अनि अर्को ठाउँमा छ भनिएको छः (وَعَلَى اللهِ فَتَوَكَّلُوا إِنْ كُنْتُمْ مُؤْمِنِينَ) (المائدة: 23). अर्थः “यदि तिमीहरू ईमानवाला (आस्थावान) हौ भने अल्लाहमाथि नै भरोसा गर।” (सूरह अल्-माइदा : ५/२३)
٣
अनि अर्को ठाउँमा भनिएको छः (فَاسْجُدُوا لِلهِ وَاعْبُدُوا) (النجم: 62). अर्थः “अल्लाहकै लागि सज्दा र उहाँकै भक्ति गर।” (सूरह अन्-नज्म: ५३/६२)

तसर्थ पुकार, दुआ तथा यस्तै अन्य कार्यहरूलाई अल्लाह बाहेक अरूको लागि गर्नु शिर्क र कुफ्र हो। किनभने निरोग गर्नु, जीविका दिनु, रुबूबियतको विशेषताहरू मध्येको हो भने अल्लामाथि भरोसा गर्नु, उहाँको लागि सज्दा गर्नु आदि, उलूहियत तथा उपासनाका विशेषताहरू मध्येको हो।

२- सानो शिर्क

ठूलो शिर्कसम्म पुर्याउने प्रत्येक वचन वा क्रियाकलापलाई सानो शिर्क भनिन्छ।

सानो शिर्कका उदाहरण

١
सानो शिर्कको उदाहरण- कसैले देखावटिको लागि लामो सलाह पढ्नु, आफूतिर आकर्षण गर्न मिठो स्वरमा कुरआनको पाठ गर्नु, प्रशंसा पाउनको निम्ति ठूलो स्वरमा अल्लाहको नाम लिनु इत्यादि। रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भएको छः “तिमीहरूका लागि जुन कुरादेखि म भयभित छु त्यो सानो शिर्क हो। उहाँका साथीहरूले सोधे, हे अल्लाहको रसूल ! सानो शिर्क भनेको के हो ? उहाँले जवाफमा भन्नु भयोः रिया अर्थात देखावटिको लागि पुण्य गर्नु।” (अहमद: २३६३०)
٢
तौहीदको पूर्णता उल्लङ्घन गर्ने निषेधित भनाइहरू, अल्लाह बाहेक अन्य कसैको कसम खानु। जस्तैः तिम्रो जिन्दगीको कसम भन्नु वा नबीको कसम भन्नु। अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लमले यस्तो भन्नलाई मनाही गर्दै भन्नु भएको छः “जसले अल्लाह बाहेक अन्य कसैको कसम खायो उसले कुफ्र वा शिर्क गर्यो।” (तिर्मिजीः १५३५, अबू दाउदः ३२५१ सहीह अल्लबानी)

के मानिससित माग्नु वा केही कुरा चाहनु शिर्क हो?

इस्लामले मानिसको बुद्धिलाई अनावश्यक कार्य, धोका र अल्लाह बाहेक अन्य मानिसको लागि सज्दा (दण्डवत) गर्नु र लिप्त हुनबाट स्वतन्त्र गरेको छ। त्यसैले मृत वा निर्मित वस्तुसँग माग्नु, वा उसको अगाडि ढोग गर्नु निराधार र महापाप हो। तर जीवित उपस्थित व्यक्तिलाई उसले गर्न सक्ने सहयोग माग्नु जायज छ, जस्तैः डुब्नेलाई बचाउने सहयोग वा मेरो लागि अल्लाहसित प्रार्थना गर्नुहोस् भन्न सकिन्छ।

मृत मानिस वा निर्मित वस्तुसित माग्नु

मृत मानिस वा निर्मित वस्तुसित माग्नु शिर्क र इस्लाम विपरीत कार्य हो, किनभने मरेका मानिसहरू वा ठोस वस्तुहरू न त हाम्रो गुहारलाई सुन्न सक्छन् न त पूरा नै गर्न सक्छन्। प्रार्थना गर्नु एक प्रकारको उपासना हो, त्यसैले अल्लाह बाहेक अरु कसैलाई पुकार्नु शिर्क हो। अरबका बहुदेववादीहरू मरेका मानिस र निर्मित वस्तुहरूलाई पुकार्ने गर्दथे।

तपाईंले पाठ सफलता पूर्वक पूरा गर्नुभयो


परीक्षा सुरु गर्नुहोस्