सिक्न जारी राख्नुहोस्

तपाईं लगइन हुनुभएको छैन ।
तपाईंको प्रगति जारी राख्न, प्वाइन्टहरू संकलन गर्न र प्रतिस्पर्धाहरूमा प्रवेश गर्नको लागि “ता प्लेटफर्म” (Learning Islam) मा अहिल्यै दर्ता गर्नुहोस्। दर्ता पछि तपाईंले आफूले सिकेको विषयहरूको इलेक्ट्रोनिक (अनलाइन) प्रमाणपत्र प्राप्त गर्नुहुनेछ।

Model: हालको खण्ड

पाठ मृतकलाई नुहाउने र कफन (कात्रो) मा बेर्ने

इस्लामले जसरी मुस्लिमलाई जीवित अवस्थामा सम्मान गरेको छ त्यसरी नै मृत्यु पछि पनि ठूलो सम्मान गरेको छ । यस पाठमा, तपाईंले मृतकलाई नुहाउने र कफन (कात्रो) मा बेर्नेबारे केही प्रावधान र शिष्टाचारहरू सिक्नु हुनेछ ।

  • मृत्यु पछि गर्नुपर्ने केही मुस्तहब कुराहरू सिक्नुहोस्।
  • मृतकलाई नुहाउने तरिका सिक्नुहोस्।
  • कफन (कात्रो) मा बेर्नेबारे केही प्रावधानहरू जान्नुहोस्।
  • Count: अन्य विद्यार्थीहरूले यो पाठ पूरा गरे

    मृत्यु पछि गर्नुपर्ने केही मुस्तहब कार्यहरू

    यदि मृत्यु प्रमाणित भयो र आत्मा (रूह) शरीरबाट निस्कियो भने, केही मुस्तहब कार्यहरू गर्नुपर्ने हुन्छ ।

    १. मृतकको आँखा बिस्तारै बन्द गर्नु

    अबु सलमहको निधन पछि रसूल सल्लल्लाहु अलैहि वसल्लम उनको घरमा जानुभयो र उनको आँखा खुलेको थियो उहाँले उनको आँखा बन्द गर्दै भन्नु भयो: "जब तिमीहरू मृतकलाई भेट्न आउछौ त उनको आँखालाई बन्द गर ।" (इब्ने माजह: 1455)

    2. धैर्य (सब्र) र आत्म-नियन्त्रण गर्नु

    नौहा र मातम (विलाप) नगर्नु तथा ठूलो स्वरमा नरुनु र मृतकको परिवार र आफन्तहरूलाई धैर्य (सब्र) धारण गर्न प्रेरित गर्नु, रसूल सल्लल्लाहु अलैहि वसल्लमले आफ्नो नातिको निधनपछि शोकमा रहेकी आफ्नो छोरीलाई धैर्य धारण गर्न र पुण्य कमाउन सान्त्वना दिनु भएको थियो ।" (बुखारी: 1284, मुस्लिम: 923)

    3. मृतकको लागि दया र क्षमाको तथा उनको परिवारको लागि धैर्य र सान्त्वनाको लागि प्रार्थना गर्नु,

    त्यस्तै अबु सलमहको निधन पछि रसूल सल्लल्लाहु अलैहि वसल्लमले "जब आत्मा (रूह) निस्किन्छ, तब दृष्टिले त्यसलाई पछ्याउँछ ।" भनी अबु सलमहको लागि यसरी दुआ गर्नुभयो: “हे अल्लाह, अबु सलमहलाई माफ गर्नुहोस्, उनलाई स्वर्गबासीहरूमध्ये उच्च दर्जा प्रदान गर्नुहोस्, उनको घरपरिवारमा असल उत्तराधिकारी बनाउनुहोस्, उनी लगायत हामी सबैलाई क्षमा गर्नुहोस्, उनको चिहानलाई फराकिलो र उज्यालो गरि दिनुहोस् ।" (मुस्लिम: 920)

    4. मृतकलाई तयार पार्न, कफन दफन र जनाजहको सलाह पढ्नको लागि हतार गर्नु

    रसूल सल्लल्लाहु अलैहि वसल्लम ले भन्नुभएको छ: “जनाजह (अन्त्येष्टि) मा हतार गर, यदि मृतक राम्रो (नेक) हो भने उनलाई छिटो दफन गर्नु राम्रो हो र यदि ऊ नराम्रो छ भने ऊ बाट छिटो मुक्ति प्राप्त गर्नु ।" (बुखारी: 1315, मुस्लिम: 944)

    5. मृतकको परिवारलाई मद्दत गर्नु

    तिनीहरूका केही बोझहरूलाई कम गर्न सघाउनुहोस्, रसूल सल्लल्लाहु अलैहि वसल्लमले आफ्नो काकाको छोरा; जाफर बिन अबि तालिबको हत्यापछि उनको घरपरिवारका लागि खान पकाउन आदेश दिदै भन्नुभयो: “जाफरको परिवारको लागि खाना बनाउनुहोस्, किनकि तिनीहरू दुख र शोकमा छन् ।" (अबू दाउद: ३१३२, तिर्मिजी: ९९८ र इब्ने माजह : १६१०)

    मृतकलाई नुहाउने

    मृतकलाई कफन र दफन (गाड्नु) गर्नु अघि अनिवार्य रुपमा नुहाउनु पर्छ । उनको परिवार वा आफन्त वा कुनैपनि मुस्लिमले मृतकलाई गुसुल गराउनु (नुहाइदिनु) पर्छ । किनभने जब रसूल सल्लल्लाहु अलैहि वसल्लमको निधन भयो तब उहाँलाई पनि सहाबाहरूले नुहाएर दफन गरेका थिए । यद्यपि उहाँ एकदमै पवित्र र पावन हुनुहुथ्यो ।

    नुहाउने तरिका

    मृतकको पूरै शरीर पानीले भिजाएर नुहाउनु राम्रो हो । फोहोर छ भने पहिला त्स्लाई सफा गर्नुपर्छ । नुहाउने समय होसियारीपूर्वक उनको गुप्ताङ्ग छोप्नु पर्छ । निम्न कुराहरूलाई ध्यानमा राख्नु मुस्तहब हो:

    1. मृतकको लुगा फुकालेपछि उनको गुप्ताङ्ग; नाभि र घुँडाको बीचमा छोप्नु पर्छ ।

    2. नुहाउने व्यक्तिले मृतकको गोप्य अंग सफा गर्दा हातमा पन्जा वा कुनै कपडा लपेटिएको हुनुपर्छ ।

    3. पहिला मृतकको फोहोर र दिसालाई सफा गर्नुपर्छ ।

    4. त्यसपछि वोजू गरे झैं उनका हातदेखि खुट्टाहरूसम्म क्रमबद्ध रूपले धुनुपर्छ ।

    5. त्यसपछि उसको टाउको र शरीरका बाँकी भागहरू धुनुपर्छ । बयरको पात मिसिएको पानीले वा साबुन पानीले धुनु राम्रो हो र त्यसपछि पानी खन्याउनु होस् ।

    6. पहिला दायाँ भाग अनि त्यसपछि बायाँ भाग धुनु राम्रो हो ।

    ७. तीन तीन पटक नुहाउनु मुस्तहब हो, आवश्यक परेमा त्यो भन्दा बढी पनि नुहाउन सकिन्छ ।

    जसरी रसूल सल्लल्लाहु अलैहि वसल्लमले आफ्नी छोरी जैनाबलाई नुहाउने महिलाहरूलाई भन्नुभयो: "मृतकलाई तीन वा पाँच पटक नुहाउनु वा आवश्यक परेमा बढी पनि नुहाउनु ।" (बुखारी: 1253, मुस्लिम: ९३९)

    8. कपडा, कपास, आदि राख्न सकिन्छ

    मुख, नाक, दुबै कान र दिसा पिसाबको बाटोबाट फोहोर, रगत इत्यादि केही पनि बाहिर नआओस् भनेर ।

    ९. मृतकलाई अत्तर (सुगन्ध) लगाइदिनु मुस्तहब हो

    नुहाइरहेको समयमा र नुहाई सकेपछि । रसूल सल्लल्लाहु अलैहि वसल्लमले आफ्नी छोरी जैनाबलाई नुहाउने महिलाहरूलाई भन्नुभयो: "अन्तिम पटक नुहाउँदा कपूर (एक प्रकारको अत्तर) मिसाएर नुहाउनु ।" (बुखारी: 1253, मुस्लिम: 939)

    कसले मृतकलाई नुहाउने ?

    ١
    यदि मृतकले फलानोले मलाई नुहाउने इच्छा (वसीयत) गरेको छ भने, उसको इच्छालाई पूरा गर्नुपर्छ ।
    ٢
    यदि सात वर्षभन्दा कम उमेरका बालबालिकाहरू छन् भने पुरुष वा महिला दुबैलाई नुहाउन अनुमति छ, यद्यपि केटालाई पुरुषले र केटीलाई महिलाले नुहाउनु राम्रो (अफजल) हो ।
    ٣
    तर मृतकको उमेर सात वर्ष नाघेको छ भने पुरुषले पुरुषलाई र महिलाले महिलालाई मात्र नुहाउनु पर्छ ।
    ٤
    पतिले आफ्नी पत्नीलाई र पत्नीले आफ्नो पतिलाई नुहाइदिन अनुमति छ । अली बिन अबि तालिब रजियल्लाहु अन्हुले आफ्नी पत्नी फातिमा रजियल्लाहु अन्हालाई गुसुल दिनु भएको थियो ।

    आइशा रजियल्लाहु अन्हाले बयान गर्नुभएको छ, “यदि मैले पहिला नै थाहा पाएको भए, म योसँग सम्झौता गर्ने थिइनँ, रसूल सल्लल्लाहु अलैहि वसल्लमलाई उहाँका पत्नीहरू बाहेक अरूले नुहाइदिने थिएनन् ।" (अबू दाऊद: 3141, इब्ने माजह: 1464)

    मृतकलाई कफनमा बेर्ने

    मृतकलाई छोपिने गरि कफन दिनु उनको परिवार, आफन्त र मुस्लिम समुदायमाथि हक अधिकार (फर्ज किफायह) हो । रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भएको छ: "तिमीहरू सेतो लुगा लगाऊ र त्यसैमा आफ्नो मृतकलाई कफन देऊ; किनभने यो तिमीहरूको सबै भन्दा राम्रो लुगा हो ।" (अबू दाऊद: 3878)

    यदि मृतकले धनसम्पत्ति छोडेको छ भने उसको सम्पत्तिबाट कफनको खर्च लिइन्छ, छैन भने त्यो व्यक्तिले बेहोर्नु पर्छ जसले उसको जीवनकालमा खर्च बेहोर्नु गर्थ्यो जस्तै: बुवा, हजुरबा, छोरा र नाति । यदि संभव छैन भने धनी मुस्लिम समुदायले बेहोर्नु पर्छ ।

    मृतक चाहे पुरुष होस् वा महिला, मृतकको पूर्ण शरीरलाई छोप्ने खाले पवित्र कपडामा कफन दिनु अनिवार्य हो ।

    कफनमा बेर्ने बेला गर्नुपर्ने केही मुस्तहब कार्यहरू

    ١
    पुरुषलाई तीनवटा सेतो लुगामा कफन दिनु मुस्तहब हो, जसरी रसूल सल्लल्लाहु अलैहि वसल्लम लाई तीनवटा सेतो कपडामा कफन दिइएको थियो र महिलालाई पाँचवटा सेतो लुगामा कफन दिनु मुस्तहब हो ।
    ٢
    संभव छ भने सेतो लुगामा कफन दिनु मुस्तहब हो, रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भएको छ: "तिमीहरू सेतो लुगा लगाऊ र सेतो लुगामै आफ्ना मृतकलाई कफन देऊ; किनभने यो तिमीहरूको सबै भन्दा राम्रो लुगा हो ।" (अबू दाऊद : 4061, तिर्मिजी : 994 र इब्ने माजह : 3566)
    ٣
    कफनलाई जायज किसिमको अत्तरले सुगन्धित गर्नु मुस्तहब हो ।
    ٤
    मृतकलाई राम्रोसँग कफनमा बेर्नु र उसको टाउको र खुट्टामा सावधानीपूर्वक बेर्नु (बाँध्नु) पर्छ । रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भएको छ: "यदि तिमीहरू मध्ये कसैले आफ्नो भाईलाई कफन लगाउँछ भने, उसले राम्रोसँग कफनमा बेर्नुपर्छ ।" (मुस्लिम: ९४३)

    तपाईंले पाठ सफलता पूर्वक पूरा गर्नुभयो


    परीक्षा सुरु गर्नुहोस्