Model: हालको खण्ड
पाठ मृतकलाई नुहाउने र कफन (कात्रो) मा बेर्ने
मृत्यु पछि गर्नुपर्ने केही मुस्तहब कार्यहरू
अबु सलमहको निधन पछि रसूल सल्लल्लाहु अलैहि वसल्लम उनको घरमा जानुभयो र उनको आँखा खुलेको थियो उहाँले उनको आँखा बन्द गर्दै भन्नु भयो: "जब तिमीहरू मृतकलाई भेट्न आउछौ त उनको आँखालाई बन्द गर ।" (इब्ने माजह: 1455)
2. धैर्य (सब्र) र आत्म-नियन्त्रण गर्नु
त्यस्तै अबु सलमहको निधन पछि रसूल सल्लल्लाहु अलैहि वसल्लमले "जब आत्मा (रूह) निस्किन्छ, तब दृष्टिले त्यसलाई पछ्याउँछ ।" भनी अबु सलमहको लागि यसरी दुआ गर्नुभयो: “हे अल्लाह, अबु सलमहलाई माफ गर्नुहोस्, उनलाई स्वर्गबासीहरूमध्ये उच्च दर्जा प्रदान गर्नुहोस्, उनको घरपरिवारमा असल उत्तराधिकारी बनाउनुहोस्, उनी लगायत हामी सबैलाई क्षमा गर्नुहोस्, उनको चिहानलाई फराकिलो र उज्यालो गरि दिनुहोस् ।" (मुस्लिम: 920)
रसूल सल्लल्लाहु अलैहि वसल्लम ले भन्नुभएको छ: “जनाजह (अन्त्येष्टि) मा हतार गर, यदि मृतक राम्रो (नेक) हो भने उनलाई छिटो दफन गर्नु राम्रो हो र यदि ऊ नराम्रो छ भने ऊ बाट छिटो मुक्ति प्राप्त गर्नु ।" (बुखारी: 1315, मुस्लिम: 944)
5. मृतकको परिवारलाई मद्दत गर्नु
मृतकलाई कफन र दफन (गाड्नु) गर्नु अघि अनिवार्य रुपमा नुहाउनु पर्छ । उनको परिवार वा आफन्त वा कुनैपनि मुस्लिमले मृतकलाई गुसुल गराउनु (नुहाइदिनु) पर्छ । किनभने जब रसूल सल्लल्लाहु अलैहि वसल्लमको निधन भयो तब उहाँलाई पनि सहाबाहरूले नुहाएर दफन गरेका थिए । यद्यपि उहाँ एकदमै पवित्र र पावन हुनुहुथ्यो ।
मृतकको पूरै शरीर पानीले भिजाएर नुहाउनु राम्रो हो । फोहोर छ भने पहिला त्स्लाई सफा गर्नुपर्छ । नुहाउने समय होसियारीपूर्वक उनको गुप्ताङ्ग छोप्नु पर्छ । निम्न कुराहरूलाई ध्यानमा राख्नु मुस्तहब हो:
1. मृतकको लुगा फुकालेपछि उनको गुप्ताङ्ग; नाभि र घुँडाको बीचमा छोप्नु पर्छ ।
2. नुहाउने व्यक्तिले मृतकको गोप्य अंग सफा गर्दा हातमा पन्जा वा कुनै कपडा लपेटिएको हुनुपर्छ ।
3. पहिला मृतकको फोहोर र दिसालाई सफा गर्नुपर्छ ।
4. त्यसपछि वोजू गरे झैं उनका हातदेखि खुट्टाहरूसम्म क्रमबद्ध रूपले धुनुपर्छ ।
5. त्यसपछि उसको टाउको र शरीरका बाँकी भागहरू धुनुपर्छ । बयरको पात मिसिएको पानीले वा साबुन पानीले धुनु राम्रो हो र त्यसपछि पानी खन्याउनु होस् ।
6. पहिला दायाँ भाग अनि त्यसपछि बायाँ भाग धुनु राम्रो हो ।
७. तीन तीन पटक नुहाउनु मुस्तहब हो, आवश्यक परेमा त्यो भन्दा बढी पनि नुहाउन सकिन्छ ।
8. कपडा, कपास, आदि राख्न सकिन्छ
नुहाइरहेको समयमा र नुहाई सकेपछि । रसूल सल्लल्लाहु अलैहि वसल्लमले आफ्नी छोरी जैनाबलाई नुहाउने महिलाहरूलाई भन्नुभयो: "अन्तिम पटक नुहाउँदा कपूर (एक प्रकारको अत्तर) मिसाएर नुहाउनु ।" (बुखारी: 1253, मुस्लिम: 939)
कसले मृतकलाई नुहाउने ?
आइशा रजियल्लाहु अन्हाले बयान गर्नुभएको छ, “यदि मैले पहिला नै थाहा पाएको भए, म योसँग सम्झौता गर्ने थिइनँ, रसूल सल्लल्लाहु अलैहि वसल्लमलाई उहाँका पत्नीहरू बाहेक अरूले नुहाइदिने थिएनन् ।" (अबू दाऊद: 3141, इब्ने माजह: 1464)
मृतकलाई छोपिने गरि कफन दिनु उनको परिवार, आफन्त र मुस्लिम समुदायमाथि हक अधिकार (फर्ज किफायह) हो । रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भएको छ: "तिमीहरू सेतो लुगा लगाऊ र त्यसैमा आफ्नो मृतकलाई कफन देऊ; किनभने यो तिमीहरूको सबै भन्दा राम्रो लुगा हो ।" (अबू दाऊद: 3878)